Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

जनसम्पर्क व्यवस्थापन र जनसम्पर्क व्यवस्थापन गर्ने माध्यमहरू – “खरिदार विषेश”

  • Ajnabee Khadka
  • October 11, 2023
  • 845

जनसम्पर्क व्यवस्थापन र जनसम्पर्क व्यवस्थापन गर्ने माध्यमहरू – “खरिदार विषेश”

जनसम्पर्क व्यवस्थापन र जनसम्पर्क व्यवस्थापन गर्ने माध्यमहरू – “खरिदार विषेश”
जनसम्पर्कले कार्यालयमा कार्यरत कर्मचारी र जनताबीचको सञ्चार, सम्पर्क र सम्बन्धलाई जनाउँछ। सार्वजनिक सेवा प्रवाह गर्दा कुनै पनि राष्ट्रसेवकले कार्यालयभित्र सर्वसाधारण सेवाग्राहीसँग कुन तरिकाबाट कस्तो र कसरी सम्पर्क राख्ने भन्ने विषय महत्त्वपूर्ण हुन्छ । कर्मचारीको प्रमुख कर्तव्य नै जनतालाई बढीभन्दा बढी सेवा छिटो, छरितो, सरल, मितव्ययी तरिकाले प्रदान गरेर जनसेवा गर्नु हो । संघीय गणतान्त्रिक मुलुकको कुनै पनि सरकारी कार्यालय वा संगठित संस्थाको बहुउत्तरदायित्व हुन्छ । जनताले सरकारबाट के कस्तो कुराको चाहना राखेका छन् सो बुझी सरकारले विभिन्न नीति तर्जुमा गरेको हुन्छ । त्यसैका आधारमा सरकारको कार्य विभाजन गरी कार्य सञ्चालन गरिरहेको हुन्छ । विभिन्न योजना, कार्यक्रम र परियोजना संचालन गरी देश विकासको कार्य गर्ने गरिन्छ त्यसका लागि प्रत्येक क्रियाकलाप र चरणमा जनतालाई सहभागी गराउनुपर्दछ । सरकारका काम कारबाहीलाई प्रचारप्रसार गर्नुपर्दछ । जनसम्पर्कको प्रमुख माध्यम प्रचारप्रसार हो । जसले गर्दा सरकार जनताबीचमा आपसी विश्वास बढ्न गई सरकारले गरेका कार्यमा अपनत्व बोध हुने गर्दछ । प्रभावकारी जनसम्पर्कका लागि कर्मचारी र सेवाग्राहीबीच राम्रो सम्बन्ध विकास गर्नका लागि गरिने व्यवस्थापकीय कार्यहरू जस्तैः पोजना, संगठन निर्देशन, नियन्त्रण, समन्वय र सहकार्य नै जनसम्पर्क व्यवस्थापन हो । जनसम्पर्क व्यवस्थापनमा समस्याको पहिचान र विषयवस्तुको छनोट, समस्याको विश्लेषण, उचित विकल्पहरूको खोजी, योजना र कार्यक्रमको तर्जुमा, जनसम्पर्कको प्रभावकारी व्यवस्था, अनुगमन र मूल्यांकन गरी पृष्ठपोषण दिइन्छ । जनसम्पर्क व्यवस्थापन गर्दा ध्यान दिनुपर्ने विषयहरू कार्यालयमा सेवा लिन आएका जनतासँग सरल शिष्ट भाषा प्रयोग गरी सभ्य व्यवहार प्रदर्शन गर्ने ।
जनताका पीरमर्का बाधा, अड्चन हटाउन, सुविधा प्राप्त गर्न वा कुनै कुरा प्रस्ट हुन आएमा नियम र कानूनको परिधिभित्र रही आफूले गर्न काम, कर्तव्य यथाशीघ्र गरिदिनुपर्छ। बुझ्न खोजेको विषय आफूसँग सम्बन्धित नभएमा सम्बन्धित व्यक्ति वा कार्यालय बताइदिनुपर्छ । आफूले गरेर भनेर वा बुझाएर हुनेसम्मका कुरा आफूले सम्पन्न गर्ने । अन्यथा माथिल्लो अधिकृतसँग भेट गर्नुपर्ने भएमा भेट गराइदिनुपर्छ । माथिका अधिकृतसँग भेट गर्न वा गराउनुपर्ने सेवाग्राहीहरूको कामको प्रकृति र महत्त्व हेरी आगमनको समयअनुसार प्राथमिकता क्रमअनुसार भेट गराउनुपर्दछ । सेवाग्राहीको लारी बस्ने व्यवस्था, पानीको सुविधा, पत्रपत्रिका स्तनपान कक्षको व्यवस्था गर्नुपर्दछ ।
जनसम्पर्क व्यवस्थापन गर्ने माध्यमहरू:
  • रेडियो
  • पत्र-पत्रिका
  • चलचित्र
  • सार्वजनिक सेवा
  • कर्मचारीद्वारा सिधै सम्पर्क
  • प्रतिवेदनबाट
  • सभा, सेमिनार, गोष्ठी
  • सामाजिक सञ्जालमार्फत
  • नियमित प्रकाशन तथा चिठीपत्र
  • प्रदर्शनीहरू
  • सार्वजनिक सूचना, विज्ञापन
  • विभिन्न कार्यक्रम आयोजना / सञ्चालन गरेर
  • विभिन्न क्लब, गैरसरकारी संगठन आदि ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 72
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 320
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 271
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 298
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 412
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA