Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय सतर्कता केन्द्र बारे केहि जानकारी

  • Ajnabee Khadka
  • October 15, 2023
  • 1361

राष्ट्रिय सतर्कता केन्द्र बारे केहि जानकारी

राष्ट्रिय सतर्कता केन्द्र बारे केहि जानकारी

राष्ट्रिय सतर्कता केन्द्र नेपालमा भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कानुनी र सङ्गठनात्मक व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले भ्रष्टचार नियन्त्रणका लागि सशक्त र प्रभावकारी सेवा उपलब्ध गराउने संस्था हो ।

यसले मुख्य रूपमा दुई किसिमका कार्यहरू गर्दैछ। पहिलो भ्रष्टचार रोक्नको लागि जनउत्तरदायित्व तथा चेतनाको अभिबृद्धि गर्ने कार्य गर्दछ । दोस्रो, भ्रष्टचार भैसकेको ठाउँमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सघाउने काम गर्दछ ।

काम, कर्तव्य र अधिकार:

भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३८ले यस केन्द्रलाई देहाय बमोजिम काम, कर्तव्य तथा अधिकार प्रदान गरेको छ।

  • नेपाल सरकारका मन्त्रालय/विभाग/कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरू नियमितरूपमा भए नभएको बिषयमा सूचना सङ्कलन गर्ने।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा र्सार्वजनिक संस्थाबाट नियमितरूपमा हुनु पर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो बिषयमा र्सतर्क गर्ने।
  • र्सार्वजनिक पदधारण गरेको ब्यक्तिले प्रचलित कानुन बमोजिम दिएको सम्पत्ति बिवरण र आयको अनुगमन गर्ने।
  • प्राप्त सम्पत्ति विवरण प्रचलित कानुन बमोजिम छानविन गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायहरूमा लेखी पठाउने।
  • भ्रष्टाचार हुनसक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्न आवश्यक व्यवस्था मिलाउने।
  • भ्रष्टचार नियन्त्रण सम्बन्धमा अपनाउनु प्रने नीति, रणनीति र तत् सम्बन्धी काननूमा कनु सुधार गर्नुपर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा र्सार्वजनिक संस्थामा उजुरी पेटीका राख्ने व्यवस्था मिलाउने।
  • भ्रष्टाचारको रोकथाम गर्ने उद्देश्यले आवश्यकता अनुसार सम्बन्धित निकायलाई सुझाव वा निर्देशन दिने।
  • भ्रष्टाचार सम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गर्राई राख्ने।
  • भ्रष्टाचार सम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने।
  • भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य काम गर्ने वा गराउने।
  • नेपाल सरकारले तोकेका अन्य काम गर्ने वा गराउने।
  • सार्बजनिक निकायहरुबाट हुने अनियमितता, ढिला सुस्ती, भ्रष्ट्राचार सम्बन्धमा उजुरी संकलन गर्ने ।
  • सार्बजनिक निकायहरुबाट प्रदान हुने सेवा प्रबाह प्रभाबकारी तुल्याउन नियमन, अनुगमन गरि सुझाब, निर्देशन दिने ।
  • सार्बजनिक पद धारणा गरेका व्यक्तिहरुको सम्पति र आयको अनुगमन गर्ने ।
  • विकास निर्माणका योजनाहरुमा गुणस्तरीयता कायम गरि तोकिएको समय, लागत र गुणस्तरीय काम सम्पन्न गर्ने, प्राबिधिक परीक्षण गर्ने ।
  • भ्रष्ट्राचार निवारणका लागि जिल्लास्तरमा जनचेतना मुलक गोष्ठी तथा अन्य प्रचार प्रसारका कार्यक्रम स‌ंचालन गर्ने ।
  • विभिन्न सरकारी कार्यालयमा हाजिरी, पोशाक, सिट छड्के जस्ता सुधारत्मक कार्यहरु गर्ने ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 71
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 320
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 269
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 298
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 411
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA