Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू

  • Ajnabee Khadka
  • August 30, 2023
  • 1614

वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू

वन सम्पदाः अवस्था र महत्व तथा वन विनाशका कारण र संरक्षणका उपायहरू

वन, घाँस, दाउरा, काठ कृषि उपज आदिको हिसाबले महत्वपूर्ण त छदैँछ यसको सम्बन्ध पर्यावरण सन्तुलनसँग पनि जोडिएको छ । कृषि प्रधान देश नेपालमा कृषि वनको समेत उत्तिकै उपयोगिता रहेको छ । नेपालमा हाल ४०.३६% वन क्षेत्र रहेको छ । बुट्यान क्षेत्र (४.३८%) समेतलाई लिँदा कूल क्षेत्रफलमा ४४.७४% वन क्षेत्रले ढाकेको छ । नेपालमा पाइने रुख, बोटविरुवा, घाँसपात, जडिबुटिहरुलाई नेपालको वनस्पति भनिन्छ । वनजङ्गलमा पाइने जनावर, पशुपंक्षी, किटपतंग, सरिसृप आदिलाई नेपालको वनसम्पदा भनिन्छ । नेपाललाई वनस्पतिको आधारमा निम्न ५ भागमा विभाजन गरिएको छ ।

क) उष्ण प्रदेशिय सदाबहार जङ्गल

  • समुन्द्र सतहको  ५९ मिटर देखि १२०० मिटर उचाइसम्म फैलिएको वन क्षेत्रलाई उष्ण प्रदेशिय सदाबहार जङ्गल भनिन्छ ।
  • तराई, भाँवर, दुन, चुरे पर्वतमा पाइने तापक्रम, आद्रता, बर्षाको प्रचुरता, माटोको उर्वरताको कारण अग्ला, मोटा र कडा प्रकृतिका रुखहरु पाउनुको साथै सधैभरि हरियो रहिरहने हुनाले यसलाई सदावरहार जङ्गल भनिन्छ ।
  • चारेकोशे झाडी जङ्गल यसै क्षेत्रमा पाइन्छ ।
  • साल, सिसौ, खयर, कत्था, सिमल आदि जातिको बोट विरुवा र बाघ, भालु, हाती, गैडा, अजिङ्गर जस्ता जिवजन्तुहरु यस जङ्गगलमा पाईन्छ ।

(ख) समशितोष्ण पतक्षर जङ्गल

  • १२०० मिटर देखि २१०० मिटरसम्मको उचाईमा पाईन्छ ।
  • यो जङ्गल चुरे पहाडको माथिल्लो भाग र महाभारतको तल्लो क्षेत्रमा पाइन्छ ।
  • हिउदमा ठण्डा र तुसारोको कारण रुखका पातहरु झरेर जाने हुनाले यसलाई पतझड जंगल भनिन्छ ।
  • यस क्षेत्रमा केही कोणधारी सहितको मिश्रित जंगल पनि पाइन्छ ।
  • यस क्षेत्रमा वर, पिपल, साल, उतिस, लाकुरी, चिलाउने, गुराँस, ओखर आदि वनस्पति पाइन्छ ।

(ग) समशितोषण कोणधारी जङ्गल

  • यो जङ्गल २१०० देखि ३३०० मिटर सम्मको उचाईमा पाईन्छ ।
  • अधिकांश समय ठण्डा र हिउँ परिरहने हुनाले यहाँका रुखका पातहरु माथितिर चुच्चो परेको हुनाले कोणधारी भनिएको हो ।
  • यस क्षेत्रमा बर्षा कम र बढी चिसो हुने हुनाले धुपि, सल्ला, भोजपत्र, देवदारु, गुराँस, कटुस, सुनगाभा आदि वनस्पति पाइन्छ ।

(घ) लेकाली बनस्पति

  • ३३०० देखि ५००० मिटरसम्मको उचाईमा फैलिएको वनस्पतीलाई लेकाली वनस्पती भनिन्छ ।
  • यहाँ बर्षैभरि हिउँ, चिसो र शुष्क हावापानी पाइने हुनाले ठुला र अग्ला रुख नपाई पोथ्रा र झाडी मात्र पाइन्छ ।
  • यस क्षेत्रमा प्रशस्त मात्रामा जडीबुटी पाइन्छ ।
  • ३६०० मि. को उचाईभन्दा माथि भेडा, च्याङग्रा जस्ता पशुका लागि उपयुक्त घासेमैदान प्रशस्त मात्रामा रहेको छन् ।

(ङ) हिमाली वा टुन्ड्रा वनस्पती

  • हिमाली वनस्पती ५००० मिटरभन्दा बढि उचाइमा पाइन्छ ।
  • बाह्रौं महिना हिउँ पर्ने, हिउँ नअड्ने भिरालो ठाउँमा उम्रेका लेउ र झ्याउलाई टुण्ड्रा बनस्पति भनिन्छ ।
  •  यहाँ हिममानव (यति) को बासस्थान समेत रहेको छ  ।
  • यो हिमाली वनस्पति हिम मरुस्थलिय वनस्पति र शितमरुभुमि वनस्पतिको उपनामले समेत चिनिन्छ ।
  • यस क्षेत्रलाई सधै हिउले ढाकिरहने हुँदा यस क्षेत्रमा काई र लेउ हुन्छ भने रुखहरु पाइदैन् ।
  • यसलाई एक प्रकारले वनस्पति विहीन क्षेत्र पनि मान्न सकिन्छ ।
रूखहरूको विभाजन

नेपालमा वन सम्पदाको महत्व 

⦁        वातावरण सन्तुलित बनाइराख्न ।

⦁        बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको न्यूनीकरण गर्न

⦁        पानीको स्रोतको रूपमा जंगल रहेको

⦁        निर्माणको आधार– काठका सामग्रीहरू, फर्निचर, घर, उद्योग आदिमा आवश्यक

⦁        पर्यटनको आधार

⦁        वन्यजन्तु वासस्थानको आधार रहेको

⦁        जडिबुटी, औषधीजन्य पदार्थको उत्पादन समेत जंगलबाटै हुने

⦁        दाउरा, पतिङ्गर र कृषिजन्य अवशेषसमेत जंगलबाटै पाइने

यिनै प्रमुख कुराहरूले गर्दा नेपालमा वन सम्पदाको अत्यन्तै ठूलो महत्व रहेको छ ।

वन विनाशका कारणहरू

नेपालको सन्दर्भमा वन विनासका निम्न कारणहरू रहेका छन् :-

⦁        गरिबी – स्थायी बसोवासको ठेगाना नभएकाहरूले, जंगल फडानी गरी खेती गर्नु तथा वासस्थान निर्माण गर्नु,

⦁        अशिक्षा – वन विनासको कारण हुन सक्ने जोखिम बारे जानकारी नहुनु ,

⦁        बहुमूल्य काठका सामग्री तथा काठ नै चोरी गरी बिक्री गर्नु,

⦁        सरकारी अनुगमन, दण्ड सजायको पक्ष कमजोर रहनु,

⦁        फडानी पश्चात तुरुन्त वृक्षारोपणको साथै सो को संरक्षण प्रभावकारी नहुनु, सार्वजनिक विकास निर्माण – सडक,भवन वा अन्य निर्माण गर्दा पनि वन फँडानी भएको,

⦁        जलवायु परिवर्तनको कारण हिमाली क्षेत्रको वन सुक्दै जानु,

⦁        दैवीप्रकोप–आगलागी, बाढी, पहिरोले समेत वन जंगल विनास हुने गरेको ।

 वन संरक्षणका उपायहरू

⦁        इन्धनको वैकल्पिक व्यवस्था गर्ने,

⦁        चोरी निकासी नियन्त्रणका लागि प्रभावकारी अनुगमन र सुरक्षाको व्यवस्था गर्ने,

⦁        वृक्षारोपण कार्यलाई नियमित र प्रभावकारी बनाउने ,

⦁        वन संरक्षण र यसको फाइदाको सम्बन्धमा जनचेतना जगाउने ,

⦁        सार्वजनिक निर्माण कार्य गर्दा जंगल विनास गर्न नपर्ने गरी गर्ने । (जस्तो : बाटो निर्माण, विद्युत लाइन निर्माण को बखत)

⦁        दैवीप्रकोपबाट विनास भएको वनजंगल क्षेत्रमा तत्काल वृक्षारोपण गरेर संरक्षण गरिहाल्ने ।

⦁        वन विनास, चोरी निकासी गर्ने जो कोहीलाई हदैसम्मको दण्ड सजाय दिने ।

⦁        नेपालमा राष्ट्रिय निकुञ्ज संरक्षण क्षेत्रको क्षेत्रफल बढाउने,

          (नेपालको जम्मा संरक्षित क्षेत्र कूल क्षेत्रफलको झण्डै २३%)

⦁        कार्बन Trade बाट नेपालले पुरस्कृत भएको वन क्षेत्रलाई उदारणको रूपमा प्रचारप्रसार गर्ने ।

⦁        निजी वन कार्यक्रमलाई प्रोत्साहित गर्ने,

⦁        वनलाई समूदायमा हस्तान्तरण गर्दै यसको संरक्षण र सम्बद्र्धनमा उपभोक्त समूहलाई जिम्मेवार       र जवाफदेही वनाउनु पर्ने,

⦁        वन जंगल संरक्षणबाट पुग्ने फाइदाप्रति जनतालाई सचेत तुल्याउने,

⦁        वन जंगलको विनाशबाट निम्तिने प्राकृतिक प्रकोपप्रति जनसाधारणमा चेतना ल्याई उनीहरूलाई वृक्षारोपण लगायतका कार्यक्रममा सहभागी गराउने ।

⦁        वन र वनस्पतिजन्य वन औषधीहरूको प्रशोधन गरी व्यवसायिक रूपमा खेतीको व्यवस्था मिलाई त्यसबाट प्राप्त लाभमा समुदायको साझेदारी बढाउने ।

Categories

  • Current Affairs 618
  • Gorkhapatra 306
  • Others 999
  • Vacancy 1
  • Past Questions 75

Latest Blogs

Fossils of Southeast Asia's largest dinosaur found in Thailand
Current Affairs

थाइल्याण्डमा दक्षिण-पूर्वी एसियाकै सबैभन्दा ठुलो डाइनोसरको अवशेष (जीवावशेष) फेला

  • May 17, 2026
  • 51
Nepal Gazette
Others

नेपाल राजपत्र

  • May 17, 2026
  • 75
World Hypertension Day, 2026
Current Affairs

विश्व उच्च रक्तचाप दिवस, २०२६

  • May 17, 2026
  • 69
World Telecommunication and Information Society Day, 2026
Current Affairs

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस, २०२६

  • May 17, 2026
  • 82
Kamirita Sherpa climbs Mount Everest for the 32nd time
Current Affairs

कामिरिता शेर्पाद्वारा ३२औं पटक सगरमाथा आरोहण

  • May 17, 2026
  • 84
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA