Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जंग बहादुर राणा र कोत पर्वपछि स्थापित राणा मन्त्रीपरिषदको सुची

  • Ajnabee Khadka
  • March 30, 2024
  • 1086

जंग बहादुर राणा र कोत पर्वपछि स्थापित राणा मन्त्रीपरिषदको सुची

जंग बहादुर राणा र कोत पर्वपछि स्थापित राणा मन्त्रीपरिषदको सुची

“राणा वंशको संस्थापक जंग बहादुर राणा हुन्।”

जंग बहादुर राणाको बारेमा संक्षिप्त जानकारी र उनका शासनकालको समग्र सुधारहरु:

  • जन्म: वि.सं. १८७४ असार ७
  • जन्म नाम: वीर नरसिंह कुँवर
  • लोकप्रिय नाम: “जंग” बहादुर राणा (मामा माथवर सिंह थापाद्वारा नामाकरण)
  • पिता: बालनरसिंह कुँवर 
  • माता: रक्षा कुमारी 
  • जंग बहादुर राणाका १३ छोराहरू र २० छोरीहरू थिए,
  • वि.सं. १९०३ को कोत पर्वपछि शासनमा आएका,
  • उनले नेपालमा एग्नेट प्रणाली (शासन सत्ता भाइहरुमा जाने छोराहरुमा नजाने) को स्थापना गरेका,
  • उनीद्वारा स्थापित राणा वंशले १०४ वर्ष सम्म नेपालमा अधिनायकवाद प्रणालीद्वारा शासन गरेका,
  • नेपालको ८ औँ प्रधानमन्त्री तथा प्रथम श्री ३ महाराज,
  • यूरोप भ्रमण गर्ने नेपालको पहिलो प्रधानमन्त्री,
  • युरोप भ्रमण पछि जङ्गबहादुरले “अंग्रेजसँग जुध्ने पनि होइन, निहुरिने पनि होइन” भन्ने द्वैध नीति लिएका,
  • नेपालको इतिहासमा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री हुने पहिलो व्यक्ति (२९ बर्षको उमेरमा),
  • नेपालको पहिलो लिखित नागरिक संहिता “मुलुकी ऐन १९१०” (नेपालको कार्यविधि संहिता सहित फौजदारी र दिवाणी संहिता समावेश भएको बृहत् संहिता) जारी गरेका,
  • (तागाधारी, मतवाली, पानी नचल्ने) गरि समाजलाई तीन भागमा बाँडेका,
  • १६ बर्ष मुनी महिला सति जान नपाईने ब्यवस्था र छोरा १६, छोरी ५ बर्ष मुनी छ भने सतीजाना नपाईने ब्यवस्था लागु गरि सती प्रथा सुधार गरेका,
  • नेपालको पहिलो औपचारिक विद्यालय “दरबार हाई स्कुल” को स्थापना गरेका,
  • उनकैपालामा नेपालमा अंग्रेजी शिक्षाको आरम्भ,
  • नेपालमा औपचारिक शैक्षिक विकासको अग्रजको रुपमा परिचित,
  • उनकै नेतृत्वमा नेपाल-अंग्रेज युद्धको अन्त्यपछि कब्जा भएका बाँके, बर्दिया, कैलाली र कञ्चनपुर (नयाँ मुलुकका रूपमा चिनिने) जिल्ला नेपाललाई फिर्ता,
  • अविवाहित महिलाले अंश पाउने व्यवस्था सुरु गरेका,
  • अङ्ग भङ्ग गर्ने कानुन अन्त्य गरेका,
  • ‘बोक्सी’ को आरोप लगाउने रुढिवादी पक्षधरहरूलाई दण्ड सजायको व्यवस्था सुरु गरेका,
  • नेपालको पहिलो छापखाना (गिद्धेप्रेस) को स्थापना गरेका,
  •  रसुवागढी र कोदारीगढी (दुग्नागढी) को निर्माण गरेका,
  • देशको अन्तर्राष्ट्रिय सीमा छुट्याउन उनले सीमास्तम्भ राख्ने कार्यारम्भ गरे, जसलाई जङ्गे पिलरका रूपमा पनि चिनिन्छ,
  • नेपाल राज्यको नापी गराई नक्शा सम्पन्न,
  • भोटलाई लडाइँमा पराजित गरी थापाथली सन्धि गरेका,
  • जनगणनाको सुरुवात,
  • बिफर जस्तो घातक रोग विरुद्ध लड्न खोप लगाउने प्रणाली,
  • वन संरक्षणका लागि ‘काठमाल’ अड्डा खोली रूख काट्नेहरूलाई सजाय दिने व्यवस्था,
  • दास प्रथाको उन्मूलन,
  • तोपखाना, सराफखाना स्थापना,
  • सरकारी हुलाकी नियुक्त सुरु,
  • कौशल अड्डाको स्थापना,
  • जङ्गी तथा निजामती जागिरदारहरूको नाम, थर र दर्जाको अभिलेख राख्न ‘किताबखाना’ अड्डा स्थापना

राणा परिवारको केहि तस्बिरहरु:

बि.सं. १९०३ को कोत पर्वपछि स्थापित राणा मन्त्रीपरिषदको सुची:

नाम पद्याबस्थान
जंग बहादुर राणा बि.सं. १९०३ – १९१३, र दोस्रो पटक (बि.सं. १९१४ – १९३३)
बमबहादुर राणा बि.सं. १९१३ – १९१४
रणदीप सिंह कुँवर बि.सं. १९३३ – १९४२
वीर शमशेर ज.व.रा बि.सं. १९४२ – १९५७
देव शमशेर ज.व.रा बि.सं. १९५७ – १९५८
चन्द्र शमशेर ज.व.रा बि.सं. १९५८ – १९८६
भिम शमशेर ज.व.रा बि.सं. १९८६ – १९८९
जुद्ध शमशेर ज.व.रा वि.सं. १९८९ – २००२
पद्म शमशेर ज.व.रा वि.सं. २००२ – २००५
मोहन शमशेर ज.व.रा वि.सं. २००५ – २००८

 

Categories

  • Current Affairs 640
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 102
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 128
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 74
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA