Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बैसाख १ गते घटेका केहि महत्वपुर्ण घटनाहरु

  • Ajnabee Khadka
  • April 14, 2024
  • 817

बैसाख १ गते घटेका केहि महत्वपुर्ण घटनाहरु

बैसाख १ गते घटेका केहि महत्वपुर्ण घटनाहरु

“वैसाख १ गते विक्रम संवत् अनुसार नयाँ वर्षको शुभारम्भ दिन हो।”

बैसाख १ गते घटेका केहि महत्वपुर्ण घटनाहरुको सूची:

  • वि.सं. १९६१ मा चन्द्र शमशेर ज.ब.राको शासनकाल देखि वैसाख १ गतेलाई आधिकारीक रुपमा नयँ वर्षको रुपमा मनाउने सुरुवात गरिएको हो।
  • वि.सं. १९८१ बैसाख १ चन्द्र शमशेर ज.ब.राले नेपालमा दास प्रथाको औपचारिक उन्मुलन गरेका थिए।
  • वि.सं. २००५ बैशाख १ गतेदेखि नेपालमा नेपाल सरकार वैधानिक कानुन २००४ लागू भएको थियो।
  • वि.सं. २००५ बैशाख १ गते मोहन शमशेर ज.ब.रा नेपालका अन्तिम राणा प्रधानमन्त्री भएका थिए।
  • वि.सं. २०१८ वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो। (राजा राजेन्द्र वीर विक्रम शाह र भीमसेन थापाको पालामा १० जिल्ला र वीर शम्शेरको पालामा ३२ जिल्ला र धनकुटा, पाल्पा र डोटी, ३ गौँडामा विभाजित थियो।)
  • वि.सं. २०१९ बैसाख १ गतेको दिन महेन्द्र राजमार्ग (पूर्व पश्चिम राजमार्ग) को शिलान्यास भएको हो।
  • वि.सं. २०३० बैसाख १ गतेको दिन सल्यान र जाजरकोट छुट्टाछुट्टै दुई जिल्लामा विभाजित भएका थिए।
  • वि.सं. २०३४ बैसाख १ गते नेपाललाई विफरमुक्त देश घोषणा गरिएको थियो।
  • वि.सं. २०३४ बैसाख १ गतेदेखि नेपालमा व्यक्तिगत घटना दर्ताको थालनी भएको थियो।
  • गौरीशंकर हिमाललाई आधार मानेर वि.सं. २०४२ बैसाख १ देखि नेपालको प्रमाणिक समयको निर्धारण भएको थियो।
  • प्रधामन्त्री मरिचमान सिंह श्रेष्ठले वि.सं. २०४५ बैसाख १ गतेदेखि १२ बजे तोप पडकाउने चलनको अन्त्य गराएका थिए।
  • वि.सं. २०५१ बैसाख १ देखि काठमाण्डौ उपत्यकामा सवारी प्रदुषण जाँच सुरु भएको हो।
  • नया वर्षको दिन (बैसाख १) मात्र फूल्ने फूल – सहलेस फूल

नोट: माथिको घटना बैसाख १ गते घटेका सबै घटना होइन, संक्षेपित जानकारी मात्र हो।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 34
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 158
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 128
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 251
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 361
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA