विभिन्न नेपाली जातिको परम्परागत विवाह संस्कार
| विवाह संस्कार | सम्बन्धित जाति |
| विवाहमा कालो छाता अनिवार्य हुनुपर्ने | राई |
| सुपारी विवाह प्रचलनमा रहेको | धिमाल |
| जेठी केटी विवाह गर्ने चलन / दुलहीलाई विषको प्याला दिने / कुनै कारणले विवाहमा अनुपस्थित भएमा हतियार प्रतिनिधि पठाएर विवाह सम्पन्न गर्ने | थारु |
| बेल विवाह | नेवार |
| काठको मुड्कोसँग विवाह गर्ने चलन | गुरुङ |
| हाडनातामा विवाह गर्ने चलन | राउटे |
| लतार्ने विवाह (भगाएर लाने) | छन्त्याल |
| विवाह पश्चात् केटीको घरमा गएर बस्नुपर्ने चलन | कोचे |
| विवाहमा छोरीलाई चिउरीको बोट दाइजो दिने चलन | चेपाङ |
| मंसिर महिनामा मात्र विवाह गर्ने / केटी माग्न जाँदा मंगलबार मात्र जाने चलन | थामी |
| विवाहमा सम्धी-सम्धीबिच लडाइँ गर्ने चलन | कुमाल |
| केटाको बुवा जन्ती नजाने चलन | दनुवार |
| विवाहपछि अनिवार्य रूपमा छुट्टै बस्नुपर्ने चलन | किसान |
| केटी हेर्न जाँदा केटालाई सिस्नुपानी लगाउने | लेप्चा |
| सिन्दुर साटासाट गर्ने प्रचलन भएको | झागड |
| सिन्दुर हाल्ने/लगाउने प्रथा नभएको | तामाङ |
| दुलही घर भित्र्याउँदा कुखुराको भाले काटी रगतमा कुचाएर भित्र्याउने चलन | मगर |
| विवाहमा छोरीपट्टि लागेको सम्पूर्ण खर्च व्यहोर्ने | दुरा |
| विवाहमा दुलाहा र दुलहीको टाउको ३ पटक ठोक्काउने | चेपाङ |
| विवाहमा दुलाहा र दुलहीको टाउको ६ पटक ठोक्काउने | थामी |
| केटी भगाएपछि केटीका आमाबुबासँग माफी माग्ने चलन | बाह्रगाउँले |
| दाइको निधनपछि भाइले भाउजू विवाह गर्नुपर्ने चलन | भोटे |
| विधवा महिलाले परपुरुषसँग विवाह गर्ने (सङ्गति) | राजवंशी / कोचे |
| श्रीमती हुँदाहुँदै अर्की ल्याएमा घर छोड्नुपर्ने / बच्चा जन्मेपछि मात्र विवाह विधि पूरा भएको मान्ने | ल्होमी |
| बहुपति विवाह / पाण्डव विवाह प्रचलनमा रहेको | डोल्पो |
| छोरो विवाह गर्न योग्य भए-नभएको परीक्षण गर्न छोरा र बुबाबिच लडाइँ गर्नुपर्ने | हायु |
| विवाह अगाडि दुलाहालाई दाम्लोले बाँधेर अर्ति उपदेश दिने | माझी |
| ससुराको निधन हुँदा बुहारी विधवा हुने | सतार |