Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

चिया र कफीको बारेमा केहि रोचक जानकरीहरु

  • Ajnabee Khadka
  • March 03, 2024
  • 709

चिया र कफीको बारेमा केहि रोचक जानकरीहरु

चिया र कफीको बारेमा केहि रोचक जानकरीहरु

चिया बारे जानकारी :

  • विश्वकै पहिलो नगदेबाली ।
  • Green Gold भनी चिन्ने ।
  • नेपालमा वि.सं. १९२० मा जंगबहादुर राणालाई चीन सरकारले उपहारस्वरूप दिएको चिया आफ्ना ज्वाइँ गजराज सिंह थापाले भित्र्याएका थिए।
  • नेपालमा चिया दिवस वैशाख १५ गते मनाइन्छ (वि.सं. २०५४ देखि २०५४ देखि मनाउन सुरु) भने अन्तर्राष्ट्रिय चिया दिवस सन् २००५ बाट मे २१ मा मनाउन सुरु भएको हो।
  • चिया दिवस २०७९ को नारा “गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार- चियाको निर्यात आर्थिक समृद्धिको आधार”,
  • चिया दिवस २०८० को नारा ” गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔं, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडा”,
  • विश्वको २५ देशमा चियाको व्यावसायिक खेती हुन्छ जसमध्ये नेपाल १० स्थानमा पर्दछ ।
  • हाल नेपालमा १८ जिल्लामा चिया उत्पादन हुने गरेको छ।
  • नेपालमा Camellia परिवारको आसामी, कम्बोडियाली र चिनियाँ ३ प्रजातिका चिया पाइने (आसामी र कम्बोडियाली चिया सीटीसी चियाका प्रजाति हुन् भने चिनियाँ चिया अर्थोडक्स चियाको प्रजाति हो।
  • नेपालको पहिलो Tea-state : बुधकरण टी स्टेट (वि.सं. २०१६)।
  • चिया क्षेत्र घोषित जिल्ला पाइझाधते ( पाँचथर, इलाम, झापा, धनकुटा, तेह्रथुम)।
  • चिया क्षेत्र घोषणा गर्ने राजा: राजा वीरेन्द्र (२०३९ साल)।
  • चियामा पाइने तत्त्व : टेनिन
  • तराईमा उत्पादित चिया : CTC (Crush, Tear, Curl), बढी उत्पादन हुने जिल्ला : झापा
  • पहाडमा उत्पादित चिया : अर्थोडक्स चिया, बढी उत्पादन हुने जिल्ला : इलाम ( बढी ग्रिन टी पनि इलाम)
  • चिया विकास निगमको स्थापना : वि.सं. २०२३ असोज २३
  • राष्ट्रिय चिया तथा कफी विकास बोर्ड स्थापना : २०५० जेठ २०
  • राष्ट्रिय चिया नीति : वि.सं. २०५४
  • नेपालमा प्रथम पटक चिया गणना : वि.सं. २०७५ माघ २५
  • चिया सर्वेक्षण २०७५ अनुसार सबैभन्दा बढी चिया उत्पादन हुने जिल्ला : झापा
  • क्षेत्रफलका हिसाबले चिया खेती गरिएका प्रमुख जिल्ला : झापा, इलाम, पाँचथर
  • धेरै किसान चिया खेतीमा संलग्न : इलाम
  • बढी चिया बगान भएको जिल्ला : इलाम
  • नेपालमा चिया खेती सुरुवात : इलाम
  • बढी उत्पादन गर्ने राष्ट्र : चीन, भारत, केन्या, श्रीलंका, टर्की
  • बढी खपत गर्ने : बेलायत

 

 

 

कफी बारे जानकारी:

  • संसारमै चियापछि दोस्रो बढी प्रयोग हुने पेय पदार्थ कफी हो।
  • नेपालमा वि.सं. १९९५ मा भित्रिएको भए पनि वि.सं. २०११ बाट व्यापकता पाएको,
  • कफी भित्र्याउने व्यक्तिः हीरालाल गिरी (म्यानमारबाट)
  • नेपालमा पहिलोपटक कफी : गुल्मीको आँपचौर
  • नेपालमा कफी दिवस : मंसिर १ गते (वि.सं. २०६२ बाट मनाउन सुरु)
  • विश्व कफी दिवस : अक्टोबर १ (सन् २०१४ बाट मनाउन सुरु)
  • राष्ट्रिय कफी दिवस, २०७९ को नारा : “व्यावसायिक कफीमा जोड, गुणस्तरीय उत्पादन हाम्रो अठोट”
  • कफीमा पाइने तत्त्व : क्याफिन
  • विश्वका करिब ८० देशमा कफी पाइने, जसमा नेपाल ५३ औँ स्थानमा रहेको,
  • हाल नेपालमा ४० जिल्लामा कफी पुगिसकेको र करिब २२ जिल्लामा व्यावसायिक खेती हुने गरेको छ।
  • नेपालमा करिब १००० मिटरदेखि १६०० मिटरसम्मको उचाइमा कफी उत्पादन हुने गरेको पाइन्छ।
  • नेपालमा अराविका वर्णको टिपिका र बर्बन जातका कफी पाइने,
  • नेपालको पहिलो कफी प्रशोधन केन्द्र : गुल्मीको बलेटक्सार (वि.सं. २०४२)
  • राष्ट्रिय कफी नीति : २०६०
  • कफीका लागि प्रसिद्ध जिल्ला : गुल्मी
  • बढी कफी फल्ने जिल्ला : काभ्रेपलान्चोक
  • “एक गाउँ एक उत्पादन”मा कफीको जिल्ला : स्याङ्जा
  • “एक गाउँ एक उत्पादन”मा अर्ग्यानिक कफीको जिल्ला : सिन्धुपाल्चोक
  • नेपाली कफीको मुख्य गन्तव्य : जापान, अमेरिका र विभिन्न युरोपेली मुलुकहरू
  • विश्वमा बढी कफी उत्पादन गर्ने देश : ब्राजिल
  • विश्वमा कफीको घरः इथियोपिया
  • विश्वकै महँगो कफी : इन्डोनेसिया
  • विश्वमा बढी कफी खपत गर्ने देश : फिनल्यान्ड

 

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 46
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 217
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 177
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 259
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 366
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA