Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको ऐतिहासिक पर्व तथा काण्डहरु

  • Susmita Shrestha
  • January 18, 2024
  • 1297

नेपालको ऐतिहासिक पर्व तथा काण्डहरु

नेपालको ऐतिहासिक पर्व तथा काण्डहरु
पर्व/ काण्डको नाम मिति र स्थान के कसरी भयो ? संक्षिप्त घट्नाक्रम
कोत पर्व १९०३ असोज २

(बसन्तपुर दरबार)

– रानी राज्यलक्मीको आफ्नो छोरा रणेन्द्रलाई राजा बनाउने चाहना,

– १९०३ भाद्र ३१ गते लाल झा द्वारा गगनसिंहको गोली हानि हत्या,

– जंग बहादुर राणा हतियार सहित कोत प्राङ्गणमा उपस्थित भई अभिमानसिंह बस्नेत, प्र.म. फत्तेजंग शाह सहित ४०० जना व्यक्तिको हत्या गरिएको,

भण्डारखाल पर्व १९०३ कार्तिक १२ (भण्डारखाल बगैचा) – रानी राज्यलक्मीले रात्री भोजमा जंग बहादुर राणालाई खानामा विष पिलाई मार्ने षडयन्त्र,

– गुरु बियराज पण्डितले उक्त योजना जंगबहादुर राणा सामु पोल खोलिदिए,

– विरघ्वज बस्नेत सहितको ४० जनाको हत्या गरिएको,

– सबै बस्नेत खलक माव्रै मारेकोले यसलाई बस्नेत पर्व पनि भनिन्छ,

अलौ पर्व १९०४ श्रावण १३ (विरगज्ज) – भारतबाट राजा राजेन्द्र विरगम्नको अलौ भन्ने ठाउँमा आएर गद्दि जमाए,

– राजा राजेन्द्रका सेना र जँगबहादुर बीच युद्ध हुँदा राजाका सबै सेनाहरु मारिए,

– राजा राजेन्द्रलाई घोडा चढेर भाग्ने कममा समाएर जेल हाले, अन्त्यमा जेलभित्रै वि.सं १९३८ मा मरेका थिए,

१९३४ सालको पर्व वि.सं. १९३४ – जंगबहादुरको मृत्युपछि श्री ५ र प्रधानमन्त्री पञ्जापत्र छाप युवराजले नदिलाउने थाहा पाई पत्यरघट्टा पठाएको,

– रणोदिपले श्री ३ र प्रधानमन्त्री भएका पञ्जापत्र सुरेन्द्रबाट जारी गर्न लगाए र युवराज वैलोक्यलाई विष खुवाएर मारियो,

१९३८ सालको पर्व वि.सं. १९३८

(तराई)

– रणोडिप सिंह र घिर शमशोरको सबै सन्तानलाई हत्या गर्ने नरेन्द्र विक्रम शाहो योजना,

– उत्तरष्वज राज भण्डारीले पोल खोलिदिएपछि नरेन्द्र विक्रम शाहलाई नजरबन्द, १० जना ब्राहाणलाई टाउको मुडि जातिच्युत, ४१ जनाको हत्या र केहीको सर्वस्वहरण गरिएको,

१९४२ सालको पर्व वि.सं. १९४२ – काका रणोडिप सिंह र जंग बहादुर राणाको सबै सन्तानहरुको हत्या गरी घिर शामशेरका जेठा छोरा विर शमशेर लगायत १७ भाई छोराहरुले सत्ता हात पारेको,
लाइब्रेरी पर्व वि.सं. १९८७ – राणा विरुद्ध जनताको वितृष्णा जगाउन लक्ष्म प्रसाद देवकोटा लगायत ४०/५० जना युवाहरु मिलेर पुस्तकालय खोल्ने योजना,

– प्र.म. भीम शामशोर समक्ष रामचन्द्र अधिकारीले पोल खोलिदिए,

– १० व्राहाणलाई ५/५ वर्ष जेल र बाँकी प्रत्येकलाई रु. १००/१०० जरिवाना गरेको,

प्रचण्ड गोरखा पर्व वि.सं. १९८८ – राणा शासनको अन्त्य गरी संसदीय शासन प्रणाली स्थापना गर्ने उद्देश्यले युवाहरु मिलेर प्रचण्ड गोर्खा नामक संस्था स्थापना गरेको, राणाहरुलाई डाईनामाइट पढ्काएर मार्ने योजना,

– चन्द्र शमशेरका ज्वौइ लक्ष्मणराजले राणाहरु समक्ष पोल खोलिदिए,

– उमेशविक्रम शाह, खङ्गमान सिंह, मैना बहादुर र रङ्गनाथ शर्मा सबैलाई जेल सजाय सुनाए,

प्रजा परिषद वि.सं. १९९३ जेठ २० – राणा विरोधी अभियान चलाउन टंक प्रसाद आचार्यको नेतृत्वमा राजनीतिक पार्टी नेपाल प्रजा परिषदको स्थापना,

– रामजी जोशीले राणाहरु समक्ष पोल खोलिदिए

– केहि सदस्यहरु पक्रिए र ४ जना शुक्रराज शास्त्री (१९९७ माघ १०), धर्मभक्त माथेमा (१९९७ माघ १२), दशरथ चन्द (१९९७ माघ १४) र गंगालाल श्रेष्ठलाई (१९९७ माघ १४) मृत्युदण्ड दिइयो भने ब्राहाण जातिलाई सर्वस्वसहित जन्मकैद गरे,

महावीर स्कुल काण्ड वि.सं. १९९३

(सिंहटोल काठमाडौ)

– फागुन शिवरात्रीको दिनमा महावीर स्कुलको स्थापना,

– राणाहरुले स्कुलका शिक्षकहरु टंकबिलास, सिद्धिचरण श्रेष्ठ र सुर्य बहादुर थापालाई १९९७ मा पक्राउ गरी १२ वर्ष र जन्मकैदको सजाय समेत सुनाए,

जयन्तुसंस्कृतम २००४ असार १

(काठमाडौ)

– तीनघारा पाठशालामा अध्ययनरत २०० जना विार्थीहरुले भुगोल, इतिहास, राजनीति शास्त्र, अर्यशास्त्र र अँग्रेजी विषयहरु समावेश गर्नुपर्ने माग राखी आन्दोलन गरेको,
खुकुरीदल २००७ फागुन ७

(गोरखा)

– राणा शासनको पतन भएपछि भरत शमशेरको नेतृत्वमा पुनः राणा शासन उदय गराउन गोरखादल गठन गरेको,

– वि.पि. कोइरालाले फागन १९ गते त्यस दलमाथि प्रतिवन्ध लगाएका थिए,

नेपाल चेलोपर्चा काण्ड २०१७ पुष १ – २०१७ माघ २१ गते जोगवनीमा भारतिय नागरिक अनुपलाल पाच्चान लगायतले प्रजातन्त्र पुनर्वहालीका लागि आह्वान गर्दा पर्चासहित सबैजना पक्राउ परेको,
मिराहोम काण्ड

 

२०१९ कार्तिक १९ (खिचापोखरी) – खिचापोखरीको मिराहोमबाट मुकुन्द शर्मा लगायतका व्यक्तिहरुलाई बिष्फोटक पदार्थ सहित पक्राउ गरी कठोर यातनासहित जेलमा राखिएको,
नरशाही काण्ड २०२०( भैरहवा) – नरशाही जंगलमा वेपत्ता नागरिकको खोजी गर्न जादा काठ तस्करी भएको देखि सो नियन्त्रण गर्न भारत सरकारले नेपाल सरकारसँग क्षतिपुर्ति मागेको,
जनकपुर बम काण्ड

 

२०१८ माघ ९ – श्री ५ महेन्द्रको गाडीमा आक्रमण गरेको आशंकमा दुर्गानन्द झालाई पक्राउ गरी २०२० माघ २५ गते फासी दिइएको,
छिन्ताङ काण्ड २०३६ कार्तिक १७ – धनकुटा जिल्लाको छिन्ताङ गाउँमा सुर्य बहादुर थापाका पञ्चायती मण्डलेहरुले १५ जना व्यक्तिहरुको हत्या गरेको
खाम्पा काण्ड सन्‌ १९५९,

(दार्चुला)

– तिव्वती शरणार्थीहरुले वाङ्दीको नेतृत्वमा चिन विरोधी गतिविधि चलाएपछि २०२८ मा दार्चुलामा बाड्दीलाई मारेको,
हवाइजहाज अपहरण काण्ड २०३० जेठ २० – बिराटनगरबाट काठमाडौँ उडेका जहाजलाई नेपाली कांग्रेसले कब्जा गरी भारत लगेर  ३० लाख भारु कञ्जामा लिएर जहाज फिर्ता पठाएको,
सुखानी हत्या

काण्ड

२०२९ फागुन २१ (झापा) – झापा जिल्लाको सुखानी जंगलमा रामनाथ दाहाल, कृष्ण कुइकेल, नेत्रप्रसाद अधिकारी, विरेन राजवंशी र नारायण श्रेष्ठलाई हत्या गरेको,
टिम्बुरबोटे २०३१ मंसिर २६ (ओखलढुंगा) – विपी कोइरालाको नेतृत्वमा कान्ति गरेको बेला ओखलढुङ्गाको नेतृत्व गर्ने यज्ञ बहादुर थापा लगायतका व्यक्तिहरुलाई मृत्युदण्ड दिएको,
सुरजपुरा काण्ड २०३९ (रुपन्देही) – रुपन्देहीको सुरजपुरामा कांग्रेसका महामन्त्री गिरिजा प्रसाद कोइरालामाथि आक्रमण भएको
पिस्कर काण्ड २०४० माघ १ सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पिस्कर महादेवमा माधे संक्रान्ति मनाउन भेला भएका दर्जनौ व्यक्तिलाई गोली हानी हत्या गरेको,
४२ सालको बम काण्ड २०४२ असार ५ – रामराजा प्रसाद सिंहले पोखरा र काठमाडौँबाट वम पड्काएर गणतान्त्रिक आन्दोलनको सुरु गरेको,
सत्याग्रह काण्ड २०४२ जेठ १० – पश्चायती व्यवस्था विरुद्ध नेपाली कांग्रेसको सत्याग्रह सुरु भएको,
रंगशाला काण्ड २०४४ फागुन २९ (काठमाडौँ) – दशरथ रंगशालामा फुटबल खेल भइरहेको बेला भिषण आँधी आई ७० जनाको निधन भएको,
कार्टुन काण्ड २०४९ कार्तिक २१ (महाकाली) – सवर्च्च अदालता विचाराधिन मुद्दामा पत्रिकाले छापेको कार्टुनले- अदालतको मानहानी भएको भन्दै सम्पादक अरिहर विरहीलाई ७ दिन कैद गरेको,
दास ढुङ्गा काण्ड २०५० जेठ ३ (चितवन) – चितवनको दासढुङ्गामा नेकपा एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रीतको जीप दुर्घटनाबाट निधन भएको,
जोगडा गोली काण्ड २०५० माघ (रुपन्देही) – रुपन्देहीको जोगडा भन्ने ठाउँमा २ जना ट्रक ड्राईभरलाई डाका भएको शाँकमा गोली हानी हत्या गरेको र भारतीय निर्दोष व्यक्तिको हत्या भयो भनि माघ ८ देखि ११ सम्म नेपाल भारत आवागमन बन्द भएको,
राजदरवार हत्याकाण्ड २०५८ जेठ १९ – राजा बिरेन्द्रको ११ जना वंश विनाश भएको,

– युवराज दिपेन्द्रले अत्याधिक मापसे गरी घट्ना घटाएको छानविन समितिको निष्कर्ष,

गौर काण्ड २०६३ चैत्र ७ – रौतहट जिल्लामा मधेशी जनअधिकार फोरम र नेकपा माओवादीको कार्यक्रम चलिरहेको बेला हिसा भड्किदा २९ जनाको मृत्यु भएको
कपिलवस्तु काण्ड २०६४ भाद्र ३० – राजनीतिक दलका कार्यकर्ता अब्दुल मोहित खाको अज्ञात समूहले हत्या गरेपछि ३ जना सुरक्षाकर्मिको मृत्यु भएको
बाँदरमुडे काण्ड २०६२ जेठ  २३ (चितवन) – चितवनको बाँदरमुडेमा तात्कालिन माओवादीले थापेको विधुतीय धरापमा परी ४१ जना सर्वसाधारणको मृत्यु भएको

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 50
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 244
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 195
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 269
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 379
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA