Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

“इतिहास : राणा शासनको उदय र पतन”

  • Ajnabee Khadka
  • October 08, 2023
  • 1641

“इतिहास : राणा शासनको उदय र पतन”

“इतिहास : राणा शासनको उदय र पतन”

नेपालको राजनीति घटनाक्रमहरू हेर्दा बेला बखतमा विभिन्न चर्चापरिचर्चा हुने गरेको छ । वर्तमान राजनीतिको जग भन्नुनै  विगतका विभिन्न काल खण्डमा भएका राजनीतिक घटनाक्रमहरू हुन । इतिहासको केही गल्तीहरूमा वर्तमान पिढीहरुले राम्रो पाठ सिक्छन् । इतिहासका केही पनाहरुलाई पल्टाएर हेर्दा विगतका केही राजनीतिक घटनाक्रममा आज विश्लेषण गर्दैछौँ । नेपालमा १०४ वर्षसम्म जग बनाएर बसेको राणाशासनको  उदय र पतनका कारणहरूको चर्चा गर्दा । तीनलाई विभिन्न चरणहरूमा देखाउन सकिन्छ ।

नेपालीको अस्थिर राजनीति
पृथ्वीनारायण शाहको मृत्युपछि उनका छोरा प्रतापसिंह शाह राजा भए तर २ वर्ष ९ महिना शासन गरेपछि उनको मृत्यु भयो र उनका छोरा रणबहादुर शाह तीन वर्षको उमेरमा राजा भए । यसपछि नेपालमा अस्थिर राजनीति सुरु भयो ।

हत्याको शृङ्खला
माथवरसिंह थापाको हत्यापछि फत्तेजङ चौतारीया प्रधानमन्त्री भए तापनि दरबारमा रानी राज्यलक्ष्मीका प्रिय पात्र गगनसिंह प्रभावशाली थिए । वि.सं. १९०३ भदौ ३१ गते राति गगनसिंहको  पनि अचानक हत्या भएपछि त्यसै रात उनको हत्यारा पत्ता लगाउने निहुँमा कोतमा भेला भएका अधिकांश भारदारहरूको पनि हत्या भयो । यसलाई कोतपर्व भनिन्छ ।

तीन पर्वहरू
सर्वप्रथम कोतपर्व भयो । यसबाट जङ्गबहादुर नेपालका प्रधानमन्त्री र प्रधान सेनापति भए । यसपछि वि.सं. १९०३ कात्तिक १७ गते भण्डार खाल पर्व भयो। यस पर्वबाट जङ्गबहादुरले राजा राजेन्द्र रानी राज्यलक्ष्मीलाई देशनिकाला गरे । यसपछि भएको अलौँ पर्वबाट जङ्गबहादुरले राजा राजेन्द्रलाई राजगद्दी विरुद्ध क्रियाकलाप गरेको दोष लगाई नजरबन्द गरेर सुरेन्द्रलाई राजा घोषित गरे । आफू सर्वशक्तिमान् भई नेपालको शासन चलाए ।

राजपरिवारसँग वैवाहिक सम्बन्ध
जङ्गबहादुर आफूले पनि फत्तेजङ शाहकी बहिनीसँग विवाह गरे । राजा सुरेन्द्रको विवाह आफ्नो भाइ कृष्णबहादुरको छोरीसँग गराए । आफ्नो दुई छोरा जगतजङ्ग र जितजङ्गको  विवाह राजा सुरेन्द्रकी छोरीसँग गराए । पछि गएर उनका दुई छोरीहरूको विवाह पनि युवराज त्रैलोक्यसँग भयो । यस्तो वैवाहिक सम्बन्धले गर्दा उनको सामाजिक प्रतिष्ठा बढ्नुका साथै अझ शक्तिशाली भए ।

वि.सं. १९१३ साउन २४ को लालमोहर
वि.सं. १८५६ राजा सुरेन्द्रले जङ्गबहादुरलाई कास्की र लमजुङको श्री ३ महाराजको पदवी दिएपछि जङ्गबहादुरको शक्ति सर्वोच्च स्थानमा पुग्यो र राणाहरुको शासनको जग बस्यो । उनले हत्या, षड्यन्त्र र रक्तपातले क्षीण बनाएको नेपाललाई शक्ति र स्थायित्व प्रदान गरि एकतन्त्रीय शासनको सुरुवान गरे ।

राणाशासन पतनका कारणहरू

पारिवारिक सङ्घर्ष
जङ्गबहादुकै समयमा पनि उनलाई सत्ताच्युत गर्ने धेरै प्रयासहरु भए तर सफल हुन सकेनन् । उनको मृत्युपछि भएको १९३८ साल १९४२ सालका पर्वहरुमा उनका भाइका छाेराहरुले जङ्गबहादुरका सन्तानहरु सबैलाई खतम गरि प्रधानमन्त्रीको नयाँ रोलक्रम तयार गरे जसमा धीरशमशेरका छोराहरु शक्तिशाली भए ।

सी क्लासका राणाहरूको निष्कासन
चन्द्रशमशेरले राणा परिवारमा ए, बी र सीको वर्गीकरण गरि राणा परिवारमा वैमनस्यको अर्को बिज रोपे । जुद्धशमशेरले सी क्लासका राणाहरुलाई प्रधानमन्त्रीको रोलक्रमबाट हटाई देशनिकाला गरे जसले गर्दा सी क्लासका निष्कासित राणाहरु राणाशासन विरोधी भए ।

राणाविरोधी आन्दोलन
जङ्गबहादुरको समयमा राणाहरूको एकतन्त्रीय निरङ्कुश शासनको विरोध नै सुरु भएको थियो । प्रथम विश्वयुद्धपछि असगङ्ठित रुपमा विद्रोहका आवजहरु उठेको थियो तर चन्द्रशमशेरले दबाए । मकै पर्व, आर्य समाज आदिका रुपमा देखिएका विद्रोही आवाज चन्द्रशमशेरले नै दबाएका थिए । वि.सं. १९८७ पछि चर्खाप्रचार अभियान, प्रचण्ड गोरखा, महावीर स्कुल, पुस्तकालय पर्व, प्रजापरिषद, जयतु संस्कृतम् आदि सङ्गठित आन्दोलनको क्रम सुरु भयो ।

राजा त्रिभुवनको गद्दी त्याग र सशस्त्र संर्घष
वि.सं.२००७ कात्तिकमा राजा त्रिभुवनले नारायणहिटी दरबार त्याग गरी भारतमा शरण लिन गएपछि राणा विरोधी आन्दोलन चरम सीमामा पुग्यो र  वि.सं. २००७ सालमा फागुन ७ गते प्रजातन्त्रको घोषणा भएपछि राणाशासन अन्त भयो ।

Categories

  • Current Affairs 594
  • Gorkhapatra 304
  • Others 991
  • Vacancy 1
  • Past Questions 74

Latest Blogs

74th Law Day
Current Affairs

७४ औं कानून दिवस

  • May 09, 2026
  • 70
GK questions asked by the Provincial Public Service Commission, Koshi Province Fourth Level First Paper (Date: 2083/01/26)
Past Questions

प्रदेश लोकसेवा आयोग, कोशी प्रदेश चौथो तह प्रथम पत्रलाई सोधेको GK प्रश्नहरु (मिति: २०८३/०१/२६)

  • May 09, 2026
  • 68
GK Questions Asked in the First Letter of the Federal Purchaser (Date: 2083/01/26)
Past Questions

संघीय खरिदारको प्रथम पत्रलाई सोधेको GK प्रश्नहरू (मिति : २०८३/०१/२६)

  • May 09, 2026
  • 104
Traditional organizations/customary systems or institutions/traditional governance systems of different ethnic groups
Others

विभिन्न जातिका परम्परागत संगठनहरू/प्रथाजनित प्रणाली वा संस्था/परम्परागत शासन व्यवस्था

  • May 07, 2026
  • 42
Constitutional Council (Functions, Duties, Powers and Procedures) (First Amendment) Ordinance, 2083
Current Affairs

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३

  • May 07, 2026
  • 126
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA