Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

वि.सं. २०८१/०२/१२ मा बाग्मती प्रदेश पाँचौ तहलाई सोधिएका Gk & IQ प्रश्नोत्तर

  • Ajnabee Khadka
  • May 25, 2024
  • 751

वि.सं. २०८१/०२/१२ मा बाग्मती प्रदेश पाँचौ तहलाई सोधिएका Gk & IQ प्रश्नोत्तर

वि.सं. २०८१/०२/१२ मा बाग्मती प्रदेश पाँचौ तहलाई सोधिएका Gk & IQ प्रश्नोत्तर
  1. नेपालमा स्थापना भएको संयुक्त राष्ट्रसंघको पहिलो कार्यालय कुन हो ?

➤ विश्व खाद्य संघ

  1. विश्वको सबैभन्दा सक्रिय ज्वालामुखि कुन हो ?

➤ मौनालोवा

  1. विश्वको सबैभन्दा पुरानो देश कुन हो ?

➤ इजिप्ट

  1. छिमेकी राष्ट्र भारत विश्वको कति औं ठूलो देश हो ?

➤ ७ औँ

  1. MCC परियोजनामा नेपालको तर्फबाट कति अमेरिकी डलर लगानी हुने सम्झौता छ ?

➤ १३ करोड

  1. कक्षा १ मा भर्ना भएका विद्यार्थी मध्ये कति प्रतिशत १२ कक्षा सम्म पढ्दछन् ?

➤ २२ प्रतिशत

  1. पन्ध्रौ योजनाको अन्त्यसम्ममा बेरोजगारी दर कति पुयाउने लक्ष्य रहेको छ ?

➤ ८६ प्रतिशत

  1. अग्नि कृतिका लेखक को हुन् ?

➤ नवराज लम्साल

  1. कुडर रिचर्डसन विधि प्रयोग गरेर के पत्ता लगाउन सकिन्छ ?

➤ विश्वासनियता

  1. पर्यटन रणनीति २०१६- २५ अनुसार २०२५ सम्म नेपालमा कति पर्यटक भित्राउने लक्ष्य रहेको छ ?

➤ २५ लाख

  1. राष्ट्रिय योग दिवस २०८० को नारा के रहेको थियो ?

➤ “गरौं योग, रहौं निरोग”

  1. इन्टरनेट चल्नको लागि कति MB RAM भएको मोवाइल फोन चाहिन्छ ?

➤ 32 MB

  1. नेवारी भाषा कुन भाषा परिवार अन्तर्गत पर्दछ

➤ भोट बर्मेली

  1. पहाडी जिल्लामा नगरपालिका हुनको लागि कति जनसंख्या आवश्यक पर्दछ

➤ ५४० हजार

  1. ११ बर्ष जेल सजाय पाएका माल्दिभ्सका पूर्व राष्ट्रपति को हुन् ?

➤ अबदुल्ला यमिन

  1. बागमति प्रदेशमा महिलाको जनसंख्या कति प्रतिशत रहेको छ ?

➤ ५०.१६ प्रतिशत

  1. नेपालको नयाँ मुलुक भनि चिनिने बाँके, बर्दिया, कैलाली र कञ्चनपुर कहिले नेपालले फिर्ता पाउने निर्णय कहिले भएको हो ?

➤ सन् १८६०

  1. मुटुको धमनिमा आएको अवरोध वा बन्द धमनीलाई बिना चिरफार खुलाउने विधिलाई के भनिन्छ ?

➤ एन्जियोप्लास्टी

  1. अन्तर प्रदेश परिषद्को काम के हो ?

➤ संघ र प्रदेश तथा प्रदेश प्रदेशबीचको राजनीतिक विवाद समाधान गर्नु

  1. अन्तरीक्षमा पुग्ने तेस्रो महिला कुन देशकी नागरिक हुन् ?

➤ अमेरिका (सेली राइड)

  1. २०७२ बैशाख २७ को भूकम्पको केन्द्र सुनखानी कुन जिल्लामा पर्दछ ?

➤ दोलखा

  1. पेरिस सम्झौता पास गर्ने COP सम्मेलन कुन हो ?

➤ २१ औं कोप

  1. बिमस्टेक सँग देहायका मध्ये कुन तथ्य मेल खादैन ?
  • बिमस्टेक चार्टरमा ३० वटा धाराहरु छन्।
  • बिमस्टेक चार्टर मा सन् २०२२ मार्च ३० मा हस्ताक्षर भएको हो ।
  • बिमस्टेकको सचिवालय सन् २०१४ मा बंगलादेशको ढाकामा स्थापना भएको हो।
  • बिमस्टेकको चार्टरमा नेपालको तर्फबाट तत्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाले हस्ताक्षर गर्नु भएको छ।
  1. गोर्खाली सेनालो वि. स. १८२२ मा किर्तिपुरमाथि कति औ पटक विजय हासिल गरेको थियो ?

➤ तेस्रो पटक

  1. रानीपोखरीको पुरानो नाम के हो ?

➤ विष्णुतिर्थ

  1. Network Architecture मा प्रयोग हुने OSI को पुरा रुप के हो ?

➤ Open Systems Interconnection

  1. सम्राट अशोकले नेपाल आएर कुन राजाको पालामा अशोक स्तम्भको स्थापना गरेका थिए ?

➤ किराँती राजा स्थुको

  1. Antonym of Captivity?

➤ Freedom

  1. क्षेत्रफलको आधारमा महादेशहरुको बढ्दो क्रम कुन सही छ ?

➤ अष्ट्रेलिया, युरोप, अन्टार्कटिका, दक्षिण अमेरिका, उत्तर अमेरिका, अफ्रिका, एसिया

  1. प्रधानमन्त्री रोजगार कार्यक्रम कुन आर्थिक बर्ष बाट सुरु भएको हो ?

➤ आ.व.२०७५/७६

 

IQ तर्फ

1. तल दिइएको अनुच्छेदमा कतिवटा शब्दहरू अशुद्ध लेखिएका छन् ? सरकारको जिम्मेवार निकायबाट संप्रेषित विग्यप्ति, सूचना, समाचार, परिपत्र आदी जस्ता कुरामा भाषा अशुद्ध भयो भने त्यसलाई अछम्य अपराध नै मान्ने गरिन्छ। कतिपय देशहरूमा त देशको आधिकारिक भाषाको अशुद्ध प्रयोग गरेबापत कानुनी सजाय हुने व्यवस्था पनि रहेको पाइन्छ । 

(a) 6

(b) 7

(c) 8

(d) 9

 

2. देहायका वाक्यांशहरूमध्ये शुद्ध लेखिएको वाक्यांश कुन हो? 

(a) पोसिलो र स्वादिलो भोजन

(b) मूख्र्याइँले सीमा नाघ्यो

(c) इश्वरिय अनुकम्पा

(d) दिर्घकालीन अभ्यास

 

3. ‘ग्रामीण भूभागमा बसोवास गर्नेहरूमा मानविय सम्वेदना अत्यधिक हुन्छ ।’ यस वाक्यको शुद्ध रूप कुन हो? 

(a) ग्रामीण भूभागमा बसोवास गर्नेहरूमा मानवीय संवेदना अत्यधिक हुन्छ।

(b) ग्रामिण भूभागमा बसोवास गर्नेहरूमा मानवीय सम्वेदना अत्याधिक हुन्छ ।

(c) ग्रामीण भुभागमा बसोवास गर्नेहरूमा मानवीय समवेदना अत्यधिक हुन्छ।

(d) ग्रामिण भूभागमा वसोवास गर्नेहरूमा मानविय सम्वेदना अत्यधिक हुन्छ।

 

4. सब्जिवको घर र प्रकाशको घर तथा करुणाको घर र दिलिपको घर ठीक आमने सामने रहेका छन् । यदि दिलिपको घर सन्जिवको घरबाटट दक्षिण-पूर्व तर्फ पर्ने रहेछ भने करुणाको घर प्रकाशको घरबाट कुन दिशातर्फ पर्छ ? [ verbal direction and distance]

(a) उत्तर-पश्चिम

(b) पश्चिम

(c) दक्षिण

(d) उत्तर-पूर्व

 

5. सम्बन्ध पहिल्याउनुहोस्ः 

STIMULUS: INCITEMENT

(a) Insult: Humiliate

(b) Injury: Accident

(c) Fear: Ghost

(d) Hot: Sun

 

6. यदि कुनै निश्चित कोड भाषामा लेख्दा ADMIT को कोड DGPLW हुन्छ, CHOSE को कोड FKRVH हुन्छ भने GROUP को उपयुक्त कोड के हुन्छ?

(a) JVRYS

(b) JURXS

(c) KURYS

(d) KVRXS

7. तल दिइएको मेट्रिक्समा रहेको प्रश्नचिन्हलाई कुन अङ्गले प्रतिस्थापन गर्छ? 

(a) 62

(b) 64

(c) 66

(d) 68

 

8. कुन विकल्पले दिइएको श्रेणीलाई पूरा गर्दछ ? 5, 12, 27, 58, 2, 248 

(a) 118

(b) 121

(c) 125

(d) 130

 

9. पाँच जना साथीहरु P, Q. X, Y र Zले केही नोट बुकहरु किनेका थिए । सम्बन्धित जानकारी तल दिइएको छ : 

Five friends P, Q, X, Y and Z purchased some notebooks. The relevant information is given below:

1. Z ले X भन्दा 8 वटा बढी नोटबुकहरु खरिद गर्यो । Z purchased 8 notebooks more than X did.

2. P र Q ले सँगै 21 वटा नोटबुकहरु खरिद गरे । P and Q together purchased 21 notebooks.

3. Q ले P भन्दा 5 वटा कम नोटबुकहरु खरिद गर्यो । Q purchased 5 notebooks less than P did.

4. X र Y ले सँगै 28 वटा नोटबुकहरु खरिद गरे । X and Y together purchased 28 notebooks.

5. P ले X भन्दा 5 वटा बढी नोटबुकहरु खरिद गर्यो । P purchased 5 notebooks more than X did.

यदि प्रत्येक नोटबुकको मूल्य रु. 40 छ भने सबै नोटबुकहरुको कुल मूल्य कति हुन्छ ? If each notebook is priced Rs. 40, then what is the total cost of all the notebooks ?

(a) Rs. 2600

(c) Rs. 2360

(b) Rs. 2400

(d) Rs. 2320

 

10. दिइएको चित्रमा त्रिभुजहरु (Triangles) को अधिकतम संख्या कति छ ? 

(a) 20

(b) 18

(c) 17

(d) 19

11. कुन विकल्पले तलको चित्रलाई पूरा गर्दछ ?

\

A) A

B) B

C) C

D) D

 

12. तल दिइएको चित्रको खाली भागमा विकल्पहरूमध्येका कुन चित्र आउँछहोला ?

Answer: C

Categories

  • Current Affairs 725
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 54
The world's 5 major oceans and their deepest points
Others

विश्वका ५ प्रमुख महासागर र तिनका सबैभन्दा गहिरा बिन्दुहरू (Deepest Points)

  • Jul 29, 2026
  • 61
World Tiger Day, 2026 (including updated tiger census data for 2082 B.S.)
Current Affairs

विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)

  • Jul 29, 2026
  • 46
Benefits of Public Environmental Services: Topical Q&A (13 Shrawan 2083, Wednesday)
Gorkhapatra

सार्वजनिक वातावरणीय सेवाका लाभ : विषयगत प्रश्नोत्तर

  • Jul 29, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (13 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ साउन २०८३, बुधबार)

  • Jul 29, 2026
  • 20
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA