अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस, २०२६
- प्रत्येक वर्षको अक्टोबर २३ का दिन विश्वभर अन्तर्राष्ट्रिय हिउँ चितुवा (International Snow Leopard) दिवस मनाइन्छ,
- दिवसको सुरुवात: सन् २०१३ अक्टोबर २३ मा कीर्गिस्तानको विष्केकमा भएको प्रथम विश्व हिउँ चितुवा मञ्चले पारित गरेको 'विष्केक घोषणापत्र २०१३ (Bishkek Declaration, 2013)' बमोजिम सन् २०१४ देखि यो दिवस मनाउन थालिएको,
- संयुक्त राष्ट्रसंघ (UN) को मान्यता: संयुक्त राष्ट्रसंघ महासभाले सन् २०२४ मा प्रस्ताव पारित गर्दै अक्टोबर २३ लाई आधिकारिक रूपमा 'अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस' घोषणा गरेको,
- सन् २०२६ को अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस कतिऔं संस्करण हो?: १३ औँ संस्करण
- सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Conservation of Snow Leopard, the Protector of High Himalayan Ecosystem"
- हिउँ चितुवाको उपनाम: 'हिमालको भूत (Ghosts of the mountains)'— स्थानीय मानिसहरूले दुर्लभ र विरलै देखिने भएकाले
- हिउँ चितुवाको वैज्ञानिक नाम: Panthera uncia
- CITES को सूची: सन् १९७५ देखि हिउँ चितुवालाई 'CITES' को अनुसूची-१ (Appendix I) मा सूचीकृत गरिएको,
- CMS को सूची: सन् १९८६ देखि 'बसाइँ सर्ने वन्यजन्तुको संरक्षणसम्बन्धी महासन्धि' (CMS) को अनुसूची-१ मा समावेश गरिएको,
- IUCN Red List को स्थिति: सन् २०१७ मा IUCN ले हिउँ चितुवालाई "असुरक्षित (Vulnerable)" श्रेणीमा वर्गीकृत गरेको,
- बिश्केक घोषणापत्र (Bishkek Declaration): सन् २०१७ मा १२ वटा हिउँ चितुवा पाइने देशहरूले "Snow leopards and mountain care: our ecological future" शीर्षकमा बिश्केक घोषणापत्रमा हस्ताक्षर गरेका,
- समरकन्द प्रस्ताव (Samarkand Resolution): सन् २०२४ मा ग्लोबल स्नो लेपर्ड एण्ड इकोसिस्टम प्रोटेक्सन प्रोग्रामको आठौँ स्टेयरिङ कमिटी बैठकले समरकन्द प्रस्ताव पारित गरेको,
- भारतको पहल: भारतले बहुराष्ट्रिय सहकार्यका लागि 'अन्तर्राष्ट्रिय ठूला बिरालो प्रजाति गठबन्धन (International Big Cat Alliance - IBCA)' को सिर्जना गरेको,
- नेपालमा हिउँचितुवाको संख्या: ३९७ वटा
- नेपालमा बासस्थान र क्षेत्र: नेपालको उच्च हिमाली क्षेत्रको ३०,५०० वर्ग किलोमिटर क्षेत्रफलमा हिउँचितुवाको बासस्थान फैलिएको,
- विश्वमा र नेपालमा प्रतिशत योगदान: विश्वको कुल २ प्रतिशत बासस्थान ओगटेको नेपालमा विश्वका कुल हिउँचितुवामध्ये १० प्रतिशत पाइन्छन्,
- विश्वभरको कुल संख्या: अनुमानित ४,००० देखि ७,००० को संख्यामा
- नेपालको संरक्षण कार्ययोजना: नेपालले 'हिउँ चितुवा संरक्षण कार्ययोजना २०२४-२०३०' र 'हिउँ चितुवा तथा पारिस्थितिकी प्रणाली व्यवस्थापन योजना २०१७-२०२६' लागू गरेको,
- हिउँचितुवा पाइने देशहरू: हिउँचितुवा नेपालसहित विश्वका १२ वटा देशहरू (नेपाल, अफगानिस्तान, भुटान, चीन, काजाकिस्तान, किर्गिस्तान, भारत, मंगोलिया, रूस, पाकिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान) मा मात्र पाइन्छ,