Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सार्वजनिक निकायले बोलपत्रको सूचनामा खुलाउनुपर्ने विषय

  • Ajnabee Khadka
  • October 12, 2023
  • 486

सार्वजनिक निकायले बोलपत्रको सूचनामा खुलाउनुपर्ने विषय

सार्वजनिक निकायले बोलपत्रको सूचनामा खुलाउनुपर्ने विषय

सार्वजनिक खरिदलाई खुला, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउँदै सार्वजनिक खर्चको अधिकतम प्रतिफल प्राप्त गर्न सार्वजनिक खरिद ऐन कार्यान्वयनमा रहेको छ । सार्वजनिक  खरिदसम्बन्धी सूचनामा एकरूपता कायम गर्ने हेतुले सार्वजनिक निकायले आह्वान गर्ने बोलपत्रको सूचनामा उल्लेख गर्नुपर्ने विषयहरू सार्वजनिक खरिद ऐन र नियमावलीमा व्यवस्था गरिएको छ । जुन निम्न अनुसार रहेका छन् ः

– बोलपत्र आह्वान गर्ने सार्वजनिक निकायको नाम र ठेगाना,

– खरिद कार्यको प्रकृति र समय सीमा,

– मालसामान आपूर्ति गर्नुपर्ने, सेवा प्रदान गर्नुपर्ने वा निर्माण कार्य गर्नुपर्ने स्थान,

– बोलपत्र जमानत आवश्यक पर्ने भएमा सोको रकम र मान्य अवधि,

– बोलपत्र जमानत आवश्यक पर्ने भए बोलपत्रको मान्य अवधि,

– बोलपत्रसम्बन्धी कागजात पाइने स्थान, प्राप्त गर्ने तरिका र सोबापत लाग्ने दस्तुर,

– बोलपत्र पेस गर्ने वा पठाउने स्थान, तरिका, अन्तिम मिति र समय,

– बोलपत्र खोल्ने मिति, समय, स्थान र बोलपत्र खोल्ने समयमा बोलपत्रदाता वा निजको अधिकार प्राप्त प्रतिनिधिलाई आमन्त्रण गर्ने कुरा,

– राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरको बोलपत्रको जानकारी, पूर्वयोग्यता, योग्यतासहित वा योग्यतारहित बोलपत्रको जानकारी,

– बोलपत्र आह्वान गरिएको खरिद विधिको जानकारी, विद्युतीय बोलपत्र दाखिला गर्ने तरिकाको जानकारी,

– तोकिएको सीमासम्मको लागत अनुमानको जानकारीलगायत,

– सार्वजनिक निकायले आवश्यक ठानेका अन्य कुरा ।

– अन्त्यमा खरिद कार्यलाई प्रतिस्पर्धी र पारदर्शी बनाउन खरिदसम्बन्धी सूचना सबैको पहुँच र जानकारीमा पुग्न जरुरी छ । खरिद कानुन र विद्युतीय खरिद प्रणाली प्रतिकूल नहुने गरी बोलपत्रको सूचना आह्वान प्रव्रिmयालाई मितव्ययी र पारदर्शी बनाउनु आवश्यक छ ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 71
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 320
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 269
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 298
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 411
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA