Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सार्वजनिक सेवाको परिचय | कार्यहरु

  • Bijeta Kunwar
  • May 04, 2023
  • 583

सार्वजनिक सेवाको परिचय | कार्यहरु

सार्वजनिक सेवाको परिचय | कार्यहरु

सार्वजनिक सेवा परिचय

  • राज्यका तर्फबाट आफ्ना नागरिकको हित, कल्याण र उत्थानका लागि प्रदान गरिने आर्थिक, सामाजिक, राजनीतिक एवं अन्य प्रकृतिका वस्तु वा सेवा वा सुविधालाई सामान्य भाषामा सार्वजनिक सेवा भनिन्छ ।
  • सार्वजनिक सेवा राज्य र जनताबीचको सम्बन्ध सेतु हो।
  • राज्य र शासन प्रणालीको विकास सँगसँगै सार्वजनिक सेवाकोअवधारणाको पनि विकास भएको हो।
  • राज्य संचालनको प्रारम्भिक चरणमा राज्यको तर्फबाट देश र जनताको सुरक्षा गर्ने कार्यलाई सार्वजनिक सेवाको रुपमा बुझिने गरिएको भएता पनि वर्तमान समयमा सार्वजनिक सेवा भन्नाले जनताको सर्वोपरी हित र कल्याणको लागि राज्यदवारा प्रदान गरिने समग्र सेवा र सुविधाको समुच्चतालाई बुझिन्छ।
  • जनताको सर्वोपरी हित र कल्याणको स्रोतको रुपमा सार्वजनिक सेवालाई लिईन्छ।
  • जनताको राज्यप्रति अपनत्वभाव विकास गर्ने सशक्त माध्यमको रुपमा यसलाई लिईन्छ।

सार्वजनिक सेवाको कार्य

  • लोकतन्त्रलाई सुदृढीकरण गर्ने,
  • मानव अधिकारको संरक्षण गर्ने,
  • कानूनको शासन स्थापना गर्ने,
  • सामाजिक न्याय कायम गर्ने,
  • सामाजिक एकता र सहिष्णुता प्रवर्दधन गर्ने,
  • सामाजिक संरक्षण र सुरक्षाको व्यवस्था गर्ने,
  • सामाजिक क्रीति एवं विभेदको अन्त्य गर्ने,
  • सामाजिक अपराध नियन्त्रण गर्ने,
  • रोजगारी सृजना गर्ने,
  • गरिबी न्यूनिकरण गर्ने,
  • आर्थिक स्थायित्व कायम गर्ने,
  • मुलुकमा औद्योगिक विकास गर्ने,
  • वातावरण संरक्षण गर्ने,
  • मानव संशाधन विकास गर्ने,
  • निजी क्षेत्रको नियमन गर्ने ।

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 177
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 59
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 143
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 119
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA