फिफा विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता: लियोनल मेसी
- सन् २०२६ जुन २२ मा अमेरिकाको डालस स्टेडियममा भएको फिफा विश्वकप २०२६ अन्तर्गत अस्ट्रिया विरुद्धको खेलमा व्यक्तिगत दोस्रो गोल (विश्वकप करियरको १८ औँ गोल) गर्दै मेसीले यो ऐतिहासिक कीर्तिमान रचेका,
- कीर्तिमान: फिफा पुरुष विश्वकप इतिहासमा सर्वाधिक गोल (All-Time Top Scorer)
- कुल गोल संख्या: १८ गोल (जुन २२, २०२६ को अस्ट्रिया विरुद्धको खेलपछि)
- पूर्व रेकर्ड: जर्मनीका मिरोस्लाभ क्लोजको नाममा १६ गोलको कीर्तिमान रहेको, (मेसीले २०२६ को अर्जेन्टिनाको उद्घाटन खेलमा अल्जेरिया विरुद्ध ह्याट्रिक गर्दै क्लोजको कीर्तिमान बराबरी गरेका थिए र जुन २२, २०२६ अस्ट्रिया विरुद्धको खेलमा पुर्व रेकोर्ड तोडेका,)
- मेसीको सम्बन्धित राष्ट्र: अर्जेन्टिना (कप्तान)
- मेसीद्वारा खेलिएको कुल विश्वकप संख्या: ६ वटा (सन् २००६ देखि २०२६ सम्म)
- मेसीद्वारा खेलिएको विश्वकपको कुल खेल संख्या: २८ खेल
मेसीका नाममा स्थापित अन्य विश्वकप कीर्तिमानहरू:
- लगातार ६ खेलमा गोल: मेसी विश्वकपका लगातार ६ खेलमा गोल गर्ने विश्वकै तेस्रो खेलाडी (यसअघि फ्रान्सका जस्ट फोन्टेनले १९५८ र ब्राजिलका जर्जिन्होले १९७० मा यो उपलब्धि हासिल गरेका,)
- सर्वाधिक विश्वकप सहभागिता: ६ वटा फिफा विश्वकप खेल्ने इतिहासकै पहिलो खेलाडी
- सर्वाधिक खेल: विश्वकप इतिहासमा सबैभन्दा बढी (२८ खेल) खेल्ने खेलाडी
- पाँच विश्वकपमा गोल: पाँच अलग-अलग विश्वकप संस्करण (२००६, २०१४, २०१८, २०२२, २०२६) मा गोल गर्ने कीर्तिमान