Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हिन्धु धर्मका ४ वेदहरु सम्बन्धी सम्पूर्ण जानकारी

  • Ajnabee Khadka
  • April 18, 2024
  • 680

हिन्धु धर्मका ४ वेदहरु सम्बन्धी सम्पूर्ण जानकारी

हिन्धु धर्मका ४ वेदहरु सम्बन्धी सम्पूर्ण जानकारी

“वेदहरू प्राचीन जम्बुद्वीप अर्थात वर्तमान दक्षीण एसिया क्षेत्रमा सृजीत ज्ञान भण्डार एवं मानव ज्ञानको प्राचीनतम श्रोत ग्रन्थहरूको एक ठुलो समूह हो।”

➤ वेदहरूमा कविता, मन्त्र, दार्शनिक कथा, संस्कार, अनुष्ठान, धार्मिक निर्देशन, भजन र किर्तनहरु समावेश छन् ।

➤ वेदको शाब्दिक अर्थ “ज्ञान” हो।

➤ मूल भाषा – वेदिक संस्कृत

➤ वेदहरू संस्कृत साहित्यको सबैभन्दा पुरानो तह र हिन्दु धर्मको सबैभन्दा पुरानो धर्मग्रन्थ हो।

➤ रचना – १५०० र ५०० ईसा पूर्व

➤ उत्पत्ति स्थान – भारतीय उपमहाद्वीपको उत्तरपश्चिमी क्षेत्र

➤ वेदहारको संकलक – ऋषि व्यास वा वेद व्यास (परम्परा अनुसार, नेपालको तनहुँ जिल्ला स्थीत व्यास नगरपालीका क्षेत्रमा व्यास ऋषीले चार वेद र अठार पुराणको सम्पादन गरेका हुन भन्ने विश्वास रहेको छ।)

➤ वेदका प्रकार – ४ (के के ? ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद)

वेदका प्रमुख प्रकारहरुको बारेमा संक्षिप्त जानकारी:

  • ऋग्वेद:

➤ ऋग्वेद वेदहरुको सबैभन्दा पुरानो रूप र सबैभन्दा पुरानो ज्ञात वैदिक संस्कृत पाठ हो।

➤ ऋग्वेदको अर्थ – ऋच्, “स्तुति” र वेद, “ज्ञान”

➤ ऋग्वेदलाई मानव ज्ञानको सबैभन्दा पुरानो सङ्कलनको रुपमा चिनिन्छ।

➤ ऋग्वेदमा १०२८ शुक्ति र १०५५२ मन्त्रहरु  समावेश छन् र यसलाई १० मण्डल (पुस्तक) मा विभाजित गरिएको छ।

➤ १० पुस्तकहरू वा मण्डलहरू मध्ये, ऋग्वेदिक पुस्तक १ र १० सबैभन्दा कान्छो र लामो छन्।

➤ ऋग्वेदिक पुस्तक १ र १० सबैभन्दा कान्छो र लामो हुन् भने २ देखि ९ सम्मका ऋग्वेदिक पुस्तकहरु सबैभन्दा पुराना र छोटा हुन्।

➤ ऋग्वेदिक पुस्तक २ देखि ९ सम्म मुख्यतया ब्रह्माण्डविज्ञान, देवताहरूको अनुग्रह कमाउन आवश्यक संस्कार र अनुष्ठानहरू, साथै देवताहरूको प्रशंसाको बारेमा चर्चा गरिएको छ। यो मन्त्रको रुपमा लेखिएको छ।

➤ ऋग्वेदिक पुस्तक १ र १० दार्शनिक वा अनुमानित प्रश्नहरू, समाजमा दान जस्ता सद्गुणहरू, ब्रह्माण्डको उत्पत्ति र परमात्माको प्रकृतिको बारेमा प्रश्नहरू, र अन्य आधिभौतिक मुद्दाहरूसँग सम्बन्धित छन्।

➤ शाकल्प, वास्कल, अश्वलायन, शांखायन, मंकायन गरी ऋग्वेदको ५ प्रमुख साखाहरु छन्।

➤ विश्वव्यापी रूपमा प्रसिद्ध गायत्री मन्त्र (सावित्री) ऋग्वेदमा समावेश छ।

➤ इन्द्रदेव ऋग्वेदमा उल्लिखित प्रमुख देवता हुन्।

  • यजुर्वेद:

➤ यजुर्वेद हिन्दू पूजा र अनुष्ठानमा प्रयोग हुने संस्कृत मन्त्र र पदहरूको पुरानो संग्रह हो।

➤ यो वेदमा अधिकांशतः यज्ञ र हवनको नियम र विधान छन् । त्यसैले यो कर्मकाण्डप्रधान ग्रन्थ हो ।

➤ यजुर्वेद नामको अर्थ – यजुस, “पूजा” वा “बलिदान” र वेद, “ज्ञान”

➤ यजुर्वेदलाई कहिलेकाहीँ “बलिदानको ज्ञान” भनेर पनि अनुवाद गरिन्छ।

➤ यजुर्वेद त्रेतायुगमा लेखिएको हो।

➤ यजुर्वेदले धार्मिक संस्कार र पवित्र समारोहहरू गर्ने तरिकाको वर्णन गर्दछ त्यसैले यो मुख्य रूपमा हिन्दू पुजारीहरूप्रति केन्द्रित छ।

➤ यजुर्वेदका दुई प्रकार छन् – कृष्ण (कालो/गाढा) र शुक्ल (सेतो/उज्ज्वल)। कृष्ण यजुर्वेदमा श्लोकहरूको अव्यवस्थित, अस्पष्ट, भिन्न संग्रह छ भने शुक्ल यजुर्वेदमा श्लोकहरू व्यवस्थित र स्पष्ट छन्।

➤ नेपाल र उत्तर भारततिर शुक्ल यजुर्वेद अनि दक्षिण भारततिर कृष्ण यजुर्वेद प्रचलित छ।

➤ यजुर्वेदमा १९७५ मन्त्र र ४० अध्याय रहेका छन्।

  • सामवेद:

➤ सामवेद धुन र मन्त्रहरूको संग्रह हो, र यसलाई “गीतको पुस्तक,” “मन्त्रको वेद” वा “गीतको योग” पनि भनिन्छ। यो मूलतः “ऋग्वेद” को ऋचाहरुको सांगीतिक रुप हो।

➤ सामवेद नामको अर्थ – सामन्, “गीत” र वेद, “ज्ञान”

➤ सामवेद, चार वेदहरु मध्येको सबैभन्दा छोटो वेद हो।

➤ सामवेदमा कुल श्लोकहरूको संख्या १८७५ छ जसमध्ये १७७१ श्लोकहरू ऋग्वेदका हुन्।

➤ सामवेदमा ६ अध्याय रहेका छन्।

➤ वैदिक विद्वान डेभिड फ्राउलीले “सामवेद” लाई यसरी वर्णन गरेका छन्: “यदि ‘ऋग्वेद’ शब्द हो भने, ‘सामवेद’ गीत हो; यदि ‘ऋग्वेद’ ज्ञान हो भने, ‘सामवेद’ अनुभूति हो; यदि ‘ऋग्वेद’ पत्नी हो, ‘सामवेद’ पति हो।

➤ सामवेद संसारको सबैभन्दा पुरानो सांगीतिक व्यवस्था र संगीत विषयमा सबैभन्दा पुरानो मानव साहित्य हो।

➤ सामवेदको पाठको तीन संशोधित संस्करणहरू छन् – कौथुमा, रणयनीया र जैमनिया।

  • अथर्ववेद:

➤ अथर्ववेद एक पवित्र हिन्दू पाठ हो जसलाई ऋग्वेद, यजुर्वेद र सामवेद पछि गणनाको सामान्य क्रममा “चौथो वेद” भनिन्छ।

➤ अथर्ववेदको अर्थ “दैनिक जीवनको लागि प्रक्रियाहरूको ज्ञान भण्डार” हो।

➤ अथर्ववेद मायावी जादु र चमत्कारको मन्त्र समावेश भएको वेद हो।

➤ अथर्ववेद चिकित्सा र औषधी विज्ञानको तत्व समावेश भएको पहिलो धार्मिक ग्रन्थ हो।

➤ अथर्ववेदमा भूगोल, खगोल, वनस्पति विद्या, असंख्य जडीबुटी, आयुर्वेद, प्रजनन विज्ञान अर्थशास्त्र, युद्धशास्त्र, राजनीति, राष्ट्रियता लगायतका धेरै विषय यसमा अटाएका छन्।

➤ अथर्ववेदलाई व्रह्मवेद पनि भनिन्छ।

➤ अथर्ववेदमा ५९८७ मन्त्र र २० काण्ड रहेका छन्।

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 101
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 128
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA