Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जंग बहादुर राणा र कोत पर्वपछि स्थापित राणा मन्त्रीपरिषदको सुची

  • Ajnabee Khadka
  • March 30, 2024
  • 1373

जंग बहादुर राणा र कोत पर्वपछि स्थापित राणा मन्त्रीपरिषदको सुची

जंग बहादुर राणा र कोत पर्वपछि स्थापित राणा मन्त्रीपरिषदको सुची

“राणा वंशको संस्थापक जंग बहादुर राणा हुन्।”

जंग बहादुर राणाको बारेमा संक्षिप्त जानकारी र उनका शासनकालको समग्र सुधारहरु:

  • जन्म: वि.सं. १८७४ असार ७
  • जन्म नाम: वीर नरसिंह कुँवर
  • लोकप्रिय नाम: “जंग” बहादुर राणा (मामा माथवर सिंह थापाद्वारा नामाकरण)
  • पिता: बालनरसिंह कुँवर 
  • माता: रक्षा कुमारी 
  • जंग बहादुर राणाका १३ छोराहरू र २० छोरीहरू थिए,
  • वि.सं. १९०३ को कोत पर्वपछि शासनमा आएका,
  • उनले नेपालमा एग्नेट प्रणाली (शासन सत्ता भाइहरुमा जाने छोराहरुमा नजाने) को स्थापना गरेका,
  • उनीद्वारा स्थापित राणा वंशले १०४ वर्ष सम्म नेपालमा अधिनायकवाद प्रणालीद्वारा शासन गरेका,
  • नेपालको ८ औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज,
  • यूरोप भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री,
  • युरोप भ्रमण पछि जङ्गबहादुरले “अंग्रेजसँग जुध्ने पनि होइन, निहुरिने पनि होइन” भन्ने द्वैध नीति लिएका,
  • नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने पहिलो व्यक्ति (२९ बर्षको उमेरमा),
  • नेपालको पहिलो लिखित नागरिक संहिता “मुलुकी ऐन १९१०” (नेपालको कार्यविधि संहिता सहित फौजदारी र दिवाणी संहिता समावेश भएको बृहत् संहिता) जारी गरेका,
  • (तागाधारी, मतवाली, पानी नचल्ने) गरि समाजलाई तीन भागमा बाँडेका,
  • १६ बर्ष मुनी महिला सति जान नपाईने ब्यवस्था र छोरा १६, छोरी ५ बर्ष मुनी छ भने सतीजाना नपाईने ब्यवस्था लागु गरि सती प्रथा सुधार गरेका,
  • नेपालको पहिलो औपचारिक विद्यालय “दरबार हाई स्कुल” को स्थापना गरेका,
  • उनकैपालामा नेपालमा अंग्रेजी शिक्षाको आरम्भ,
  • नेपालमा औपचारिक शैक्षिक विकासको अग्रजको रुपमा परिचित,
  • उनकै नेतृत्वमा नेपाल-अंग्रेज युद्धको अन्त्यपछि कब्जा भएका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर (नयाँ मुलुकका रूपमा चिनिने) जिल्ला नेपाललाई फिर्ता,
  • अविवाहित महिलाले अंश पाउने व्यवस्था सुरु गरेका,
  • अङ्ग भङ्ग गर्ने कानुन अन्त्य गरेका,
  • ‘बोक्सी’ को आरोप लगाउने रुढिवादी पक्षधरहरूलाई दण्ड सजायको व्यवस्था सुरु गरेका,
  • नेपालको पहिलो छापखाना (गिद्धेप्रेस) को स्थापना गरेका,
  •  रसुवागढी र कोदारीगढी (दुग्नागढी) को निर्माण गरेका,
  • देशको अन्तर्राष्ट्रिय सीमा छुट्याउन उनले सीमास्तम्भ राख्ने कार्यारम्भ गरे, जसलाई जङ्गे पिलरका रूपमा पनि चिनिन्छ,
  • नेपाल राज्यको नापी गराई नक्शा सम्पन्न,
  • भोटलाई लडाइँमा पराजित गरी थापाथली सन्धि गरेका,
  • जनगणनाको सुरुवात,
  • बिफर जस्तो घातक रोग विरुद्ध लड्न खोप लगाउने प्रणाली,
  • वन संरक्षणका लागि ‘काठमाल’ अड्डा खोली रूख काट्नेहरूलाई सजाय दिने व्यवस्था,
  • दास प्रथाको उन्मूलन,
  • तोपखाना, सराफखाना स्थापना,
  • सरकारी हुलाकी नियुक्त सुरु,
  • कौशल अड्डाको स्थापना,
  • जङ्गी तथा निजामती जागिरदारहरूको नाम, थर र दर्जाको अभिलेख राख्न ‘किताबखाना’ अड्डा स्थापना

राणा परिवारको केहि तस्बिरहरु:

बि.सं. १९०३ को कोत पर्वपछि स्थापित राणा मन्त्रीपरिषदको सुची:

नाम पद्याबस्थान
जंग बहादुर राणा बि.सं. १९०३ – १९१३, र दोस्रो पटक (बि.सं. १९१४ – १९३३)
बमबहादुर राणा बि.सं. १९१३ – १९१४
रणदीप सिंह कुँवर बि.सं. १९३३ – १९४२
वीर शमशेर ज.व.रा बि.सं. १९४२ – १९५७
देव शमशेर ज.व.रा बि.सं. १९५७ – १९५८
चन्द्र शमशेर ज.व.रा बि.सं. १९५८ – १९८६
भिम शमशेर ज.व.रा बि.सं. १९८६ – १९८९
जुद्ध शमशेर ज.व.रा वि.सं. १९८९ – २००२
पद्म शमशेर ज.व.रा वि.सं. २००२ – २००५
मोहन शमशेर ज.व.रा वि.सं. २००५ – २००८

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 41
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 171
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 138
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 253
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 362
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA