Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कर्मचारी सञ्चयकोष पाँचौ तहलाई सोधिएका प्रश्नहरु

  • Susmita Shrestha
  • January 06, 2024
  • 568

कर्मचारी सञ्चयकोष पाँचौ तहलाई सोधिएका प्रश्नहरु

कर्मचारी सञ्चयकोष पाँचौ तहलाई सोधिएका प्रश्नहरु

कर्मचारी सञ्चयकोष पाँचौ तहलाई सोधिएका प्रश्नहरु

वस्तुगत

1) पन्च्रौ आवधिक योजनाको अवधि तलका मध्ये कुन हो?
A)     आ.व. २०७४/७५ – २०७९/८० B)     आ.व. २०७४/७५ – २०८०/८१
C)    आ.व. २०७५/७६ – २०८०/८१ D)    आ.व. २०७६|७७ – २०८०/८१
2) नेपालको आ.व. २०८०/८१ को बजेट अनुसार लैगिक उत्तरदायी बजेटको प्रत्यक्षमा कति प्रतिशत विनियोजन गरिएको छ?
A)     ४०.०८ B)     ४१.६६
C)    ४२.१६ D)    ४३.०५
3) पहिलो सहकारी संस्था बखान क्रण सहकारी संस्था को स्थापना कहिले भएको हो?
A)     वि.सं २०११ चैत्र २० B)     वि.सं २०१२ चैत्र २०
C)    वि.सं २०१३ चैत्र २० D)    वि.सं २०१४ चैत्र २०
4) कर्मचारी सञ्चय कोषको सञ्चालक समिति कति सदस्यीय हुने व्यवस्था छ?
A)     १३ B)     ११
C)    ९ D)    ७
5) नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी ३ तहको हुनेछ भन्ने व्यवस्था नेपालको संविधानको कुन धारामा गरिएको छ?
A)     धारा ५५ B)     धारा ५६
C)    घारा ५७ D)    घारा ५८
6) हाल प्रचलनमा रहेकौ सहकारी सम्बन्धी ऐन कुन हो?
A)     सहकारी ऐन, २०७३ B)     सहकारी ऐन, २०७४
C)    सहकारी ऐन, २०७६ D)    सहकारी ऐन, २०७७
7) कर्मचारी सञ्चय कोषको पाँचौ तह (प्रशासन) मा रिक्त पदको कति प्रतिशत खुला प्रतियोगिताद्वारा पूर्ति गरिन्छ?
A)     ३० B)     ४०
C)    ५० D)    ६०
8) प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तर्फ निर्वाचित हुने महिलाको संख्या कति रहेको छ?
A)     ६ B)     ७
C)    ९ D)    ११
9) कर्मचारी सञ्चय कोष, कर्मचारी सेवा शर्त नियमावली, २०७८ अनुसार कोष स्थापनाको दिन एक जना कर्मचारीलाई दिइने सर्वोत्कृष्ट पुरस्कारको राशी कति रहेको छ?
A)     रू. ५० हजार B)     रू. १ लाख
C)    १ महिनाको तलब बराबर D)    २ महिनाको तलब बराबर
10) कर्मचारी सञ्चय कोष, कर्मचारी सेवा शर्त नियमावली, २०७८ को कोष कर्मचारी सेवा गठनका अधारमा युनखुन शे सेवा रहेका छन्‌?
A)     प्रशासन, प्राविधिक र अन्य B)     प्रशासन र प्राविधिक
C)    प्रशासन, प्राविधिक, अप्राविधिक र अन्य D)     प्रशासन, प्राविधिक, लेखा र अन्य
11) नेपाल-चीन पारवहन ढुवानी सम्झौता अनुसार नेपालले प्रयोग गर्न पाउने चीनमा रहेका सामुन्द्रिक बन्दरगाह तलका मध्ये कुन होइन?
A)     तियान्जिन B)     सेन्जेन
C)    झान्जियाङ D)    कनमिङ
12) तलका मध्ये कुन संस्था विश्व बैक (World Bank) अन्तर्गत पर्दैन?
A)     पुनर्निगण बिथा विकासका लागि अन्तर्राष्ट्रिय बैक (IBRD) B)     अन्तर्राष्रिय विकास संस्था (IDA)
C)    अन्तरास्ट्रीय वित्त निगम (IFC) D)    अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF)
13) नेपालको दौत्य सम्बन्ध कायम भएको तेस्रो राष्ट्र कुन हो?
A)     बेलायत B)     अमेरिका
C)    भारत D)    चीन
14) जोडा मिलाई कोडबाट सही उत्तर छान्नुहोस्‌ |

समूह A                                                               समूह B

क)   महासभा                                                    १) अन्तर्राष्ट्रिय विकास लक्ष्यहरूको कार्यान्वयन गर्ने

ख)    आर्थिक तथा सामाजिक परिषद्‌                 २) अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा कायम गर्ने

ग)     सुरक्षा परिषद्‌                                           ३) संयुक्त राष्ट्रसंघको बजेट स्वीकृत गर्ने

घ)     अन्तर्राष्ट्रिय न्यायालय                                ४) सयुक्त राष्ट्रसंघका अंगहरूलाई कानूनी प्रश्हरूमा राय दिने

A)      क-३, ख-१, ग-२, घ- ४ B)     क-२, ख-३, ग-४, घ-१
C)    क-१, ख-४, ग-२, घ-३ D)    क-१, ख-२, ग-३, घ- ४
15) सयुक्त राष्ट्रसंघका संस्थापक राष्ट्रहरू कति वटा रहेका छन्‌?
A)     ४१ B)     ४५
C)    ५१ D)    ५५
16) प्लाष्टिक कुन तत्वबाट बनेको हुन्छ?
A)     रबर B)     स्टार्च
C)    प्रोटिन D)    कार्बन
17) साबुन उत्पादन गर्ने प्रक्रियालाई के भनिन्छ?
A)     Soap Manufacturing B)     Soap production
C)    Soap Making process D)    Saponification
18) दिगो विकास लक्ष्य-२ के सँग सम्बन्धित छ?
A)     भोकमरी अन्त्य B)     लैंगिक समानता
C)    सबल पूर्वाधार निर्माण D)    दिगो आर्थिक बृद्धि
19) शरीरको अंगहरूमा शुद्ध रगत पुर्याउने नलीलाई के भनिन्छ?
A)     रक्तनली B)     कोषिका
C)    शिरा D)    धमनी
20) Pressure Cooker का आविष्कारक को हुन्‌?
A)     Thomas Savor B)     Denis Papin
C)    Nicolas Joseph D)    James Watt
21) विसं २०७८ को जनगणना बमोजिम बढीदेखि कम जनसख्या भएको प्रदेशको क्रम कुन सही हो?
A)     कोशी, मधेश, बागमती, लुम्बिनी B)     मधेश, बागमती, लुम्बिनी, कोशी
C)    बागमती, मधेश, लुम्बिनी, कोशी D)    लुम्बिनी, कोशी, मधेश, बागमती
22) १९ औं एसियाली खेलकुदमा नेपालले कति खेलमा सहभागिता जनाएको थियो?
A)     २५ B)     २७
C)    २९ D)    ३१
23) प्रसिद्ध कृति जीवन काँडा कि फूल लाई अंग्रेजीमा रूपान्तरण गरिएको पुस्तकको नाम के हो?
A)     Life: Both Flower and Thorns B)     Life in the middle of Thorns
C)    A flower in the Middle of Thorns D)    A flower in the Middle of Thorns
24) १५ औं ब्रिक्स शिखर सम्मेलन (XV BRICS Summit)ले कति वटा मुलुकलाई थप सदस्यता दिने निर्णय गरेको छ?
A)     ८ B)     ७
C)    ६ D)    ५
25) चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाउने देश कुन हो?
A)     नर्वे B)     स्वीट्जरल्याण्ड
C)    नेदरल्याण्ड D)    स्वीडेन
26) “If you are going through hell, keep going.” यो भनाइ कसको हो?
A)     Winston Churchill B)     Abraham Lincoln
C)    Malcolm X D)    John F. Kennedy
27) प्रसिद्ध चौदण्डी गढी कुन जिल्लामा पर्दछ?
A)     उदयपुर B)     भोजपुर
C)    इलाम D)    सिन्दुली
28) नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो?
A)     अमादब्लम B)     खुम्बु
C)    नगुम्पा D)    लाङटाङ
29) जोडा मिलाइ कोडबाट सही उत्तर छनौट गर्नुहोस्‌ ।

समूह (A)                                                            समूह (B)

क)   १० जिल्ला भएको प्रदेश                            १) गण्डकी प्रदेश

ख)    ११ जिल्ला भएको प्रदेश                            २) लुम्बिनी प्रदेश

ग)     १२ जिल्ला भएको प्रदेश                            ३) कर्णाली प्रदेश

घ)     १४ जिल्ला भएको प्रदेश                            ४) कोशी प्रदेश

A)     क-३, ख-१, ग-२, घ-४ B)     क-२, ख-३, ग-४, घ-१
C)    क१, ख-२, ग-४, घ-३ D)    क-३, ख-२, ग-४ घ-१
30) नेपालको भित्री मधेशमा कस्तो माटो पाइन्छ?
A)     पाँगो माटो B)     हिमाली माटो
C)    बलौटे पत्थरिलो D)    तलैया माटो
31) नेपालमा टुन्ड्रा कति उचाईमा पाइन्छ?
A)      ५००० मिटरमाथि B)     ५५०० मिटरमाथि
C)    ६००० मिटरमाथि D)    ६५०० मिटरमाथि
32) नेपालमा उष्ण मनसुनी हावापानी कति उचाईमा पाईन्छ?
A)     १००० मिटरसम्म B)     ११०० मिटरसम्म
C)    १२०० मिटरसम्म D)    १३०० मिटरसम्म
33) पण र पुराण नामक मुद्रा प्रचलनमा ल्याउने राजा को थिए?
A)     मानदेव B)     शिवदेव
C)    अंशुवर्मा D)    नरेन्ददेव
34) नेपालको किरातकलिन शासन व्यवस्था सम्बन्धि भनाई आध्ययन गरी सही विकल्प छान्नुहोस् |

क) वर्ण व्यवस्था शुरुवात भएको थिएन |

ख) सस्कृत मूल भाषाको रूपमा प्रयोग गरिन्थ्यो

A)     क मात्र सही B)     ख मात्र सही
C)    क र ख ढुवै गलत D)    क र ख ढुवै सही
35) राणाकालीन शासन व्यवस्थामा नेपाललाई कति जिल्लामा विभाजन गरको थियो?
A)     १८ B)     २५
C)    ३५ D)    ४८
36) श्री ५ को सरकारको सट्टा नेपाल सरकार लेख्ने निर्णय प्रतिनिधि सभाबाट कहिले पारित भएको थियो?
A)     वि.स. २०६३ जेठ ४ B)     वि.स. २०६३ जेठ ५
C)    वि.स. २०६४ जेठ ४ D)    वि.स. २०६४ जेठ ४
37) युवराजधिराजको घोषणा गर्ने चलन सर्वप्रथम कस्का पालादेखि शुरु भएको हो ?
A)     प्रचण्डदेव B)     गुणकामदेव
C)    अशुवर्मा D)    मानदेव
38) हिन्दु र बौद्ध धर्मका साझा देवताका रूपमा तलका मध्ये कसलाई चिनिन्छ?
A)     इन्द्देवता B)     कालमैरव
C)    श्वेतमैरव D)    रातो मच्छिन्द्रनाथ
39) समूह (अ) र समूह (आ) बीच जोडा मिलाएर कोडका आधारमा उत्तर छान्नुहोस् |

समूह (अ)                                                                        समूह (आ)

क) गणतन्त्र घोषणा                                                           १) विसं २०६३ वैशाख ११

ख) दोस्रो जनआन्दोलन                                                     २) विसं २०६३ मंसिर ५

ग) विस्तृत शान्ति सम्झौता                                                 ३) वि.स २०६४ चैत्र २८

घ) पहिलो संविधान सभाको निर्वाचन                                   ४) विसं २०६५ जेठ १५

A)     क-१, ख-२, ग-३, घ-४ B)     क-३, ख-२, ग-१, घ-४
C)    क-२, ख-४, ग-१, घ-३ D)    क-४, ख-१, ग-२, घ-३
40) नेपालको मध्य तथा सुदूरपश्चिम तराई क्षेत्रका थारू समुदायमा प्रचलित सामुदायिक प्रणालीलाई के भनिन्छ ?
A)     जमिन्दार B)     मुखिया
C)    बडघर D)    थरघर
41) जोडा मिलाई सही विकल्प चयन गर्नुहोस्‌ ।

समूह(क)                                                                समूह(ख)

क) पल्पसा क्याफे                                                             १) नारायण वाग्ले

ख) दमिनी भीर                                                                २) राजन मुकारूङ

ग) लक्ष्मी पूजा                                                                  ३) लेखनाथ पौड्याल

A)     क-१, ख-२, ग-३ B)     क-२, ख-१, ग-३
C)    क-३, ख-१, ग-२ D)    क-३, ख-२, ग-१
42) नेपालमा ज्यापू दिवस कहिले मनाइन्छ?
A)     श्रावण शुक्ल पूर्णिमा B)     मसिर शुक्ल पूर्णिमा
C)    फागुन शुक्ल पूर्णिमा D)    कार्तिक शुक्ल पूर्णिमा
43) सुरेल जातिको मूलथलो कहाँ हो?
A)     रामेछाप B)     सिन्धुपाल्चोक
C)    दोलका D)    ओखलढुङ्गा
44) आर्य सभ्यतालाई अर्को के नामले चिनिन्छ?
A)     सनातन सम्यता B)     हिन्दु सम्यता
C)    पाली सम्यता D)    बैदिक सम्यता
45) नेपालमा वैदेशिक लगानीको कागि न्यूतवम सीमा कति रहेको छ?
A)     रू ५० लाख B)     रू १ करोड
C)    रू २ करोड D)    रू ५ करोड
46) नेपालको कृषि क्षेत्रसँग सम्बन्धित तलको कुन भनाइ ठिक हो?
A)     पछिल्लो १० वर्षमा कृषि क्षेत्रको औषत बृद्धिदर त्रणात्मक रहेको छ B)     सन्‌ २०२१ मा भएको श्रमशक्ति सर्वेक्षणमा कृषिमा आबद्ध जनसंख्या दुई तिहाई रहेको छ
C)    नेपालको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान सबैभन्दा बढी रहेको छ D)    आ.व. २०७९/८० मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत रहेको छ
47) कुन योजनालाई गरिबी निवारणको रणनीतिपत्र पनि भनिन्छ?
A)     आठौं योजना B)     नवौँ योजना
C)    दशौँ योजना D)    एघारौँ योजना
48) औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिम उद्योग तथा लगानी प्रबर्द्धन बोर्डको अध्यक्ष को हुने व्यवस्था छ?
A)     उधोग, वाणीज्य तथा आपूर्ति मन्त्रि वा राज्यमन्त्री B)     महानिर्देशक, उद्योग विभाग
C)    सचिब, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय D)    नेपाल सरकारले मनोनयन गरको उद्योगपति
49) बजेट प्रणालीमा प्रयोग गरिने शब्दावली TSA को पूरा रूप के, हो?
A)     Tax Signal Account B)     Treasury Single Account
C)    Tax Saving Account D)    Treasury Service Account
50) नेपालमा हाल चालु अवस्थामा रहेका औद्योगिक क्षेत्रको संख्या कति रहेको छ?
A)     ११ B)     १०
C)    ९ D)    ८

विषयगत

खण्ड ‘क’

१. व्यवस्थापन (Management) लाई परिभाषित गर्दै यसका प्रमुख कार्यहरू (Major Functions) संक्षेपमा स्पष्ट पार्नुहोस्‌ ।

२. उत्पेरणाका सिद्धान्तहरूमध्ये अब्राहम मास्लोको आवश्यकताको श्रृंखला सिद्धान्त (Hierarchy of Needs Theory) को महत्व उल्लेख गर्नुहोस्‌ ।

३. प्रभावकारी सेवा प्रवाह व्यवस्थापन प्रणालीको विकासमा नागरिक वडापत्रको अवधारणा कार्यान्वयनलेकसरी योगदान पुन्याउँछ? लेख्नुहोस्‌ ।

४. विद्युतीय शासन (E-governance) का आवश्यक तत्व (Essential elements) बारे प्रकाश पार्नुहोस्‌ ।

५. नेपालमा सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएका मुख्य-मुख्य समस्याहरू उल्लेख गर्नुहोस्‌।

६. संगठनमा जिन्सी व्यवस्थापनको परिचय दिँदै यसको महत्वमाथि प्रकाश पार्नुहोस्‌ ।

७ बजेटको परिभाषा दिँदै घाटा बजेटको महत्व लेख्नुहोस्‌ ।

८. परियोजना व्यवस्थापनका प्रमुख चारवटा चरणहरूको छोटकरीमा व्याख्या गर्नुहोस्‌ ।

खण्ड ख

९. Explain the fundamental components of computer system including the central Processing Unit (CPU), Memory, Storage devices, Input devices and Output devices.

१०. What is Data and Database Management System (DBSM)? Write few applications of DBMS.

 

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 31
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 58
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 45
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 19
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 31
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA