Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

दिगो विकास लक्ष्य भनेको के हो ?

  • Ajnabee Khadka
  • October 05, 2023
  • 938

दिगो विकास लक्ष्य भनेको के हो ?

दिगो विकास लक्ष्य भनेको के हो ?

विश्वव्यापी रूपमा समृद्धिको सिर्जना, वितरण र दिगोपना सुनिश्चित गर्दै विकासका हरेका आयाममा कसैलाई पछाडि नछोड्ने प्रतिबद्धतासहित सन् २०३० सम्म हासिल गर्ने गरी तय गरिएका विकासका साझा कार्यसूची नै दिगो विकास लक्ष्य हुन् । दिगो विकासका लक्ष्यको कार्यसूचीमा १७ लक्ष्य, १६९ परिमाणात्मक लक्ष्य र २३२ वटा विश्वव्यापी सूचक निर्धारण गरिएका छन् । नेपालले पनि यी लक्ष्यप्रति प्रतिबद्धता जनाउँदै सूचकहरू आवश्यकता अनुसार परिमार्जन गर्दै लक्ष्य प्राप्तिका लागि व्रिmयाशील रही आएको छ ।

दिगो विकास लक्ष्य हासिल गर्न नेपालले लिएका नीतिगत तथा संस्थागत पहलकदमी

दिगो विकास लक्ष्यको आन्तरिकीकरण र स्थानीयकरण गर्दै लक्ष्य प्राप्तिका लागि नेपालले गरेका नीतिगत तथा संस्थागत प्रयासहरू देहायबमोजिम रहेका छन् :

– दिगो विकास लक्ष्यको आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति तयार,

– नेपालमा दिगो विकास लक्ष्यको वर्तमान अवस्था र भावी कार्ययोजना, २०१६–२०३० निर्माण,

– ऐच्छिक राष्ट्रिय समीक्षा प्रतिवेदनहरू तयार,

– दिगो विकास लक्ष्यलाई विकास योजनामा आन्तरिकीकरण,

– दिगो विकास लक्ष्यको स्थानीयकरणका लागि स्रोत पुस्तिका निर्माणका साथै प्रादेशिक तथा स्थानीय तहका योजना तर्जुमा नमुना दिग्दर्शन तयार,

– दिगो विकास लक्ष्य अनुसार बजेट साङ्केतीकरण,

– मध्यमकालीन खर्च संरचनामा दिगो विकास लक्ष्य हासिल गर्न सहयोग गर्ने आयोजनालाई उच्च प्राथमिकता दिन सूचक निर्माण,

– विश्वसनीय तथा सुदृढ तथ्याङ्क प्रणालीको विकास गर्न नयाँ तथ्याङ्क ऐन जारी,

– तथ्याङ्क प्रणालीसम्बन्धी राष्ट्रिय रणनीति तयार,

– राष्ट्रिय तथा प्रादेशिक अनुगमन तथा मूल्याङ्कन दिग्दर्शन र प्रादेशिक तथा स्थानीय तहका दिगो विकास लक्ष्य सूचकको पहिचान,

– राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समितिको व्यवस्था,

– दिगो विकास लक्ष्य कार्यान्वयन तथा अनुगमनका लागि प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय केन्द्रीय निर्देशक समितिको व्यवस्था,

– राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षतामा दिगो विकास लक्ष्य कार्यान्वयन तथा समन्वय समिति तथा आयोगका सदस्यको संयोजकत्वमा विषयगत कार्यसमिति गठन,

– निरन्तर प्रगति अनुगमन गर्नका लागि राष्ट्रिय तथ्याङ्क प्रोफाइल विकास, अन्त्यमा दिगो विकास लक्ष्य प्राप्तिका लागि सामूहिक प्रयास आवश्यक पर्दछ । त्यसैले सरकारले निजी, सहकारी, गैसस, सामुदायिक क्षेत्र र विकास साझेदारसँग निरन्तर सहकार्य र समन्वय गर्न जरुरी छ ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 73
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 324
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 272
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 299
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 417
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA