Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (ISO) का मापदण्डहरू +युरो मापदण्ड

  • Ajnabee Khadka
  • July 16, 2026
  • 317

अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (ISO) का मापदण्डहरू +युरो मापदण्ड

International Organization for Standardization (ISO) standards +EURO Standards

अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (ISO) का मापदण्डहरू:

ISO मापदण्ड
क्षेत्र / विषय
मुख्य उद्देश्य र विशेषता
ISO 9000 / 9001
गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management)
संस्थाको व्यवस्थापन प्रक्रियामा सुधार गरी ग्राहकको आवश्यकता अनुसारको गुणस्तरीय उत्पादन र सेवा सुनिश्चित गर्ने तथा कर्मचारीको सक्षमता बढाउने,
ISO 14000 / 14001
वातावरणीय व्यवस्थापन प्रणाली (Environmental Management)
वातावरणीय कार्यसम्पादनमा सुधार गर्ने, प्रदूषण रोकथाम गर्ने र प्राकृतिक स्रोतहरूको कुशलतापूर्वक प्रयोग सुनिश्चित गर्न,
ISO 22000
खाद्य सुरक्षा व्यवस्थापन (Food Safety Management)
खाद्य आपूर्ति शृङ्खलाका सबै चरणमा खाद्य सामग्रीलाई सुरक्षित र मानव स्वास्थ्यका लागि स्वस्थ राख्ने मापदण्ड निर्धारण गर्न,
ISO 26000
सामाजिक उत्तरदायित्व (Social Responsibility)
संस्थाहरूले समाज र वातावरणप्रति जिम्मेवार भएर पारदर्शी रूपमा कार्य गर्नुपर्ने मार्गनिर्देशन प्रदान गर्न,
ISO 27001
सूचना सुरक्षा व्यवस्थापन (Information Security Management)
संस्थाको महत्वपूर्ण सूचना, तथ्याङ्क र प्रविधिलाई सुरक्षित राख्ने विधि र प्रक्रियाहरू तय गर्न,
ISO 31000
जोखिम व्यवस्थापन (Risk Management)
संस्थामा आइपर्न सक्ने विभिन्न जोखिमहरू पहिचान गरी तिनलाई व्यवस्थित गर्ने र न्यूनीकरण गर्ने,
ISO 37001
भ्रष्टाचार निवारण / एन्टी-ब्रायबरी (Anti-bribery Management)
संस्थाभित्र हुन सक्ने घुसखोरी, भ्रष्टाचार र अनैतिक क्रियाकलापहरूलाई नियन्त्रण र निरुत्साहित गर्ने,
ISO 45001 
व्यावसायिक स्वास्थ्य र सुरक्षा (Occupational Health and Safety)
कार्यस्थलमा कामदारहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गरी व्यावसायिक दुर्घटना र रोगहरू न्यूनीकरण गर्ने,
ISO 50001
ऊर्जा व्यवस्थापन (Energy Management)
संस्थाहरूलाई ऊर्जाको खपत कम गर्न, ऊर्जा दक्षता (Efficiency) बढाउन र वातावरणीय प्रभाव घटाउन मद्दत गर्न,
ISO 15189
चिकित्सा प्रयोगशाला परीक्षण (Medical Laboratories)
चिकित्सा प्रयोगशालाहरूको परीक्षण शुद्धता, गुणस्तर र प्राविधिक सक्षमता सुनिश्चित गर्ने,

लोकसेवा सान्दर्भिक तथ्यपत्र: पहिलो ISO प्रमाणित स्थानीय तह

  • पहिलो स्थानीय तह: तिलोत्तमा नगरपालिका (जिल्ला: रूपन्देही, लुम्बिनी प्रदेश)
  • प्राप्त गरेको प्रमाणपत्र: ISO 9001:2015 (Quality Management System - QMS)
  • प्रमाणपत्र प्राप्त गरेको मिति: वि.सं. २०७८
  • मूल्याङ्कन गरिएका सूचकहरू: कार्यसम्पादनका ३६ वटा विभिन्न सूचकहरूको आधारमा
  • मुख्य विधा: सार्वजनिक सेवा प्रवाह (Service Delivery) मा अन्तर्राष्ट्रिय गुणस्तर कायम गरेबापत
  • तिलोत्तमा नगरपालिका अन्य केका लागि प्रख्यात छ?: नेपालकै पहिलो पूर्ण सरसफाइयुक्त र हरियाली प्रवर्द्धन गर्ने नमुना नगरपालिका
  • नेपालमा पहिलो पटक ISO 9001:2015 प्राप्त गर्ने अन्य निकायहरू:
    • पहिलो सरकारी कार्यालय: जिल्ला प्रशासन कार्यालय, रूपन्देही
    • पहिलो सरकारी विभाग: राहदानी विभाग (Department of Passports)
    • पहिलो वाणिज्य बैंक: नबिल बैंक लिमिटेड
    • पहिलो जलविद्युत कम्पनी: चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड
  • ISO को पूरा रूप: International Organization for Standardization (अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन)
  • स्थापना: २४ फेब्रुअरी १९४७ (प्रधान कार्यालय: जेनेभा, स्विट्जरल्याण्ड)
  • नेपालको सदस्यता: नेपाल सन् २०१४ देखि यसको पूर्ण सदस्य रहेको (नेपालको तर्फबाट आधिकारिक प्रतिनिधित्व नेपाल गुणस्तर तथा नापतौल विभाग - NBSM ले गर्दछ,)

युरो मापदण्ड (EURO Standards)

  • युरो मापदण्ड (EURO Standards) भन्नाले सवारी साधनहरू (मोटरसाइकल, कार, बस, ट्रक आदि) बाट निस्कने धुवाँ र हानिकारक ग्यासहरूलाई नियन्त्रण गर्नका लागि तय गरिएको अन्तर्राष्ट्रिय वातावरणीय उत्सर्जन मापदण्ड,
  • पूर्ण रूप: युरोपियन उत्सर्जन मापदण्ड (European Emission Standards)
  • यो मापदण्ड युरोपेली मुलुकहरूले विकास गरेका भए तापनि हाल यो विश्वभरि नै सवारी साधनको प्रदूषण मापन गर्ने एक विश्वसनीय र सर्वमान्य आधार बनेको,
युरो मापदण्ड
लागू भएको वर्ष (युरोपेली मुलुकहरूमा)
मुख्य विशेषता तथा प्राविधिक परिवर्तन
नेपालमा यसको अवस्था / सान्दर्भिकता
युरो-१ (Euro 1)
सन् १९९२
सवारीमा अनिवार्य क्याटालिटिक कन्भर्टर (Catalytic converter) जडान र सिसा-रहित (Unleaded) पेट्रोलको प्रयोग
नेपालमा पहिलो पटक वि.सं. २०५६ (सन् १९९९) मा यही मापदण्ड सरहको 'नेपाल सवारी प्रदूषण मापदण्ड, २०५६' लागू भएको,
युरो-२ (Euro 2)
सन् १९९६
कार्बन मोनोअक्साइड (CO) को उत्सर्जन सीमालाई ५५% सम्म घटाइएको,
नेपालले यो मापदण्ड लागू गरेन (बाइपास गरेको,)
युरो-३ (Euro 3)
सन् २०००
डिजेल इन्जिनका लागि छुट्टै नाइट्रोजन अक्साइड (NOx) को सीमा निर्धारण; इन्जिन स्टार्ट गर्दाको वार्म-अप समय घटाइएको,
नेपालमा वि.सं. २०६९ (सन् २०१२) देखि यो मापदण्ड पूर्ण रूपमा लागू भएको,
युरो-४ (Euro 4)
सन् २००५
डिजेल गाडीमा पार्टिकुलेट म्याटर (PM) र NOx को मात्रामा भारी कटौती
नेपालले यो मापदण्ड लागू गरेन (बाइपास गरेको,)
युरो-५ (Euro 5)
सन् २००९
डिजेल सवारी साधनमा डिजेल पार्टिकुलेट फिल्टर (DPF) अनिवार्य
"नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२" बमोजिम नेपालमा वि.सं. २०८२ जेठ २६ (सन् २०२५ जुन ९) देखि आयात हुने दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे लघु सवारी साधन (मोटरसाइकल, स्कुटर आदि) का लागि यो अनिवार्य
युरो-६ (Euro 6)
सन् २०१४
डिजेल इन्जिनबाट निस्कने घातक नाइट्रोजन अक्साइड (NOx) को मात्रा ६७% सम्म घटाइएको र कण संख्या (PN) मा कडाइ
"नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२" बमोजिम नेपालमा वि.सं. २०८२ जेठ २६ (सन् २०२५ जुन ९) देखि आयात हुने कम्तीमा चार पाङ्ग्रा भएका अन्य सम्पूर्ण सवारी साधनहरू (साना, मझौला र ठूला यात्रुवाहक तथा मालबाहक गाडीहरू) का लागि यो अनिवार्य गरिएको,

Categories

  • Current Affairs 743
  • Gorkhapatra 333
  • Others 1139
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Collection of National and International Records (2083 BS)
Current Affairs

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान संगालो (वि.सं. २०८३)

  • Aug 14, 2026
  • 339
Current affair events of Asar 2083
Current Affairs

असार २०८३ का समसामयिक घटनाक्रमहरू

  • Aug 14, 2026
  • 403
World Calligraphy Day, 2026
Current Affairs

विश्व सुलेखन दिवस, २०२६

  • Aug 14, 2026
  • 100
Geographical records of Nepal
Others

नेपालको भौगोलिक कीर्तिमान

  • Aug 14, 2026
  • 123
Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 131
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA