Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ईद उल-फित्र (Eid al-Fitr) को पावन अवसरमा इस्लाम धर्म विशेष:

  • Ajnabee Khadka
  • April 11, 2024
  • 499

ईद उल-फित्र (Eid al-Fitr) को पावन अवसरमा इस्लाम धर्म विशेष:

ईद उल-फित्र (Eid al-Fitr) को पावन अवसरमा इस्लाम धर्म विशेष:

☪ इस्लाम धर्म “अब्राहमिक परम्परा (केवल एउटै देवताको पूजासँग केन्द्रित धर्मलाई “अब्राहमिक धर्म” भनिन्छ।)” सँग सम्बन्धित “एकेश्वरवादी धर्म” हो।

☪ इस्लाम शब्दको अर्थ – “समर्पण” वा “आत्मसमर्पण” (सन्दर्भमा: अल्लाहको इच्छामा समर्पित)

☪ इस्लाम धर्मका अनुयायीहरूलाई “मुस्लिम/मुसलमान” भनिन्छ।

☪ इस्लाम धर्मका संस्थापक – पैगम्बर मोहमद (जन्म – सन् ५७०, मृत्यु – सन् ६३२)

☪ साउदी अरबमा अवस्थित मक्का सहरलाई इस्लाम धर्मको जन्मस्थल मानिन्छ।

☪ इस्लाम धर्मको सुरुवात परम्परागत रूपमा ७ औं शताब्दी ईस्वीमा भएको हो भन्ने मानिन्छ।

☪ इस्लाम धर्मको मूल ग्रन्थ – कुरान (Qur’an or Koran)

  • कुरानमा प्रार्थना, नैतिक निर्देशन, ऐतिहासिक कथा, र स्वर्गको प्रतिज्ञाहरू छन्।
  • कुरानमा यस धर्मका संस्थापक (पैगम्बर मोहमद) ले अल्लाहबाट प्राप्त गरेका शिक्षा र दिक्ष्यहरु समावेस छन्।
  • कुरान ११४ अध्याय (सूरा) मा संगठित छ जसमा व्यक्तिगत पदहरू (आयत) छन्।
  • कुरान मूल रूपमा अरबी भाषामा लेखिएको हो, कुरान मुस्लिम संसारमा सबैभन्दा अनुवादित पुस्तक हो।
  • जानी राखौं: इस्लाम धर्ममा कुरान पछिपनि चारवोटा पवित्र ग्रन्थहरू छन्।

☪ इस्लाम धर्म कुरान र यस धर्मका संस्थापक पैगम्बर मुहम्मदको शिक्षामा केन्द्रित पवित्र र सख्त प्रकृतिको धर्म हो।

☪ इस्लाम धर्मको केन्द्रीय विश्वास – “अल्लाह बाहेक कुनै ईश्वर छैन, र मुहम्मद अल्लाहका दूत हुनुहुन्छ।“

☪ इस्लाम धर्मलाई प्रमुख विश्व धर्महरु मध्ये सबैभन्दा कान्छो धर्मको रुपमा मानिन्छ।

☪ जसरी हिन्दु धर्मको पुजा स्थललाई “मन्दिर” र इशाई धर्मलाई “चर्च” भनिन्छ, इस्लाम धर्मको पुजा स्थललाई “मस्जिद” भनिन्छ।

  • विश्वोमा सबैभन्दा बादी मस्जिद भएको देश इन्डोनेसिया हो।
  • नेपालमा सबैभन्दा बढी मस्जिद भएको जिल्ला रौतहट हो।
  • विश्वोको सबैभन्दा पुरानो मस्जिद अल-हरम हो।
  • नेपालको सबैभन्दा पुरानो मस्जिद पञ्च कश्मीरी टाकिया मस्जिद हो।
  • विश्वोको सबैभन्दा ठुलो मस्जिद मस्जिद अल-हराम हो।
  • नेपालको सबैभन्दा ठुलो मस्जिद जामा मस्जिद रहमानिया हो।

☪ मुस्लिम धर्मावलम्बीहरूले दिनमा पाँच पटक प्रार्थना गर्नुपर्छ – बिहान, दिउँसो, मध्यान्ह, सूर्यास्त र साँझ।

  • इस्लाममा चार प्रकारका प्रार्थनाहरू छन्, जसमा फर्द (अनिवार्य प्रार्थना), वाजिब (आवश्यक प्रार्थना), सुन्न र नफल (स्वैच्छिक प्रार्थना) समावेश छन्।

☪ निम्न उल्लेखित पाँच स्तम्भहरू इस्लामका मूल विश्वास र अभ्यासहरू हुन्:

  1. विश्वासको पेशा (शहादा)
  2. प्रार्थना (नमाज)
  3. भिक्षा (जकात)
  4. उपवास (साम)
  5. तीर्थयात्रा (हज)

☪ इस्लाम धर्मको कानुनी व्यवस्थालाई “शरिया कानून” भनिन्छ।

☪ इस्लाम धर्ममा सातवटा सम्प्रदाय (ठूलो धार्मिक वा वैचारिक परम्परा भित्रको उपसमूह वा शाखाहरू) छन्; सुन्नी, शिया, वब्बी, सलाफी, बेरेल्वी, सुफी र देवबन्दी

☪ इस्लामिक तालिकाका दुई सबैभन्दा महत्त्वपूर्ण चाडहरू “इद-उल-अधा (Id-ul-Adha)” र “इद-उल-फित्र (Id-ul-Fitr)” हुन्।

☪ जन संख्याको आधारमा इस्लाम धर्म संसारको दोस्रो ठूलो धर्म हो। (पहिलो: इसाई धर्म)

☪ जन संख्याको आधारमा इन्डोनेसियामा इस्लाम धर्मका अनुयायीहरूको संख्या विश्वोव्यापी रुपमा सबैभन्दा बढी छ। (दोस्रो: पाकिस्तान र तेस्रो: भारत)

☪ नेपालमा जनसंख्याको आधारमा इस्लाम धर्म तेस्रो ठुलो धर्म हो (पहिलो: हिन्दु धर्म र दोस्रो: बौद्ध धर्म)। वि.सं. २०७८ सालको जनगणना अनुसार नेपालमा इस्लाम धर्मावलम्वीहरूको संख्या ५.०९% रहेको छ। नेपालमा धेरै मुस्लिम जनसङ्ख्या भएका जिल्लाहरू रौतहट, बाँके, कपिलवस्तु, पर्सा, महोत्तरी, बारा र सुनसरी हुन्।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 34
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 156
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 127
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 361
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA