Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका प्रमुख प्राथमिकता प्राप्त जडीबुटीहरू

  • Ajnabee Khadka
  • July 16, 2026
  • 270

नेपालका प्रमुख प्राथमिकता प्राप्त जडीबुटीहरू

Nepal's major priority herbs
क्रम
जडीबुटीको नाम
वैज्ञानिक नाम
पाइने उचाइ (मिटरमा)
मुख्य प्राप्ति क्षेत्र (नेपालका क्षेत्र/जिल्ला)
मुख्य उपयोगिता र विशेषताहरू
१.
अतिस
Aconitum heterophyllum
२४०० – ४१००
मध्य नेपालका पहाडी भेग (जस्तै: काभ्रे, दोलखा, धादिङ, गोरखा, लमजुङ आदि)
ज्वरो, खोकी, दाँत दुखाइ र तागतका लागि,
२.
अमला
Phyllanthus emblica
१५० – १६००
नेपालभर (विशेषगरी पूर्वी नेपालमा बढी)
भिटामिन 'सी' को प्रचुर स्रोत, पाचन, जन्डिस र त्रिफला बनाउनको लागि,
३.
ओखर
Juglans regia
१२०० – ३०००
मध्य तथा पश्चिमी पहाडी क्षेत्र (धादिङ, गोरखा, पाल्पा, सल्यान, रुकुम आदि)
स्मरण शक्ति तेजिलो बनाउने, बोक्रा र पातबाट रङ र औषधि बनाउनको लागि,
४.
कुटकी
Neopicrorhiza scrophulariiflora
३६०० – ४८००
उत्तर फर्केका भिर र चट्टानी क्षेत्रहरू अर्थात् ओसिलो र ओझेल परेका ठाडो भिर तथा ढुङ्गेनी भूभाग
पित्तनाशक, ज्वरो घटाउन र मुटुको तागतका लागि,
५.
गुच्ची च्याउ
Morchella spp.
२००० – ३५००
हिमाली जिल्लाका वनहरू (कोणधारी रूखहरू (धूपी, सल्ला) र बुट्यानयुक्त झाडीहरू (खर्क) पाइने हिमाली क्षेत्रका वनहरू)
तागतका लागि र स्वादिलो तरकारीका रूपमा,
६.
गुर्जो
Tinospora sinensis
३०० – १५००
नेपालभरका पहाडी भेगहरू
औषधिय चिया र रोग प्रतिरोधात्मक क्षमता बढाउन,
७.
चिराईतो
Swertia chirayita
१५०० – ३०००
पहाडी भेगका खुला ठाउँ र जङ्गल
औलो (मलेरिया), ज्वरो र पाचन शक्ति बढाउन,
८.
जंगली सयपत्री
Tagetes minuta
१२०० – २५००
पहाडी भेगका खेतबारी र खुल्ला ठाउँ
सुगन्धित तेल र औषधिका रूपमा प्रयोग हुने,
९.
जटामसी
Nardostachys grandiflora
३६०० – ५०००
उच्च हिमाली भेगका खुला खर्क, भिर र ओसिला चट्टानी क्षेत्रहरू
सुगन्धित तेल, सौन्दर्य प्रसाधन र छारे रोगमा,
१०.
झ्याउ
Parmelia nepalensis
२,००० – ४,५००
मुख्यतया महाभारत र हिमाली क्षेत्रका रुखको काण्ड (बोक्रा) र ओसिला चट्टानहरूमा टाँसिएर उम्रने
औषधि र सुगन्धित द्रव्य बनाउन,
११.
टिमुर
Zanthoxylum armatum
११०० – २५००
मध्य पहाडी भेग
मसला, दाँतको औषधि र सुगन्धित तेलका लागि,
१२.
तेजपात
Cinnamomum tamala
४५० – २१००
पहाडी भेगका ओसिला खोल्साहरू
मसला, खोकी र पाचन सम्बन्धी औषधि
१३.
घसिङ्गरे
Gaultheria fragrantissima
१२०० – २७००
पहाडी भेगका झाडीहरू
'विन्टरग्रिन' तेल र दुखाइ कम गर्ने औषधि
१४.
नीम
Azadirachta indica
१०० – ९००
तराई र भित्री मधेश (चितवन, दाङ, सुर्खेत आदि)
छालाको रोग र कीटाणुनाशकका रूपमा,
१५.
पदमचाल
Rheum australe
३००० – ४२००
हिमाली चट्टान र घाँसे मैदान
कब्जियत खुलाउन, बाथ र दाँत सफा गर्न,
१६.
पाषणभेद
Bergenia ciliata
१६०० – ३६००
पहाडी भेगका ओसिला चट्टानहरू
मिर्गौलाको पत्थरी र ज्वरो नियन्त्रणमा उपयोगी,
१७.
पाँचऔंले
Dactylorhiza hatagirea
२८०० – ४२००
मध्य र पश्चिम नेपालका ओसिला मैदान
शक्तिवर्धक टनिक र यौन दुर्बलता हटाउन,
१८.
पिपला
Piper longum
२०० – ८००
तराई र तल्लो पहाडी भेग
खोकी, दम र मसलाका रूपमा प्रयोग हुने,
१९.
बिख
Aconitum spicatum
१८०० – ४२००
नेपालका पहाडी भेग (पूर्वदेखि पश्चिम)
प्रशोधनपछि पशु र मानिसको औषधिमा,
२०.
बोझो
Acorus calamus
२०० – २३००
ओसिलो सिमसार र नदी किनार
घाँटीको समस्या, खोकी र दिमागको टनिकको रुपमा,
२१.
भ्याकुर
Dioscorea deltoidea
४५० – ३१००
चुरे र महाभारत पहाडी क्षेत्र
हर्मोन उत्पादन र साबुन बनाउन प्रयोग गरिने,
२२.
मजिठो
Rubia manjith
१२०० – २७००
नेपालभरका पहाडी झाडीहरू
प्राकृतिक रङ, अल्सर र छालाको रोगमा,
२३.
यार्सागुम्बा
Ophiocordyceps sinensis
४२०० – ५०००
मध्य र पश्चिम नेपालका उच्च हिमाल तथा लेकाली खर्क (घाँसे मैदान) हरू - यो विशेषगरी डोल्पा, जुम्ला, मुगु, दार्चुला, बझाङ, र मनाङका हिमाली भेगमा बढी पाइन्छ,
शक्तिवर्धक, यौन उत्तेजक र स्मरण शक्ति बढाउन
२४.
 रिठ्ठा
Sapindus mukorossi
६०० – १४००
पश्चिम र मध्य पहाडी भेग
प्राकृतिक स्याम्पु, साबुन र छारे रोगको उपचारमा
२५.
लघुपत्र
Podophyllum hexandrum
२४०० – ४५००
मध्य र पश्चिम नेपालका उच्च हिमाली भेगहरू
क्यान्सर विरुद्धको औषधि र पाचन सम्बन्धीमा
२६.
लौठसल्ला
Taxus wallichiana
२३०० – ३४००
नेपालभर (विशेषगरी पश्चिममा बढी)
क्यान्सर विरुद्धको औषधि 'ट्याक्सोल' बनाउन
२७.
सुगन्धकोकिला
Cinnamomum glaucescens
१००० – २५००
मध्य र पश्चिम नेपालका पहाडी भेग र महाभारत पर्वत शृङ्खलाका वनहरूमा (रोल्पा, दाङ, सल्यान आदि)
सुगन्धित तेल र औषधि बनाउन
२८.
सुगन्धवाल
Valeriana jatamansii
१५०० – ३६००
पहाडी भेगका ओसिला जङ्गल 
मानसिक शान्ति, छारे रोग र सुगन्धित तेल
२९.
सतावरी
Asparagus racemosus
१५० – २१००
तराई र तल्लो पहाडी भेग
शक्तिवर्धक औषधि र पौष्टिक आहारका रूपमा
३०.
सर्पगन्धा
Rauvolfia serpentina
१०० – १२००
तराई र चुरे क्षेत्रका जङ्गल
उच्च रक्तचाप र अनिद्रा नियन्त्रण गर्न

Categories

  • Current Affairs 720
  • Gorkhapatra 327
  • Others 1121
  • Vacancy 1
  • Past Questions 102
  • Nepal Police 8

Latest Blogs

Various tropical cyclones of the world and their regional names
Others

विश्वका विभिन्न उष्णदेशीय चक्रवात आँधीहरू (Tropical Cyclones) र तिनका क्षेत्रीय नाम

  • Jul 24, 2026
  • 95
Gandaki Province, Lab Technician (Fifth Level), 2083/04/05
Past Questions

गण्डकी प्रदेश, ल्याब प्राविधिक (पाँचौँ तह), २०८३/०४/०५

  • Jul 24, 2026
  • 81
Mahakali Treaty
Others

महाकाली सन्धि

  • Jul 24, 2026
  • 90
Complete list of Speakers of the House of Representatives (2016 - present)
Others

प्रतिनिधि सभाका सभामुखहरूको पूर्ण सूची (२०१६ - हालसम्म)

  • Jul 23, 2026
  • 108
Earthquake
Others

भूकम्प (Earthquake)

  • Jul 23, 2026
  • 181
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA