Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको राजनीतिक विभाजन (संघ, प्रदेश र स्थानीय तह)

  • Ajnabee Khadka
  • August 28, 2023
  • 4120

नेपालको राजनीतिक विभाजन (संघ, प्रदेश र स्थानीय तह)

नेपालको राजनीतिक विभाजन (संघ, प्रदेश र स्थानीय तह)

परिचयः देशको सार्वभौम सत्तालाई राजनीतिक रुपमा गरिएको विभाजन नै राजनीतिक भूगोल हो । नेपालको संविधान कार्यान्वयन पश्चात् नेपाल केन्द्रकृत शासनबाट संघीय लोकतान्त्रिक शासन पद्धतिमा रुपान्तरण भएको छ र यसको भूगोल राजनीतिक रुपमा केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा विभाजन गरिएको छ । एउटा संघ , ७ प्रदेश र ७५३ स्थानीय तहले नेपालको राजनितिक भुगोललाई दर्शाउँदछ ।

संघ:
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था छ । संघीय संरचनाको सबैभन्दा माथिल्लो इकाइको रुपमा
रहने संघीय तहलाई संघका रुपमा परिभाषित गरिएको छ ।

संघीय सरकारलाई नेपाल सरकारका नामले पनि चिनिन्छ । नेपालको संविधानले अनुसूची ५ मा संघको अधिकारको सूचीको व्यवस्था गरेको छ । त्यस्तो अधिकारको प्रयोग संविधान र  संघीय कानून बमोजिम हुनेछ ।

त्यसैगरी अनुसूची ७ मा भएको साझा अधिकारको सूची र अनुसूची ९ बमोजिमको संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीको प्रयोग पनि संघ मार्फत हुने गर्दछ । साथै अविशिष्ट अधिकारको प्रयोग संघीय सरकारले गर्ने व्यवस्था गरेको छ ।

प्रदेश:
संविधान बमोजिम संघीय इकाइमा विभाजन गरिएको नेपालको संघीय इकाइको क्षेत्र र स्वरुपलाई प्रदेशका रुपमा परिभाषित गरिएको छ । नेपालको संविधानको अनुसूचि ४ बमोजिम ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरुको बारेमा स्पष्ट गरेको छ । जसअनुसार सात प्रदेशलाई निम्न बमोजिम संक्षिप्त चर्चा गरिएको छ ।

प्रदेश नं १
यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बंगाल र सिक्किम राज्य, दक्षिणतर्फ बिहार राज्य, उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत तथा पश्चिमतर्फ प्रदेश नं २ र प्रदेश नं ३ पर्दछन् । प्रदेश नं १ मा ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ र सुनसरी गरी १४ जिल्ला रहेका छन् ।

प्रदेश नं. १ को कुल क्षेत्रफÞल २५,९०५ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १७.६०५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला ताप्लेजुङ (३,६४६ व.कि.मि.) र सानो जिल्ला तेह्रथुम (६७९ व.कि.मि.) रहेका छन् । हाल यस प्रदेशको राजधानी विराटनगरमा रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ९,९२,४४५ परिवार संख्या छ भने कुल जनसंख्या ४५,३४,९४३ (पुरुष २१,६६,५३६ र महिला २३,६८,४०७ रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, राई, लिम्बु, थारु, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बु, गुरुङ, लेप्चा, मगर र थारु भाषा मुख्य रुपमा बोलिन्छन् ।

प्रदेश नं. २
यस प्रदेशको पूर्वतर्फ प्रदेश १, दक्षिणतर्फ भारत, उत्तरतर्फ प्रदेश १ र बागमती प्रदेश र पश्चिमतर्फ बागमती प्रदेश रहेका छन् । प्रदेश नं २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी ८ जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफÞल ९,६६१ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको ६.५७५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला सप्तरी (१,३६३ व.कि.मि.) र सानो जिल्ला महोत्तरी (१,००२ व.कि.मि.) हुन् । यस प्रदेशको राजधानी जनकपुरमा रहेको छ ।

यस प्रदेशमा कुल जनसंख्या ५४,०४,१४५ छ, जसमा पुरुषको संख्या २७,१७,९३८ र महिलाको संख्या २६,८६,२०७ (स्रोतः केन्द्रीय तथ्याङ्क विभाग) रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा यादव, गुप्ता, दास, थारु, राजवंशी, मुसलमान लगायतका जातिहरुको बसोबास रहेको छ, भने मैथली, बज्जिका, अवधी, उर्दु, हिन्दी,थारु र नेपाली आदि भाषा बोलिन्छन् ।

बागमती प्रदेश
यस प्रदेशको पूर्वतर्फ प्रदेश १, पश्चिमतर्फ गण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फ प्रदेश २ र भारत रहेका छन् । बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौं गरी १३ जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफÞल २०,३०० व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.७९५) । यस प्रदेशको ठूलो जिल्ला सिन्धुपाल्चोक (२,५४२ व.कि.मि.) र सानो जिल्ला भक्तपुर (११९ व.कि.मि.) रहेका छन् । यस प्रदेशको राजधानी हेटौंडामा रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा १२,७०,७९७ परिवार संख्या छ भने कुल जनसंख्या ५५,२९,४५२ (पुरुष २७,४७,६३३ जना र महिला २७,८१,८१९ जना) रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा तामाङ, ब्राम्हण, क्षेत्री, नेवार लगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, नेवारी, तामाङ भाषा मुख्य रुपमा बोलिन्छन् ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशको पूर्वतर्फ बागमती प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र प्रदेश ५, उत्तरमा चीन र दक्षिणतर्फ प्रदेश ५ र भारतको बिहार राज्यसँग सिमाना जोडिएको छ ।
गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बाग्लुङ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व गरी ११ जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफÞल २१,७३३ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १४.६१५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला गोर्खा (३,६१० व.कि.मि.) र सानो जिल्ला
पर्वत (४९४ व.कि.मि.) रहेका छन् । यस प्रदेशको राजधानी पोखरामा रहेको छ ।

केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ५,७८,२१९ परिवार संख्या छ भने कुल जनसंख्या २४,०३,७५७ (पुरुष १०,९०,८०८ र महिला १३,१२,९४९ जना) रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा ब्राम्हण, क्षेत्री, गुरुङ, मगर लगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रुपमा बोलिन्छन् ।

प्रदेश नं ५
यस प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश उत्तरतर्फ गण्डकी प्रदेश र कर्णाली प्रदेश र दक्षिणतर्फ भारत पर्दछ । प्रदेश नं ५ मा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग), रोल्पा, प्यूठान, दाङ, बाँके र बर्दिया गरी १२ जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफÞल २२,२८८ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १५.१४५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला दाङ (२,९५५ व.कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्ता पश्चिम (६३४.८८ व.कि.मि.) रहेका छन् ।

रुपन्देहीको बुटवल यस प्रदेशको अस्थायी राजधानी हो । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ८,८५,२०३ परिवार संख्या छ भने कुल जनसंख्या ४४,९९,२७२ (पुरुष २१,४०,३१६ र महिला २३,५८,९५६ जना) रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्यरुपमा ब्राम्हण, क्षेत्री, मगर, थारु, तामाङ, नेपाल, मुसलमान लगायतका जातिहरुको बसोबास छ भने नेपाली, थारु, अवधि, भोजपुरी, उर्दु, मगर भाषा मुख्य रुपमा बोलिन्छन् ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशको पूर्वतर्फ गण्डकी प्रदेश र प्रदेश ५ पर्दछ । पश्चिमतर्फ सुदूरपश्चिम प्रदेश र चीन, उत्तरतर्फ चीन र दक्षिणतर्फ प्रदेश ५, सुदूरपश्चिम प्रदेश रहेको छ ।
कर्णाली प्रदेशमा रुकुम (पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफÞल २७,९८४ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १९.०१५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला डोल्पा (७,८८९ व.कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम (१,२१३.४९ व.कि.मि.) रहेका छन् ।

यस प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा २,९८,३५९ परिवार संख्या छ भने कुल जनसंख्या १५,७०,४१८ (पुरुष ७,६७,९२३ र महिला ८,०२,४९५ जना) रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगर लगायतका जातिहरुको बसोबास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रुपमा बोलिन्छन् ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशको पूर्वतर्फ कर्णाली प्रदेश र प्रदेश नं. ५, पश्चिमतर्फ भारत, उत्तरतर्फ कर्णाली प्रदेश र चीन तथा दक्षिणतर्फ भारत पर्दछ । सुदूरपश्चिम प्रदेशमा बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर, र कैलाली गरी ९ जिल्लाहरु रहेका छन् ।

यस प्रदेशको कुल क्षेत्रफल १९,५३९ व.कि.मि. (नेपालको कुल क्षेत्रफलको १३.२८५) रहेको छ । यस प्रदेशको ठूलो जिल्ला बझाङ (३,४२२ व.कि.मि.) र सानो जिल्ला बैतडी (१,५१९ व.कि.मि.) रहेका छन् ।

यस प्रदेशको राजधानी कैलालीको गोदावरीमा रहेको छ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार यस प्रदेशमा ४,६९,९७१ परिवार संख्या छ भने कुल जनसंख्या २५,५२,५१७ (पुरुष १२,५२,५१७ र महिला १३,३४,६३० जना) रहेको छ ।

जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रुपमा ब्राम्हण, क्षेत्री, ठकुरी, थारु जातिहरुको बसोबास रहेको छ भने डोटेली, खस, थारु भाषा मुख्य रुपमा बोलिन्छन् ।

स्थानीय तह:
नेपाल सरकारले नेपाललाई ७५३ स्थानीय तहमा विभाजन गरेको छ । जस अनुसार महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६ र गाउँपालिका
४६० रहेका छन् ।

नेपालको राजनीतिक विभाजनका केही तथ्यहरू:

  • भूगोलको आधरमा नेपालको राजनीतिक विभाजनको विकसक्रमलाई हेर्दा प्रशासनिक तथा विकासका कार्यमा सहजता ल्याउन नेपालको भूगोललाई विभिन्न कालखण्डमा विभिन्न राजनीतिक एकाईमा विभाजन गरिएको पाइन्छ । भूगोलको राजनीतिक विभाजन अनुरुप नै नेपालको प्रशासनिक विभाजन पनि गरिएको पाइन्छ । नेपालको राजनीतिक भूगोलको आधारमा नेपालको विभाजनको विकासक्रमलाई समय–समयमा परिवर्तन गर्दै लगिएको पाइन्छ ।
  • प्राचीनकालमा किराँतकालहरुको थुम, लिच्छवीकालको विषय, ग्राम, तल र द्रंगहरुमा विभाजित थियो ।
  • श्री ५ वडा महाराजधिराज पृथ्वी नारायण शाहको पालामा १२ क्षेत्रमा गोरखा, सिन्धुपाल्चोक, सल्यान, धादिङ समेत नुवाकोट, दोलखा, लामिडाँडा, काभ्रेपलाञ्चोक, मकवानपुर, विजयपुर, चौदण्डी, माझ किराँत र पल्लो किरातमा विभाजन गरिएको थियो ।
  • नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको थियो ।
  • नेपालमा राणा शासन वि.स. १९०३ देखि वि.स. २००७ सालसम्म १०४ वर्षसम्म चलेको थियो यो समया नेपाललाई ३५ जिल्लामा विभाजन गरिएको थियो ।
  • वीर शमशेरको पालामा पहाडतर्फ २३ जिल्ला र तराईतर्फ १२ तहसिल गरी विभाजन गरिएको थयो ।
  • राणा शासनको पहिलो प्रधानमन्त्री जंगबहादुर राणा हुन भने अन्तिम प्रधानमन्त्री मोहन शमशेर राणा हुन ।
  • नेपालमा राणा शासन वि.सं. २००७ सालमा हटेसँगै वि. सं. २०१८ साल वैशाख १ गते नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरियो ।
  • नेपाललाई वि. स. २०२९ साल असार १३ गते मुलुकको समानुपातिक विकास गर्ने उद्देश्यका साथ ४ विकास क्षेत्रमा विभाजन गरियो ।
  • वि.सं. २०३७ असोज २६ गते सुदुर पश्चिमाञ्चल विकास क्षेत्रलाई टुक्राई मध्य पश्चिमाञ्चल विकास क्षेत्र थप गरी ५ विकास क्षेत्र बनाइएको थियो ।
  • नेपाली जनताका प्रतिनिधीले आफैले बनाएको पहिलो संविधान तथा नेपालको सातौ संविधान २०७२ असोज ३ गते जारी भएसँगै नेपाल संघिय राज्यमा परिवर्तन भई मुलुकलाई ७ प्रदेशमा विभाजन गरी ७७ जिल्ला बनाइयो ।
  • वि.सं. २०७४ भदौ ५ गते नवलपरासी र रुकुम जिल्लालाई विभाजन गरी ७७ जिल्ला बनाइएको हो ।
  • नवलपरासीको बर्दघाट सुस्ता पूर्व भित्री मधेशको जिल्ला, गण्डकी र नवलपरासी बर्दघाट पश्चिम तराईको जिल्ला प्रदेश नं. ५ साथै रुकुमलाई रुकुम पूर्व हिमाली जिल्ला प्रदेश नं. ५ र रुकुम पश्चिम पहाडी जिल्ला कर्णाली प्रदेश गरी विभाजन गरियो ।
  • हाल वर्तमान समयमा नेपालमा हिमालमा २१ जिल्ला, पहाडमा ३५ जिल्ला र तराईमा २१ जिल्ला रहेका छन् ।
  • स्थानिय सरकार सञ्चालन ऐन, २०७४ अनुसार हिमालमा २१ जिल्ला, पहाडमा २८ जिल्ला, भित्री मधेश ७ जिल्ला, तराईमा १८ जिल्ला र काठमाडौं उपत्यकामा ३ जिल्ला भनी राखिएको छ ।
  • नेपालको वर्तमान संरचना अनुसार नेपालमा ७ प्रदेश, ७७ जिल्ला, ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६७४३ वटा स्थानीय तहका वडाहरु रहेका छन् ।
  • नेपाल अधिराज्यको संविधान २०१५मा निर्वाचन प्रयोजनका लागि १०९ निर्वाचन क्षेत्र, नेपाल अधिराज्यको संविधान २०४७ अनुसार २०५ निर्वाचन क्षेत्र, नेपालको अन्तरिम संविधान २०६३ अनुसार २४० निर्वाचन क्षेत्र र वर्तमान संविधान जारी पश्चात निर्वाचनका लागि मुलुकलाई १६५ निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ ।
  • नेपालको सातौ संविधान २०७२ले नेपाललाई ७ प्रदेशमा विभाजन गरेको छ ।
  • प्रदेश नम्बर १ को नाम १ नम्बर प्रदेश नै रहेको छ । यस प्रदेशमा १४ वटा जिल्लाहरु रहेका छन । यस प्रदेशको क्षेत्रफल १७.६ प्रतिशत रहेको छ । यस प्रदेशको जनसंंख्या १७.१ प्रतिशत रहेको छ । यस प्रदेशमा १३७ स्थानीय तहहरु रहेका छन । प्रतिनिधी निर्वाचन क्षेत्र यस प्रदेशमा २८ वटा रहेका छन । यस प्रदेशमा जलविद्युत्, कृषि, पर्यटन, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवा लगायत क्षेत्रमा संलग्न रहेका मानिन्छ । यस प्रदेशमा ब्राह्रमण, क्षेत्री, राई, लिम्बू जस्ता जातिहरुको बाहुल्यता रहेको छ ।
  • त्यस्तै प्रदेश नम्बर २ लाई २ नम्बर प्रदेश नै भनेर चिनिन्छ । यस प्रदेशमा ८ जिल्ला रहेका छन । यस प्रदेशमा ६.६ प्रतिशत क्षेत्रफल रहेको छ । यस प्रदेशमा २०.४ प्रतिशत जनसंख्या रहेको छ । यस प्रदेशमा १३६ स्थानीय तहहरु रहेका छन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३२ वटा रहेको छ । यस प्रदेशका मानिसहरु कृषि, उत्पादन, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवा जस्ता क्षेत्रमा संलग्न रहेका छन् ।
  • नेपालको ३ नम्बर प्रदेशलाई बाग्मती प्रदेश भनि नामाकरण गरिएको छ । यस प्रदेशमा नेपालको राजधानी काठमाडौं तथा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल पनि यसै प्रदेशमा पर्दछ । यस प्रदेशमा १३ जिल्लाहरु पर्दछन् । यस प्रदेशको क्षेत्रफल १३.८ प्रतिशत रहेको छ । यस प्रदेशमा २०.९ प्रतिशत जनसंङख्या रहेक छ । स्थानीय तहहरु यस प्रदेशमा ११९ वटा रहेका छन भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३३ वटा रहेका छन । यस प्रदेशमा जलविद्युत्, कृषि, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवा जस्ता क्षेत्रमा मानिसहरु संलग्न रहेका छन् । ब्राम्हण, क्षेत्री, नेवार, तामाङ जस्ता जातजातिहरुको यस प्रदेशमा बाहुल्यता रहेको छ ।
  • प्रदेश नम्बर ४ लाई गण्डकी प्रदेश भनि नामाकरण गरिएको छ । यस प्रदेशमा मुख्यगरी पर्यटकीय स्थलहरु अन्य प्रदेशमा भन्दा ज्यादा रहेका छन् । यस प्रदेशमा ११ जिल्ला पर्दछन् ।यस प्रदेशको क्षेत्रफल १५.३ प्रतिशत रहेको छ । जनसंंख्याको हिसावले यस प्रदेशमा ९.१ प्रतिशत रहेको छ । स्थानीय तहको संख्या ८५ वटा रहेका छन भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र १८ वटा रहेका छन् । यस प्रदेशमा जलविद्युत्, कृषि, पर्यटन, उद्योग, व्यापार, वैदेशिक रोजगार तथा सरकारी सेवामा यहामा मानिसहरु संलग्न रहेका छन् । ब्राम्हण, गुरुङ, क्षेत्री, मगर जातीमा मानिसहरुको यस प्रदेशमा बाहुल्यता रहेको छ
  • प्रदेश नम्बर ५ लाई ५ नम्बर प्रदेश नै भनी चिनिन्छ । यस प्रदेशमा १२ वटा जिल्लाहरु रहेका छन् । यस प्रदेशमा ११.८ प्रतिशत क्षेत्रफल रहेको छ भने १७ प्रतिशत जनसंंख्या रहेको छ । १०९ वटा स्थानीय तहहरु रहेको यस प्रदेशमा २६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु रहेका छन्  यस प्रदेशमा कृषि, पर्यटन, व्यापारतथा सरकारी सेवामा मानिसहरु संलग्न रहेका छन् । ब्राम्हण, क्षेत्री, मगर, थारु जातिको बसोबास रहेको छ ।
  • प्रदेश नम्बर ६ लाई कर्णाली प्रदेश भनि नामाकरण गरिएको छ । यस प्रदेशमा १० वटा जिल्लाहरु रहेका छन । यस प्रदेशको क्षेत्रफल २१.६ प्रतिशत रहेको छ भने ५.९ प्रतिशत जनसंख्या रहेको छ । ७९ वटा स्थानीय तहहरु रहेको यस प्रदेशमा १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु रहेका छन । कृषि, पर्यटन, जडीबुटी, पशुपालन जस्ता क्षेत्रमा यहाका मानिसहरुको बाहुल्यता रहनुका साथै ब्राम्हण क्षेत्री तथा डोल्पो जातिको बसोवास रहेको छ ।
  • त्यस्तै प्रदेश नं. ७ लाई सुदुरपश्चिम प्रदेश भनी नामाकरण गरिएको छ । यस प्रदेशमा ९ वटा जिल्लाहरु रहेका छन् । यस प्रदेशको १३.३ प्रतिशत क्षेत्रफल रहेको छ भने ९.६ प्रतिशत जनसंङख्या रहेको छ । स्थानीय तहको संंख्या यस प्रदेशमा ८८ वटा रहेका छन् भने १६ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रहरु रहेका छन् । अन्य प्रदेशमा जस्तै यस प्रदेशमा पनि कृषि, पर्यटन, उद्योग, बैदेशिक रोजगार तथा व्यापार जस्ता क्षेत्रमा यहका मानिसहरु संलग्न रहेका छन् भने ब्राम्हण, क्षेत्री, थारु जातिका मानिसहरुको बाहुल्यता रहेको छ ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 90
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 284
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 315
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 434
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA