नेपाल राजपत्र
परिचय र ऐतिहासिक पृष्ठभूमि:
- शुरुआत: वि.सं. २००८ साल साउन २२ गते (सर्वप्रथम "'नेपाल गजेट" को रूपमा प्रकाशन सुरु)
- नाम संशोधन: वि.सं. २०२३ साल माघ १७ गते "नेपाल गजेट" बाट नाम संशोधन गरी "नेपाल राजपत्र" कायम गरिएको,
- प्रकृति: नेपाल सरकारको आधिकारिक प्रकाशन
- प्रकाशन गर्ने निकाय: सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको मुद्रण विभाग
- मुख्य उद्देश्य: राष्ट्राध्यक्षका सम्बोधन, ऐन, अध्यादेश, नियम र महत्त्वपूर्ण सरकारी निर्णयहरूलाई वैधानिकता दिँदै नागरिकको सूचनाको हक सुनिश्चित गर्नु,
प्रमाणीकरण र प्रकाशन प्रक्रिया:
- राजपत्रमा सामग्री प्रकाशन गर्नुपूर्व सरोकारवाला मन्त्रालय/विभागबाट आधिकारिक प्रमाणीकरण अनिवार्य छ:
- ऐन, अध्यादेश वा सन्धि भए: कानून मन्त्रालयका सचिवद्वारा प्रमाणित
- नियम/नियमावली भए: सम्बन्धित मन्त्रालयका सचिवद्वारा प्रमाणित
- अन्य सूचना भए: सम्बन्धित मन्त्रालयका सचिव वा निजले अख्तियारी दिएको कम्तिमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतद्वारा प्रमाणित
- विशेष शर्त: राजपत्रमा प्रकाशन हुने सबै सूचनाहरू कानून मन्त्रालयबाट अनिवार्य रूपमा सम्पादन गरिएको हुनुपर्दछ,
प्रकाशनका प्रकार (तरिका):
१.) सङ्ख्या (नियमित अङ्क):
- मन्त्रिपरिषद्बाट पारित सूचना तथा नियमावलीहरू (ऐन र अध्यादेश बाहेक) यसमा छापिन्छन्,
- वि.सं. २००८ देखि २०७८/११/१८ सम्म हप्ताको एक पटक (सोमबार) मात्र प्रकाशन हुने गरेकोमा, वि.सं. २०७८ फागुन १९ गतेदेखि हप्ताको दुई पटक (सोमबार र बिहीबार) प्रकाशन गरिँदै आएको,
२.) अतिरिक्ताङ्क:
- संविधान, ऐन, अध्यादेश, नियमावली तथा मन्त्रिपरिषद्बाट पारित जरुरी सूचनाहरू जुन मितिदेखि नै लागू गर्नु पर्ने हो, सोही मिति उल्लेख गरी आकस्मिक रूपमा प्रकाशन गरिने राजपत्र,
नेपाल राजपत्रका भागहरू (वर्गीकरण):
- राजपत्रमा प्रकाशित हुने सामाग्रीको महत्त्व र गाम्भीर्यताका आधारमा यसलाई ६ भागमा विभाजन गरिएको,
| भाग | प्रकाशित हुने सामाग्री / विवरण |
| भाग १ | संविधान वा संविधान सरहका घोषणा पत्रहरू |
| भाग २ | व्यवस्थापिका संसद्बाट पारित भई राष्ट्रपतिबाट लालमोहर लागेका ऐन तथा अध्यादेशहरू |
| भाग ३ | मन्त्रिपरिषद्बाट पारित नियमावली तथा नेपाल सरकारले जारी गरेका आदेश वा अधिकार पत्रहरू |
| भाग ४ | संविधान अन्तर्गतका नियुक्ति तथा सूचनाहरू |
| भाग ५ | ऐन, नियम वा आदेश अन्तर्गत वा नेपाल सरकारको निर्णय बमोजिम राजपत्रमा छाप्नु पर्ने भनिएका अन्य सूचनाहरू |
| भाग ६ | नेपाल पक्ष भएका सन्धि तथा सम्झौताहरू |
स्वीकृत राजश्व तथा मूल्य दररेट (लागू मिति: २०८० वैशाख १ गते)
१.) वार्षिक सदस्यता शुल्क (Annual Membership):
- हुलाकबाट रजिष्ट्री गरी पठाउँदा: रु. ३,०००/-
- मुद्रण विभाग मार्फत सदस्यलाई बुझाउँदा: रु. ३,०००/-
- मुद्रण विभागमा स्वयं आफै उपस्थित भई बुझिलिँदा: रु. १,८००/-
२.) फुटकर बिक्री मूल्य (Retail Price):
सदस्य नभएका व्यक्ति वा संघ-संस्थाका लागि पेज सङ्ख्याका आधारमा प्रति-प्रति मूल्य निम्न बमोजिम तोकिएको;
| पेज सङ्ख्या (Pages) | प्रति प्रति मूल्य (रु.) |
| १ देखि ८ पेजसम्म | रु. ५/- |
| ९ देखि २४ पेजसम्म | रु. १५/- |
| २५ देखि ४० पेजसम्म | रु. २५/- |
| ४१ देखि ५६ पेजसम्म | रु. ३५/- |
| ५७ देखि ७२ पेजसम्म | रु. ४५/- |
| ७३ देखि ९६ पेजसम्म | रु. ६०/- |
| ९७ पेजभन्दा बढी भएमा | रु. ६०/- र थप प्रति पेज ४२ पैसाका दरले शुल्क लाग्ने |