नेपालको संघीय प्रादेशिक स्वरूप
- नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहको हुने व्यवस्था गर्दै प्रदेश घोषणा र संरचनाको स्पष्ट संवैधानिक आधार प्रदान गरेको,
- घोषणा: नेपालको संविधान २०७२ असोज ३ गते जारी भएसँगै विधिवत् रूपमा संघीयता र प्रदेशहरूको व्यवस्था लागू भएको,
१.) प्रदेश घोषणाका प्रमुख संवैधानिक आधारहरू:
| संवैधानिक आधारहरू (विषय) | प्रमुख संवैधानिक व्यवस्थाहरू |
| १. राज्यको संरचना (धारा ५६) |
|
| २. राज्य शक्तिको बाँडफाँड (धारा ५७) |
|
| ३. प्रादेशिक कार्यपालिका र व्यवस्थापिका |
|
| ४. प्रदेशको नामकरण र राजधानी (धारा २८८ र २९५) |
|
| ५. आर्थिक अधिकार (धारा ५९ र ६०) |
|
२.) प्रदेश सभाको गठन सम्बन्धी प्रमुख तथ्यहरू:
- नेपालमा सङ्घीयता कार्यान्वयनको ऐतिहासिक चरणका रूपमा वि.सं. २०७४ सालमा पहिलोपटक प्रदेश सभाको गठन भएको,
संवैधानिक आधार:
- प्रदेश व्यवस्थापिकाको स्वरूप: नेपालको संविधानको धारा १७५ ले प्रत्येक प्रदेशमा एक सदनात्मक व्यवस्थापिका रहने व्यवस्था गरेको छ, जसलाई प्रदेश सभा भनिन्छ,
- सदस्य संख्या र निर्वाचन प्रणाली: संविधानको धारा १७६ अनुसार प्रदेश सभाको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुन्छ, जसमा कुल सदस्यको ६० प्रतिशत (पहिलो हुने निर्वाचित हुने - FPTP) र ४० प्रतिशत (समानुपातिक - PR) निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन्,
- निर्वाचन क्षेत्र निर्धारण: प्रतिनिधि सभाको निर्वाचन क्षेत्रभित्र दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्र कायम गरिएको,
- निर्वाचन आयोगको भूमिका: संविधानको धारा २४६ ले प्रदेश सभा सदस्य लगायत अन्य तहका निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने जिम्मेवारी निर्वाचन आयोगलाई प्रदान गरेको,
- निर्वाचनको अनिवार्यता: संविधानको धारा २९६ (१) को उपधारा (१) अनुसार रूपान्तरित व्यवस्थापिका–संसदको कार्यकाल २०७४ माघ ७ सम्म मात्र रहेकाले सो अवधिभित्रै प्रदेश सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक बाध्यता रहेको,
कानूनी आधारहरू
- मुख्य ऐन: प्रदेश सभाको निर्वाचन सम्पन्न गर्न "प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४" प्रमुख कानूनी आधारका रूपमा रहेको,
- निर्वाचन क्षेत्र निर्धारण: निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन, २०७४ का आधारमा प्रदेश सभाका लागि निर्वाचन क्षेत्रहरू तय गरिएका,
- आचार संहिता: निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन निर्वाचन आयोगले निर्वाचन आचार संहिता, २०७४ जारी गरी लागू गरेको थियो, जुन २०७४ भदौ १४ देखि मंसिर २६ सम्म बहाल रहेको,
पहिलो प्रदेश सभा निर्वाचन (२०७४) र निर्वाचन परिणामपश्च्यातका केही तथ्यहरू:
- नेपालमा २०७४ सालमा सम्पन्न पहिलो प्रदेश सभा निर्वाचनपश्चात् सातै प्रदेशको कुल सिट सङ्ख्या ५५० कायम भएको,
प्रदेश सभाको कुल ५५० सिटको विभाजन:
|
प्रदेश
|
FPTP सिट (६०%)
|
PR सिट (४०%)
|
कुल जम्मा सिट
|
|---|---|---|---|
|
प्रदेश नं. १ (कोशी)
|
५६
|
३७
|
९३
|
|
प्रदेश नं. २ (मधेश)
|
६४
|
४३
|
१०७
|
|
प्रदेश नं. ३ (बागमती)
|
६६
|
४४
|
११०
|
|
प्रदेश नं. ४ (गण्डकी)
|
३६
|
२४
|
६०
|
|
प्रदेश नं. ५ (लुम्बिनी)
|
५२
|
३५
|
८७
|
|
प्रदेश नं. ६ (कर्णाली)
|
२४
|
१६
|
४०
|
|
प्रदेश नं. ७ (सुदूरपश्चिम)
|
३२
|
२१
|
५३
|
|
कुल जम्मा
|
३३०
|
२२०
|
५५०
|
- निर्वाचनको मिति: नेपाल सरकारको निर्णयअनुसार २०७४ मंसिर १० मा पहिलो चरण (हिमाली तथा उच्च पहाडी ३२ जिल्ला) र मंसिर २१ मा दोस्रो चरण (बाँकी ४५ जिल्ला) गरी दुई चरणमा निर्वाचन सम्पन्न भएको,
- कुल मतदाता: १ करोड ५४ लाख २७ हजार ९ सय ३८ (पुरुष - ७७,७६,६२८, महिला - ७६,५१,१४३ र तेस्रो लिङ्गी - १६७)
- मतदान केन्द्र: १०,६७१ स्थलमा १९,८०९ वटा केन्द्रहरू
- उम्मेदवार (FPTP तर्फ): कुल ३,२३८ जना उम्मेदवार कायम (जसमा २४० महिला)
- उम्मेदवार (PR तर्फ): सातै प्रदेशमा गरी कुल ३,५६६ जना उम्मेदवार बन्दसूचीमा
- मतपत्र: FPTP का लागि ३३० प्रकारका र PR का लागि प्रदेशगत ७ प्रकारका मतपत्र छपाई गरिएको,
- मतदान प्रतिशत: दुवै चरणमा गरी औसत ६८.६७ प्रतिशत मतदान भएको,
- जनशक्ति परिचालन: मतदान कार्यका लागि १,५८,२८३ कर्मचारी र ८०,१४५ स्वयंसेवक गरी कुल २,३८,४२८ जना जनशक्ति खटिएका,
- पर्यवेक्षण: १८१ जना वैदेशिक पर्यवेक्षक र दक्षिण एसियाली निर्वाचन व्यवस्थापन निकाय (FEMBoSA) का प्रतिनिधिहरूले निर्वाचनको अवलोकन गरेका,
- निर्वाचनमा Voter Registration Software र Election Result Information System जस्ता आधुनिक प्रविधिको प्रयोग गरिएको,
- मंसिर २१ गते दोस्रो चरणको मतदान सकिएपछि मात्र देशभर एकैसाथ मत गणना सुरु गरिएको,
- निर्वाचनको परिणामपश्चात् मधेश प्रदेशबाहेक अन्य छ वटा प्रदेशमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को गठबन्धनले बहुमत प्राप्त गरी सरकार गठन गरेका,
- सरकारको सिफारिसमा राष्ट्रपतिले २०७४ माघ ३ गते पहिलो पटक सातै प्रदेशमा प्रदेश प्रमुखहरूको नियुक्ति गरेका,
नेपालका पहिलो प्रदेश प्रमुखहरूको नामावली:
|
प्रदेश
|
पहिलो प्रदेश प्रमुख
|
|---|---|
|
प्रदेश नं. १ (कोशी)
|
गोविन्द बहादुर तुम्बाहाङ
|
|
प्रदेश नं. २ (मधेश)
|
रत्नेश्वरलाल कायस्थ
|
|
प्रदेश नं. ३ (बागमती)
|
अनुराधा कोइराला
|
|
प्रदेश नं. ४ (गण्डकी)
|
बाबुराम कुँवर
|
|
प्रदेश नं. ५ (लुम्बिनी)
|
उमाकान्त झा
|
|
प्रदेश नं. ६ (कर्णाली)
|
दुर्गाकेशर खनाल
|
|
प्रदेश नं. ७ (सुदूरपश्चिम)
|
मोहनराज मल्ल
|
- वि.सं. २०७४ माघ ७ गते सातै प्रदेशका प्रदेश सभा सदस्यहरूले पहिलोपटक पद तथा गोपनीयताको शपथ लिएका,
- पहिलो ऐतिहासिक बैठक: वि.सं. २०७४ माघ २१ गते सातै प्रदेशमा एकै दिन पहिलो प्रदेश सभा बैठक बसेर प्रादेशिक संसदको औपचारिक सुरुवात भएको,
नेपालमा २०७४ सालको प्रदेश सभा निर्वाचनपश्चात् सातै प्रदेशको पहिलो मुख्यमन्त्री र उनीहरूको दलीय आवद्धता:
- प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था बमोजिम पहिलो पटक प्रादेशिक सरकारहरू गठन भएका,
|
प्रदेश
|
पहिलो मुख्यमन्त्री
|
सम्बद्ध राजनीतिक दल
|
|---|---|---|
|
प्रदेश नं. १ (कोशी)
|
शेरधन राई
|
नेकपा (एमाले)
|
|
प्रदेश नं. २ (मधेश)
|
लालबाबु राउत
|
संघीय समाजवादी फोरम
|
|
प्रदेश नं. ३ (बागमती)
|
डोरमणि पौडेल
|
नेकपा (एमाले)
|
|
प्रदेश नं. ४ (गण्डकी)
|
पृथ्वीसुब्बा गुरुङ
|
नेकपा (एमाले)
|
|
प्रदेश नं. ५ (लुम्बिनी)
|
शंकर पोखरेल
|
नेकपा (एमाले)
|
|
प्रदेश नं. ६ (कर्णाली)
|
महेन्द्र बहादुर शाही
|
नेकपा (माओवादी केन्द्र)
|
|
प्रदेश नं. ७ (सुदूरपश्चिम)
|
त्रिलोचन भट्ट
|
नेकपा (माओवादी केन्द्र)
|
- मधेश प्रदेशबाहेक अन्य सबै छ वटा प्रदेशमा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को वाम गठबन्धनले बहुमत प्राप्त गरी सरकार गठन गरेका,
४.) प्रदेशहरूको नामकरण र राजधानी निर्धारण:
| क्र.स. | प्रदेश | नामांकन मिति | राजधानी | राजधानी घोषणा मिति |
| १. | कोशी | २०७९ फागुन १७ | विराटनगर, मोरङ | २०७६ वैशाख २३ |
| २. | मदेश | २०७८ माघ ३ | जनकपुरधाम, धनुषा | २०७८ माघ ३ |
| ३. | बागमती | २०७६ मंसिर २७ | हेटौँडा, मकवानपुर | २०७६ पुस २७ |
| ४. | गण्डकी | २०७५ असार २२ | पोखरा, कास्की | २०७५ असार १८ |
| ५. | लुम्बिनी | २०७७ असोज २० | देउखुरी, दाङ | २०७७ असोज २० |
| ६. | कर्णाली | २०७४ फागुन १२ | वीरेन्द्रनगर, सुर्खेत | २०७४ फागुन १२ |
| ७. | सुदुर पश्चिम | २०७५ असोज १२ | गोदावरी, कैलाली | २०७५ असोज १२ |
- सर्वप्रथम नामकरण गर्ने र राजधानी तोक्ने प्रदेश: कर्णाली प्रदेश (२०७४ फागुन १२)
- अन्तिममा नामकरण गर्ने र राजधानी तोक्ने प्रदेश: नामकरण गर्ने कोशी प्रदेश र राजधानी तोक्ने मदेश प्रदेश