Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सामान्य ज्ञानका केही प्रश्नहरू

  • Susmita Shrestha
  • January 08, 2024
  • 741

सामान्य ज्ञानका केही प्रश्नहरू

सामान्य ज्ञानका केही प्रश्नहरू

सामान्य ज्ञानका केही प्रश्नहरू

संयुक्त राष्ट्र संघको हालका महासचिव को हुन्‌ ? एन्टोनियो गुटरेज, पोर्चुगल
संयुक्त राष्ट्र संघका विशिष्टीकृत संस्थाहरु कतिओटा छन्‌ ? १५ ओटा
संयुक्त राष्ट्र संघको सबैभन्दा पूरानो विशिष्टीकृत संस्था कुन हो ? अन्तर्राष्ट्रिय श्रम संगठन
अन्तर्राष्ट्रिय श्रम संगठनको मुख्यालय कहाँ रहेको छ ? जेनेभा, स्वीजरल्याण्ड (स्थापना सन्‌ १९१९)
युनेस्कोको प्रधान कार्यालय कहाँ रहेको छ ? पेरिस, फ्रान्स (स्थापना सन्‌ १९४६)
विश्व स्वास्थ्य संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ? जेनेभा, स्वीजरल्याण्ड (स्थापना सन्‌ १९४८)
सन्‌ १९४५ मा स्थापना भएको विश्व बैंकको मुख्यालय कहाँ छ ? वाशिङ्टन डिसी, अमेरिका
अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रधान कार्यालय कहाँ रहेको छ ? वाशिङ्टन डिसी, अमेरिका
अन्तर्राष्ट्रिय दुरसञ्चार संघको प्रधान कार्यालय कहाँ रहेको छ ? वाशिङ्टन डिसी, अमेरिका
विश्व हुलाक संघको प्रधान कार्यालय कहाँ रहेको छ ? वर्न, स्वीजरल्याण्ड
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघको प्रधान कार्यालय कहाँ रहेको छ ? मन्ट्रियल, क्यानाडा
विश्व जलवायु संगठनको प्रधान कार्यालय कहाँ रहेको छ ? जेनेभा, स्वीजरल्याण्ड
विश्व बैंकका प्रेसिडेन्टको कार्यकाल कति समयको हुन्छ ? ५ वर्ष
Package Deal केसँग सम्बन्धित छ ? नेपाल सहित १६ राष्ट्रले संयुक्त राष्ट्र संघको सदस्यता पाएको विषय
संयुक्त राष्ट्र संघले सन्‌ २०२२ देखि २०३२ को दशकलाई के दशक मनाइरहेको छ ? International Decade of Indigenous People
संयुक्त राष्ट्र संघका लागि पहिलो नेपाली स्थायी प्रतिनिधि को हुन्‌? ऋषिकेश शाह
संयुक्त राष्ट्र संघले कुन वर्षलाई साक्षरता वर्षको रुपमा मनाएको थियो ? सन्‌ १९९०
संयुक्त राष्ट्र संघले सन्‌ २०२४ लाई कन वर्षको रुपमा मनाइरहेको छ ? International Day of Camelids
संयुक्त राष्ट्र संघको स्थापना कहिले भएको थियो ? १९४५ अक्टोबर २४
संयुक्त राष्ट्र संघको संस्थापक राष्ट्र कतिओटा थिए ? ५१
संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरु कतिओटा छन्‌ ? १९३
संयुक्त राष्ट्र संघको पछिल्लो सदस्य राष्ट्र कुन हो ? दक्षिणी सुडान
संयुक्त राष्ट्र संघको बडापत्रमा कति अध्याय र दफा छन्‌ ? १९ अध्याय र १११ दफा
संयुक्त राष्ट्र संघ दिवस कहिले मनाइन्छ ? २४ अक्टोबर
संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा कति राष्ट्र हुने व्यवस्था छ ? १५ (१० अस्थायी)
संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा रहने स्थायी ५ राष्ट्र कुन कुन हुन्‌ ? अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन
संयुक्त राष्ट्र संघको मुख्यालय कहाँ रहेको छ ? अमेरिकाको न्यूयोर्क
संयुक्त राष्ट्र संघको कार्यालय संचालनका भाषा कति ओटा छन्‌ ? ६ ओटा (अंग्रेजी, फ्रेन्च, अरेबिक, चाइनिज, रसियन र स्पेनिश)
संयुक्त राष्ट्र संघको बजेटमा सबैभन्दा धेरै योगदान गर्ने देश कुन हो ? संयुक्त राज्य अमेरिका
संयुक्त राष्ट्र संघका अंगहरु कतिओटा छन्‌ ? ६ (महासभा, सुरक्षा परिषद्‌, आर्थिक तथा सामाजिक परिषद्‌, जिम्मा जमानी परिषद्‌, अन्तराष्ट्रिय न्यायलय र सचिवालय)
संयुक्त राष्ट्र संघको भिटो प्रयोग गर्ने पहिलो देश कुन हो ? रसिया
हालसम्म सबैभन्दा धेरै भिटो प्रयोग गर्ने देश कुन हो ? रसिया
संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्मा कति सदस्य राष्ट्र हुन्छन्‌ ? ५४

 

अन्तर्राष्ट्रिय न्यायलयको मुख्यालय कहाँ रहेको छ ? नेदरल्याण्डको हेग शहरमा
अन्तर्राष्ट्रिय न्यायलयमा कति जना न्यायधिश हुन्छन्‌ ? १५
संयुक्त राष्ट्र संघको पहिलो महासचिव को हुन्‌ ? ट्रिग्बेली (नर्वे)
संयुक्त राष्ट्र संघको महासचिवको कार्यकाल कति वर्षको हुन्छ ? ५ वर्ष
सार्कको विधिवत्‌ स्थापना कहिले भएको थियो ? सन्‌ १९८५ डिसेम्बर ८
सार्कको स्थापना कहाँ भएको थियो ? बंगलादेशको ढाका
स्थापनाकालमा ७ राष्ट्र रहेको सार्कमा अफगानिस्तान कहिले प्रवेश गरेको हो ? सन्‌ २००७
सार्कको एउटा मात्र पर्यवेक्षक संस्था कुन हो ? युरोपियन युनियन
सार्कका पर्यवेक्षक देश कतिओटा रहेका छन्‌ ? ८ (अष्ट्रेलिया, चीन, इरान, जापान, मौरिसस, म्यानमार, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिका)
सार्कको बडापत्रमा कतिओटा धारा रहेका छन्‌ ? १० ओटा
सार्कका अङ्गहरु कतिओटा रहेका छन्‌ ? ६ ओटा (शिखर सम्मेलन, मन्त्रिपरिषद्को बैठक, स्थायी समिति, सार्क कार्यक्रम समिति, प्राविधिक समितिहरु र सचिवालय)
सार्कका हालसम्म कतिओटा शिखर सम्मेलनहरु सम्पन्न भइसकेका छन्‌ ? १८ ओटा
सार्क विधान /वडापत्रमा हस्ताक्षर गर्ने नेपालबाट को थिए ? श्री ५ वीरेन्द्र
सार्कका पहिला महासचिव को हुन्‌ ? अबुल अहसन, बङ्गलादेश
सार्कको महासचिव हुने पहिलो नेपाली को हुन्‌ ? यादवकान्त सिलवाल
सार्कको केन्द्रीय कार्यालय कहाँ रहेको छ ? काठमाडौं, नेपाल
सार्क क्षयरोग केन्द्र कहाँ रहेको छ ? भक्तपुर
साफ्टा (South Asian Free Trade Area) मा हस्ताक्षर गर्ने पहिलो देश कुन हो ? नेपाल
सार्क राष्ट्रहरुकै नमुना गाँउको रुपमा स्थापित नेपालको गाँउ कुन हो ? घले गाँउ, लमजुङ
सार्क राष्ट्रहरुमा सबैभन्दा धेरै प्रति व्यक्ति आय र साक्षरता भएको देश कुन हो ? मालदिभ्स
South Asian University कहाँ स्थापना गरिएको छ? भारतको दिल्ली
सार्क कृषि स्‌चना केन्द्र कहाँ स्थापना गरिएको छ ? ढाका, बङ्गलादेश
सार्कमा नेपालले कति खर्च व्यहोर्छ ? १०.७२ प्रतिशत
सार्कका वर्तमान महासचिव को हुन्‌ ? गोलाम सरवार, बङ्गलादेश
नेपालको संविधानले कस्तो भाषालाई राष्ट्रभाषाको मान्यता दिएको छ ? नेपालमा बोलिने सबै मातृभाषा
कुन राजाको पालादेखि नेवारी भाषा लिखित रुपमा सुरु भएको मानिन्छ ? जयस्थिति मल्ल
नेपालमा सबैभन्दा धेरै बोलिने ३ भाषा कुन कुन हुन्‌ ? नेपाली, मैथिली र भोजपुरी
नेपालमा कति भाषा बोलिन्छन्‌ ? १२४
नेपालमा सबैभन्दा कम बोलिने भाषा कुन हो ? कुसुन्डा, २३ जना
नेपाली भाषाको आधुनिक चरण कहिलेबाट सुरु भएको मानिन्छ ? १९५८ सालमा गोरखापत्रको प्रकाशन भएसँगै
नेपाली भाषा कुन भाषा परिवार अन्तर्गत पर्छ ? भारोपेली
नेपालमा लेखन कार्यमा प्रयोग भएको सबैभन्दा पुरानो लिपि कुन हो ? ब्राहमी
नेपालमा प्रयोग भएको दोस्रो पुरानो लिपि कुन हो ? लिच्छवी लिपि
नेपाली साहित्यको माध्यमिक कालमा महत्वपूर्ण योगदान पुर्‌याउने को हुन्‌ ? मोतीराम भट्ट
नेपाली साहित्यको आधुनिक काल कसको आगमनबाट सुरु भएको मानिन्छ ? कवि शिरोमणि लेखनाथा पोड्याल
नेपाली कवितामा आधुनिक कालको सुरवात कुन काव्यबाट भएको मानिन्छ ? लेखनाथ पोड्यालको ‘ऋतुविचार’ काव्य
शृङ्गारिक कवि कसलाई भनिन्छ ? युवाकवि मोतीराम भट्ट
नेपाली साहित्यमा आशुकवि कसलाई भनिन्छ ? शम्भुप्रसाद ढुङ्गेल
मदन पुरस्कार पाउने पहिलो साहित्यकार को हुन्‌ ? सत्यमोहन जोशी, चित्तरञ्जन नेपाली, बलराम जोशी, २०१३ सालमा पहिलोपटक प्रदान गरिएको
जगदम्बाश्री पुरस्कार पाउने पहिलो व्यक्ति को हुन्‌ ? नारायणगोपाल गुरुवाचार्य, २०४५
साझा पुरस्कार पाउने पहिलो कृति कुन हो ? घुम्ने मेचमाथि अन्धो मान्छे, भूपी शेरचन

 

 

Categories

  • Current Affairs 638
  • Gorkhapatra 310
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Nepal's Provincial Gross Domestic Product Estimates, 2082/83
Current Affairs

नेपालको प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमान, २०८२/८३

  • May 27, 2026
  • 100
Major records set during the spring Everest climbing season of 2083 BS
Current Affairs

वि.सं. २०८३ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा कायम भएका प्रमुख कीर्तिमानहरू

  • May 27, 2026
  • 125
The concept of a common national market: thematic questions and answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

साझा राष्ट्रिय बजारको अवधारणा : विषयगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 17
Public Service Preparation Special: Objective Questions and Answers (13 Jestha 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ जेठ २०८३, बुधबार)

  • May 27, 2026
  • 106
Development of Constitutional Bodies in Nepal's Constitutional History
Others

नेपालको संवैधानिक इतिहासमा संवैधानिक निकायहरूको विकास

  • May 26, 2026
  • 71
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA