Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

व्यापार

  • Bikash Shrestha
  • October 31, 2025
  • 539

व्यापार

Trade

मालवस्तु वा सेवाको खरिद, बिक्री, विनिमय र ओसार–पसार गर्ने प्रणालीलाई नै व्यापार भनिन्छ । नेपालमा लामो समयदेखि वस्तु तथा सेवाको आयात उच्च र निर्यात न्यून हुँदै आएको कारण देश व्यापार घाटाको अवस्थाबाट गुज्रिरहेको छ । नेपालको संविधानले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका क्षेत्रमा वैदेशिक पुँजी र प्रविधि लगानीलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गरेको छ । यद्यपि, निर्यातको तुलनामा आयातको आकार ठूलो रहेकोले व्यापार घाटा निरन्तर बढ्दो क्रममा छ। तर, विप्रेषण आम्दानीका कारण नेपालको शोधनान्तर स्थिति (Balance of Payment) अधिकांश वर्षहरूमा सकारात्मक रहेको देखिन्छ । हाल सरकार आयात प्रतिस्थापन र निर्यात वृद्धिका लागि दुईधारको रणनीति अपनाइरहेको छ । आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार, फागुनसम्म कुल वस्तु व्यापारमा निकासीको अंश १२.१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८.९ प्रतिशत मात्र थियो। गत वर्ष संकुचन भएको कुल वस्तु व्यापार यस आर्थिक वर्षमा बढेको छ । गत वर्ष निकासी ३ प्रतिशत र पैठारी १.२ प्रतिशतले घटेको थियो भने २०८१ को फागुनसम्म कुल वस्तु निकासी ५७.२ प्रतिशतले वृद्धि भई रु. १ खर्ब ५८ अर्ब १७ करोड पुगेको छ । २०८०/८१ मा यो निकासी ४ प्रतिशतले घटेको थियो ।

२०८१/८२ को फागुनसम्म भारत, चीन र अन्य मुलुकतर्फको निकासी क्रमशः

  • भारततर्फ ८२.५ प्रतिशत,

  • चीनतर्फ ८.८ प्रतिशत,

  • अन्य मुलुकतर्फ २.९ प्रतिशत ले बढेको छ।

त्यस्तै, सोही अवधिमा कुल वस्तु पैठारी ११.२ प्रतिशतले वृद्धि भई रु. ११ खर्ब ४५ अर्ब ५७ करोड पुगेको छ। गत वर्ष यो पैठारी २.७ प्रतिशतले घटेको थियो ।
२०८१/८२ को फागुनसम्म भारत, चीन र अन्य मुलुकबाट भएको पैठारी क्रमशः

  • भारतबाट ७.९ प्रतिशत,

  • चीनबाट १२.५ प्रतिशत,

  • अन्य मुलुकबाट २०.६ प्रतिशत ले बढेको छ।

नेपालको व्यापार क्षेत्रका मुख्य समस्या र चुनौतीहरू यसप्रकार छन्—

  • उच्च व्यापार घाटा,

  • कृषि तथा औद्योगिक उत्पादन न्यून हुनु,

  • स्वदेशी वस्तुको उत्पादनमा वृद्धि नहुनु,

  • निर्यात प्रवर्द्धनका लागि वस्तु तथा देशगत विविधीकरण गर्न नसक्नु,

  • खुला सिमानाका कारण चोरी निकासी–पैठारी नियन्त्रणमा कमजोरी,

  • सेवा व्यापारमा अपेक्षित वृद्धि नहुनु,

  • औद्योगिक पूर्वाधारको अपर्याप्त विकास।

यी समस्या समाधानका लागि, लगानीको वातावरण सुधार,

  • भारतसँग थप बन्दरगाह प्रयोगसम्बन्धी सम्झौता,

  • चीनसँग पारवहन सम्झौता,

  • कृषि तथा औद्योगिक उत्पादनमा वृद्धि,

  • छिमेकी तथा अन्य विकसित मुलुकहरूमा निर्यात वृद्धि,
    यी माध्यमबाट देशको अर्थतन्त्रलाई मजबुत बनाउन सकिन्छ।

नेपालमा जलविद्युत उत्पादन र निर्यात, कृषि, वनपैदावार र खनिज पदार्थमा आधारित वस्तुहरूको स्वदेशी उत्पादन, वैदेशिक रोजगारमा जाने कामदारको सीप अभिवृद्धि, ऊर्जा, पर्यटन, खनिज र उद्योगमा स्वदेशी तथा वैदेशिक लगानी, यी सबैले विदेशी मुद्रा सञ्चिति बढाएर व्यापार क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारस्तम्भका रूपमा विकास गर्न सक्ने सम्भावना रहेका छन् ।

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 55
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 65
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 57
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 106
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA