कृषि सामग्री कम्पनी, प्राविधिक (सहायक द्वितीय), २०८३
1. रामपुर हाइब्रिड-१६ को सरदर उत्पादन क्षमता कति मेटन/हे. छ?
-
A) ६.१५
-
B) ७.१५
-
C) ८.१५
-
D) ९.१५
2. तलका मध्ये मध्य र उच्च पहाडको लागि सिफारिस गहुँको जात कुन हो?
-
A) डब्लु के १२०४
-
B) खुमलशक्ति
-
C) बाणगङ्गा
-
D) खुमल विकास
3. मकैबालीको हाइब्रिड बीउ उत्पादन गर्दा फरक रंगको बनावट र दाना भएको जातबाट कति मिटर पृथकतादूरी कायम गर्नुपर्छ?
-
A) २०० मिटर
-
B) ३०० मिटर
-
C) ४०० मिटर
-
D) ६०० मिटर
4. बीउ उत्पादनको लागि खेती गरिएको मकैबालीमा मकै भाँच्नको लागि उपयुक्त चिस्यान प्रतिशत कति हो?
-
A) १२
-
B) १३
-
C) १४
-
D) १५
5. उन्नत प्रविधिबाट भटमासखेती गर्दा ..... केजी/हे. बीउदर चाहिन्छ।
-
A) ४०-५०
-
B) ६०-७०
-
C) ८०-९०
-
D) १००
6. एजोटोब्याक्टर तलका मध्ये कुन बालीको लागि सबैभन्दा बढी प्रभावकारी हुन्छ?
-
A) तरकारीबाली
-
B) कोसेबाली
-
C) धानबाली
-
D) तेलहनबाली
7. मकैमा धानचमरा (Tassel) र जुँगा (Silk) निस्कने अवधि कति दिनभन्दा बढी हुनु हुँदैन?
-
A) ३
-
B) ४
-
C) ५
-
D) ७
8. धान-गहुँ बालीचक्र तलका मध्ये कुन क्षेत्रमा सबैभन्दा बढी प्रचलनमा रहेको छ?
-
A) तराई
-
B) पहाडी
-
C) हिमाली
-
D) नेपालको सबै
9. अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि, २०८२ अनुसार स्थानीय समितिको संयोजक को रहने व्यवस्था छ?
-
A) स्थानीय तहको प्रमुख वा अध्यक्ष
-
B) स्थानीय तहको उपप्रमुख वा उपाध्यक्ष
-
C) प्रमुख प्रशासकीय अधिकृत
-
D) कृषि शाखाको प्रमुख
10. माटोको उर्वराशक्ति कायम राख्न तलका मध्ये कुन तरिका उपयोगी हुन्छ?
-
A) रासायनिक मलको निरन्तर प्रयोग
-
B) प्राङ्गारिक मलमात्रै प्रयोग
-
C) हरियो मलको प्रयोग
-
D) एकीकृत खाद्यतत्त्व व्यवस्थापन
11. तलका मध्ये तथ्यांक प्रशोधनको चरण कुन हो?
-
A) तथ्यांक संकलन
-
B) तथ्यांक सम्पादन
-
C) तथ्यांक प्रकाशन
-
D) तथ्यांक अनुमान
12. Median भनेको के हो?
-
A) सानो संख्याबाट ठूलो संख्या मिलाएर राख्दा बिचमा पर्ने संख्या
-
B) सानो संख्याबाट ठूलो संख्या मिलाएर राखी निकालिने योगफल
-
C) सानो संख्याबाट ठूलो संख्या मिलाएर राख्दा आउने सबैभन्दा ठूलो संख्या
-
D) सानो संख्याबाट ठूलो संख्या मिलाएर राख्दा आउने सबैभन्दा सानो संख्या
13. बजारमा काउलीको माग धेरै छ तर बजारमा उपलब्धता थोरै छ भने काउलीको मूल्यमा के हुन्छ?
-
A) मूल्यमा फरक पर्दैन
-
B) सस्तो हुन्छ
-
C) महँगो हुन्छ
-
D) जे पनि हुन सक्छ
B - 2, प्राविधिक, कृषि, सहायक द्वितीय, सहायक (कृषि प्राविधिक)
14. कृषि उपजको भण्डारण र ढुवानीले मुख्यतः केमा सहयोग गर्छ?
-
A) बजार व्यवस्थापन
-
B) उत्पादन घटाउन
-
C) प्रतिस्पर्धा घटाउन
-
D) आयात बढाउन
15. फार्म गेट मूल्य कहाँ निर्धारण/प्राप्त हुने मूल्य हो?
-
A) उपभोक्ताको घरमा
-
B) किसानको फार्म वा उत्पादन स्थलमा
-
C) बजारको खुद्रा बजारमा
-
D) आयात केन्द्रमा
16. समूह बजार भन्नाले के बुझिन्छ?
-
A) एकजना किसानले मात्र सञ्चालन गर्ने बजार
-
B) विदेशी वस्तु बिक्री गर्ने बजार
-
C) किसान वा उत्पादकहरूको समूहले सामूहिकरूपमा उत्पादन बिक्री गर्ने बजार
-
D) केवल खुद्रा पसलहरूको बजार
17. अनुसन्धानको लागि घरदैलोमा गइ संकलन गरेको तथ्यांकलाई के भनिन्छ?
-
A) प्राथमिक तथ्यांक
-
B) सहायक तथ्यांक
-
C) A र B दुवै
-
D) माथिका कुनै पनि होइनन्
18. कृषि उपजको मूल्य निर्धारणको सामान्य क्रम कुन हो?
-
A) फार्म गेट मूल्य $\rightarrow$ थोक मूल्य $\rightarrow$ उपभोक्ता मूल्य $\rightarrow$ खुद्रा मूल्य
-
B) फार्म गेट मूल्य $\rightarrow$ थोक मूल्य $\rightarrow$ खुद्रा मूल्य $\rightarrow$ उपभोक्ता मूल्य
-
C) फार्म गेट मूल्य $\rightarrow$ खुद्रा मूल्य $\rightarrow$ उपभोक्ता मूल्य $\rightarrow$ थोक मूल्य
-
D) फार्म गेट मूल्य $\rightarrow$ उपभोक्ता मूल्य $\rightarrow$ थोक मूल्य $\rightarrow$ खुद्रा मूल्य
19. नेपाली कृषि माटोमा औसत प्राङ्गारिक पदार्थको मात्रा कति प्रतिशत छ?
-
A) ०.५-१
-
B) १-२
-
C) २-३
-
D) ३-४
20. माटो जाँच गर्दा माटोको घोलमा रातो लिटमस कागज (Red Litmus Paper) डुबाउँदा निलो भयो भने माटोको pH कस्तो हुन्छ?
-
A) अम्लीय
-
B) निष्क्रिय
-
C) तटस्थ
-
D) क्षारीय
21. बालीनालीको पात बैजनी रंगको हुँदै जानु कुन खाद्यतत्त्व कमी भएको लक्षण हो?
-
A) फोस्फोरस
-
B) पोटास
-
C) सल्फर
-
D) आइरन
22. आलुको प्रि-बेसिक बीउ (PBS) कुन पुस्ताको बीउ हो?
-
A) मूल बीउ
-
B) प्रमाणित बीउ
-
C) प्रजनन बीउ
-
D) उन्नत बीउ
23. तलका मध्ये कुन बालीलाई हरियो मलको रूपमा प्रयोग गर्न मिल्दैन?
-
A) ढैंचा
-
B) असुरो
-
C) तीतेपाती
-
D) जै घाँस
24. नेपाली माटोमा सबैभन्दा बढी कुन म्याक्रोन्यूट्रिएन्टको कमी हुन्छ?
-
A) नाइट्रोजन
-
B) फस्फोरस
-
C) पोटासियम
-
D) क्याल्सियम
25. माटोको नमूना संकलन गर्ने उपयुक्त समय कुन हो?
-
A) बाली भित्र्याएपछि
-
B) माटोमा मल लगाएपछि
-
C) जग्गा खनजोत गरेपछि
-
D) जहिले पनि गर्न मिल्छ
26. खाद्य सुरक्षाको प्रचलित चार स्तम्भ भित्र तलका मध्ये कुन पर्दैन?
-
A) खाद्य उपलब्धता
-
B) खाद्यमा पहुँच
-
C) खाद्यको उपयोगिता
-
D) बीउ बिजनको अनुदान
27. कुनै पनि बाली/वस्तुको अध्ययनको नतिजा तुलना गर्न तलका मध्ये कुन Parameter को बढी प्रयोग हुन्छ?
-
A) Average
-
B) Mode
-
C) Frequency
-
D) Standard Deviation
28. डीएपी मलमा कति प्रतिशत नाइट्रोजन हुन्छ?
-
A) १२
-
B) १८
-
C) २१
-
D) ४६
29. राष्ट्रिय कृषि नीति, २०६१ अनुसार कति हेक्टरभन्दा कम जमिन भई न्यून स्रोतसाधन भएका कृषकहरूको पहिचान र वर्गीकरण गरी तोकिएका सुविधाहरू उपलब्ध गराइने व्यवस्था छ?
-
A) २
-
B) ४
-
C) ६
-
D) ७
B - 3, प्राविधिक, कृषि, सहायक द्वितीय, सहायक (कृषि प्राविधिक)
30. कस्तो मललाई प्राङ्गारिक मल भनिन्छ?
-
A) जीवित वा सुशुप्त सूक्ष्म जीवाणु भएको ठोस वा तरल पदार्थ भएको मल
-
B) कुनै पनि ठोस वा तरल रासायनिक पदार्थयुक्त मल
-
C) वनस्पति तथा पशुजन्य कुहिएर बनेको कार्बनयुक्त पदार्थ भएको मल
-
D) नाइट्रोजन, फस्फोरस र कार्बन चक्रसँग सम्बन्धित मल
31. राष्ट्रिय बीउ बिजन समितिको सदस्य-सचिव को रहने व्यवस्था छ?
-
A) महाप्रबन्धक, कृषि विकास बैंक
-
B) महानिर्देशक, कृषि विभाग
-
C) निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद
-
D) प्रमुख, बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र
32. कृषि सामग्री कम्पनी लिमिटेडमा कार्यरत कर्मचारीले लिन नपाउने सापटी सुविधा तलका मध्ये कुन हो?
-
A) घरजग्गा खरिद र घर निर्माण तथा मर्मत सापटी
-
B) एक वर्ष तलब सापटी
-
C) अध्ययन खर्च सापटी
-
D) विशेष तलब सापटी
33. बीउ बिजन ऐन, २०४५ बमोजिम मुद्दा हेर्ने अधिकारीले गरेको निर्णयमा चित्त नबुझ्ने पक्षले कहाँ पुनरावेदन गर्नसक्ने व्यवस्था छ?
-
A) सम्बन्धित जिल्ला प्रशासन कार्यालय
-
B) सम्बन्धित जिल्ला अदालत
-
C) सम्बन्धित उच्च अदालत
-
D) सर्वोच्च अदालत
34. कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्धपत्रबमोजिम कम्पनीले गर्ने कारोबार वा व्यवसायको प्रकृति तलका मध्ये कस्तो रहने व्यवस्था छ?
-
A) उत्पादनमूलक
-
B) व्यापारमूलक
-
C) सेवा र उत्पादनमूलक
-
D) उत्पादन, व्यापार र सेवामूलक
35. सरुवा वा बढुवा भइ जाने, आउने र काजमा खटिएका कर्मचारीले दैनिक भ्रमणभत्ता बापतको पेश्की कार्यालयमा फर्केको कति दिनभित्र सोको फछ्र्यौट र नगद बाँकी भए सोसमेत पेश गरी फछ्र्यौट गर्नुपर्ने व्यवस्था रहेको छ?
-
A) ७
-
B) १५
-
C) ३०
-
D) ४५
36. नेपाल सरकारले कृषकलाई अनुदानमा उपलब्ध गराउने मलको वितरण व्यवस्थापन गर्न गठित मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको संयोजक देहायका मध्ये को रहने व्यवस्था छ?
-
A) कृषि, वन तथा वातावरण मन्त्री
-
B) कृषि, वन तथा वातावरण मन्त्रालयको सचिव
-
C) सहकारीसम्बन्धी विषय हेर्ने मन्त्रालयको सहसचिव
-
D) कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक
37. विक्रेता व्यवस्था कार्यविधि, २०८२ अनुसार विक्रेता प्रमाणपत्र बापत कति शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ?
-
A) रू. २,५००
-
B) रू. ३,५००
-
C) रू. ४,५००
-
D) रू. ५,०००
38. कृषि सामग्री कम्पनी लिमिटेडको भाडा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९ बमोजिम कम्पनीले आफ्नो स्वामित्वमा रहेको खाली जग्गा जमिन बढीमा कति समयसम्मका लागि भाडामा दिन सक्ने व्यवस्था छ?
-
A) ३ वर्ष
-
B) ५ वर्ष
-
C) ६ वर्ष
-
D) १० वर्ष
39. नेपालको संविधानको धारा ४२ मा रहेको सामाजिक न्यायको हकमा तलका मध्ये कुन विषय उल्लेख गरिएको छ?
-
A) कृषकको आम्दानी वृद्धि
-
B) बीउ बिजन छनौट र संरक्षणमा किसानको हक
-
C) गुणस्तरीय बीउ बिजनको हक
-
D) कृषि वस्तु निर्यातको विषय
40. सोह्रौं योजनाको अन्त्यसम्ममा नेपालको कुल गार्हस्थ्य उत्पादन (GDP) मा कृषि क्षेत्रको योगदान कति प्रतिशत रहने अनुमान गरिएको छ?
-
A) २४.६
-
B) २३.९
-
C) २१.०
-
D) १८.५
B - 4, प्राविधिक, कृषि, सहायक द्वितीय, सहायक (कृषि प्राविधिक)
41. कृषिमा यान्त्रिकीकरणको मुख्य उद्देश्य के हो?
-
A) आम्दानी वृद्धि
-
B) स्रोतको उपयोगिता
-
C) मानव श्रमको विकल्प
-
D) उत्पादन वृद्धि
42. कृषिजन्य वस्तुहरूको उचित मूल्य निर्धारण गर्ने वैज्ञानिक आधार के हो?
-
A) आयातको अवस्था
-
B) मौज्दात अवस्था
-
C) ऋण लगानीको अवस्था
-
D) उत्पादन लागत
43. नेपालमा धानखेती लगभग कति क्षेत्रफलमा गर्ने गरिएको छ?
-
A) १२ लाख ७० हजार हेक्टर
-
B) १३ लाख ७० हजार हेक्टर
-
C) १४ लाख ७० हजार हेक्टर
-
D) १५ लाख ७० हजार हेक्टर
44. जीवाणुमल (Biofertilizer) को मुख्य काम के हो?
-
A) माटोको pH मा सुधार ल्याउने
-
B) बिरुवाको प्रकाश संश्लेषण क्रिया (Photosynthesis) मा सहयोग गर्ने
-
C) माटोमा हुने रासायनिक विषादीको असर कम गर्ने
-
D) सूक्ष्मजीवको माध्यमबाट बिरुवालाई चाहिने पोषक खाद्यतत्त्व उपलब्ध गराउने
45. हालको व्यवस्थाअनुसार चैते धानबालीमा उत्पादनमा आधारित बीमाको लागि बीमांकको कति प्रतिशत बीमा शुल्क लाग्ने व्यवस्था छ?
-
A) ५
-
B) ७
-
C) १०
-
D) १५
46. जलवायु परिवर्तनको कारणले कृषि क्षेत्रमा पर्ने मुख्य प्रभाव कुन हो?
-
A) उत्पादन वृद्धि
-
B) मौसममा अनियमितता
-
C) माटोको उर्वराशक्ति वृद्धि
-
D) सिँचाइको आवश्यकता घट्नु
47. नेपालको सन्दर्भमा बाली विकासको क्षेत्र (Scope) तलका मध्ये कुनमा बढी छ?
-
A) आम्दानी वृद्धि
-
B) खाद्य अधिकार
-
C) खाद्य सम्प्रभुता
-
D) खाद्य तथा पोषण सुरक्षा
48. बीउ प्रतिस्थापन दर (Seed Replacement Rate) ले तलका मध्ये केलाई बुझाउँछ?
-
A) उन्नत बालीले ढाकेको क्षेत्रफलको प्रतिशत
-
B) उन्नत जातले ढाकेको क्षेत्रफलको प्रतिशत
-
C) उन्नत बीउले ढाकेको क्षेत्रफलको प्रतिशत
-
D) बाली लगाउन आवश्यक बीउदर
49. तलका मध्ये कुन बाली $C_3$ बाली ($C_3$-plant) अन्तर्गत पर्दैन?
-
A) भटमास
-
B) धान
-
C) मकै
-
D) गहुँ
50. Sticky Rice तलका मध्ये कुन समूहमा पर्दछ?
-
A) Japonica
-
B) Indica
-
C) Javanica
-
D) हालसम्म अध्ययन भएको छैन