Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

१५ औँ ब्रिक्स शिखर सम्मेलन (BRICS Summit २०२३)

  • Prija Shrestha
  • September 22, 2023
  • 423

१५ औँ ब्रिक्स शिखर सम्मेलन (BRICS Summit २०२३)

१५ औँ  ब्रिक्स शिखर सम्मेलन (BRICS Summit २०२३)
  • ब्रिक्सको १५ औँ शिखर सम्मेलन सम्पन्न भएको छ । ९४ बुँदे जोहान्सबर्ग घोषणापत्र जारी गर्नै सम्मेलन सम्पन्न भएको ।
  • आयोजना : जोहान्सबर्ग, दक्षिण अफ्रिका
  • मिति: २२ – २४ अगष्ट २०२३
  • नारा : “ब्रिक्स र अफ्रिकाः पारस्परिक रुपमा द्रुत विकास, दिगो विकास र समावेशी बहुपक्षीयताका लागि साझेदारी (BRICS and Africa: Partnership for Mutually Accelerated Growth, Sustainable Development and Inclusive Multilateralism )”
  • अध्यक्षता : सिरिल रामाफोसा (दक्षिण अफ्रिकाका राष्ट्रपति)
  • सम्मेलनमा रुस बाहेक सबै सदस्य राष्ट्रका सरकार प्रमुखहरुको सहभागिता रहेको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भर्चुअल रुपमा सम्मेलनमा भाग लिएका थिए । र, आफ्नो प्रतिनिधिको रूपमा, विदेशमन्त्री सर्गेई लाभरोभलाई सम्मेलनमा भाग लिन पठाएका थिए।
  • उक्त सम्मेलनले 6 वटा नयाँ मुलुकलाई सदस्यता दिने निर्णय गरेको छ ।

ब्रिक्समा थप भएका नयाँ मुलुकहरु

अर्जेन्टिना इजिष्ट साउदी अरब
युएई इरान इथियोपिया
सन्‌ २०२४ जनवरी १ बाट यी मुलुकहरु ब्रिक्सको पूर्ण सदस्य बन्नेछन्‌।

BRICS (Brazil-Russia-India-China-South Africa)बारे जानकारी

  • ब्रिक्स विश्वका प्रमुख उदीयमान अर्थतन्त्रहरू – ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको समूहीकरणको संक्षिप्त रूप हो।
  • सन्‌ २००१ मा, बेलायती अर्थशास्त्री Jim O’Neill ले ब्राजिल, रूस, भारत र चीन जिस्ता चार उदीयमान अर्थतन्त्रहरूलाई वर्णन गर्न BRIC शब्दको प्रयोग गरेका थिए।
  • सन्‌ २००६ को सेप्टेम्बर महिनामा भएको BRIC विदेश मन्त्रीहरूको पहिलो बैठकमा यस समूहलाई औपचारिकता दिइएको थियो।
  • सन्‌ २०१० डिसेम्बरमा, दक्षिण अफ्रिकालाई BRIC मा सामेल हुन आमन्त्रित गरियो, त्यसपछि समूहले BRICS को संक्षिप्त रूप अपनायो।
सम्मेलन आयोजना वर्ष (सन्)
पहिलो रसिया २००९ जून १६
१४ औं चीन २०२२ जुन २३
१५ औं दक्षिण अफ्रिका २०२३ अगस्ट २२ – २४

Categories

  • Current Affairs 732
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 114
  • Nepal Police 8

Latest Blogs

Gandaki Province, Dentistry (Dental Hygienist), 2083/04/14
Past Questions

गण्डकी प्रदेश, डेन्टिष्ट्री (डेन्टल हाइजिनिष्ट), २०८३/०४/१४

  • Aug 02, 2026
  • 34
Gandaki Province, Pharmacy Supervisor, 2083/04/17
Past Questions

गण्डकी प्रदेश, फार्मेसी सुपरभाइजर, २०८३/०४/१७

  • Aug 02, 2026
  • 82
World-renowned Nepali record-breaking mountaineer Nirmal Purja passes away
Current Affairs

विश्वप्रसिद्ध नेपाली कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाको निधन

  • Aug 02, 2026
  • 85
Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 123
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA