नेपालको संविधानमा प्रधानमन्त्री सम्बन्धी संवैधानिक व्यवस्थाहरू (संशिप्तमा)
|
सम्बन्धित भाग र धारा
|
विषय / व्यवस्था
|
संवैधानिक प्रावधानको मुख्य विवरण
|
|---|---|---|
|
भाग–४, धारा ५३
|
वार्षिक प्रतिवेदन पेस गर्ने
|
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनको वार्षिक प्रतिवेदन राष्ट्रपतिले प्रधानमन्त्री मार्फत संघीय संसदमा पेस गराउने,
|
|
भाग–६, धारा ६६ (२)
|
राष्ट्रपतिको काममा सिफारिस
|
संविधान र नियम बमोजिम मन्त्रिपरिषद्को सिफारिस र सहमति प्रधानमन्त्री मार्फत राष्ट्रपति समक्ष पेस हुने,
|
|
भाग–७, धारा ७५
|
कार्यकारिणी अधिकारको नेतृत्व
|
नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहित हुने र मन्त्रिपरिषद्को प्रमुख प्रधानमन्त्री रहने,
|
|
भाग–७, धारा ७६ (१)
|
बहुमत प्राप्त दलको नियुक्ति
|
प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने,
|
|
भाग–७, धारा ७६ (२)
|
गठबन्धन सरकारको नियुक्ति
|
स्पष्ट बहुमत नभएमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने,
|
|
भाग–७, धारा ७६ (३)
|
ठूलो दलको नेताको नियुक्ति
|
उपधारा (२) बमोजिम नियुक्त हुन नसके वा विश्वासको मत नपाएमा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने,
|
|
भाग–७, धारा ७६ (५)
|
व्यक्तिगत बहुमतको आधारमा नियुक्ति
|
उपधारा (३) को प्रधानमन्त्रीले विश्वासको मत नपाएमा बहुमत पुर्याउन सक्ने आधार पेस गर्ने जुनसुकै प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्न सकिने,
|
|
भाग–७, धारा ७६ (७)
|
प्रतिनिधि सभा विघटनको सिफारिस
|
उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नपाए वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी ६ महिनाभित्र अर्को निर्वाचनको मिति तोकिने,
|
|
भाग–७, धारा ७६ (९)
|
मन्त्रिपरिषद् गठनको नेतृत्व
|
प्रधानमन्त्रीको सिफारिसमा संघीय संसदका सदस्यहरूमध्येबाट समावेशी सिद्धान्त अनुसार प्रधानमन्त्री सहित बढीमा २५ जना मन्त्री रहेको मन्त्रिपरिषद् गठन हुने,
|
|
भाग–७, धारा ७६ (१०)
|
सामूहिक उत्तरदायित्व
|
प्रधानमन्त्री र मन्त्रीहरू सामूहिक रूपमा संघीय संसदप्रति उत्तरदायी हुने,
|
|
भाग–७, धारा ७७ (१)
|
पद रिक्त हुने अवस्था
|
लिखित राजीनामा दिएमा, विश्वासको मत पारित हुन नसकेमा वा अविश्वास प्रस्ताव पारित भएमा, प्रतिनिधि सभा सदस्य नरहेमा वा मृत्यु भएमा पद रिक्त हुने,
|
|
भाग–७, धारा ७७ (३)
|
कार्यवाहक व्यवस्था
|
प्रधानमन्त्रीको पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म सोही मन्त्रिपरिषद्ले र मृत्यु भएमा वरिष्ठतम मन्त्रीले प्रधानमन्त्री भई कार्य सञ्चालन गर्ने,
|
|
भाग–७, धारा ७९
|
पारिश्रमिक तथा सुविधा
|
प्रधानमन्त्रीको पारिश्रमिक र अन्य सुविधा संघीय ऐन बमोजिम हुने,
|
|
भाग–७, धारा ८०
|
शपथ ग्रहण
|
प्रधानमन्त्रीले आफ्नो कार्यभार सम्हाल्नु अघि राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने,
|
|
भाग–७, धारा ८१
|
राष्ट्रपतिलाई जानकारी गराउने
|
मन्त्रिपरिषद्का निर्णय, विधेयक, समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपतिलाई जानकारी गराउने कर्तव्य प्रधानमन्त्रीको हुने,
|
|
भाग–९, धारा १०० (१, २)
|
विश्वासको मत लिने
|
प्रधानमन्त्रीले जुनसुकै बखत विश्वासको मत पेस गर्न सक्ने तथा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने,
|
|
भाग–९, धारा १०० (४, ५, ६)
|
अविश्वासको प्रस्ताव
|
प्रतिनिधि सभाका १/४ सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्न सक्ने (प्रस्तावमा भावी प्रधानमन्त्रीको नाम उल्लेख हुनुपर्ने) र बहुमतबाट पारित भए प्रधानमन्त्री पदमुक्त हुने,
|
|
भाग–२०, धारा २३४
|
अन्तर-प्रदेश परिषद्को अध्यक्ष
|
संघ र प्रदेश तथा प्रदेश-प्रदेश बीचको राजनीतिक विवाद समाधान गर्न गठित अन्तर-प्रदेश परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने
|
|
भाग–२६, धारा २६६
|
राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष
|
नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति निर्माण गर्न गठित राष्ट्रिय सुरक्षा परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने,
|
|
भाग–३३, धारा २८४ (१)
|
संवैधानिक परिषद्को अध्यक्ष
|
प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने,
|
|
भाग–३३, धारा २८९ (१)
|
नागरिकताको विशेष योग्यता
|
प्रधानमन्त्री पदमा निर्वाचित, मनोनीत वा नियुक्त हुनका लागि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने,
|