Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको भूगोल सम्बन्धि केहि प्रश्नहरु

  • Susmita Shrestha
  • January 04, 2024
  • 1190

नेपालको भूगोल सम्बन्धि केहि प्रश्नहरु

नेपालको भूगोल सम्बन्धि केहि प्रश्नहरु

नेपालको भूगोल सम्बन्धि केहि प्रश्नहरु 

नेपाल कति डिग्री अक्षांश र देशान्तरसम्म फैलिएको छ ? २६ डिग्री २२ मिनेटदेखि ३० डिग्री२७ मिनेट उत्तरी अक्षांश र ८० डिग्री ४ मिनेटदेखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म
नेपालले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ ? ०.०३ प्रतिशत
नेपालले एसियाको कति प्रतिशत भूभाग ओगटेको छ ? ०.३ प्रतिशत
नेपालले दक्षिण एसियाको कति प्रतिशत भूभाग ओगटेको छ ? २.८२ प्रतिशत
नेपालको क्षेत्रफल कति वर्गमाइल छ ? ५६,८२७ वर्गमाइल
नेपालको पूर्व पश्चिम लम्बाइ र चौडाइ कति छ ? क्रमशः ८८५ कि.मि. र १९३ कि.मि.
नेपालको प्रामाणिक समय कुन हिमाललाई आधार मानेर निर्धारण गरिएको छ ? गौरिशंकर
नेपालको समय ग्रीनविच समयभन्दा कति छिटो छ ? ५ घण्टा ४५ मिनेट छिटो
नेपालको प्रामाणिक समय कहिले लागु गरिएको हो ? २०४२ साल बैशाख १ गते
विश्वमा रहेका ८ हजार मिटर अग्ला १४ चुचुरामध्ये नेपालमा कति छन्? ८ ओटा
नेपालमा समुन्द्र सतहदेखि कति मिटर माथिसम्मको उचाइलाई हिमाली प्रदेश भनिन्छ ? करिब ३००० मिटर माथि

 

सगरमाथालाई तेस्रो ध्रुवको उपनाम दिने को हुन्‌ ? Michale Karga
नेपालमा हिमाली जिल्लाको सङ्ख्या कति ओटा छ ? २१ ओटा
२०७८ सालको जनगणना अनुसार हिमाली प्रदेशमा कति प्रतिशत जनसङ्ख्या बस्छन्‌ ? ६.०८
टिंकर भञ्ज्याङ कुन जिल्लामा पर्छ ? दार्चुला
नाम्जाला भञ्ज्याङ कुन जिल्लामा पर्छ ? मनाङ
सगरमाथा शिखर कुन हिमशृङखलामा पर्छ ? खुम्बु/महालङ्गुर
नेपालको दोस्रो अग्लो शिखर कुन हो ? कञ्चनजङ्घा, ताप्लेजुङ
माछापुच्छै हिमाल कुन हिमशृङखलामा पर्छ ? अन्नपूर्ण
अपी हिमाल कुन जिल्लामा पर्छ ? दार्चुला
नेपालमा कति उचाइसम्मको भूभागलाई पहाडी प्रदेश भनिन्छ ? समुद्री सतहदेखि ३००मिटरदेखि उत्तरमा ३ हजार मिटरसम्म
नेपालको पहाडी प्रदेशमा कति ओटा जिल्लाहरु पर्छन्‌ ? २८ ओटा
जनगणना २०७८ अनुसार पहाडी प्रदेशको जनसङ्ख्या कति प्तिशत छ ? ४०.३ प्रतिशत
नेपालको कुन भूभागलाई शिबालिकको नामले पनि चिनिन्छ ? चुरे पर्वत श्रेणी
नेपालमा पूर्वदेखि पश्चिमसम्म फैलिएको समुन्द्र सतहदेखि १२ हजार फिटसम्मको उचाइको भूभागलाई के भनिन्छ ? महाभारत श्रेणी
नेपालको कुन भूभागला Hill Station भनिन्छ ? महाभारत पर्वत श्रेणी
नेपालको कुन भूभागलाई Lesser Himalaya पनि भनिन्छ ? महाभारत पर्बत श्रेणी
महाभारत पर्वत र हिमालय पर्वत श्रेणी विचका उपत्यकालाई के भनिन्छ ? मध्यभूमि श्रेणी
२०७८ को जनगणना अनुसार काठमाडौं उपत्यकाको जनसङ्ख्या कति प्रतिशत छ ? १०.३
नेपालमा कति उचाइसम्मको भूभागलाई तराई प्रदेश भनिन्छ ? समुदी सतहबाट ६० देखि६०० मिटरसम्म
नेपालको तराई प्रदेशमा कति जिल्ला पर्छन्‌ ? १८ जिल्ला
२०७८ सालको जनगणना अनुसार तराई प्रदेशको जनसङ्ख्या कति छ? ५६.६ प्रतिशत
नेपालको कुन भूभागलाई भित्री मधेस भनिन्छ ? चुरे र महाभारत पर्वत विचको भूभाग
नेपालको भित्री मधेसमा कति जिल्ला पर्छन्‌ ? ७ जिल्ला
भित्री मधेसले नेपालको कति प्रतिशत भूभाग ओगटेको छ ? ८.५ प्रतिशत
क्षेत्रफलको आधारमा भित्री मधेसको सबैभन्दा ठूलो जिल्ला कुन हो ? दाङ
क्षेत्रफलको आधारमा भित्री मधेसको सबैभन्दा सानो जिल्ला कुन हो ? नवलपरासी पूर्व
कुन उपत्यकालाई मध्यपश्चिम भित्री मधेस भनिन्छ ? सुर्खेत उपत्यका
तराई प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ? कैलाली
सप्तकोसीका सहायक नदीहरु कुन कुन हुन्‌ ?

 

तमोर, अरुण, लिखु, दुधकोसी, तामाकोसी,

सुनकोसी र इन्द्रावती

नेपालको सबैभन्दा ठूलो नदी कुत हो ? सप्तकोसी
सप्तकोसीको सबैभन्दा ठूलो सहायक नदी कुन हो ? अरुण
सप्तकोसीको सबैभन्दा सानो नदी कुन हो? लिखु
सप्तकोसी नदीको लम्बाई कति छ ? ७२० किमि, नेपालमा २०० किमि मात्र
नेपालको कुन हिमालदेखि कुन हिमाल बिचको भागलाई कोसी नदी प्रणाली क्षेत्र भनिन्छ ? कञ्चनजडघा देखि लाङटाङ

 

नेपालको सबैभन्दा गहिरो नदी कुन हो ? गण्डकी
गण्डकी नदीका सहायक नदीहरु कुन कुन हुन्‌ ?

 

त्रिशुली, बुढीगण्डकी, दरौदी, मादी,

मर्स्याङ्दी, सेती र कालीगण्डकी

गण्डकी नदी कुन स्थान प्रवेश गरेपछि नारायणी नामले चिनिन्छ ? देवघाट
गण्डकी नदी प्रभावित क्षेत्र कुन हिमालदेखि कुन हिमालसम्म पर्छ ? लाङटाङ्देखि धवलागिरि
गण्डकी नदीको लम्बाई कति छ ? ३३८ किमि
गण्डकी नदीको सबैभन्दा ठूलो सहायक नदी कुन हो ? कालीगण्डकी
गण्डकी नदीको सबैभन्दा सानो नदी कुन हो ? दरौंदी
कर्णाली नदी प्रभावित क्षेत्र कुन हिमालदेखि कुन हिमालसम्म पर्छ ? धवलागिरिदेखि व्यास
नेपालको सबैभन्दा लामो नदी कुन हो ? कर्णाली
कर्णाली नदीको लम्बाई नेपालमा कति छ ? ५०७ किमि
कर्णाली नदीलाई भारतमा के नामले चिनिन्छ ? घाघरा र सरयु
कर्णाली नदीका सहायक नदीहरु कुन कुन हुन्‌ ? हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी,

सानी भेरी, तिला, बढीगण्डकी र सेती

हावापानीका आधारमा नेपाललाई कति भागमा विभाजन गरिएको छ? ५ भाग
नेपालमा १२०० मिटर उचाइसम्म पाइने हावापानीलाई के भनिन्छ ? उपोष्ण मनसुनी हावापानी
१२०० मिटरदेखि २१०० मिटर उचाइसम्म पाइने हावापानीलाई के भनिन्छ ? न्यानो समशीतोष्ण हावापानी
२१०० मिटरदेखि ३३५० मिटरसम्मको हावापानीलाई के भनिन्छ ? ठन्डा शमशीतोष्ण हावापानी
समुद्री सतहदेखि ३३५० देखि ५००० मिटर उचाइसम्मको हावापानीलाई के भनिन्छ ? लेकाली हावापानी

 

५ हजार मिटर उचाइ माथिको हावापानीलाई के भनिन्छ ? धुवीय वा हिमाली हावापानी
नेपालको संविधानको अनुसूची कतिमा सङ्घको अधिकारको स्चीको व्यवस्था गरेको छ? आनुसुची ५
नेपालको संविधानको कुन अनुस्‌चीमा सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारको साझासूचीको बारेमा उल्लेख गरिएको छ ? आनुसुची ९
नेपालको संविधानमा सङ्घ र प्रदेशको साझा अधिकारको स्ची अनुसूची कतिमा उल्लेख गरिएको छ ? अनुसूची ७
नेपालको संविधानको कुन अनुस्चीले ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरुको बारेमा स्पष्ट व्यवस्था गरेको छ ? अनुसूची ४
कोशी प्रदेशमा कति जिल्ला छन्‌ ? १४ जिल्ला
कोशी प्रदेशको सबैभन्दा ठूलो र सानो जिल्ला कुन हो ? ठूलो ताप्लेजुङ र सानो तेह्रथुम
कोशी प्रदेशसभाले कोशी प्रदेशको राजधानी मोरङको विराटनगर कहिले घोषणा गरेको हो? २०७६ बैशाख २३
कोशी प्रदेशको पूर्वमा भारतका कुन कुन राज्य पर्छन ? पश्चिम वंगाल र सिक्किम
कोशी प्रदेशको दक्षिणमा भारतको कुन राज्य पर्छ ? बिहार राज्य
मधेस प्रदेशमा कति जिल्ला छन्‌ ? ८ जिल्ला
मधेस प्रदेशको सबैभन्दा ठूलो र सानो जिल्ला कुन कुन हुन्‌ ? ठूलो सप्तरी र सानो महोत्तरी
मधेस प्रदेशको राजधानी जनकपुर कहिले घोषणा भएको हो ? २०७८ माघ ३ गते
प्रदेश नम्बर २ को नाम मधेस कहिले नामकरण भएको हो ? २०७८ माघ ३ गते
मधेस प्रदेशका पहिला मुख्यमन्त्री को हुन्‌ ? लालबाबु राउत
बागमती प्रदेशमा कति जिल्ला छन्‌ ? १३ जिल्ला
बागमती प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ? सिन्धुपाल्चोक
बागमती प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ? भक्तपुर
बागमती प्रदेशको राजधानी हेटौंडा कहिले घोषणा गरिएको हो ? २०७६ पुस २७ गते
प्रदेश ३ को नाम बागमती कहिले घोषणा गरिएको हो ? २०७६ पुस २७ गते
बागमती प्रदेशका पहिला मुख्यमन्त्री को हुन्‌ ? डोरमणी पौडेल
नेपालको पहिलो महिला मुख्यमन्त्री को हुन्‌ ? अष्टलक्ष्मी शाक्य, बागमती प्रदेश
गण्डकी प्रदेशमा कति जिल्ला छन्‌ ? ११ जिल्ला
गण्डकी प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ? गोर्खा
गण्डकी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ? पर्वत
गण्डकी प्रदेशको राजधानी पोखरा कहिले घोषणा गरिएको हो ? २०७५ असार १८ गते
प्रदेश ४ को नाम गण्डकी कहिले घोषणा गरिएको हो ? २०७५ असार २२ गते
लुम्बिनी प्रदेशमा कति जिल्ला छन्‌ ? १२ जिल्ला
लुम्बिनी प्रदेशको सबैभन्दा ठूलो जिल्ला कुन हो ? दाङ
लुम्बिनी प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो ? नवलपरासी पश्चिम
लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङ कहिले तोकिएको हो ? २०७७ असोज २० गते
प्रदेश ५ को नाम लुम्बिनी कहिले घोषणा भएको हो ? २०७७ असोज २० गते

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 53
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 264
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 203
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 274
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 387
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA