Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल राष्ट्र बैङ्कको बारेमा संक्षिप्त जानकारी

  • Ajnabee Khadka
  • April 26, 2024
  • 884

नेपाल राष्ट्र बैङ्कको बारेमा संक्षिप्त जानकारी

नेपाल राष्ट्र बैङ्कको बारेमा संक्षिप्त जानकारी

“नेपाल राष्ट्र बैङ्क नेपालको केन्द्रीय बैङ्क हो। यो नेपालको मौद्रिक अधिकारी र बैंकिङ प्रणालीको नियामक एवम् सुपरिवेक्षक पनि हो।”

➤नेपाल राष्ट्र बैङ्कको स्थापना – वि.सं. २०१३, वैशाख १४ गते (सन् १९५६, अप्रिल २६)

➤श्री ५ राजा महेन्द्र वीर विक्रम शाहदेवको आदेशद्वारा स्थापित, (भारतमाथिको नेपालको मौद्रिक निर्भरता देखेर राजा महेन्द्रले भारतमाथिको निर्भरता घटाउन, स्वदेशी बजारमा चलिरहेको भारतीय मुद्रालाई प्रतिस्थापन गर्न र विदेशी मुद्रामा नेपाललाई स्वतन्त्र बनाएर देशको सार्वभौमसत्ता बलियो बनाउन नेपाल राष्ट्र बैङ्कको स्थापना गरेका थिए।)

➤स्वामित्व – नेपाल सरकार

➤स्थापना नीति – नेपाल राष्ट्र बैङ्क ऐन २०१२ (तत्कालिन ऐनको ठाउँमा नयाँ नेपाल राष्ट्र बैङ्क ऐन २०५८ परिचालन गरी त्यसमा बैङ्कको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ।)

➤केन्द्रीय कार्यालय – बालुवाटार, काठमाडौँ

➤प्रादेशिक कार्यालयको संख्या – ८ (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, सुर्खेत र धनगढी)

➤नेपाल राष्ट्र बैङ्क ऐन २०५८ र नेपाल सरकार (मन्त्रिपरिषद) को नियुक्तिद्वारा नेपाल राष्ट्र बैङ्कमा ७ जना सञ्चालक समिति सदस्य रहने व्यवस्था गरिएको छ जसमध्ये एक जना गभर्नर, एक जना सचिव, दुईजना डेपुटी गभर्नर, र तीन जना अन्य निर्देशकहरु रहेका छन्।

  • नेपाल राष्ट्र बैङ्कको प्रथम गभर्नर – हिमालय शमशेर ज.ब.रा (वि.सं. २०१३, बैशाख १४ – वि.सं. २०१७ माघ २५ )
  • नेपाल राष्ट्र बैङ्कको वर्तमान (१७औं) गभर्नर – महाप्रसाद अधिकारी (वि.सं. २०७६, चैत्र २४ – हालसम्म)

➤नेपाल राष्ट्र बैङ्कको स्थापनाको मूल उदेश्य – भ्रूण घरेलु वित्तीय क्षेत्रको विकासको लागि मार्गदर्शन सहित केन्द्रीय बैंकिङ जिम्मेवारीहरू निर्वाह गर्न।

➤नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ (२००२) दफा ४ (१) बमोजिम बैङ्कका उद्देश्यहरू देहायबमोजिम हुनेछन् :-

  • आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका लागि मूल्य र भुक्तानी सन्तुलनको स्थायित्व कायम गर्न आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति तर्जुमा गरी व्यवस्थापन गर्ने;
  • बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी वित्तीय सेवामा पहुँच अभिवृद्धि गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति जनताको विश्वास अभिवृद्धि गर्ने;
  • सुरक्षित, स्वस्थ र प्रभावकारी भुक्तानी प्रणाली विकास गर्न;

➤नेपाल राष्ट्र बैङ्कको स्थापना हुनुअघि देहायका संस्थाहरू आन्तरिक वित्तीय गतिविधिलाई सहयोग गर्न सञ्चालित थिए:

  1. तेजरथ अड्डा: वि.सं. १९३३ सालमा सर्वसाधारणलाई सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनको लागि तत्कालिन राणा प्रधामन्त्री रणोदीप सिंहले गरेका थिए। यसलाई नेपालमा आधुनिक बैंकिङको प्रमुख आधार मानिन्छ।
  2. नेपाल बैङ्क लिमिटेड: वि.सं. १९९४ मा स्थापित नेपाल लिमिटेड, नेपालको पहिलो वाणिज्य बैङ्क हो। यसले आफ्नो प्रारम्भिक दिनहरूमा सर्वसाधारणबाट निक्षेप लिएर सर्वसाधारणलाई ऋण उपलब्ध गराउने गर्दथ्यो।
  3. सदर मुलुकी खाना: वि.सं. १९९० मा तत्कालिन राणा प्रधानमन्त्री जुद्ध शमशेर ज.ब.राले  सरकारी खाताको व्यवस्थापन र नेपाली नोट जारी गर्नका लागि सदर मुलुकी खाना स्थापना गरेका थिए। राणाकालीन प्रशासनमा केन्द्रिय बैङ्कको (नेपाल राष्ट्र बैङ्क) काम गर्ने निकायलाई सदर मुलुकी खाना भनिन्थ्यो। वि.सं. २००२ असोज १ गते यस संस्थाले पहिलो नेपाली नोट जारी गरेको थियो। सदर मुलुकी खानाले प्रकाशित गर्ने नेपाली नोटलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो ।

➤नेपाल राष्ट्र बैङ्कका केही रोचक तथ्य (जानी राखौ):

  • नेपालको पहिलो बैङ्क, नेपाल बैङ्क लिमिटेड (Nepal Bank Limited) स्थापना भएको १९ वर्षपछि मात्रै नेपालको केन्द्रीय बैङ्क, नेपाल राष्ट्र बैङ्क (Nepal Rastra Bank) स्थापना भएको हो ।
  • नेपाल राष्ट्र बैङ्कको स्थापना हुनुअघि नेपालको आफ्नै विदेशी मुद्रा सञ्चिति थिएन र स्वदेशी बजारमा भारतीय रुपैयाँको प्रभुत्व थियो।
  • नेपाल स्टक एक्सचेन्ज (Nepal Stock Exchange (NEPSE)) को प्रमुख स्वामित्व गर्ने मध्येको एक नेपाल राष्ट्र बैङ्क पनि हो।
  • नेपाल राष्ट्र बैङ्क एशियन क्लियरिङ युनियन (Asian Clearing Union (ACU)) को संस्थापक सदस्य हो।
  • आफ्नो स्थापना पछि, नेपालमा अन्य कुनै पनि बैङ्कहरूको खाता सञ्चालन गर्नु अघि, नेपाल राष्ट्र बैङ्कले आफ्नो पहिलो बैङ्क खाता भारतीय रिजर्व बैङ्क (Reserve Bank of India) मा खोलेको थियो।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 32
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 135
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 110
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 358
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA