Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल राष्ट्र बैङ्कको बारेमा संक्षिप्त जानकारी

  • Ajnabee Khadka
  • April 26, 2024
  • 748

नेपाल राष्ट्र बैङ्कको बारेमा संक्षिप्त जानकारी

नेपाल राष्ट्र बैङ्कको बारेमा संक्षिप्त जानकारी

“नेपाल राष्ट्र बैङ्क नेपालको केन्द्रीय बैङ्क हो। यो नेपालको मौद्रिक अधिकारी र बैंकिङ प्रणालीको नियामक एवम् सुपरिवेक्षक पनि हो।”

➤नेपाल राष्ट्र बैङ्कको स्थापना – वि.सं. २०१३, वैशाख १४ गते (सन् १९५६, अप्रिल २६)

➤श्री ५ राजा महेन्द्र वीर विक्रम शाहदेवको आदेशद्वारा स्थापित, (भारतमाथिको नेपालको मौद्रिक निर्भरता देखेर राजा महेन्द्रले भारतमाथिको निर्भरता घटाउन, स्वदेशी बजारमा चलिरहेको भारतीय मुद्रालाई प्रतिस्थापन गर्न र विदेशी मुद्रामा नेपाललाई स्वतन्त्र बनाएर देशको सार्वभौमसत्ता बलियो बनाउन नेपाल राष्ट्र बैङ्कको स्थापना गरेका थिए।)

➤स्वामित्व – नेपाल सरकार

➤स्थापना नीति – नेपाल राष्ट्र बैङ्क ऐन २०१२ (तत्कालिन ऐनको ठाउँमा नयाँ नेपाल राष्ट्र बैङ्क ऐन २०५८ परिचालन गरी त्यसमा बैङ्कको स्वायत्तता, स्वतन्त्रता र सुनिश्चिता गरिएको छ।)

➤केन्द्रीय कार्यालय – बालुवाटार, काठमाडौँ

➤प्रादेशिक कार्यालयको संख्या – ८ (विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज, सुर्खेत र धनगढी)

➤नेपाल राष्ट्र बैङ्क ऐन २०५८ र नेपाल सरकार (मन्त्रिपरिषद) को नियुक्तिद्वारा नेपाल राष्ट्र बैङ्कमा ७ जना सञ्चालक समिति सदस्य रहने व्यवस्था गरिएको छ जसमध्ये एक जना गभर्नर, एक जना सचिव, दुईजना डेपुटी गभर्नर, र तीन जना अन्य निर्देशकहरु रहेका छन्।

  • नेपाल राष्ट्र बैङ्कको प्रथम गभर्नर – हिमालय शमशेर ज.ब.रा (वि.सं. २०१३, बैशाख १४ – वि.सं. २०१७ माघ २५ )
  • नेपाल राष्ट्र बैङ्कको वर्तमान (१७औं) गभर्नर – महाप्रसाद अधिकारी (वि.सं. २०७६, चैत्र २४ – हालसम्म)

➤नेपाल राष्ट्र बैङ्कको स्थापनाको मूल उदेश्य – भ्रूण घरेलु वित्तीय क्षेत्रको विकासको लागि मार्गदर्शन सहित केन्द्रीय बैंकिङ जिम्मेवारीहरू निर्वाह गर्न।

➤नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ (२००२) दफा ४ (१) बमोजिम बैङ्कका उद्देश्यहरू देहायबमोजिम हुनेछन् :-

  • आर्थिक स्थायित्व र अर्थतन्त्रको दिगो विकासका लागि मूल्य र भुक्तानी सन्तुलनको स्थायित्व कायम गर्न आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति तर्जुमा गरी व्यवस्थापन गर्ने;
  • बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी वित्तीय सेवामा पहुँच अभिवृद्धि गरी बैंकिङ तथा वित्तीय प्रणालीप्रति जनताको विश्वास अभिवृद्धि गर्ने;
  • सुरक्षित, स्वस्थ र प्रभावकारी भुक्तानी प्रणाली विकास गर्न;

➤नेपाल राष्ट्र बैङ्कको स्थापना हुनुअघि देहायका संस्थाहरू आन्तरिक वित्तीय गतिविधिलाई सहयोग गर्न सञ्चालित थिए:

  1. तेजरथ अड्डा: वि.सं. १९३३ सालमा सर्वसाधारणलाई सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउनको लागि तत्कालिन राणा प्रधामन्त्री रणोदीप सिंहले गरेका थिए। यसलाई नेपालमा आधुनिक बैंकिङको प्रमुख आधार मानिन्छ।
  2. नेपाल बैङ्क लिमिटेड: वि.सं. १९९४ मा स्थापित नेपाल लिमिटेड, नेपालको पहिलो वाणिज्य बैङ्क हो। यसले आफ्नो प्रारम्भिक दिनहरूमा सर्वसाधारणबाट निक्षेप लिएर सर्वसाधारणलाई ऋण उपलब्ध गराउने गर्दथ्यो।
  3. सदर मुलुकी खाना: वि.सं. १९९० मा तत्कालिन राणा प्रधानमन्त्री जुद्ध शमशेर ज.ब.राले  सरकारी खाताको व्यवस्थापन र नेपाली नोट जारी गर्नका लागि सदर मुलुकी खाना स्थापना गरेका थिए। राणाकालीन प्रशासनमा केन्द्रिय बैङ्कको (नेपाल राष्ट्र बैङ्क) काम गर्ने निकायलाई सदर मुलुकी खाना भनिन्थ्यो। वि.सं. २००२ असोज १ गते यस संस्थाले पहिलो नेपाली नोट जारी गरेको थियो। सदर मुलुकी खानाले प्रकाशित गर्ने नेपाली नोटलाई मोरु (मोहर रुपैयाँ) भनिन्थ्यो ।

➤नेपाल राष्ट्र बैङ्कका केही रोचक तथ्य (जानी राखौ):

  • नेपालको पहिलो बैङ्क, नेपाल बैङ्क लिमिटेड (Nepal Bank Limited) स्थापना भएको १९ वर्षपछि मात्रै नेपालको केन्द्रीय बैङ्क, नेपाल राष्ट्र बैङ्क (Nepal Rastra Bank) स्थापना भएको हो ।
  • नेपाल राष्ट्र बैङ्कको स्थापना हुनुअघि नेपालको आफ्नै विदेशी मुद्रा सञ्चिति थिएन र स्वदेशी बजारमा भारतीय रुपैयाँको प्रभुत्व थियो।
  • नेपाल स्टक एक्सचेन्ज (Nepal Stock Exchange (NEPSE)) को प्रमुख स्वामित्व गर्ने मध्येको एक नेपाल राष्ट्र बैङ्क पनि हो।
  • नेपाल राष्ट्र बैङ्क एशियन क्लियरिङ युनियन (Asian Clearing Union (ACU)) को संस्थापक सदस्य हो।
  • आफ्नो स्थापना पछि, नेपालमा अन्य कुनै पनि बैङ्कहरूको खाता सञ्चालन गर्नु अघि, नेपाल राष्ट्र बैङ्कले आफ्नो पहिलो बैङ्क खाता भारतीय रिजर्व बैङ्क (Reserve Bank of India) मा खोलेको थियो।

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 128
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA