Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको भौगोलिक अवस्था : स्वरुप, किसिम र विशेषताहरु

  • Ajnabee Khadka
  • August 28, 2023
  • 3852

नेपालको भौगोलिक अवस्था : स्वरुप, किसिम र विशेषताहरु

नेपालको भौगोलिक अवस्था : स्वरुप, किसिम र विशेषताहरु
  • नेपाललाई भौगोलिक हिसावले हिमाल, पहाड र तराई गरी तीन भागमा विभाजन गरिएको छ ।
  • नेपाल पृथ्वीको उत्तर पूर्वी गोलाद्र्धमा चीन र भारतको बीचमा इँटा आकारमा रहेको छ ।
  • नेपाल देशको अक्षांश २६ डिग्री २२ मिनेट उत्तरी अक्षांशदेखि ३० डिग्री २७ मिनेट उत्तरी अक्षांशसम्म फैलिएको छ भने ८० डिग्री ४ मिनेट ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ ।
  • नेपालको कूल क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर अर्थात ५६,८२७ वर्ग माइल रहेको छ । जुन क्षेत्रफल वि. सं. २०३६ सालमा कायम भएको थियो ।

  • नेपालमा सुगौली सन्धीअघि नेपालको कूल क्षेत्रफल २,०४,५१६ रहेको थियो ।
  • नेपालले पृथ्वीको कूल क्षेत्रफलको ०.०३ प्रतिशत ओगटेको छ भने एसिया महादेशको ०.३ प्रतिशत क्षेत्रफल ओगटेको छ ।
  • नेपालबाट सबैभन्दा नजिक पर्ने समुन्द्र बंगालको खाडी हो जुन समुन्द्री सतहदेखि ११२७ किलोमिटर अर्थात् ७०० माइलको दूरीमा रहेको छ ।
  • नेपालको पूर्व–पश्चिम लम्बाई ८८५ किलोमिटर र चौडाई १९३ किलोमिटर रहेको छ भने अधिकतम् चौडाई २४१ र न्यूनतम १४५ रहेको छ ।
  • यस देश हिमाल, पहाड, तराईमा अवस्थित भएको हुँदा यसको सबैभन्दा होचो भू–भाग धनुषा जिल्लाको मुसहरनिया ५९ मिटरदेखि विश्वकै सबैभन्दा अग्लो सगरमाथाको चुली ८,८४८ मिटरसम्म फैलिएको छ ।
  • उत्तरमा हिमाली प्रदेश, बीचमा पहाडी प्रदेश र दक्षिणमा तराई प्रदेश रहेकोमा पूर्वका सप्तकोशी सिञ्चित कोशी प्रदेश, बीचमा सप्तगण्डकी प्रवाहित गण्डक प्रदेश र पश्चिममा कर्णाली बहने कर्णाली प्रदेश रहेको छ ।
  •  नेपालमा २८ वटा हिमश्रृंखलाहरु रहेका छन् भने ८००० मिटरभन्दा अग्ला १४ वटा विश्वका हिमालमध्ये आठ वटा हिमालहरु रहेका छन् । ६,००० वा सो भन्दा अग्ला १,३११ वटा चुचुराहरु रहेका छन् ।
  • नेपालका ६,००० भन्दा बढी नदी–नालाहरु, ५३५८ वटा तालहरु, २३२३ वटा हिमतालहरु तथा अनौठा कुण्ड र झरनाहरु रहेका छन् ।
  • विश्वकै अग्लो घाँटी पूर्वीध्याँचु घाँटी हो भने विश्वकै गहिरो उपत्यका अरुण उपत्यका हो ।
  • विश्वकै गहिरो गल्छी भनेर कालीगण्डकीको गल्छीलाई चिनिन्छ ।
  • नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र पूर्व, दक्षिण र पश्चिमतर्फ भारतका पाँच वटा प्रदेशहरुले घेरिएको भूपरिवेष्ठित देश हो ।
  • नेपालको पूर्वी अन्तिम विन्दु ताप्लेजुङ, पश्चिमी विन्दु कञ्चनपुरको दोधारा, उत्तरी विन्दु हुम्लाको चाङ्ला भञ्याङ र दक्षिणी विन्दु झापाको लोदोबारी रहेको छ ।
  • नेपालको उत्तरी सिमानामा हिमालय पर्वत, दक्षिण सिमानामा दशगजा क्षेत्र, पूर्वको सिमानामा मेची नदी र पश्चिमी सिमानामा महाकाली नदी पर्दछ ।
  • नेपालको क्षेत्रफल भारतभन्दा २२ गुणा, चीनभन्दा ६५ गुणा, र विश्वकै सवैभन्दा ठूलो देश रुसभन्दा ११६ गुणा सानो रहेको छ ।
  • भारत र चीनपछि नेपालसँग नजिक सिमाना जोडिएको मुलुक बंगलादेश हो । जुन नेपालबाट २७ किलोमिटर दूरीमा रहेको छ भने भुटान नेपालबाट ३२ किलोमिटर दूरीमा रहेको छ ।
  • नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेशले चीनलाई मात्र र प्रदेश नम्बर २ र ५ ले भारतलाई मात्र छोएको छ भने बाँकी चार प्रदेशले चीन र भारत दुबैलाई छोएको छ ।
  • नेपालको ताप्लेजुङ र दार्चुला जिल्लाले चीन र भारत दुबै देशलाई छोएको छ ।
  • भारतलाई मात्र छुने १३ वटा जिल्ला रहेका छन् भने २५ वटा जिल्लाले भारतलाई मात्र छोएको छ र ३७ वटा जिल्लाले कुनै पनि देशको सिमाना छोएको छैन ।
  • नेपालको तीन वटा जिल्ला भक्तपुर, नुवाकोट र लमजुङले आफ्नो अञ्चल सिमाना समेत छुँदैन ।
  • नेपाल एसियाको मध्य भागमा अवस्थित भूपरिवेष्ठित देश हो जसलाई गौतम बुद्धको जन्मभूमिको देश तथा तेस्रो ध्रुवको देश र लडाकुको देश भनेर भनि चिनिन्छ ।

नेपालका धेरै किसिममा भाषा तथा धर्म मान्ने मानिस भएता पनि यहाँ सबभन्दा धेरै हिन्दू धर्म मान्ने तथा नेपाली भाषा बोल्नेको संख्या उल्लेख्य रहेको छ । नेपाल क्षेत्रफलको आधारमा विश्वको ९३औं ठूलो मुलुकमा पनि पर्दछ । नेपालको प्रमाणिक समय दोलखा जिल्लामा रहेको गौरीशंकर हिमाललाई आधार मानेर निर्धारण गरिएको हो । यसले ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आभार मानि वि. स. २०४२ बैशाख १ गतेदेखि मान्यता पाएको हो । नेपालको प्रमाणिक समय ग्रिनहृच मिन टाईमभन्दा ५ घण्टा ४५ मिनेट छिटो रहेको छ । नेपालको भौगोलिक विभाजन हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेश गरी तिन तहमा विभाजन गरिएको छ । हिमाली प्रदेश उत्तरमा रहेको छ । हिमाली क्षेत्रमा २८ वटा हिमश्रृंखलाहरु रहेका छन् । हिमाली क्षेत्र ३,००० मिटरदेखि ८,८४८ मिटरसम्मको उचाईमा फैलिएको छ ।

हिमालमा २१ वटा जिल्लाहरु रहेका छन् भने पहिलो स्तरको नदीको उत्पत्ति वा प्रवाहको शुरुवात रहेको क्षेत्र पनि रहेको छ । यहाँ अधिकांश मंगोलियन समुदायका जातिहरुको बाहुल्यता रहेको छ । न्यून तापक्रम अनि न्यून वर्षा र हिमपातका कारण जनजीवन र विकासमा कठिनाइ हुने गर्दछ । यस क्षेत्रमा बौद्धमार्गीहरुको बाहुल्यता र गुम्बाहरुको प्रचुरता रहेको छ । यहाँ पशुपालन, पर्यटन र फलफुल खेतीको सम्भावना रहेको छ । यस क्षेत्रमा लेकाली र हिमाली हावापानी पाइने, लेकाली र टुण्ड्रा वनस्पति पाइने तथा पाँचऔंले, जटामसी, यार्सागुम्बा लगायतका महत्वपूर्ण जडिबुटीहरु पाइने गर्दछ । नेपालको मध्य भागमा पहाडी प्रदेश पर्दछ जुन समुन्द्री सतहको ६०० मिटरदेखि ३,००० मिटरसम्म फैलिएको छ । यस क्षेत्रमा ३५ जिल्लाहरु पर्दछन् । उत्तरमा पूर्वदेखि पश्चिममा महाभारत पर्वतसम्म फैलिएको छ । मध्य भूमि, ठूला टारहरु बसी र उपत्यका यस क्षेत्रमा पर्नुका साथै न्यानो समशितोषणदेखि ठण्डा समशितोषण हावपानी पाइन्छ । रहन–सहन, भेषभूषा, जाति, धर्म र संकृतिका विविधता रहेको र प्रशासनिक केन्द्रहरु अव्यवस्थित रहेका छन् । यस क्षेत्रका मानिसहरु कृषि, पशुपालन, सेवा तथा व्यापार–व्यवसायमा संलग्न रहेका छन् । नेपालको पहाडी प्रदेशमा आफै जलविद्युतको उत्पादन गरी ऊर्जा संकटलाई समाधान गर्दै अगाडि बढेको छ । मानवीय बसोबासको लागि स्वास्थकर हावापानी पाइने हुँदा स्वास्थ्यको दृष्टिकोणले उपयुक्त वासस्थानरुपमा समेत पहाडी प्रदेशलाई चिनिन्छ । नेपालको पहाडी प्रदेश समयसापेक्ष रुपमा विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको छ ।

भौगोलिक विकटता तथा धरातलीय अवस्थाले विकास निर्माणमा केही असर गरेको भएता पनि हाल विकास र समृद्धिले गर्दा काम गर्न सहज भएको छ । अरु प्रदेश जस्तै पहाडी प्रदेशले पनि धेरै क्षेत्रमा फड्को मार्ने क्रम जारी छ । त्यसैगरी नेपालको होचो भू–भाग भनि तराई प्रदेशलाई भनिन्छ । जुन समुद्धि सतहको ५९ मिटरदेखि ६०० मिटरसम्म फैलिएको छ ।

तराई प्रदेशमा नेपालका २१ जिल्लाहरु पर्दछन् भने देशको कूल भू–भागको २३ प्रतिशत ओगटेको छ । तराई प्रदेशले नेपालको १७ प्रतिशत भू–भाग ओगटेको छ । नेपालको तराई प्रदेशलाई उद्योगको मुटु भनि चिनिन्छ भने यहाँ नेपालको ८० प्रतिशत उद्योगहरु यही प्रदेशमा रहेका छन् ।विभिन्न पर्यटकीय स्थल तथा ठाउँहरुले पवित्र यस प्रदेशमा लुम्विनी, जनकपुरधाम, बन्दिपुर, घोराई तथा सौराह जस्ता पर्यटकीय स्थलहरु रहेका छन् । यस प्रदेशमा गर्मी हुने हुँदा रोग तथा महामारीहरुको जोखिम अन्य प्रदेशमाभन्दा बढी रहेको पाइन्छ । बर्षाको समयमा पानी अत्यधिक पर्ने तथा हिमालबाट पहाड हुँदै तराईसम्म बग्ने पानीले गर्दा यस प्रदेशमा बाढीको जोखिम वर्षेनि हुने गर्दछ । पातलो कपडा तथा प्रायः धेरै समय प्रयोग गरिन्छ भने यस प्रदेशमा तीन महिना मात्र अलि बढी चिसो हुने भएको कारण बाक्लो लुगाको पनि प्रयोग गरिन्छ । नेपालको छिमेकी जिल्ला भारतसँग खुल्ला सिमाना रहेको कारण बहुआयमिक नजिकको सम्बन्ध रहेको छ भने भारतीय संस्कृतिको पनि प्रभाव परेको पाइन्छ । सनपाट, कपास, उखुको उत्पादन र औद्योगिकीकरण भएको छ भने तराईको केही भू–भागमा चियाको पनि राम्रो खेती भएको पाइन्छ । पछिल्लो समय हिमाल तथा पहाडबाट सुरक्षित बसाइँ सर्ने पवृत्तिको कारण हाल तराईमा बसोबास बाक्लो रहेको छ । तराई प्रदेशमा जनसंख्या बढ्दै गएको छ । शिक्षा, स्वास्थ्य तथा अन्य अत्यावश्यक वस्तुहरुको प्रभावकारी पहुँचको कारण सुखी जीवन जीउनका लागि तराई प्रदेशमा बसोबास गर्ने कार्य बढेको हो ।

हाम्रो देश नेपाल विभिन्न प्रदेशमा विभाजन भएको हुनुका साथै यहाँ धेरै किसिमका जातजाति, भाषाभाषी, संस्कृति र रहनसहनले गर्दा नेपाल विश्वको एक उत्कृष्ट मुलुको रुपमा परिचित भएको छ । विभिन्न किसिमको भौगोलिक बनावटको कारण स्वर्गको टुक्क्रा जस्तै बन्न सफल यस देश नेपालमा छ वटा अलग–अलग ऋतुहरु रहेका छन् । यहाँको भूगोलले एक किसिमको सुन्दरता प्रदान गरेको छ । हावापानी तथा माटोको कारण अलग अति राम्रो प्रकृतिको भूगोलमा चिनिन सफल भएको छ । हामी नेपाली जुन भौगोलिक धरातलमा बसेता पनि हामीबीच सद्भाव, भाइचारा तथा विश्वबन्धुत्वको भावना जागृत भएको पाइन्छ । नेपालको भौगोलिक अवस्थालाई अझ परिस्कृत तथा समयसापेक्ष रुपमा निर्माणको गतिमा अगाडि बढाउनु पर्दछ । हिमाली प्रदेश तथा पहाडी प्रदेशलाई अझ सझाउन सकेमा विकास निर्माणको गतिमा अगाडि लान सकेमा यस क्षेत्रमा पर्यटकीय सम्भावना प्रचुर मात्रामा हुने गर्दछ ।

नेपालको भौगोलिक अवस्था हेर्नको लागि भनि लाखौको संख्यामा विदेशी पर्यटकहरु हाम्रो देश नेपालमा आउने गर्दछन् । भौगोलिक सुन्दरताले पनि हाम्रो देश नेपाल धनी रहेको छ । नेपाल सुन्दर हुनुमा भौगोलिक अवस्था नै प्रमुख रहेको छ । भूगोल अनुसारका ताल, झरना तथा नदीहरुले गर्दा भौगोलिक सम्भावना बोकेको यस देश जति घुमे पनि कहिल्यै अघाइँदैन । हिमाली प्रदेश र पहाडी प्रदेशमा आफ्नो छुट्टै किसिमको विशेषता रहेको छ । जसबाट विदेशी पर्यटकहरु पनि मोहित हुने गर्दछन् । खेतीपाती तथा अन्न उत्पादनमा कमी भएता पनि यस प्रदेशमा पशुपालन तथा व्यवसायले यहाका मानिसहरु आत्मानिर्भर बनेका छन् । अधिकांश समय चिसो हुने यस प्रदेशमा बाक्लो लुगाको धेर नै माग हुने गर्दछ ।

अरु प्रदेश जस्तै तराई प्रदेशको पनि आफ्नै किसिमको विशेषता रहेको कारण यहाको भौगोलिक अवस्था अझै राम्रो रहेको छ । नेपालको अन्न भण्डारको रुपमा पनि चिनिने यस प्रदेशमा अधिकांश ठाउँमा खेतीपानी नै गरिन्छ भने अन्य ठाउँमा उद्योग तथा व्यवसाय पनि गरिन्छ । यसरी नेपाललाई हिमाली प्रदेश, पहाडी प्रदेश तथा तराई प्रदेश गरी तीन प्रदेशमा विभाजन गरी भौगोलिक अवस्थिति बनेको छ । यहाँको भौगोलिक अवस्था एक प्रकारले अति नै राम्रो रहेको कारण यस देश सुन्दर तथा शान्त रहेको छ । धरातलीय स्वरुप तथा यहाको विविध विशेषता लोभलाग्दो रहेको छ ।

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 118
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 102
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 91
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 159
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA