विश्व बाघ दिवस, २०२६ (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको तथ्यांकगत अवस्थापनि समावेश!)
विश्व बाघ दिवस, २०२६ को आधारभूत तथ्यहरु:
- दिवस: विश्व बाघ दिवस (World Tiger Day)
- दिवस मनाइने मिति: हरेक वर्ष जुलाई २९ (विक्रम सम्बत २०८३ को सन्दर्भमा साउन १४ गते)
- सन् २०२६ को नारा (Theme): "Securing the future of Tigers with Indigenous Peoples and Local Communities at the heart" (स्थानीय तथा आदिवासी समुदायलाई केन्द्रमा राख्दै बाघको भविष्य सुरक्षित गरौँ।)
- घोषणा: सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्ग (Saint Petersburg) मा आयोजित 'विश्व बाघ सम्मेलन' (Tiger Summit) बाट
- घोषणाको कारण: २०औँ शताब्दीको अवधिमा विश्वमा बाघको जनसङ्ख्या ९७% ले घटेर करिब ३,२०० मा सीमित भएपछि यसको संरक्षणका लागि ध्यान आकर्षित गर्न,
- सेन्ट पिटर्सबर्ग प्रतिबद्धता अर्थात् TX2 Goal: सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्ग (Saint Petersburg) मा विश्वका १३ बाघ पाइने देशहरू (*Tiger Range Countries (TRCs)) ले सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य राखेका,
*Tiger Range Countries (TRCs) — प्राकृतिक रूपमा जङ्गली बाघ पाइने वा ऐतिहासिक रूपमा बाघको बासस्थान रहेका विश्वका १३ सार्वभौम मुलुकहरूको समूह; नेपाल, भारत, भुटान, बंगलादेश, चीन, इन्डोनेसिया, मलेसिया, म्यानमार, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, लाओस र रुस - नेपालको ऐतिहासिक किर्तिमान: नेपाल सन् २०२२ मै बाघको सङ्ख्या दोब्बर (१२१ बाट ३५५) बनाउने विश्वकै पहिलो देश बनेको,
नेपालमा बाघको अवस्था:
- कानुनी दर्जा: नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को सूची १ मा संरक्षित वन्यजन्तुको रूपमा सूचीकृत
- अन्तर्राष्ट्रिय दर्जा: IUCN रातो सूचीमा 'Endangered (सङ्कटापन्न)' र CITES को अनुसूची १ (Appendix I) मा सूचीकृत
- नेपालमा पाइने प्रजाति: पाटेबाघ (Royal Bengal Tiger) - वैज्ञानिक नाम: Panthera tigris tigris
- नेपालमा बाघको सङ्ख्याको प्रवृत्ति: सन् २००९ (१२१), २०१३ (१९८), २०१८ (२३५), २०२२ (३५५)
- सर्वेक्षणको इतिहास: नेपालमा सन् २००९ देखि हरेक चार-चार वर्षमा बाघको राष्ट्रिय सर्वेक्षण हुँदै आएको,
१.) नेपालमा बाघको तथ्यांकगत अवस्था (सन् २०२२ को बाघ गणनाको अनुसार)
| विषयवस्तु | विवरण |
| कतिऔं गणना (संस्करण) | चौथो राष्ट्रिय बाघ सर्वेक्षण (यसअघि सन् २०१८ मा गरिएको,) |
| बाघको कुल सङ्ख्या | ३५५— नेपालले सन् २०१० को बाघको सङ्ख्या (१२१) लाई सन् २०२२ सम्ममा दोब्बर बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता (TX2) पूरा गर्ने विश्वकै पहिलो राष्ट्र बनेको, |
| वृद्धि प्रतिशत | सन् २०१८ को तुलनामा (२३५ बाट ३५५) बाघको सङ्ख्यामा करिब ५१% ले वृद्धि भएको, |
| सबैभन्दा उच्च बाघको संख्या रहेको राष्ट्रिय निकुञ्ज | चितवन राष्ट्रिय निकुञ्ज (१२८ वटा) |
| अनुसार उच्च देखि न्यून बाघको संख्या भएको राष्ट्रिय निकुञ्जहरु क्रमशः |
चितवन राष्ट्रिय निकुञ्ज (१२८), बर्दिया राष्ट्रिय निकुञ्ज (१२५), पर्सा राष्ट्रिय निकुञ्ज (४१), शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (३६) र बाँके राष्ट्रिय निकुञ्ज (२५) |
| बाघ गणनाको अवधि |
सन् २०२१ डिसेम्बर ५ देखि २०२२ अप्रिल सम्म (वि.सं. २०७८ पुस १ देखि चैत मसान्तसम्म) |
| बाघको गणना गरिएको कूल क्षेत्रफल |
१८,९२८ वर्ग किलोमिटर सम्भावित बासस्थानमा सर्वेक्षण गरिएको, |
| बाघको गणनामा प्रयोग गरिएको उपकरण |
१,८४३ वटा ग्रीडमा क्यामरा ट्र्याप (Camera Traps) जडान गरिएको, |
| बाघको गणनामा प्रयोग भएको जनशक्ति |
१३,०६५ कार्य-दिन (Person-days) र ६५५ हात्ती-दिन (Elephant-days) को लगानी |
| बाघको गणनामा प्रयोग गरिएको विधि |
'Spatially Explicit Capture-Recapture (SECR)' मोडेल र अकुपेन्सी मोडलिङ (Occupancy modelling) प्रयोग गरिएको, |
| बाघको घनत्व सबैभन्दा उच्चतम भएको राष्ट्रिय निकुञ्ज |
प्रति १०० वर्ग किलोमिटरमा सबैभन्दा धेरै बाघको घनत्व बर्दिया राष्ट्रिय निकुञ्ज (७.१५) मा पाइएको, |
| बाघको घनत्व सबैभन्दा न्यूनतम भएको राष्ट्रिय निकुञ्ज |
बाँके राष्ट्रिय निकुञ्ज (०.९७) मा |
| बाघको बासिस्थान (गणना अनुसार) |
|
| बाघको प्रमुख आहारा |
चित्तल (Spotted Deer), लगुना (Hog Deer), रतुवा (Barking Deer), बँदेल (Wild Boar) आदि |
२.) नेपालमा बाघको तथ्यांकगत अवस्था (वि.सं. २०८२ को अद्यावधिक बाघ गणनाको अनुसार)
| विषयवस्तु | विवरण |
| नतिजा सार्वजनिक मिति |
विश्व बाघ दिवस, २०२६ का दिन, वि.सं. २०८३ साउन १४ (सन् २०२६ जुलाई २९) मा |
| सार्वजनिककर्ता |
कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी |
| विज्ञप्ति जारीकर्ता |
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग (प्रवक्ता/उपमहानिर्देशक: वेदकुमार ढकाल) |
| कतिऔं गणना (संस्करण) | पाँचौं राष्ट्रिय बाघ सर्वेक्षण (यसअघि सन् २०२२ मा गरिएको,) |
| गणना अनुसार बाघको कुल अनुमानित सङ्ख्या |
४२९ (अनुमानित दायरा ४०२–५००) |
| पहिचान भएका बाघ |
क्यामरा ट्र्याप विधिबाट कुल ३७३ वटा छुट्टाछुट्टै बाघहरूको पहिचान (Individual identification) गरिएको, |
| बाघको वृद्धि अवस्था |
|
| सबैभन्दा उच्च बाघको संख्या रहेको राष्ट्रिय निकुञ्ज |
चितवन राष्ट्रिय निकुञ्ज (१४५ वटा) |
| अनुसार उच्च देखि न्यून बाघको संख्या भएको राष्ट्रिय निकुञ्जहरु क्रमशः |
चितवन राष्ट्रिय निकुञ्ज (१४५), बर्दिया राष्ट्रिय निकुञ्ज (११२), पर्सा राष्ट्रिय निकुञ्ज (७१), बाँके राष्ट्रिय निकुञ्ज (५१) र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज (५०) |
| बाघ गणनाको अवधि |
वि.सं. २०८१ पुस १ देखि २०८२ वैशाख १० सम्म (सन् २०२४ डिसेम्बर १५ देखि २०२५ अप्रिल २३) |
| बाघको गणना गरिएको कूल क्षेत्रफल |
कुल ७,३९३ वर्ग किलोमिटर क्षेत्रमा सर्वेक्षण गरिएको, |
| बाघको गणनामा प्रयोग गरिएको उपकरण |
१,८४८ वटा ग्रीडमा कुल ३,६९६ वटा स्वचालित क्यामराहरू प्रयोग गरिएको, |
| बाघको गणनामा प्रयोग भएको जनशक्ति |
३६,१८१ क्यामरा-दिन (Camera-trap effort days) को लगानी |
| बाघको गणनामा सङ्कलन गरिएको तस्विर |
सर्वेक्षणबाट बाघका कुल ११,९११ वटा तस्विरहरू प्राप्त भएका, |
| बाघको गणनामा प्रयोग गरिएको विधि |
वैज्ञानिक विधि 'Spatially Explicit Capture-Recapture (SECR)' को प्रयोग गरिएको, |
| गणना गर्न विभाजन गरिएको बाघको बासस्थान (३ वटा कम्प्लेक्समा विभाजित गरिएको,) |
१.) चितवन–पर्सा कम्प्लेक्स २.) बाँके–बर्दिया कम्प्लेक्स ३.) शुक्लाफाँटा–लालझाडी कम्प्लेक्स |