Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Ajnabee Khadka
  • September 23, 2026
  • 137

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)

१. हिमाली जिल्ला मुस्ताङको जोमसोममा आयोजित घरपझोङ जलवायु परिवर्तन सम्मेलन कहिले सम्पन्न भएको हो ? 

➤ वि.सं. २०८३ भदौ ३०-३१ 

  • सम्मेलनले ४९ बुँदे जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणापत्र जारी गरेको ।
  • सम्मेलनको नारा : स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी ।
  • आयोजक : घरपझोङ गाउँपालिका, मुस्ताङ । 
  • देशैभरबाट ४२१ वटा स्थानीय पालिका, ४१ वटा जिल्ला समन्वय समिति र सरोकारवालासहित दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता । 
  • सम्मेलन स्थलमा जलवायु परिवर्तनको असर झल्काउने २८ फिट अग्लो पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको ।  
  • प्रमुख माग तथा प्राथमिकता: 
    • हिमालको संरक्षणलाई विश्वव्यापी प्राथमिकता बनाउन माग ।  
    • जोखिमको पहिचान, नक्साङ्कन, पूर्वसूचना र पूर्वकार्यमा जोड ।  
    • जलवायु उत्थानशील पूर्वाधार निर्माण र सुरक्षित बस्ती विकास योजना अगाडि बढाइने । 

जोमसोममा जलवायु परिवर्तन सम्मेलन : 'घरपझोङ जलवायु परिवर्तन घोषणापत्र–२०८३'  जारी हुँदै - eNature News eNature News

२. नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ ? 

➤ असोज १ 

  • वि.सं. २०८३ (१४ औँ) को नारा : विज्ञान तथा प्रविध : विकास र उत्पादन वृद्धि 
  • वि.सं. २०७० (पहिलो) को नारा : विज्ञान र प्रविधि, देशको समृद्धि 
  • नेपालमा विज्ञान तथा प्रविधिको विकास र वैज्ञानिक सोचको प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष असोज १ गते राष्ट्रिय विज्ञान दिवस मनाइने । 
  • अमृत क्याम्पस (अस्कल) का संस्थापक तथा वैज्ञानिक एवं शिक्षाविद् अमृतप्रसाद प्रधानको योगदानको स्मरण गर्दै सरकारले वि.सं. २०७० असोज १ देखि औपचारिक रूपमा यो दिवस मनाउन थालेको ।  

National Science Day, 2083

३. प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा सहभागी हुन कहिले न्युयोर्क प्रस्थान गर्नुभएको हो ?  

➤ वि.सं. २०८३ असोज ६ (सन् २०२६ सेप्टेम्बर २२)

  • प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ८१ औँ महसभामा सहभागी हुन अमेरिका प्रस्थान गर्नुभएको ।  
  • सन् २०२६ सेप्टेम्बर २४ मा महासभालाई सम्बोधन गर्ने कार्यक्रम । 
  • परराष्ट्रमन्त्री शिशिर खनाल महासङ्घ अन्तर्गतका बैठक तथा भेटवार्ताका लागि दुई दिनअगावै (सेप्टेम्बर २०) अमेरिका प्रस्थान गर्नुभएको । 
  • महासभामा उठाइने प्रमुख एजेन्डा: 
    • जलवायु परिवर्तन र यसबाट सिर्जित प्रकोपबाट नेपालले भोग्नु परेको जनधनको ठुलो क्षति । 
    • रसुवाको भोटेकोशी नदीमा हालै आएको हिमबाढीबाट भएको क्षतिबारे जानकारी गराउँदै तत्काल उचित राहतका लागि आह्वान । 
    • नेपालको नगण्य कार्बन उत्सर्जन र जलवायु परिवर्तनको असमान असरबिचको सम्बन्ध । 
    • प्रकृतिमैत्री जीवनशैली, ४६ प्रतिशतभन्दा बढी जङ्गल, विशाल हिमालय र बृहत् नदी प्रणालीमार्फत नेपालले विश्व वातावरण संरक्षणमा पुर्‍याएको योगदान ।

May be an image of aircraft

४. विश्व स्वास्थ्य सङ्गठनद्वारा एसियाकै दोस्रो स्वस्थ सहरका रूपमा घोषित हुन सफल सहर कुन हो ?  

➤ धुलिखेल 

  • डब्लुएचओले काभे्रपलाञ्चोकको धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ र एसियाको दोस्रो स्वस्थ सहर घोषणा गरेको । यससँगै धुलिखेल पाँच हजार डलर पुरस्कार प्राप्त गर्न सफल भएको ।
  • एसियामा पहिलो स्वस्थ सहर : भारतको पुणे नगर । 
  • धुलिखेलको स्थान : ६५.४८ अङ्क प्राप्त गरी एसियामा दोस्रो र नेपालमा पहिलो । 
  • प्रमुख आधारहरू :
    • स्वास्थ्य क्षेत्रको नीतिगत सुधार र दिगो विकास लक्ष्य । 
    • वातावरणीय सुधार र गरिब नागरिकको स्वास्थ्यमा पहुँच । 
    • प्राथमिक स्वास्थ्योपचारमा स्थानीय सरकारको प्रगति । 
    • पूरा गरिएका दिगो विकास लक्ष्य (एसडिजी) :
    • शिक्षा, स्वास्थ्य, गरिबी निवारण र सुरक्षित खानेपानी (दक्षिण एसियामै पहिलो पटक स्वैच्छिक समीक्षा प्रतिवेदन संयुक्त राष्ट्रसङ्घमा प्रस्तुत) । 
  • स्वास्थ्य सेवा तथा पहलहरू :
    • १२ वडामा १५ वटा स्वास्थ्य केन्द्र स्थापना र घरदैलो स्वास्थ्य सेवा । 
    • नि:शुल्क पाइने ६५ थरीका औषधीको पर्याप्त व्यवस्था । 
    • हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य कार्यक्रम सञ्चालन । 
    • अन्य अन्तर्राष्ट्रिय पहिचान :
    • विश्व स्मार्ट दिगो सहर सङ्गठनको २०२१-२०२३ को कार्यसमिति सदस्यमा निर्वाचित ।  
    • कोइला प्रयोगम प्रतिबन्ध लगाउने अभियान ‘कोप-२६’ सम्मेलनमा चर्चित ।

 

५. स्काई ट्र्याक्सद्वारा घोषित ‘वर्ल्ड एयरलाइन्स अवार्डस,२०२६’ मा विश्वकै उत्कृष्ट एयरलाइन्स बन्न सफल वायुसेवा कम्पनी कुन हो ? 

➤ सिङ्गापुर एयरलाइन्स

  • योसँगै यसले स्काई ट्र्याक्स अवार्डको २५ बर्से इतिहासमा छैटौँ पटक शीर्ष पुरस्कार जितेको हो ।
  • शीर्ष पाँच उत्कृष्ट एयरलाइन्स 
    1. सिङ्गापुर एयरलाइन्स 
    2. कतार एयरवेज (गत वर्षको विजेता) 
    3. क्याथे प्यासिफिक एयरवेज (हङकङ)
    4. अल निप्पोन एयरवेज (जापान) 
    5. टर्किस एयरलाइन्स 
  • विशेष विधागत पुरस्कारहरू 
    • उत्कृष्ट इकोनोमी क्लास र खाना : सिङ्गापुर एयरलाइन्स
    • उत्कृष्ट फस्र्ट क्लास : एयर फ्रान्स
    • उत्कृष्ट प्रिमियम इकोनोमी : इभा एयर
    • उत्कृष्ट बजेट एयरलाइन्स : एयर एसिया
    • क्षेत्रगत उत्कृष्ट एयरलाइन्सहरू :
    • एसिया : बैङ्कक एयरवेज
    • युरोप : टर्किस एयरलाइन्स
    • अफ्रिका : इथियोपियन एयरलाइन्स
    • उत्तर अमेरिका : एयर क्यानडा
    • दक्षिण अमेरिका : ल्याटम

६. काठमाडौँमा सम्पन्न ‘तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड, २०२६ (इन्फा अवार्ड)’ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो ? 

➤ ऊनको स्विटर

  • सोही चलचित्रबाट नवीन चौहान उत्कृष्ट निर्देशक र उत्कृष्ट पटकथाको अवार्ड जित्न सफल हुनुभएको । 
  • यसअघि २०२४ र २०२५ मा लन्डनमा भएको यो अवार्डको तेस्रो संस्करण पहिलो पटक नेपालमा आयोजना गरिएको हो ।
  • उत्कृष्ट घोषित विधा/कलाकार 
    • उत्कृष्ट चलचित्र : ‘ऊनको स्विटर’ 
    • उत्कृष्ट निर्देशक : नवीन चौहान (‘ऊनको स्विटर’) 
    • उत्कृष्ट अभिनेता : नीर शाह (‘परान’) र विपिन कार्की (‘ऊनको स्विटर’) 
    • उत्कृष्ट अभिनेत्री : मिरुना मगर (‘ऊनको स्विटर’) 
    • लोकप्रिय अभिनेता/अभिनेत्री : पल शाह र जसिता गुरुङ 
    • विशेष सम्मान तथा अन्य मुख्य अवार्डहरू :
    • लाइफटाइम अचिभमेन्ट अवार्ड : वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ 
    • पर्फमर अफ दी इयर : कविता नेपाली 
    • जुरी अवार्ड (फिल्म) : ‘गुन्यो चोलो’ 
    • जुरी अवार्ड (अभिनेता/निर्देशक) : सौगात मल्ल (‘सिटामोल’) र शुदिप्ता अधिकारी (‘रमिताको पिरती’) 
    • सङ्गीत तथा प्राविधिक विधाका केही विजेता :
    • उत्कृष्ट पाश्र्व गायक/सङ्गीतकार : सुजन चापागाईं (‘फूलहरू’) 
    • उत्कृष्ट पाश्र्व गायिका : झुमा लिम्बू (‘काफ्ले’) 
    • उत्कृष्ट गीतकार : हर्क साउद (‘फूलहरू’) 

International Nepali Film Awards (INFA), 2026

७. प्रसिद्ध धार्मिक तथा पर्यटकीय ‘बुढीनन्दा ताल’ कहाँ रहेको छ ? 

➤ बाजुरा 

  • समुद्री सतहबाट चार हजार ८८८ मिटर उचाइमा अवस्थित यस तालवरपर अन्य नौ सुन्दर ताल रहेका ।
  • बाजुरा जिल्लाको पूर्वोत्तर क्षेत्र, बुढीनन्दा नगरपालिका३ (सुदूर र कर्णाली क्षेत्रको प्रसिद्ध तीर्थस्थल) । 
  • लम्बाइ ३५० मिटर र चौडाइ १८० मिटर । 
  • वरपरका अन्य नौ ताल तथा झरना :
  • तेजार ताल, लङ्कारी ताल, कैलाश ताल, महारुद्ध ताल, मस्ट ताल, धलपुरी ताल, पिपल ताल, चरी दह ताल र धौलीझरना ताल ।

 

८. २०औँ एसियाली खेलकुद प्रतियोगिताको खेल सञ्चालनका लागि तय गरिएको मिति कुन हो ? 

➤ सन् २०२६ सेप्टेम्बर १९ - अक्टोबर ४

  • सञ्चालन स्थल: नागोया, जापान  
  • उद्घाटन : जापानका सम्राट् नारुहितोद्वारा (जापानको आइची नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा) 
  • यस एसियाडको मार्चपासमा नेपालको झन्डा राष्ट्रिय महिला कबड्डी खेलाडी मनमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले बोक्ने गौरव पाउनुभएको । 
  • जापानले तेस्रो पटक एसियाली खेलकुद आयोजना गरेको (यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमा) । 
  • नारा : इमाजिन वन एसिया । 
  • सहभागी राष्ट्र : ४६
  • कुल खेलाडी : १०,७८७ 
  • खेल सङ्ख्या : ४३ (७१ इभेन्ट्समा ४६९ पदकका लागि) । 

Nepal News | Nepal's First Online News Portal

९. रुसमा हालै सम्पन्न संसदीय चुनावमा तल्लो सदन स्टेट डुमाका तीन चौथाइ स्थानमा जित हासिल गर्न सफल पार्टी कुन हो ? 

➤ युनाइटेड रसिया (राष्ट्रपति भ्लादिमिर पुटिन आबद्ध पार्टी)

  • राष्ट्रपति भ्लादिमिर पुटिनको पार्टी युनाइटेड रसियाले ५८ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै तल्लो सदन स्टेट डुमाका तीन चौथाइ (७५ प्रतिशत) भन्दा बढी सिट जित्दै ऐतिहासिक विशाल बहुमत हासिल गरेको । 
  • युक्रेन युद्धपछिको पहिलो चुनाव :  सन् २०२२ मा रुसी सेनाले युक्रेनमाथि आक्रमण गरेयताको पहिलो संसदीय चुनाव हो । साथै मस्कोले कब्जा गरेका युक्रेनका चार क्षेत्रका बासिन्दालाई पनि पहिलो पटक निर्वाचनमा समावेश गरिएको । 

Putin wins Russia election in landslide with no serious competition

१०. टिभी रियालिटी सो ‘भ्वाइस किड्स’ सिजन-५ को उपाधि जित्ने प्रतिभा को हुन् ? 

➤ सुवासना खड्का

  • ग्रान्ड फिनाले : वि.सं. २०८३ साउन ३० 
  • पुरस्कार राशि : १० लाख रुपियाँ नगद

सानै उमेरमा सांगीतिक पहिचान बनाउँदै सुवासना, 'भ्वाइस किड्स'को फाइनल  यात्रामा | Nepal's first 24-hour updated news portal - Ratopati

११. विश्वमा सर्वप्रथम एआई मन्त्री बनाउने देश कुन हो ? 

➤ अल्बानिया

  • नियुक्ति मिति : सन् २०२५ सेप्टेम्बर ११ 
  • नाम : डिएला 
  • उद्देश्य : भ्रष्टाचार नियन्त्रण र पारदर्शी शासनव्यवस्था प्रवर्धन 

 

१२. अफ्रिका महाद्वीपकै ठुलो जलविद्युत् आयोजना कुन हो ?    

➤ ग्रान्ड इथियोपियन रेनेसाँस ड्याम (गर्ड), ब्लु नाइल नदी, इथियोपिया 

  • उद्घाटन : सन् २०२५ सेप्टेम्बर ९ 
  • उत्पादन क्षमता : ५,१५० मेगावाट 

 

१३. इटालीको प्रतिष्ठित साहित्य पुरस्कार अन्तर्गतको ‘ग्रान्ड जुरी प्राइस’ बाट सम्मानित नेपाली स्रष्टा को हुन् ? 

➤ रञ्जना निरौला (पुरस्कृत कृति : सिटी लाइट्स)

  • इटालीको प्रतिष्ठित ‘इल मेलेतो दी गुइडो गोजानो’ साहित्य पुरस्कार अन्तर्गतको ‘ग्रान्ड जुरी प्राइस’ निरौलाकोे कविता ‘सिटी लाइट्स’ ले प्राप्त गरेको । 
  • सन् २०२६ मार्चमा आह्वान गरिएको विश्वव्यापी प्रतिस्पर्धाबाट छनोट । 

कवि रञ्जना निरौलालाई इटालीकाे 'ग्र्यान्ड जुरी प्राइस' | Nagarik News

१४. बेल्ट एन्ड रोड साहित्यिक सञ्जालको स्थापना कहिले गरिएको हो ?

➤ सन् २०२१ सेप्टेम्वर ७

 

१५. अन्तर्राष्ट्रिय ओजोन तह संरक्षण दिवस कहिले मनाइन्छ ? 

➤ सेप्टेम्बर १६ 

  • सन् २०२६ को नारा : ग्लोबल एक्सन फर अ कुलर प्लानेट ।

International Day for the Preservation of the Ozone Layer, 2026

१६. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?  

➤ असोज २ 

  • आदर्श वाक्य (वि.सं. २०८१-२०८५) : ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता  

National Education Day, 2083

प्रस्तुतकर्ता : टङ्क केसी   

Categories

  • Current Affairs 801
  • Gorkhapatra 345
  • Others 1189
  • Vacancy 1
  • Past Questions 148
  • Nepal Police 9

Latest Blogs

International Sign Language Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस, २०२६

  • Sep 23, 2026
  • 78
The number of countries with which Nepal has established diplomatic relations has reached 186
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८६ पुगेको

  • Sep 23, 2026
  • 116
Promoting Social Justice in Federalism: Thematic Q&A (20 October 2004, Wednesday)
Gorkhapatra

सङ्घीयतामा सामाजिक न्याय प्रवर्धन : विषयगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 31
Public Service Preparation Special: Objective Question and Answer (7 Asoj 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ असोज २०८३, बुधबार)

  • Sep 23, 2026
  • 136
Nepal and the Non-Aligned Movement (NAM)
Others

नेपाल र असंलग्न आन्दोलन (NAM)

  • Sep 22, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA