प्रथम विश्वो युद्धको बारेमा सम्पूर्ण जानकारी
- दोस्रो विश्वो युद्ध सुरु हुनु भन्दा अघि, पहिलो विश्वयुद्धलाई “The Great War (महायुद्ध)” भनिन्थ्यो।
- प्रथम विश्वो युद्धको समय सीमा – २८ जुलाई, १९१४ – ११ नोभेम्बर, १९१८
- प्रथम विश्वो युद्धलाई “the war to end all wars (सबै युद्ध अन्त्य गर्न युद्ध)” पनि भनिन्थ्यो।

- प्रथम विश्वो युद्धको तत्काल कारण – अस्ट्रिया-हंगेरीको आर्कड्यूक फ्रान्ज फर्डिनान्ड (Archduke Franz Ferdinand of Austria-Hungary) र उनको पत्नी होहेनबर्गको डचेस सोफी (Sophie, Duchess of Hohenberg) को हत्या,
- हत्यामा संलग्न मूल व्यक्ति – गेभ्रिलो प्रिन्सेप (Gavrilo Princip)
- हत्यामा संलग्न मूल संगठन – ब्ल्याक ह्यान्ड सोसाइटी (Black hand society)
- प्रथम विश्वो युद्धका अरु अन्य कारणहरु:
- युरोपेली विस्तारवाद (European Expansionism)
- सैन्यवाद (Militarism)
- साम्राज्यवाद (Imperialism)
- कट्टर देशभक्ति (Staunch patriotism)
- गठबन्धनमा द्वन्द्व (Conflicts over Alliances)
- सहस्राब्दीवाद (Millenarianism)
- गोप्य कूटनीति (Secret Diplomacy)
- राजनीतिक षड्यन्त्र (Political Conspiracy)
- प्रभुत्वको लागि दौड (Race for dominance)
- हतियारको वर्चस्व (Dominion of Arms)

- अस्ट्रिया-हंगेरी (Austria-Hungary) ले सर्बिया (Serbia) विरुद्ध जुलाई २८, १९१४ मा गरेको युद्धको घोषणा पहिलो विश्वयुद्धको आधिकारिक सुरुवात थियो।

- प्रथम विश्वो युद्ध दुई विरोधी गठबन्धनमा विभाजित विश्वका अधिकांश महाशक्तिहरू बीच लडिएको विश्वोव्यापी द्वन्द थियो।
- प्रथम विश्वो युद्ध दुई राष्ट्रिय गठबन्धनबीच लडिएको – (The Entente, or the Allies and The Central Powers) मित्र राष्ट्र र धुरी राष्ट्र
- मित्र राष्ट्र – मित्र राष्ट्रहरू फ्रान्स, बेलायत, रुस, संयुक्त राज्य अमेरिका, इटाली र जापानको नेतृत्वमा रहेको देशहरूको सैन्य गठबन्धन थिए। यस गठबन्धनमा उपनिवेश, अधिराज्य र सार्वभौम देशहरू सहित कुल २७ देशहरु थिए। यस गठबन्धनलाई The Quadruple Alliance पनि भनिन्थ्यो।
- धुरी राष्ट्र – धुरी राष्ट्रहरू जर्मनी, अस्ट्रिया, बुल्गेरिया र ओटोमन साम्राज्य थिए। यस गठबन्धनमा उपनिवेश, अधिराज्य र सार्वभौम देशहरू सहित कुल ४ देशहरु थिए।

♠ प्रथम विश्व युद्ध – कालक्रम:
| वर्ष | मिति | घटना |
| १९१४ | २८ जुन | अस्ट्रियाको आर्कड्यूक फ्रान्सिस फर्डिनान्डको हत्या, |
| २९ जुलाई | अस्ट्रिया-हंगेरीले सर्बिया विरुद्ध युद्धको घोषणा, | |
| अस्ट्रियाले सर्बियामाथि आक्रमण, | ||
| १ अगस्ट | जर्मनीले रूस विरुद्ध युद्धको घोषणा, | |
| २ अगस्ट | जर्मनीले लक्जमबर्गमाथि आक्रमण, | |
| ३ अगस्ट | जर्मनीले फ्रान्स विरुद्ध युद्ध घोषणा, | |
| ४ अगस्ट | जर्मनीले बेल्जियममाथि आक्रमण, | |
| ग्रेट ब्रिटेनले जर्मनी विरुद्ध युद्धको घोषणा, | ||
| ६ अगस्ट | अस्ट्रियाले रूस विरुद्ध युद्धको घोषणा, | |
| १२ अगस्ट | फ्रान्स र बेलायतले अस्ट्रिया-हंगेरी विरुद्ध युद्धको घोषणा, | |
| २ नोभेम्बर | रुस र सर्बियाले टर्कीविरुद्ध युद्धको घोषणा, | |
| ५ नोभेम्बर | बेलायत र फ्रान्सले टर्की विरुद्ध युद्धको घोषणा, | |
| १९१५ | २५ अप्रिल | गल्लीपोलीमा ब्रिटिश र फ्रान्सेली सेनाको अवतरण, |
| २६ अप्रिल | बेलायत, फ्रान्स, रूस र इटाली बीच लन्डनको गोप्य सन्धि, | |
| २३ मे | इटालीले अस्ट्रिया-हंगेरी विरुद्ध युद्धको घोषणा, | |
| १९१६ | २१ फेब्रुअरी | वेर्डूनको युद्धको शुरुवात |
| ३१ मे – १ जुन | जुटल्याण्डको युद्ध | |
| २ जुन – १३ जुन | माउन्ट सोरेलको युद्ध | |
| १ जुलाई – १८ नोभेम्बर | सोम्मे युद्ध | |
| २७ अगस्ट | इटालीले जर्मनी विरुद्ध युद्धको घोषणा, | |
| १९१७ | १ फेब्रुअरी | जर्मनीले अप्रतिबंधित पनडुब्बी युद्ध सुरु गरेको, |
| ६ अप्रिल | संयुक्त राज्य अमेरिकाले जर्मनी विरुद्ध युद्ध घोषणा, | |
| २६ जुन | अमेरिकी सेना फ्रान्समा अवतरण, | |
| ३१ जुलाई – ९ अगस्त | जर्मनीले रुसमाथि अन्तिम आक्रमण, | |
| २७ नोभेम्बर | भर्साइल्समा “सुप्रीम एलाइड युद्ध परिषद” स्थापना, | |
| ५ डिसेम्बर | रुसले जर्मनीसँग युद्धविराममा हस्ताक्षर गरेको, | |
| ७ डिसेम्बर | अमेरिकाद्वारा अस्ट्रिया-हंगेरीमाथि युद्धको घोषणा, | |
| १५ डिसेम्बर | धुरी शक्ति र रूस बीच युद्धविराम समाप्त, | |
| १९१८ | ८ जनवरी | राष्ट्रपति विल्सनले शान्तिको लागि आफ्नो चौध बुँदे कार्यक्रम घोषणा, |
| ३ मार्च | रुसले ब्रेस्ट-लिटोभस्क सन्धिमा हस्ताक्षर, | |
| २६ सेप्टेम्बर | मित्र शक्तिले पश्चिमी मोर्चामा आफ्नो अन्तिम आक्रमण, | |
| २९ सेप्टेम्बर | बुल्गेरियाले युद्धविराममा हस्ताक्षर, | |
| ३ नोभेम्बर | अस्ट्रियाले युद्धविराममा हस्ताक्षर, | |
| ११ नोभेम्बर | जर्मनीले युद्धविराममा हस्ताक्षर , |
♠ प्रथम विश्वो युद्धको समयमा प्रमुख देशहरुको शासकहरु:
- बेलायत – राजा जर्ज पाँचौ (King George V)
- संयुक्त राज्य अमेरिका – वुडरो विल्सन (Woodrow Wilson)
- रुस – जार निकोलस द्वितीय (Tsar Nicholas II)
- फ्रान्स – रेमण्ड पोइन्कारे (Raymond Poincaré)
- जर्मनी – कैसर विल्हेम द्वितीय (Kaiser Wilhelm II)
- इटाली – भिक्टर इमानुएल तृतीय (Victor Emmanuel III)
- जापान – सम्राट ताइसो (Emperor Taishō)
- सर्बिया – निकोला पासिक (Nikola Pašić)
- अष्ट्रीया र हंगेरी – सम्राट फ्रान्ज जोसेफ प्रथम (Emperor Franz Joseph I) र सम्राट कार्ल प्रथम (Emperor Karl I)
- ओटोम्यान साम्राज्य – मेहमेद पाँचौ (Mehmed V)

पहिलो विश्वो युद्धमा शत्रुताको अन्त्यलाई चिह्नित गर्दै ११ औं महिनाको ११ औं दिनको ११ औं घण्टामा युद्धविराम लागु भएको थियो।

♠ प्रथम विश्वो युद्धको नतिजाहरु:
- प्रथम विश्वो युद्धमा १ करोड तीस लाख सैनिक र करिब ८५ लाख आम सर्वसाधारणको मृत्यु भएको थियो।
- प्रथम विश्वो युद्धमा सैनिक तथा आम सर्वसाधारण सहित २ करोड जना घाइते भएका थिए।
- सन् १९१९ मा हस्ताक्षर गरिएको भर्साइलको सन्धि (Treaty of Versailles) ले महत्त्वपूर्ण क्षेत्रीय क्षति, असैनिकीकरण र भारी क्षतिपूर्ति सहित जर्मनीमा कठोर सर्तहरू लगाएको थियो। यसलाई जर्मनी र अधिकांश मित्र राष्ट्रहरु बीचको युद्धको अवस्था समाप्त गर्ने सबैभन्दा महत्त्वपूर्ण सन्धि मानिन्छ।
- प्रथम विश्वो युद्धको परिणाम स्वरूप चार शाही राजवंशहरू पतन भए: अस्ट्रिया-हंगेरीको ह्याब्सबर्ग (Habsburgs), जर्मनीको होहेनजोलर्न (Hohenzollerns), ओटोमन साम्राज्यको सल्तनत (Sultanate), र रूसको रोमानोभ (Romanovs)।
- नयाँ राष्ट्रहरूको निर्माण: जस्तै पोल्याण्ड, चेकोस्लोभाकिया, युगोस्लाभिया, टर्की, इस्टोनिया, लाटभिया, लिथुआनिया, फिनल्याण्ड, अस्ट्रिया, हंगेरी, इराक, सिरिया र लेबनान।
- सिपाही र शरणार्थीहरूको सामूहिक प्रवास संसारको सबैभन्दा घातक इन्फ्लुएन्जा महामारी फैलिनुको मूल कारण बन्यो, जसलाई स्पेनिस फ्लू (Spanish Flu) पनि भनिन्छ।
- प्रथम विश्वो युद्धको अन्त्यपछि विजयी मित्र राष्ट्रहरू बीच क्षेत्रहरू बाँडिएपछि युरोपको नक्सा सदाको लागि परिवर्तन भयो।
- प्रथम विश्वो युद्धले रूसमा अक्टोबर क्रान्ति (October revolutiom) को नेतृत्व गर्यो, जसले बोल्सेभिक (Bolsheviks) हरूलाई रूसी सरकारको शक्तिको अधिनमा पुरायो। प्रथम विश्वो युद्धको क्रममा जार निकोलस द्वितीय र सम्पूर्ण परिवारको हत्या भएको थियो।
- प्रथम विश्वो युद्धपछि संयुक्त राज्य अमेरिका विश्व शक्तिको रूपमा उदय भयो।
- प्रथम विश्वो युद्धपछि शान्ति कायम राख्न र कूटनीति प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्र संघ (League of Nations, स्थापना मिति: सन् १९२०, जनुअरी १०) पहिलो अन्तर्राष्ट्रिय संगठनको रूपमा स्थापित भएको थियो।
- प्रथम विश्वो युद्धको अन्त्यपछि मध्य र पूर्वी युरोपमा राष्ट्रवादको विकासले दोस्रो विश्वयुद्धको जग खडा गर्यो।

♠ प्रथम विश्वो युद्धको अन्त्यमा भएको केहि महत्वपुर्ण सन्धिहरु:
- भर्साइलको सन्धि (Treaty of Versailles) – सन् १९१९, जुन २८ मा हस्ताक्षर भएको, इतिहासमा सबैभन्दा विवादास्पद युद्धविराम सन्धिहरू मध्ये एक, यस सन्धि अनुसार जर्मनी र सहभागी धुरी शक्तिका राष्ट्रहरुले प्रथम विश्वो युद्धको पूर्ण छेती बेहोर्नु पर्ने, निशस्त्रीकरण र सबै विदेशी उपनिवेशहरू त्याग्न भनि उल्लेखि गरिएको, भर्साइलको सन्धिले जर्मनी र संयुक्त राज्य अमेरिका, फ्रान्स र बेलायतको नेतृत्वमा रहेको मित्र राष्ट्रहरू बीचको शान्तिको अवस्थालाई रेखांकित गरेको,
- सेन्ट-जर्मेनको सन्धि (Treaty of Saint-Germain) – सन् १९१९, सेप्टेम्बर १० मा हस्ताक्षर भएको, सेन्ट-जर्मेनको सन्धिले औपचारिक रूपमा अस्ट्रिया राज्यको विघटन पुष्टि गरेको, अस्ट्रिया राज्यको अधिनबाट चेकोस्लोभाकिया, पोल्याण्ड, हंगेरी र अरु थुप्रै देशहरुको स्वोतान्त्रतालाई मान्यता दिएको,
- नेउली सन्धि (The Treaty of Neuilly) – सन् १९१९, नोवेम्बेर २७ मा हस्ताक्षर भएको, नेउलीको सन्धिले बुल्गेरियाको शक्तिमा सीमा निर्धारित गरेको, बुल्गेरियाले युगोस्लाभिया, ग्रीस र रोमानियासँग भूमि गुमाए, सन्धिको शर्त अनुसार बुल्गेरियाले युगोस्लाभिया, ग्रीस र रोमानियासँग जमिन गुमाएको,
- ट्रायनोन सन्धि (Treaty of Trianon) – सन् १९२०, जुन ४ मा हस्ताक्षर भएको, यस सन्धिको सर्त अनुसार हंगेरीले आफ्नो भूमिको दुई तिहाइ र जनसंख्याको एक तिहाइ छिमेकी देशहरू जस्तै रोमानिया, चेकोस्लोभाकिया र युगोस्लाभियालाई दिनु पर्ने भनि उल्लेख गरिएको,
- सेभ्रेस सन्धि (The Treaty of Sevres) – सन् १९२०, अगष्ट २० मा हस्ताक्षर भएको, यस सन्धिले ओटोमन साम्राज्यको आधिकारिक उन्मूलनको रूपमा कार्य गरेको र टर्की (तत्कालिन ओटोमन साम्राज्य) लाई अरब, एसिया र उत्तर अफ्रिकामा सबै अधिकार त्याग्न परेको,
संक्षेपमा,
| सन्धि | देश |
| भर्साइ सन्धि | जर्मनी |
| सेन्ट-जर्मेनको सन्धि | अस्ट्रिया |
| नेउलीको सन्धि | बुल्गेरिया |
| ट्रायनोन सन्धि | हंगेरी |
| सेभ्रेस सन्धि | ओटोमन साम्राज्य |
यो सब सन्धिहरु पेरिस शान्ति सम्मेलन (जनवरी १८, १९१९ – २१ जनवरी, १९२०) को क्रममा हस्ताक्षर भएको थियो।

♠ प्रथम विश्वो युद्धपछि प्रमुखतामा आएको केहि राजनैतिक विचारधाराहरू जसले दोस्रो विश्वो युद्धलाई प्रेरित गरेको थियो:
| विचारधारा | देश | राजनीतिक अग्रज |
| फासीवाद (Fascism) | इटाली (Italy) | बेनिटो मुसोलिनी (Benito Mussolini) |
| साम्यवाद (Communism) | सोभियत संघ (Soviet Union) | जोसेफ स्टालिन (Joseph Stalin) |
| नाजीवाद (Nazism) | जर्मनी (Germany) | एडोल्फ हिटलर (Adolf Hitler) |
अरु अन्य राजनैतिक विचारधाराहरु:
- सर्वसत्तावाद
- राष्ट्रवाद
- अधिनायकवाद
- सैन्यवाद
![]()
♠ प्रथम विश्वो युद्धमा नेपालको भूमिका:
- प्रथम विश्वो युद्धको समयमा नेपालमा जहानिया राणावंशको शासन चलिरहेको थियो।
- प्रथम विश्वो युद्धको समयमा नेपालको राणावंशीय शासक चन्द्र शमशेर ज.ब.रा थिए।
- प्रथम विश्वो युद्धको अन्त्यसम्ममा २०,००० भन्दा बढी हताहत र ६,००० मृत्युसहित ९०,००० भन्दा बढी गोर्खा सैनिकले सेवा गरेका थिए।
- प्रथम विश्वो युद्धमा भएको गल्लीपोली अभियान गोर्खा सैनिकहरूको योगदानको उच्च बिन्दु थियो।
- सन् १९१८ सम्म धुरी राष्ट्रहरु विरुद्धको द्वन्द्व विस्तार गर्दै प्रथम विश्वो युद्धको समयमा गोर्खा सैनिकहरूले यूरोप, उत्तर अफ्रिका र मध्य पूर्वमा युद्ध लडेका थिए।
- गोर्खा सैनिकहरूले मित्र राष्ट्रहरुको तर्फबाट प्रथम विश्वो युद्धमा सेवा प्रदान गरेका थिए।
- सन् १९१५ मा राइफलम्यान कुलवीर थापालाई उनको वीरताका लागि भिक्टोरिया क्रसबाट सम्मानित गरिएको थियो जसले उनलाई भिक्टोरिया क्रसबाट सम्मानित पहिलो गोर्खा सैनिकको रुपमा अंकित गरेको छ।
- प्रथम विश्वो युद्धमा गोर्खा रेजिमेन्टका सेना जवानहरुलाई कुल तीनवटा भिक्टोरिया क्रस प्रदान गरिएको थियो ।
