Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा कृषिको विद्यमान अवस्था र कृषि विकास रणनीति २०७२- २०९२ले जोड दिएको बिषय

  • Ajnabee Khadka
  • October 29, 2023
  • 456

नेपालमा कृषिको विद्यमान अवस्था र कृषि विकास रणनीति २०७२- २०९२ले जोड दिएको बिषय

नेपालमा कृषिको विद्यमान अवस्था र कृषि विकास रणनीति २०७२- २०९२ले जोड दिएको बिषय

  भूमि खनजोत तथा मलजल गरी अन्न, तरकारी वा फलफूलको उत्पादन गर्ने तथा घाँसपातको उपयोग गरी पशुपालन गर्ने कार्यलाई समग्रमा कृषि भनिन्छ । अधिकांश नेपाली कृषि पेसामा आबद्ध छन् । कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान उल्लेख्य रहेकाले नेपालको आर्थिक समृद्धिको महìवपूर्ण आधारका रूपमा कृषिलाई लिने गरिन्छ ।

नेपालमा कृषिको विद्यमान अवस्था निम्नानुसाररहेको छ

– कृषि पेसामा आबद्ध जनसङ्ख्या घट्दै गएको छ । सन् २०१८ को श्रमशक्ति सर्वेक्षण अनुसार कृषिमा आबद्ध जनसङ्ख्या ६०.४ प्रतिशत रहेकोमा सन् २०२१ को सर्वेक्षण अनुसार ५०.४ प्रतिशत मात्र रहेको छ ।

– आव २०७९/८० मा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २४.१ प्रतिशत रहने अनुमान छ ।

– विगत दस वर्षमा कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको औसत योगदान २६.५ प्रतिशत छ ।

– आव २०७८/७९ मा कृषिको उत्पादन २.२४ प्रतिशतले वृद्धि भएकोमा आव २०७९/८० मा २.७३ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

– कृषि क्षेत्रको कुल मूल्य अभिवृद्धिमा धान उत्पादनको योगदान उच्च रहेको छ । आव २०७९/८० मा धानको उत्पादन ६.९ प्रतिशतले वृद्धि भए पनि हिउँदे बाली, मासु तथा अण्डाको उत्पादन न्यून हुँदा कुल वृद्धिदर सामान्य रहेको छ ।

– पछिल्लो दस वर्षमा कृषि क्षेत्रको औसत वृद्धिदर २.९ प्रतिशत रहेको छ ।

– कुल कृषियोग्य जमिन २६ लाख ४० हजार हेक्टरमध्ये ५८ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

– वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उच्च रहेका कारण हिमाली र पहाडी क्षेत्रमा कृषियोग्य जमिन बाँझो रहने व्रmम बढ्दै गएको छ ।

– पछिल्लो पुस्ता कृषिभन्दा सेवा क्षेत्रतर्फ आकर्षिक हुने क्रमसँगै कृषिमा आबद्ध जनसङ्ख्या घट्दो छ ।

– कृषिजन्य वस्तुको पैठारी उच्च भएका कारण कृषिमा व्यापार घाटा रहेको छ । आधारभूत खाद्यान्नको उच्च अंश पैठारी भई उपलब्ध हुने गरेको छ । यसबाट मुलुक खाद्यान्नमा आत्मनिर्भर हुन निकै मेहनत

गर्नुपर्ने देखिन्छ ।

बिस वर्षे कृषि विकास रणनीतिले जोड दिएका विषय

शासकीय सुधार, उत्पादकत्व वृद्धि, बजारीकरण र प्रतिस्पर्धी क्षमता वृद्धिलाई प्रमुख अवयवका रूपमा समावेश गरेको कृषि विकास रणनीतिले निम्न उद्देश्य प्राप्तिमा जोड दिएको छ ः

– खाद्य तथा पोषणको अवस्थामा सुधार, गरिबी न्यूनीकरण,

– कृषिजन्य उत्पादनको प्रतिस्पर्धी क्षमता वृद्धि,

– ग्रामीण घरपरिवारको उच्च र समतामूलक आय अवस्था सिर्जना, किसानका हकअधिकारको सुनिश्चितता र सबलीकरण,

– अन्त्यमा, कृषि क्षेत्र नेपालको आर्थिक वृद्धिको प्रमुख आधार हो । कृषिलाई आधुनिकीकरण गर्दै कृषि, सिँचाइ, वाणिज्य, मानव संसाधनलगायतका क्षेत्रगत नीतिमा समयानुकूल परिमार्जन र कार्यान्वयन गरी कृषिको उत्पादकत्व बढाउन आवश्यक देखिन्छ ।

Categories

  • Current Affairs 734
  • Gorkhapatra 329
  • Others 1132
  • Vacancy 1
  • Past Questions 116
  • Nepal Police 8

Latest Blogs

Major National Days of BS 2083: From Baisakh to Shravan
Current Affairs

वि.सं. २०८३ का प्रमुख राष्ट्रिय दिवस: वैशाख देखि श्रावनसम्म

  • Aug 04, 2026
  • 191
Major capital cities of the world and the rivers they are located on
Others

विश्वका प्रमुख राजधानी सहरहरू र ती अवस्थित नदी किनारहरू

  • Aug 03, 2026
  • 137
The world's oceans and the major countries/regions they touch
Others

विश्वका महासागरहरू र तिनीहरूले छुने प्रमुख राष्ट्रहरू/क्षेत्रहरू

  • Aug 03, 2026
  • 65
10 longest rivers in the world
Others

विश्वका १० सबैभन्दा लामा नदीहरू

  • Aug 03, 2026
  • 76
Major country borders separated by rivers
Others

नदीद्वारा छुट्टाइएको प्रमुख देशको सिमानाहरू

  • Aug 03, 2026
  • 73
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA