Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको विकासका दीर्घकालीन राष्ट्रिय लक्ष्य र पन्ध्रौँ योजना

  • Ajnabee Khadka
  • September 29, 2023
  • 862

नेपालको विकासका दीर्घकालीन राष्ट्रिय लक्ष्य र पन्ध्रौँ योजना

नेपालको विकासका दीर्घकालीन राष्ट्रिय लक्ष्य र पन्ध्रौँ योजना

पन्ध्रौँ आवधिक योजनामा नेपालको विकासको दीर्घकालीन सोच २१०० तय गरिएको छ। जसअन्तर्गत समृद्धिका चार र सुखका छवटा दीर्घकालीन  राष्ट्रिय लक्ष्य निर्धारण गरिएका छन् । यी लक्ष्य निम्नानुसार रहेका छन्।

समृद्धिका ४ राष्ट्रिय लक्ष्य

  1. सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तरआबद्धता,
  2. मानवपुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग,
  3. उच्च र दिगो उत्पादन तथा उत्पादकत्व,
  4. उच्च र समतामूलक राष्ट्रिय आय

सुसीका ६ राष्ट्रिय लक्ष्य

  1. परिष्कृत तथा मर्यादित जीवन,
  2. सुरक्षित, सभ्य र न्यायपूर्ण समाज,
  3. स्वस्थ र सन्तुलित पर्यावरण,
  4. सुशासन,
  5. सबल लोकतन्त्र,
  6. राष्ट्रिय एकता, सुरक्षा र सम्मान

पन्ध्रौँ योजनाको मध्यावधि समीक्षाअनुसार उल्लिखित लक्ष्यहरूको अवस्था निम्नानुसार रहेको देखिन्छ। According to the mid-term review of the Fifteenth Plan, the status of the stated goals is as follows.

पन्ध्रौँ योजनाको मध्यावधि समीक्षा अनुसार पन्ध्रौँ आवधिक योजनाका मुख्य १० राष्ट्रिय लक्ष्यमध्ये चार मात्रै पूरा भएका छन् । आवधिक योजनाको मध्यावधि समीक्षाले तीन आर्थिक वर्षसम्म चार लक्ष्य पूरा भएको, पाँच लक्ष्य प्राप्तिउन्मुख र एउटा लक्ष्य पूरा हुन कठिन रहेको देखाएको छ।

लक्ष्य प्राप्त गरेका क्षेत्रहरु

  • आधार: ७५ प्रतिशत सूचकले लक्ष्य प्राप्त गरेको अवस्थालाई सम्बन्धित नतिजा क्षेत्रमा लक्ष्य प्राप्त भएको मानिएको छ ।
  • यसलाई लाई हरियो संकेत दिइएको छ।
  • यसमा मानव पुँजी निर्माण तथा सम्भावनाको पूर्ण उपयोग, सर्वसुलभ आधुनिक पूर्वाधार एवं सघन अन्तरआबद्धता, परिष्कृत तथा मर्यादित जीवन र स्वास्थ्य र सन्तुलित पर्यावरण रहेका छन र यी लक्ष्यहरु पूरा भएको देखाएको छ ।
  • त्यसैले यी चार लक्ष्यले हरियो संकेत प्राप्त गरेको देखिन्छ ।

लक्ष्य प्राप्तिउन्मुख रहेका क्षेत्रहरु

  • आधार: ५०% सूचकले लक्ष्य प्राप्त गरेको अवस्थालाई सम्बन्धित नतिजा क्षेत्रमा लक्ष्य उन्मुख भएको मानिएको छ।
  • यसमा उच्च र समतामूलक आय, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व, सुरक्षित, सभ्य र न्यायपूर्ण समाज, सबल लोकतन्त्र र राष्ट्रिय एकता, सुरक्षा र सम्मान गरी पाँच लक्ष्य रहेका छन र यी लक्ष्यहरु प्राप्तिउन्मुख भएको देखिएको छ ।
  • त्यसैले यी पाँच लक्ष्यले पहेँलो संकेत प्राप्त गरेको देखिन्छ ।

लक्ष्य प्राप्त गर्न कठिन क्षेत्र 

  • आधार: ५०% भन्दा कम सूचकले लक्ष्य प्राप्त गरेको अवस्थालाई लक्ष्य प्राप्त गर्न कठिन भएको मानिएको छ।
  • यसमा सुशासन लक्ष रहेको छ र यो पूरा हुन कठिन रहेको समीक्षाले देखाएको छ ।
  • त्यसैले यो एक लक्षले रातो संकेत प्राप्त गरेको देखिन्छ ।

यसरि हेर्दा १० ओटा राष्ट्रिय लक्ष्यमध्ये चारवटाले हरियो, पाँचवटाले पहेँलो र एउटाले रातो संकेत प्राप्त गरेका छन ।

थप जानकारी

उक्त समिक्षा अनुसार पन्ध्रौँ योजनाको मध्यावधि समीक्षाका अधिकांश लक्ष्यमा प्रगति नदेखिएको देखिन्छ। खासगरी शिक्षा, स्वास्थ्य, सडक, जलविद्युत् लगायतमा केही प्रगति प्राप्त भएको छ, तर अर्थतन्त्रका थुप्रै सूचक लक्ष्यअनुसार देखिएका छैनन् भने कतिपय त तथ्यांकसमेत नदेखिएको जनाइएको छ।  आर्थिक वृद्धिदर नै लक्ष्यअनुसार नदेखिएको र  यसले आवधिक योजना तर्जुमा गर्दा अर्थतन्त्रमा आउन सक्ने अनपेक्षित परिस्थितिलाई ध्यान नदिइएको तथा अर्थतन्त्रमा देखिन सक्ने विरोधाभास र अन्तरविरोधलाई उचित विश्लेषण नगरेको भन्न सक्ने आधार देखाउदछ।

कृषि र उद्योग संगै सेवाका लक्ष्य पनि भेटिएनन्

आवधिक योजनामा कृषि क्षेत्रमा औसत ५.४ प्रतिशतको वृद्धि हासिल गर्ने लक्ष्य रहेकामा समीक्षा अवधिमा औसत २.५ प्रतिशत मात्र वृद्धिदर देखिएको छ ।  त्यस्तै, उद्योग क्षेत्रको वृद्धिदर १५ प्रतिशत पुग्ने लक्ष्य रहेकोमा उक्त तीन वर्षमा औसत ३.४ प्रतिशत वृद्धिदर मात्र हासिल भएको समीक्षामा उल्लेख छ । त्यस्तै, सेवा क्षेत्रमा पनि लक्ष्यभन्दा कम उपलब्धि प्राप्त भएको छ । तीन वर्षमा सेवा क्षेत्रको औसतमा १.८ प्रतिशतको वृद्धिदर देखिन्छ, जबकि योजनाले तीन वर्षका लािग औसत ९.४ प्रतिशतको लक्ष्य तय गरेको समीक्षामा उल्लेख छ । समीक्षाले योजनाले परिलक्षित गरेका आर्थिक–सामाजिक सूचकहरूको लक्ष्य प्राप्ति सकारात्मक दिशामा उन्मुख भएको जनाएको छ । कोभिड महामारीले सामाजिक क्षेत्रमा पारेको असरका कारण सो क्षेत्रमा योजनाले लिएका कतिपय लक्ष्य हासिल हुन नसकेको भन्न सकिन्छ।

प्रतिव्यक्ति आयमा प्रगति: कारण

योजनाले आर्थिक वर्ष ०७८/७९ मा प्रतिव्यक्ति आय १,३३७ अमेरिकी डलर पुर्‍याउने लक्ष्य लिएको थियो । उक्त लक्ष्य पूरा भई हाल १,३८१ अमेरिकी डलर पुगेको छ । अपेक्षित आर्थिक वृद्धिदर हासिल नभए तापनि प्रतिव्यक्ति आयको सन्दर्भमा लक्ष्य हासिल हुनुको एउटा प्रमुख कारण राष्ट्रिय लेखाका तथ्यांकका लागि नयाँ आधार तयार हुनु भनेर समीक्षामा उल्लेख गरिएको छ।  पुरानो आधारभन्दा नयाँ आधारमा प्रचलित मूल्यमा १४.१ प्रतिशतले वृद्धि भएको छ त्यसकारण प्रतिव्यक्ति आयमा प्रगति देखिएको समीक्षाले जानेको छ।

आय भएन, ऋण लक्ष्यभन्दा बढी

योजना कार्यान्वयनको पहिलो दुई वर्षमा सार्वजनिक आयमा लक्ष्यको क्रमशः ६७ प्रतिशत र ७३ प्रतिशत हासिल भएको छ । उक्त अवधिमा राजस्व संकलन क्रमशः लक्ष्यको ६५ प्रतिशत र ६७ प्रतिशत उपलब्धि भएको छ ।  कुल गार्हस्थ्य उत्पादनको अनुपातमा राजस्व संकलनको लक्ष्य क्रमशः २४.८ प्रतिशत र २६ प्रतिशत रहेकोमा प्रगति भने क्रमशः २०.४ प्रतिशत र २१.९ प्रतिशत देखिएको छ । त्यस्तै, वैदेशिक सहायतामा लक्ष्यको क्रमशः ४५ प्रतिशत र ६४ प्रतिशत प्रगति भएको छ । आम्दानी लक्ष्यअनुसार नभए पनि आन्तरिक ऋण भने लक्ष्यभन्दा बढी छ । पहिलो वर्ष लक्ष्यको १२१ प्रतिशत र दोस्रो वर्ष लक्ष्यको तुलनामा १२५ प्रतिशत आन्तरिक ऋण परिचालन भएको समीक्षामा औँल्याएको छ ।

बचतको लक्ष्यमा प्रगति नभएको

योजनाले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा कुल राष्ट्रिय बचत ५२.४ देखि ४७.५ प्रतिशतको बीचमा राख्ने लक्ष्य निर्धारण गरेको थियो । तर, समीक्षा अवधिमा उक्त अनुपात औसतमा करिब ३२.५ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, कुल गार्हस्थ्य उत्पादनसँग कुल गार्हस्थ्य बचतको अनुपात २०.५ देखि २२ प्रतिशतमा कायम राख्ने लक्ष्य लिएकोमा समीक्षा अवधिमा उक्त अनुपात औसत ७.४ प्रतिशतमा रहेको देखिन्छ ।

पुँजीगत खर्च र निर्यातमा बिजोग

आवधिक योजनाले कुल गार्हस्थ्य उत्पादनको अनुपातमा पुँजीगत खर्च पहिलो दुई वर्षमा क्रमशः १५.३ प्रतिशत र १६.८ प्रतिशत गर्ने लक्ष्य लिएको थियो । तर, जिडिपीको अनुपातमा पुँजीगत खर्च सुरुका दुई आवमा ५.४ प्रतिशत हाराहारी मात्रै खर्च भएको समीक्षामा उल्लेख छ । त्यस्तै, कुल गार्हस्थ्य उतपादनको अनुपातमा वस्तु तथा सेवाको निर्यात योजना अवधिमा १५.७ प्रतिशत पुर्‍याउने लक्ष्य लिइएकोमा ३.३ प्रतिशत मात्रै रहेको अवस्था छ ।

आर्थिक वृद्धि: लक्ष ९.६ प्रतिशतको तर हासिल २.२ प्रतिशत मात्रै

पन्ध्रौँ आवधिक योजनाले सुरु वर्ष ८.५ प्रतिशतसहित योजना अवधिको औसत आर्थिक वृद्धिदर ९.६ प्रतिशत हासिल गर्ने लक्ष्य राखेको थियो । तर, कोभिड–१९ महामारीलगायत अन्य कारणले योजना कार्यान्वयनको पहिलो वर्ष नै आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋ

णात्मक रहन गएको समीक्षामा औँल्याइएको छ । दोस्रो र तेस्रो वर्ष क्रमशः ३.८ प्रतिशत र ५.५ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान रहेकाले समीक्षा अवधिमा औसत २.२ प्रतिशतको आर्थिक वृद्धिदर भएको देखिन्छ ।

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 40
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 92
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 94
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 128
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 110
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA