Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू

  • Ajnabee Khadka
  • August 30, 2023
  • 2471

वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू

वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू

वन, घाँस, दाउरा, काठ कृषि उपज आदिको हिसाबले महत्वपूर्ण त छदैँछ यसको सम्बन्ध पर्यावरण सन्तुलनसँग पनि जोडिएको छ । कृषि प्रधान देश नेपालमा कृषि वनको समेत उत्तिकै उपयोगिता रहेको छ । नेपालमा हाल ४०.३६% वन क्षेत्र रहेको छ । बुट्यान क्षेत्र (४.३८%) समेतलाई लिँदा कूल क्षेत्रफलमा ४४.७४% वन क्षेत्रले ढाकेको छ । नेपालमा पाइने रुख, बोटविरुवा, घाँसपात, जडिबुटिहरुलाई नेपालको वनस्पति भनिन्छ । वनजङ्गलमा पाइने जनावर, पशुपंक्षी, किटपतंग, सरिसृप आदिलाई नेपालको वनसम्पदा भनिन्छ । नेपाललाई वनस्पतिको आधारमा निम्न ५ भागमा विभाजन गरिएको छ ।

क) उष्ण प्रदेशिय सदाबहार जङ्गल

  • समुन्द्र सतहको  ५९ मिटर देखि १२०० मिटर उचाइसम्म फैलिएको वन क्षेत्रलाई उष्ण प्रदेशिय सदाबहार जङ्गल भनिन्छ ।
  • तराई, भाँवर, दुन, चुरे पर्वतमा पाइने तापक्रम, आद्रता, बर्षाको प्रचुरता, माटोको उर्वरताको कारण अग्ला, मोटा र कडा प्रकृतिका रुखहरु पाउनुको साथै सधैभरि हरियो रहिरहने हुनाले यसलाई सदावरहार जङ्गल भनिन्छ ।
  • चारेकोशे झाडी जङ्गल यसै क्षेत्रमा पाइन्छ ।
  • साल, सिसौ, खयर, कत्था, सिमल आदि जातिको बोट विरुवा र बाघ, भालु, हाती, गैडा, अजिङ्गर जस्ता जिवजन्तुहरु यस जङ्गगलमा पाईन्छ ।

(ख) समशितोष्ण पतक्षर जङ्गल

  • १२०० मिटर देखि २१०० मिटरसम्मको उचाईमा पाईन्छ ।
  • यो जङ्गल चुरे पहाडको माथिल्लो भाग र महाभारतको तल्लो क्षेत्रमा पाइन्छ ।
  • हिउदमा ठण्डा र तुसारोको कारण रुखका पातहरु झरेर जाने हुनाले यसलाई पतझड जंगल भनिन्छ ।
  • यस क्षेत्रमा केही कोणधारी सहितको मिश्रित जंगल पनि पाइन्छ ।
  • यस क्षेत्रमा वर, पिपल, साल, उतिस, लाकुरी, चिलाउने, गुराँस, ओखर आदि वनस्पति पाइन्छ ।

(ग) समशितोषण कोणधारी जङ्गल

  • यो जङ्गल २१०० देखि ३३०० मिटर सम्मको उचाईमा पाईन्छ ।
  • अधिकांश समय ठण्डा र हिउँ परिरहने हुनाले यहाँका रुखका पातहरु माथितिर चुच्चो परेको हुनाले कोणधारी भनिएको हो ।
  • यस क्षेत्रमा बर्षा कम र बढी चिसो हुने हुनाले धुपि, सल्ला, भोजपत्र, देवदारु, गुराँस, कटुस, सुनगाभा आदि वनस्पति पाइन्छ ।

(घ) लेकाली बनस्पति

  • ३३०० देखि ५००० मिटरसम्मको उचाईमा फैलिएको वनस्पतीलाई लेकाली वनस्पती भनिन्छ ।
  • यहाँ बर्षैभरि हिउँ, चिसो र शुष्क हावापानी पाइने हुनाले ठुला र अग्ला रुख नपाई पोथ्रा र झाडी मात्र पाइन्छ ।
  • यस क्षेत्रमा प्रशस्त मात्रामा जडीबुटी पाइन्छ ।
  • ३६०० मि. को उचाईभन्दा माथि भेडा, च्याङग्रा जस्ता पशुका लागि उपयुक्त घासेमैदान प्रशस्त मात्रामा रहेको छन् ।

(ङ) हिमाली वा टुन्ड्रा वनस्पती

  • हिमाली वनस्पती ५००० मिटरभन्दा बढि उचाइमा पाइन्छ ।
  • बाह्रौं महिना हिउँ पर्ने, हिउँ नअड्ने भिरालो ठाउँमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा बनस्पति भनिन्छ ।
  •  यहाँ हिममानव (यति) को बासस्थान समेत रहेको छ  ।
  • यो हिमाली वनस्पति हिम मरुस्थलिय वनस्पति र शितमरुभुमि वनस्पतिको उपनामले समेत चिनिन्छ ।
  • यस क्षेत्रलाई सधै हिउले ढाकिरहने हुँदा यस क्षेत्रमा काई र लेउ हुन्छ भने रुखहरु पाइदैन् ।
  • यसलाई एक प्रकारले वनस्पति विहीन क्षेत्र पनि मान्न सकिन्छ ।
रूखहरूको विभाजन

नेपालमा वन सम्पदाको महत्व 

⦁        वातावरण सन्तुलित बनाइराख्न ।

⦁        बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको न्यूनीकरण गर्न

⦁        पानीको स्रोतको रूपमा जंगल रहेको

⦁        निर्माणको आधार– काठका सामग्रीहरू, फर्निचर, घर, उद्योग आदिमा आवश्यक

⦁        पर्यटनको आधार

⦁        वन्यजन्तु वासस्थानको आधार रहेको

⦁        जडिबुटी, औषधीजन्य पदार्थको उत्पादन समेत जंगलबाटै हुने

⦁        दाउरा, पतिङ्गर र कृषिजन्य अवशेषसमेत जंगलबाटै पाइने

यिनै प्रमुख कुराहरूले गर्दा नेपालमा वन सम्पदाको अत्यन्तै ठूलो महत्व रहेको छ ।

वन विनाशका कारणहरू

नेपालको सन्दर्भमा वन विनासका निम्न कारणहरू रहेका छन् :-

⦁        गरिबी – स्थायी बसोवासको ठेगाना नभएकाहरूले, जंगल फडानी गरी खेती गर्नु तथा वासस्थान निर्माण गर्नु,

⦁        अशिक्षा – वन विनासको कारण हुन सक्ने जोखिम बारे जानकारी नहुनु ,

⦁        बहुमूल्य काठका सामग्री तथा काठ नै चोरी गरी बिक्री गर्नु,

⦁        सरकारी अनुगमन, दण्ड सजायको पक्ष कमजोर रहनु,

⦁        फडानी पश्चात तुरुन्त वृक्षारोपणको साथै सो को संरक्षण प्रभावकारी नहुनु, सार्वजनिक विकास निर्माण – सडक,भवन वा अन्य निर्माण गर्दा पनि वन फँडानी भएको,

⦁        जलवायु परिवर्तनको कारण हिमाली क्षेत्रको वन सुक्दै जानु,

⦁        दैवीप्रकोप–आगलागी, बाढी, पहिरोले समेत वन जंगल विनास हुने गरेको ।

 वन संरक्षणका उपायहरू

⦁        इन्धनको वैकल्पिक व्यवस्था गर्ने,

⦁        चोरी निकासी नियन्त्रणका लागि प्रभावकारी अनुगमन र सुरक्षाको व्यवस्था गर्ने,

⦁        वृक्षारोपण कार्यलाई नियमित र प्रभावकारी बनाउने ,

⦁        वन संरक्षण र यसको फाइदाको सम्बन्धमा जनचेतना जगाउने ,

⦁        सार्वजनिक निर्माण कार्य गर्दा जंगल विनास गर्न नपर्ने गरी गर्ने । (जस्तो : बाटो निर्माण, विद्युत लाइन निर्माण को बखत)

⦁        दैवीप्रकोपबाट विनास भएको वनजंगल क्षेत्रमा तत्काल वृक्षारोपण गरेर संरक्षण गरिहाल्ने ।

⦁        वन विनास, चोरी निकासी गर्ने जो कोहीलाई हदैसम्मको दण्ड सजाय दिने ।

⦁        नेपालमा राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्रको क्षेत्रफल बढाउने,

          (नेपालको जम्मा संरक्षित क्षेत्र कूल क्षेत्रफलको झण्डै २३%)

⦁        कार्बन Trade बाट नेपालले पुरस्कृत भएको वन क्षेत्रलाई उदारणको रूपमा प्रचारप्रसार गर्ने ।

⦁        निजी वन कार्यक्रमलाई प्रोत्साहित गर्ने,

⦁        वनलाई समूदायमा हस्तान्तरण गर्दै यसको संरक्षण र सम्बद्र्धनमा उपभोक्त समूहलाई जिम्मेवार       र जवाफदेही वनाउनु पर्ने,

⦁        वन जंगल संरक्षणबाट पुग्ने फाइदाप्रति जनतालाई सचेत तुल्याउने,

⦁        वन जंगलको विनाशबाट निम्तिने प्राकृतिक प्रकोपप्रति जनसाधारणमा चेतना ल्याई उनीहरूलाई वृक्षारोपण लगायतका कार्यक्रममा सहभागी गराउने ।

⦁        वन र वनस्पतिजन्य वन औषधीहरूको प्रशोधन गरी व्यवसायिक रूपमा खेतीको व्यवस्था मिलाई त्यसबाट प्राप्त लाभमा समुदायको साझेदारी बढाउने ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 87
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 337
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 281
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 312
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 431
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA