अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६
- दिवस मनाइने निश्चित मिति: हरेक वर्ष सेप्टेम्बर २३ का दिन
- सन् २०२६ को नारा (Theme): "Declaring Deaf People’s Human Rights" — यो नारा जुन २१ देखि २७ सेप्टेम्बर २०२६ सम्म मनाइएको 'अन्तर्राष्ट्रिय बहिरा व्यक्तिहरूको सप्ताह (International Week of Deaf People)' को पनि विषयवस्तु रहेको,
- सन् २०२६ को कूटनीतिक ऐतिहासिक अवसर: सन् २०२६ विश्व बहिरा महासंघ (World Federation of the Deaf (WFD)) स्थापनाको ७५ औँ वार्षिकोत्सव पनि परेको,
- संयुक्त राष्ट्रसंघको कोशेढुङ्गा: अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (UN Convention on the Rights of Persons with Disabilities - CRPD) अपनाइएको २० वर्ष पुगेको,
- दिवस घोषणा गर्ने आधिकारिक निकाय: संयुक्त राष्ट्रसङ्घ (UN) को महासभाले सन् २०१७ डिसेम्बर १९ मा यो दिवस घोषणा गरेको,
- पहिलो पटक मनाइएको वर्ष: सन् २०१८ सेप्टेम्बर २३ मा विश्वभर पहिलो पटक यो दिवस मनाइएको,
- सेप्टेम्बर २३ मै मनाउनुको ऐतिहासिक कारण: सन् १९५१ सेप्टेम्बर २३ का दिन विश्व बहिरा महासंघ (World Federation of the Deaf - WFD) को स्थापना भएको सम्झनामा
- बहिरा समुदायको अन्तर्राष्ट्रिय सप्ताह: यो दिवस हरेक वर्ष सेप्टेम्बर २१ देखि २७ सम्म मनाइने 'बहिरा व्यक्तिको अन्तर्राष्ट्रिय सप्ताह (International Week of Deaf People)' को मुख्य भाग रहेको,
- विश्व बहिरा महासंघ (WFD) का अनुसार विश्वभर ३०० भन्दा बढी फरक-फरक सांकेतिक भाषाहरू प्रयोगमा रहेका,
- विश्वका १२ वटा देशले साङ्केतिक भाषालाई आधिकारिक भाषाको रूपमा मान्यता दिएका,
- सुनाइसम्बन्धी अपाङ्गता (बहिरापन) रहेको विश्वव्यापी जनसङ्ख्याको अवस्था: करिब ७ करोड मानिसमा
- नेपालको संवैधानिक व्यवस्था: नेपालको संविधानको धारा ३२ (१) ले प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक सुनिश्चित गरेको,
- के तपाईलाई थाहा छ!? बोलिने र सुनिने भाषासरह देश, भूगोल र संस्कृति अनुसार साङ्केतिक भाषा पनि फरक-फरक हुन्छ।