अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (ISO) का मापदण्डहरू +युरो मापदण्ड
अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (ISO) का मापदण्डहरू:
|
ISO मापदण्ड
|
क्षेत्र / विषय
|
मुख्य उद्देश्य र विशेषता
|
|---|---|---|
|
ISO 9000 / 9001
|
गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management)
|
संस्थाको व्यवस्थापन प्रक्रियामा सुधार गरी ग्राहकको आवश्यकता अनुसारको गुणस्तरीय उत्पादन र सेवा सुनिश्चित गर्ने तथा कर्मचारीको सक्षमता बढाउने,
|
|
ISO 14000 / 14001
|
वातावरणीय व्यवस्थापन प्रणाली (Environmental Management)
|
वातावरणीय कार्यसम्पादनमा सुधार गर्ने, प्रदूषण रोकथाम गर्ने र प्राकृतिक स्रोतहरूको कुशलतापूर्वक प्रयोग सुनिश्चित गर्न,
|
|
ISO 22000
|
खाद्य सुरक्षा व्यवस्थापन (Food Safety Management)
|
खाद्य आपूर्ति शृङ्खलाका सबै चरणमा खाद्य सामग्रीलाई सुरक्षित र मानव स्वास्थ्यका लागि स्वस्थ राख्ने मापदण्ड निर्धारण गर्न,
|
|
ISO 26000
|
सामाजिक उत्तरदायित्व (Social Responsibility)
|
संस्थाहरूले समाज र वातावरणप्रति जिम्मेवार भएर पारदर्शी रूपमा कार्य गर्नुपर्ने मार्गनिर्देशन प्रदान गर्न,
|
|
ISO 27001
|
सूचना सुरक्षा व्यवस्थापन (Information Security Management)
|
संस्थाको महत्वपूर्ण सूचना, तथ्याङ्क र प्रविधिलाई सुरक्षित राख्ने विधि र प्रक्रियाहरू तय गर्न,
|
|
ISO 31000
|
जोखिम व्यवस्थापन (Risk Management)
|
संस्थामा आइपर्न सक्ने विभिन्न जोखिमहरू पहिचान गरी तिनलाई व्यवस्थित गर्ने र न्यूनीकरण गर्ने,
|
|
ISO 37001
|
भ्रष्टाचार निवारण / एन्टी-ब्रायबरी (Anti-bribery Management)
|
संस्थाभित्र हुन सक्ने घुसखोरी, भ्रष्टाचार र अनैतिक क्रियाकलापहरूलाई नियन्त्रण र निरुत्साहित गर्ने,
|
|
ISO 45001
|
व्यावसायिक स्वास्थ्य र सुरक्षा (Occupational Health and Safety)
|
कार्यस्थलमा कामदारहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गरी व्यावसायिक दुर्घटना र रोगहरू न्यूनीकरण गर्ने,
|
|
ISO 50001
|
ऊर्जा व्यवस्थापन (Energy Management)
|
संस्थाहरूलाई ऊर्जाको खपत कम गर्न, ऊर्जा दक्षता (Efficiency) बढाउन र वातावरणीय प्रभाव घटाउन मद्दत गर्न,
|
|
ISO 15189
|
चिकित्सा प्रयोगशाला परीक्षण (Medical Laboratories)
|
चिकित्सा प्रयोगशालाहरूको परीक्षण शुद्धता, गुणस्तर र प्राविधिक सक्षमता सुनिश्चित गर्ने,
|
लोकसेवा सान्दर्भिक तथ्यपत्र: पहिलो ISO प्रमाणित स्थानीय तह
- पहिलो स्थानीय तह: तिलोत्तमा नगरपालिका (जिल्ला: रूपन्देही, लुम्बिनी प्रदेश)
- प्राप्त गरेको प्रमाणपत्र: ISO 9001:2015 (Quality Management System - QMS)
- प्रमाणपत्र प्राप्त गरेको मिति: वि.सं. २०७८
- मूल्याङ्कन गरिएका सूचकहरू: कार्यसम्पादनका ३६ वटा विभिन्न सूचकहरूको आधारमा
- मुख्य विधा: सार्वजनिक सेवा प्रवाह (Service Delivery) मा अन्तर्राष्ट्रिय गुणस्तर कायम गरेबापत
- तिलोत्तमा नगरपालिका अन्य केका लागि प्रख्यात छ?: नेपालकै पहिलो पूर्ण सरसफाइयुक्त र हरियाली प्रवर्द्धन गर्ने नमुना नगरपालिका
- नेपालमा पहिलो पटक ISO 9001:2015 प्राप्त गर्ने अन्य निकायहरू:
- पहिलो सरकारी कार्यालय: जिल्ला प्रशासन कार्यालय, रूपन्देही
- पहिलो सरकारी विभाग: राहदानी विभाग (Department of Passports)
- पहिलो वाणिज्य बैंक: नबिल बैंक लिमिटेड
- पहिलो जलविद्युत कम्पनी: चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड
- ISO को पूरा रूप: International Organization for Standardization (अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन)
- स्थापना: २४ फेब्रुअरी १९४७ (प्रधान कार्यालय: जेनेभा, स्विट्जरल्याण्ड)
- नेपालको सदस्यता: नेपाल सन् २०१४ देखि यसको पूर्ण सदस्य रहेको (नेपालको तर्फबाट आधिकारिक प्रतिनिधित्व नेपाल गुणस्तर तथा नापतौल विभाग - NBSM ले गर्दछ,)
युरो मापदण्ड (EURO Standards)
- युरो मापदण्ड (EURO Standards) भन्नाले सवारी साधनहरू (मोटरसाइकल, कार, बस, ट्रक आदि) बाट निस्कने धुवाँ र हानिकारक ग्यासहरूलाई नियन्त्रण गर्नका लागि तय गरिएको अन्तर्राष्ट्रिय वातावरणीय उत्सर्जन मापदण्ड,
- पूर्ण रूप: युरोपियन उत्सर्जन मापदण्ड (European Emission Standards)
- यो मापदण्ड युरोपेली मुलुकहरूले विकास गरेका भए तापनि हाल यो विश्वभरि नै सवारी साधनको प्रदूषण मापन गर्ने एक विश्वसनीय र सर्वमान्य आधार बनेको,
|
युरो मापदण्ड
|
लागू भएको वर्ष (युरोपेली मुलुकहरूमा)
|
मुख्य विशेषता तथा प्राविधिक परिवर्तन
|
नेपालमा यसको अवस्था / सान्दर्भिकता
|
|---|---|---|---|
|
युरो-१ (Euro 1)
|
सन् १९९२
|
सवारीमा अनिवार्य क्याटालिटिक कन्भर्टर (Catalytic converter) जडान र सिसा-रहित (Unleaded) पेट्रोलको प्रयोग
|
नेपालमा पहिलो पटक वि.सं. २०५६ (सन् १९९९) मा यही मापदण्ड सरहको 'नेपाल सवारी प्रदूषण मापदण्ड, २०५६' लागू भएको,
|
|
युरो-२ (Euro 2)
|
सन् १९९६
|
कार्बन मोनोअक्साइड (CO) को उत्सर्जन सीमालाई ५५% सम्म घटाइएको,
|
नेपालले यो मापदण्ड लागू गरेन (बाइपास गरेको,)
|
|
युरो-३ (Euro 3)
|
सन् २०००
|
डिजेल इन्जिनका लागि छुट्टै नाइट्रोजन अक्साइड (NOx) को सीमा निर्धारण; इन्जिन स्टार्ट गर्दाको वार्म-अप समय घटाइएको,
|
नेपालमा वि.सं. २०६९ (सन् २०१२) देखि यो मापदण्ड पूर्ण रूपमा लागू भएको,
|
|
युरो-४ (Euro 4)
|
सन् २००५
|
डिजेल गाडीमा पार्टिकुलेट म्याटर (PM) र NOx को मात्रामा भारी कटौती
|
नेपालले यो मापदण्ड लागू गरेन (बाइपास गरेको,)
|
|
युरो-५ (Euro 5)
|
सन् २००९
|
डिजेल सवारी साधनमा डिजेल पार्टिकुलेट फिल्टर (DPF) अनिवार्य
|
"नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२" बमोजिम नेपालमा वि.सं. २०८२ जेठ २६ (सन् २०२५ जुन ९) देखि आयात हुने दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे लघु सवारी साधन (मोटरसाइकल, स्कुटर आदि) का लागि यो अनिवार्य
|
|
युरो-६ (Euro 6)
|
सन् २०१४
|
डिजेल इन्जिनबाट निस्कने घातक नाइट्रोजन अक्साइड (NOx) को मात्रा ६७% सम्म घटाइएको र कण संख्या (PN) मा कडाइ
|
"नेपाल सवारी साधन प्रदूषण मापदण्ड, २०८२" बमोजिम नेपालमा वि.सं. २०८२ जेठ २६ (सन् २०२५ जुन ९) देखि आयात हुने कम्तीमा चार पाङ्ग्रा भएका अन्य सम्पूर्ण सवारी साधनहरू (साना, मझौला र ठूला यात्रुवाहक तथा मालबाहक गाडीहरू) का लागि यो अनिवार्य गरिएको,
|