Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बेरूजु र यसका प्रकार

  • Bijeta Kunwar
  • April 30, 2023
  • 1369

बेरूजु र यसका प्रकार

बेरूजु र यसका प्रकार

बेरुजु परिचय

  • रुजु हुन नसकेको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ ।
  • रितपूर्वक नभएको आर्थिक कारोबार नै बेरुजु हो ।
  • प्रचलित कानून एवं लेखाको सिद्धान्त विपरित भएको कारोबारलाई बेरुजु भनिन्छ ।
  • यो कमजोर वित्तीय व्यवस्थापनको उपज हो ।
  • बेरुजुले आर्थिक पारदर्शिता र सुशासनमा प्रत्यक्ष असर पुग्याउँदछ ।

बेरुजुका प्रकार

बेरुजुका प्रकारलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

क) सैद्धान्तिक बेरुजु

  • रकमको लगत नरहेको बेरुजु सैद्धान्तिक बेरुजु हो।
  • यो नीतगत सुधारको लागि औंल्याईएको बेरुजु हो।

ख) लगती बेरुजु

  • लेखापरीक्षणको प्रतिवेदनको लगत महलमा रकम उल्लेख भएको बेरुजु नै लगती बेरुजु हो ।
  • यो असुल उपर गर्नुपर्ने बेरुजु हो ।
  • लगत बेरुजुलाई पनि विभिन्न भागमा विभाजन गर्न सकिन्छ । जसलाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

-असुल गर्नुपर्ने बेरुजु

प्रचलित कानून वा प्रमाण कागजातबाट पुष्टि हुने भन्दा कम असुली गरेको, असुल गरेभन्दा कम आम्दानी बाँधेको वा बढी भुक्तानी दिएको , हिनामिना वा हानि नोक्सानी पारेको कारण असुल उपर गर्नुपर्ने बेरुजु नै असुल उपर गर्नुपर्ने बेरुजु हो।

-अनियमित भएको बेरुजु

सम्बन्धित कानूनदवारा निर्धारित प्रकृया एवं रित नपुन्याएका कारण सृजित बेरुजु नै अनियमित भएको बेरुजु हो।

-प्रमाण पेश नभएको बेरुजु

कारोबारलाई पुष्टी गर्ने कागज एव भरपाई नभएको कारण सृजित बेरुजु नै प्रमाण पेश नभएको बेरुजु हो ।

-जिम्मेवारी नसारेको बेरुजु

नियमानुसार आगामी वर्षलाई जिम्मेवारी सार्नुपर्ने नगदी, जिन्सी, धरौटी जस्ता लगतलाई जिम्मेवारी नसारेबापत सृजित बेरुजु नै जिम्मेवारी नसारेको बेरुजु हो ।

-सोधभर्ना नलिएको बेरुजु

सापटी दिएको तथा बैदेशिक स्रोतबाट वेहोरीने गरी भएको खर्च यथासमयमा सापटी फिर्ता नभएको वा सोधभर्ना नगरिएको कारण सृजित बेरुजु नै सोधभरनी नलिएको बेरुजु हो ।

-पेश्की बाँकी बेरुजु

समयमा पेश्की फर्छ्यौट नभएको कारण सृजित बेरुजु नै पेश्की बाँकी बेरुजु हो ।

अतः बेरुजुलाई यसको प्रकृति र स्वरुप अनुसार विविध प्रकारमा विभाजन गर्न सकिन्छ ।

Categories

  • Current Affairs 799
  • Gorkhapatra 343
  • Others 1186
  • Vacancy 1
  • Past Questions 147
  • Nepal Police 9

Latest Blogs

Khardar, Fourth Level, Pre-Qualification Examination - 2083/06/04
Past Questions

खरिदार, चौथो तह, पूर्वयोग्यता परीक्षा - २०८३/०६/०४

  • Sep 21, 2026
  • 159
World Day of Peace, 2026
Current Affairs

विश्व शान्ति दिवस, २०२६

  • Sep 21, 2026
  • 47
Nepal's diplomatic relations with ASEAN countries
Others

नेपालको आसियान (ASEAN) राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध

  • Sep 20, 2026
  • 119
Ranking of SAARC countries by population (from largest to smallest)
Others

जनसंख्याको आधारमा सार्क राष्ट्रहरूको क्रम (ठूलो देखि सानो)

  • Sep 20, 2026
  • 108
Short list of best works for the Pahachan Award for BS 2081 and 2082
Current Affairs

पहिचान पुरस्कारको लागि वि.सं. २०८१ र २०८२ सालका लागि उत्कृष्ट कृतिहरूको संक्षिप्त सूची

  • Sep 19, 2026
  • 116
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA