नेपाल राष्ट्र बैंकद्वारा नयाँ विशेषतासहितको रु. १,००० को नोट जारी
- जारी गर्ने संस्था: नेपाल राष्ट्र बैंक (मुद्रा व्यवस्थापन विभाग)
- चलनचल्तीमा आएको मिति: वि.सं. २०८३ असोज ८ गतेबाट
- चलनचल्तीमा आएको सिरिज: सिरिज २०२५ (वि.सं. २०८२ / सन् २०२५)
- दस्तखतकर्ता गभर्नर: प्रा. डा. विश्वनाथ पौडेल
- सङ्केत नम्बर (प्रिफिक्स): ट/९२ ०००००१ देखि त/५० ९९९९९९ सम्म
- नोटका भौतिक विशेषता:
- मुख्य रंग संयोजन: पर्पल (बैजनी) रंगको घेराभित्र फिक्का हरियो
- सामुन्ने बायाँतर्फको चित्र: सगरमाथाको चित्र
- सामुन्ने दायाँतर्फको चित्र: राष्ट्रिय फूल लालीगुराँस र '१०००' अंक देखिने पानीछाप
- सुरक्षण धागो (Security Thread): ३.५ मिमी चौडाइको चलायमान धागो (सिधा हेर्दा रातो, ढल्काउँदा हरियो देखिने र 'NRB' तथा '1000' लेखिएको)
- सुरक्षण प्रविधि (OVI Features): अण्डाकार आकृतिमा भगवतीको चित्र (सिधा हेर्दा सुनौलो, ढल्काउँदा चम्किलो हरियो देखिने)
- दृष्टिविहीनका लागि सङ्केत (Tactile Features): दायाँतर्फ तल्लो भागमा रोमन अक्षर 'M' र दायाँ-बायाँ १०/१० वटा स्पर्शयोग्य तेर्सा रेखाहरू
- पछाडिको मध्य भागको चित्र: चितवनको सरकारी हात्तीसारमा 'देवकली' हात्तीबाट जन्मिएका जुम्ल्याहा हात्ती 'राम र लक्ष्मण'
- पछाडि पानीछापको दायाँतर्फ: सातवटै प्रदेशको प्रतिनिधित्व गर्ने ७ वटा लालीगुराँसका फूल
- पछाडि दायाँतर्फको पुरातात्विक आकृति: हनुमानढोका दरबारस्थित ल्होंचोकमा रहेको पुरातात्विक महत्त्वको थाम (स्तम्भ)

- नेपालको चुचे नक्सा (लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको) अंकित रुपैयाँ १०० दर नोट जारी भएको मिति: वि.सं. २०८२ साल मंसिर ११ गतेदेखि (तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको,)
- नयाँ विशेषतासहितको ५० रुपैयाँको नोट चलनचल्तीमा आएको मिति: वि.सं. २०८२ असोज २ गतेदेखि (गभर्नर गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको दस्तखत रहेको,)