Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा गणतन्त्रको पृष्ठभूमि

  • Ajnabee Khadka
  • November 23, 2023
  • 375

नेपालमा गणतन्त्रको पृष्ठभूमि

नेपालमा गणतन्त्रको पृष्ठभूमि

नेपालमा गणतन्त्रको शुरुवात भएको एक दशक वढी भै सकेको छ। त्यसभन्दा अगाडि देशमा राजतन्त्र थियो र राजा नै राष्ट्र प्रमुख हुन्थे। वि. सं. २०४७ सालबाट नेपाल संवैधानिक राजतन्त्रात्मक देश कायम भयो। लोकतन्त्रको लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२-६३ को भावना अनुरूप नेपालको अन्तरिम संविधान २०६३ कार्यान्वयनमा आए सँगै राजामा निहित रहेको शक्तिलाई हटाई गणतन्त्रात्मक शासन व्यवस्थाको लागि मार्ग प्रशस्त गर्ने काम भयो।

नेपालको संविधान सभाले वि.सं. २०६५ साल ज्येष्ठ १५ गते २४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना गर्‍यो। त्यसपछिको संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति घोषणा गर्‍यो। वि.सं. २०७३ साल कात्तिक १२ गते श्रीमती विद्यादेवी भण्डारी गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एवं देशमा नयाँ संविधान जारी भएपछिको पहिलो राष्ट्राध्यक्ष हुनुभयो।

तेस्रो राष्ट्राध्यक्षको रूपमा श्री रामचन्द्र पौडेल निर्वाचित हुनु भयो । वि.सं. २०७९ साल फागुन २९ गतेदेखि उहाँ नेपालको सम्माननीय राष्ट्रपति हुनुहुन्छ । वि.सं. २०७२ सालमा जारी भएको नेपालको संविधानले राष्ट्रपतिलाई राष्ट्राध्यक्ष र संविधानको संरक्षक एवं अभिभावकको रुपमा स्थापित गरेको छ। राष्ट्रिय एकताको प्रवर्धन, संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको कर्तव्य हुनेछ भन्ने कुरा संविधानले निर्दिष्ट गरेको छ।

Categories

  • Current Affairs 734
  • Gorkhapatra 331
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 28
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 55
Senior Engineer Post, 2083/04/15
Past Questions

सिनियर मिस्त्री पद, २०८३/०४/१५

  • Aug 04, 2026
  • 41
Electrician, 2083/04/14
Past Questions

इलेक्ट्रिसियन, २०८३/०४/१४

  • Aug 04, 2026
  • 17
Top 10 Largest Lakes in the World
Others

विश्वका १० शिर्ष ठुलो तालहरु

  • Aug 04, 2026
  • 28
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA