Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

“इतिहास : राणा शासनको उदय र पतन”

  • Ajnabee Khadka
  • October 08, 2023
  • 2307

“इतिहास : राणा शासनको उदय र पतन”

“इतिहास : राणा शासनको उदय र पतन”

नेपालको राजनीति घटनाक्रमहरू हेर्दा बेला बखतमा विभिन्न चर्चापरिचर्चा हुने गरेको छ । वर्तमान राजनीतिको जग भन्नुनै  विगतका विभिन्न काल खण्डमा भएका राजनीतिक घटनाक्रमहरू हुन । इतिहासको केही गल्तीहरूमा वर्तमान पिढीहरुले राम्रो पाठ सिक्छन् । इतिहासका केही पनाहरुलाई पल्टाएर हेर्दा विगतका केही राजनीतिक घटनाक्रममा आज विश्लेषण गर्दैछौँ । नेपालमा १०४ वर्षसम्म जग बनाएर बसेको राणाशासनको  उदय र पतनका कारणहरूको चर्चा गर्दा । तीनलाई विभिन्न चरणहरूमा देखाउन सकिन्छ ।

नेपालीको अस्थिर राजनीति
पृथ्वीनारायण शाहको मृत्युपछि उनका छोरा प्रतापसिंह शाह राजा भए तर २ वर्ष ९ महिना शासन गरेपछि उनको मृत्यु भयो र उनका छोरा रणबहादुर शाह तीन वर्षको उमेरमा राजा भए । यसपछि नेपालमा अस्थिर राजनीति सुरु भयो ।

हत्याको शृङ्खला
माथवरसिंह थापाको हत्यापछि फत्तेजङ चौतारीया प्रधानमन्त्री भए तापनि दरबारमा रानी राज्यलक्ष्मीका प्रिय पात्र गगनसिंह प्रभावशाली थिए । वि.सं. १९०३ भदौ ३१ गते राति गगनसिंहको  पनि अचानक हत्या भएपछि त्यसै रात उनको हत्यारा पत्ता लगाउने निहुँमा कोतमा भेला भएका अधिकांश भारदारहरूको पनि हत्या भयो । यसलाई कोतपर्व भनिन्छ ।

तीन पर्वहरू
सर्वप्रथम कोतपर्व भयो । यसबाट जङ्गबहादुर नेपालका प्रधानमन्त्री र प्रधान सेनापति भए । यसपछि वि.सं. १९०३ कात्तिक १७ गते भण्डार खाल पर्व भयो। यस पर्वबाट जङ्गबहादुरले राजा राजेन्द्र रानी राज्यलक्ष्मीलाई देशनिकाला गरे । यसपछि भएको अलौँ पर्वबाट जङ्गबहादुरले राजा राजेन्द्रलाई राजगद्दी विरुद्ध क्रियाकलाप गरेको दोष लगाई नजरबन्द गरेर सुरेन्द्रलाई राजा घोषित गरे । आफू सर्वशक्तिमान् भई नेपालको शासन चलाए ।

राजपरिवारसँग वैवाहिक सम्बन्ध
जङ्गबहादुर आफूले पनि फत्तेजङ शाहकी बहिनीसँग विवाह गरे । राजा सुरेन्द्रको विवाह आफ्नो भाइ कृष्णबहादुरको छोरीसँग गराए । आफ्नो दुई छोरा जगतजङ्ग र जितजङ्गको  विवाह राजा सुरेन्द्रकी छोरीसँग गराए । पछि गएर उनका दुई छोरीहरूको विवाह पनि युवराज त्रैलोक्यसँग भयो । यस्तो वैवाहिक सम्बन्धले गर्दा उनको सामाजिक प्रतिष्ठा बढ्नुका साथै अझ शक्तिशाली भए ।

वि.सं. १९१३ साउन २४ को लालमोहर
वि.सं. १८५६ राजा सुरेन्द्रले जङ्गबहादुरलाई कास्की र लमजुङको श्री ३ महाराजको पदवी दिएपछि जङ्गबहादुरको शक्ति सर्वोच्च स्थानमा पुग्यो र राणाहरुको शासनको जग बस्यो । उनले हत्या, षड्यन्त्र र रक्तपातले क्षीण बनाएको नेपाललाई शक्ति र स्थायित्व प्रदान गरि एकतन्त्रीय शासनको सुरुवान गरे ।

राणाशासन पतनका कारणहरू

पारिवारिक सङ्घर्ष
जङ्गबहादुकै समयमा पनि उनलाई सत्ताच्युत गर्ने धेरै प्रयासहरु भए तर सफल हुन सकेनन् । उनको मृत्युपछि भएको १९३८ साल १९४२ सालका पर्वहरुमा उनका भाइका छाेराहरुले जङ्गबहादुरका सन्तानहरु सबैलाई खतम गरि प्रधानमन्त्रीको नयाँ रोलक्रम तयार गरे जसमा धीरशमशेरका छोराहरु शक्तिशाली भए ।

सी क्लासका राणाहरूको निष्कासन
चन्द्रशमशेरले राणा परिवारमा ए, बी र सीको वर्गीकरण गरि राणा परिवारमा वैमनस्यको अर्को बिज रोपे । जुद्धशमशेरले सी क्लासका राणाहरुलाई प्रधानमन्त्रीको रोलक्रमबाट हटाई देशनिकाला गरे जसले गर्दा सी क्लासका निष्कासित राणाहरु राणाशासन विरोधी भए ।

राणाविरोधी आन्दोलन
जङ्गबहादुरको समयमा राणाहरूको एकतन्त्रीय निरङ्कुश शासनको विरोध नै सुरु भएको थियो । प्रथम विश्वयुद्धपछि असगङ्ठित रुपमा विद्रोहका आवजहरु उठेको थियो तर चन्द्रशमशेरले दबाए । मकै पर्व, आर्य समाज आदिका रुपमा देखिएका विद्रोही आवाज चन्द्रशमशेरले नै दबाएका थिए । वि.सं. १९८७ पछि चर्खाप्रचार अभियान, प्रचण्ड गोरखा, महावीर स्कुल, पुस्तकालय पर्व, प्रजापरिषद, जयतु संस्कृतम् आदि सङ्गठित आन्दोलनको क्रम सुरु भयो ।

राजा त्रिभुवनको गद्दी त्याग र सशस्त्र संर्घष
वि.सं.२००७ कात्तिकमा राजा त्रिभुवनले नारायणहिटी दरबार त्याग गरी भारतमा शरण लिन गएपछि राणा विरोधी आन्दोलन चरम सीमामा पुग्यो र  वि.सं. २००७ सालमा फागुन ७ गते प्रजातन्त्रको घोषणा भएपछि राणाशासन अन्त भयो ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 73
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 321
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 271
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 298
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 413
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA