Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१० भदौ २०८३, बुधबार)

  • Ajnabee Khadka
  • August 26, 2026
  • 409

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१० भदौ २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (10 Bhadra 2083, Wednesday)

१. राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रालयले कुन एकाइ स्थापना गर्ने भएको छ ?

➤ सेतु एकाइ (सिँचाइ कार्यान्वयन तथा अनुगमन एकाइ)

  • आयोजनास्थल र मन्त्रालयबिच समन्वय गर्न सेतु एकाइ स्थापना गरिने साथै प्रमुख निर्माण स्थलमा सिसिटिभी जडान गरेर एकीकृत ड्यासबोर्डमार्फत मन्त्रालयबाटै प्रत्यक्ष निगरानी गरिने जनाइएको ।
  • सरकारले समयसीमा पुनरवलोकन गर्दै राष्ट्रिय गौरवका अधिकांश सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य अघि सारेको ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भेरीबबई बहुउद्देश्यीय, बबई र सिक्टा सिँचाइ आयोजनालाई आगामी तीन सुक्खा मौसमभित्र सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिएका ।

  • सिक्टा सिँचाइ आयोजनामा ‘डिस्पर्सिभ स्वाइल’ (घुलनशील माटो) को प्राविधिक समस्या र महाकाली सिँचाइ आयोजनामा जग्गा प्राप्ति तथा भारतबाट प्राप्त हुने पानीको अनिश्चित प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

 

२. हेमबहादुर मल्ल सम्मान २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ? 

➤ रामेश्वरप्रसाद खनाल (पूर्वसचिव तथा पूर्वअर्थमन्त्री)

  • वि.सं. २०८१ को हेमबहादुर मल्ल सम्मान डा. रामकण्ठ माकाजू श्रेष्ठलाई प्रदान गरिएको । 
  • नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा सार्वजनिक प्रशासन, व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने दुई व्यक्तित्वलाई सो सम्मान प्रदान गर्ने निर्णय गरिएको ।
  • धुलिखेल अस्पतालको स्थापना तथा स्वास्थ्य क्षेत्रमा दिएको योगदानस्वरूप डा. रामकण्ठ माकाजूलाई र सार्वजनिक प्रशासन तथा सेवाको अभिवृद्धिमा पु¥याएको योगदानस्वरूप पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई यो सम्मान दिइएको। 
  • पुरस्कार राशि : जनही दुई लाख रुपियाँ ।
  • साल्ट ट्रेडिङ कर्पोरेसनका तत्कालीन व्यवस्थापक हेमबहादुर मल्लको स्मृतिमा वि.सं. २०६० सालदेखि यो सम्मान प्रदान गर्न थालिएको । 

३. हालसालै सफल परीक्षण उडान गरेको ब्याट्रीबाट सञ्चालित विश्वकै सबैभन्दा ठुलो विद्युतीय विमान कुन हो ? 

➤ ‘एक्सवान’ 

  • स्विडेनी मूलको अमेरिकी कम्पनी ‘हार्ट एरोस्पेस’ ले निर्माण गरेको विश्वकै ठुलो विद्युतीय विमान ‘एक्सवान’ ले न्युयोर्कको आकाशमा २७ मिनेट लामो सफल परीक्षण उडान गरेको ।
  • उडानका क्रममा विमानले एक मेगावाटभन्दा बढी विद्युतीय ऊर्जा खपत गरेको थियो, उडानको लागत जम्मा पाँच अमेरिकी डलर मात्र परेको कम्पनीले जनाएको ।
  • ३० सिट क्षमताको व्यावसायिक विमानको आकारमा निर्माण गरिएको यसको तौल करिब ११ हजार ३४० किलो, पखेटाको लम्बाइ १०६ फिट र कुल लम्बाइ ७६ फिट रहेको छ । परीक्षणका क्रममा यसले एक हजार एक सय फिटको उचाइ तय गरेको थियो ।
  • व्यावसायिक लक्ष्य:  यो विमान सिधै व्यावसायिक सेवामा जाने छैन । कम्पनीले सन् २०३१ सम्ममा बजारमा ल्याउने तयारी गरेको । 
  • परम्परागत विमानको तुलनामा यो हाइब्रिड विमान सञ्चालन गर्न ४० प्रतिशत सस्तो पर्ने जनाइएको । 
  • उडान दुरी (रेन्ज) : यो विमान ब्याट्रीको ऊर्जाबाट मात्र करिब १२५ माइलसम्म उड्न सक्ने छ भने हाइब्रिड इन्जिन (रेन्ज एक्सटेन्डर) को सहयोगमा यसको क्षमता पाँच सय माइलसम्म पुग्ने छ ।

World's Largest Electrical Plane Flies on Battery Power for 27 Minutes |  Extremetech

४. प्रोफेसनल मिक्स मार्सल आर्ट्स (एमएमए) मा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी को हुन् ? 

➤  सुस्मिता थापामगर

  • उनले भारतको बैङ्लुरुमा आयोजित ‘रोनिन एफसी ३’ प्रतियोगितामा आफ्नो डेब्यु खेल खेल्दै भारतकी सालु शर्मालाई पराजित गरेकी ।
  • गण्डकी प्रदेशकी फाइटर सुस्मिताले यसअघि तेक्वान्दो, किकबक्सिङ र मुवाथाई जस्ता खेलमा आफ्नो क्षमता प्रदर्शन गरिसकेकी ।

सुस्मिता बनिन् प्रोफेसनल एमएमएमा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी –  Online Khabar

५. ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट कसलाई पुरस्कृत गरियो ? 

➤ लघुकथाकार अल्पविराम पोखरेली (विष्णुकुमार श्रेष्ठ)

 

६. काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कहिलेदेखि लागु हुने व्यवस्था गरिएको छ ? 

➤ वि.सं. २०८३ मङ्सिर १ देखि (राजपत्रमा सूचना प्रकाशित गरी)

  • दुई दशकअघि बनेको ‘पशुवधशाला र मासु जाँच ऐन, २०५५’ लाई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी देशभर चरणबद्ध रूपमा लागु गर्ने घोषणा गरेको ।
  • यो ऐन काठमाडौँ उपत्यकामा २०८३ मङ्सिर १ देखि देशका सबै महानगर, उपमहानगर र नगरपालिकामा माघ १ देखि र गाउँपालिकामा २०८४ साउन १ देखि लागु हुने छ ।
  • ऐनले पशुवध गर्नुअघि र पछि अनिवार्य प्राविधिक स्वास्थ्य परीक्षण गर्नुपर्ने, तोकिएको व्यवस्थित वधशालामा मात्र पशुवध गर्नुपर्ने र मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिव्रmीवितरण गर्न पाइने व्यवस्था गरेको छ ।
  • खुला स्थानमा गरिने परम्परागत पशुवधलाई निरुत्साहित गर्दै रोगी, सङ्क्रमित वा कालगतिले मरेका पशुको मासु बिव्रmीमा कडा रोक लगाइएको छ । यसले मानिसमा सर्ने गम्भीर जीवाणुजन्य तथा भाइरसजन्य रोगको जोखिमलाई न्यूनीकरण गर्ने विश्वास गरिएको ।

 

७. कालीकोट जिल्लामा निर्माण हुन लागेको तिला-२ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? 

➤ ४२० मेगावाट

  • कुल ७० अर्ब सात करोड रुपियाँ लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत (५२ अर्ब ५५ करोड) बैङ्कहरूको ऋण र २५ प्रतिशत (१७ अर्ब ५२ करोड) प्रवर्धक (ऊर्जा तिला पावर कम्पनी प्रालि) को स्वपुँजी रहने छ । यसमध्ये २० प्रतिशत सेयर स्थानीय र सर्वसाधारणलाई छुट्याइने छ।
  • दैनिक ६ घण्टासम्म पूर्ण क्षमतामा चलाउन सकिने (पिकिङ) यस आयोजनाको बाँध तिलागुफा नगरपालिकामा र विद्युत्गृह खाँडाचव्रm नगरपालिकामा निर्माण गरिने । निर्माण सुरु भएको चार वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य राखिएको ।
  • यस आयोजनाले २०७५ सालमै उत्पादन अनुमतिपत्र र २०८१ कात्तिक ७ मा विद्युत् प्राधिकरणसँग खरिदबिक्री सम्झौता (पिपिए) गरिसकेको । 

८.  राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ? 

➤ भदौ ३ गते

  • सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा भदौ ३ गतेका दिन यो दिवस मनाउने गरिएको । 
  • वि.सं. २०६४ साउन ५ गते संसद्बाट पारित भएको यो कानुन ३० दिनपछि अर्थात् २०६४ भदौ ३ गतेदेखि लागु भएको ।
  • नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने अधिकारलाई मौलिक हकका रूपमा व्यवस्थित गरेको ।

National Information Day

९. “हामीले जीवनबाट सिक्न सक्ने महìवपूर्ण पाठ भनेको संसारमा दुःख छ भनेर बुझ्नु होइन बरु हरेक दुःखलाई सुखमा बदल्न सकिन्छ भन्ने बुझ्नु हो ।” यस भनाइका विचारक को हुन् ?  

➤ रवीन्द्रनाथ टैगोर 

 

१०. ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा ‘मिसेस नेपाल’ को मुख्य उपाधि कसले जितिन् ? 

➤ रिता तामाङ

  • पेसाले ब्युटिसियन रहेकी तामाङले मुख्य उपाधिसँगै ‘मिसेस फोटोजेनिक’, ‘मिसेस ट्यालेन्ट’ र ‘मिसेस बेस्ट वाक’ गरी थप तीन वटा विधामा समेत उपाधि हात पारेकी ।

 

११. गुल्मीको धुर्कोट गाउँपालिकामा ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी निर्माण गरिएको पर्यटकीय पदमार्गलाई के नाम दिइएको छ ? 

➤ धुर्कोट ग्रेटवाल

  • गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी करिब एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ निर्माण गरेको ।
  • यस संरचनाबाट माछापुच्छ्रे, अन्नपूर्ण र धवलागिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने । 
  • ग्रेटवाल क्षेत्रलाई आकर्षक र हराभरा बनाउन विभिन्न प्रजातिका दुई हजारभन्दा बढी बिरुवा रोपिएको छ र यसको संरक्षणका लागि हेरालुको व्यवस्थासमेत गरिएको ।

धुर्कोट ग्रेटवाल' : पर्यटकीय आकर्षण बढाउँदै एक किलोमिटर लामो पदमार्ग –  सेतोप्रेस – डिजिटल अनलाइन समाचार पत्र –

१२. नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणका लागि तय गरिएको मिति कुन हो ? 

➤ वि.सं. २०८३ भदौ १९-२७ गते (सन् २०२६ सेप्टेम्बर ४-१२) 

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक « Khabarhub

१३. नेपाल सरकारले हालै नेपाल राष्ट्र बैङ्कको रिक्त डेपुटी गभर्नर पदमा कसलाई नियुक्त गरेको छ ? 

➤ दीर्घ रावल (वि.सं. २०८३ भदौ ३)

  • मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको बैङ्क सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घ रावललाई आगामी ५ वर्षका लागि डेपुटी गभर्नर पदमा नियुक्त गरेको ।
  • यसअघि वि.सं. २०८२ चैत २४ मा किरण पण्डितलाई पाँचबर्से कार्यकालका लागि अर्को डेपुटी गभर्नर पदमा नियुक्त गरिएको थियो । 
  • नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार केन्द्रीय बैङ्कमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ । यसअघिका डेपुटी गभर्नरहरू बमबहादुर मिश्र र नीलम ढुङ्गानाको पदावधि सकिएपछि रिक्त भएका दुवै पद अब 
  • पूर्ण भएका छन् ।
  • नेपाल राष्ट्र बैङ्कको नियमानुसार गभर्नरको अनुपस्थितिमा वरिष्ठ डेपुटी गभर्नरले गभर्नरको कामकाज समाल्ने व्यवस्था छ ।

Dirgha Rawal appointed as second deputy governor of Nepal Rastra Bank

१४. विश्व फोटोग्राफी दिवस कहिले मनाइन्छ ? 

➤ अगस्त १९ 

  • फोटोग्राफीमा रुचि राख्नेलाई प्रोत्साहन गर्न र व्यावसायिक रूपमा यस क्षेत्रमा आबद्ध व्यक्तिको सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने । विश्वभर १८५ औँ फोटोग्राफी दिवस मनाइरहँदा, नेपालमा भने सन् २०१० देखि मात्रै औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको ।

World Photography Day, 2026

१५. ‘गुरही’ पर्व कुन समुदायमा प्रचलित पर्व हो ? 

➤ थारू 

  • आदिवासी थारू समुदाय (विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) ले नागपञ्चमीको साँझ सामूहिक रूपमा ‘गुरही’ पर्व मनाउँछन् । यस पर्वलाई खेतीपाती, प्रकृति र सामुदायिक एकताको पर्वका रूपमा लिइन्छ ।
  • रङ्गीचङ्गी कपडाबाट किराको प्रतीकका रूपमा ‘गुरही’ बनाइन्छ र गाउँको दक्षिणतिरको सार्वजनिक चौबाटोमा साँझपख यसलाई सामूहिक रूपमा अस्राउने (बिसर्जन गर्ने) गरिन्छ । यस कार्यमा अविवाहित बालबालिकाको मुख्य भूमिका रहन्छ । बालिकाले बिसर्जन गर्ने र बालकले सोंटाले हानेर धपाउने  चलन छ ।
  • ‘गुरही’लाई भगाएपछि भदौमा हराभरा हुने, धानबालीमा लाग्ने किराफट्याङ्ग्रा र रोगव्याधि नष्ट हुने जनविश्वास रहेको छ । धानबालीका लागि आवश्यक पानी नपरेमा इन्द्र भगवान्सँग पर्याप्त वर्षाका लागि बिन्ती गर्ने आस्था पनि यसै पर्वसँग जोडिएको छ । पर्वमा चना वा मकैबाट बनाइने ‘भुङ्ग्री’ नामक मौलिक प्रसाद ग्रहण गरिन्छ । गुरुवाले चोखो जल र मदले छाँकीबुँदी दिएर पूजा सम्पन्न गर्ने चलन छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 826
  • Gorkhapatra 348
  • Others 1192
  • Vacancy 1
  • Past Questions 153
  • Nepal Police 9

Latest Blogs

Various types of bills under the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका विभिन्न प्रकारका विधेयकहरू

  • Oct 12, 2026
  • 144
Funds as per the Constitution of Nepal
Others

नेपालको संविधान बमोजिमका कोषहरू

  • Oct 12, 2026
  • 119
International and World Days (Celebrated from the month of Baisakh to the month of Asoj, 2083 BS)
Current Affairs

अन्तर्राष्ट्रिय तथा विश्व दिवसहरू (वि.सं. २०८३ को वैशाख महिनादेखि असोज महिनासम्म मनाइएका)

  • Oct 12, 2026
  • 170
Constitutional provisions regarding oath-taking
Others

शपथ ग्रहण सम्बन्धी संवैधानिक व्यवस्था

  • Oct 11, 2026
  • 295
Tenure of various Assemblies
Others

विभिन्न सभाहरूको कार्यकाल

  • Oct 11, 2026
  • 314
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA