Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाली सामाजिक जीवन

  • Bikash Shrestha
  • November 04, 2025
  • 341

नेपाली सामाजिक जीवन

Social Life of Nepal

क्षेत्रफलका हिसाबले नेपाल विश्वको मध्यम आकारको देश हो, तर विविधताका हिसाबले अत्यन्त समृद्ध र रंगीन राष्ट्र हो । नेपालमा भौगोलिक, जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधता स्पष्ट रूपमा देख्न सकिन्छ। त्यसैले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देश हो । यहाँ क्षत्री, ब्राह्मण, मगर, थारू, तामाङ, नेवार, मुसलमान, कामी, यादव, राई, गुरुङ आदि जनजातिहरूका साथै करिब १४२ वटा जातजातिका मानिसहरू बसोबास गर्छन्। उनीहरूले आफ्ना–आफ्नै मातृभाषा बोल्छन् । नेपालमा करिब १० वटा धर्महरूका अनुयायीहरू छन् । हिन्दू धर्म मान्ने मानिसहरूले शिव, गणेश, विष्णु, दुर्गा आदिको पूजा गर्छन् र धेरैले मष्टोलाई आफ्नो कुलदेवता मान्दछन्। बौद्ध धर्मका अनुयायीहरूले भगवान् बुद्धको पूजा गर्छन् । इस्लाम धर्म मान्नेहरूले ईश्वरलाई ‘अल्लाह’ भन्दछन्। इसाई धर्म मान्नेहरू चर्चमा गएर येशू ख्रीष्टको प्रार्थना गर्दछन्। किराँत धर्मका अनुयायीहरूले पारुहाङ र सुम्निमालाई (सुङनिमा) पुज्दछन् । नेपाल सांस्कृतिक रूपमा अत्यन्त धनी देश हो। यहाँका बहुभाषी, बहुजातीय र बहुधार्मिक समुदायका मानिसहरूले आफ्ना भेषभूषा, परम्परा र संस्कृतिलाई जोगाइरहेका छन् । व्यक्तिबाट परिवार, परिवारबाट समाज र समाजबाट राष्ट्र बनेको हुन्छ । समाजमा विभिन्न धर्म, पेशा, जातजाति, भाषा, भेषभूषा, खानपान, रहनसहन, चाडपर्व र उत्सवहरू भएका मानिसहरू बसोबास गर्छन् । यसैले समाजमा राजनीतिक, धार्मिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, साहित्यिक, कलात्मक तथा मनोरञ्जनसम्बन्धी विभिन्न गतिविधिहरू भइरहेका हुन्छन् । यी सबै तत्वहरूले राष्ट्रको पहिचान र गौरव निर्माण गर्छन् ।

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1123
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

Asia
Others

एसिया महादेश

  • Jul 28, 2026
  • 52
World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 65
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 56
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 105
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA