दोस्रो संविधानसभा निर्वाचन, २०७०
दोस्रो संविधानसभा निर्वाचनको पृष्ठभूमि:
- प्रथम संविधान सभाको विघटनको मिति: वि.सं.२०६९ साल जेठ १४ गते (झन्डै चार वर्ष (२०६४-२०६९) सम्म प्रयास गर्दा पनि प्रथम संविधानसभाले नेपाली जनतालाई संविधान दिन सकेन र अन्त्यमा यो असफल भएर विघटन भएको,)
- त्यसपछि राजनीतिक दलहरूको सहमतिमा बहालवाला प्रधानन्यायाधीश (खिलराज रेग्मी) को नेतृत्वमा चुनावी सरकार गठन गरिएको र २०७० मंसिर ४ गते दोस्रो संविधानसभा निर्वाचन सम्पन्न भएको,
- यो निर्वाचन सफलतापूर्वक सम्पन्न भई जननिर्वाचित प्रतिनिधिमार्फत शासन सञ्चालन गर्ने जनमतलाई पुनः स्थापित गरेको,
- यस निर्वाचनको सबैभन्दा ठुलो सफलता भनेकै यसले गठन गरेको संविधानसभाले वि.सं.२०७२ साल असोज ३ गते (२० सेप्टेम्बर २०१५) "नेपालको संविधान" जारी गरेको,
निर्वाचनको सामान्य जानकारी:
- मतदानको मिति: वि.सं.२०७० साल मंसिर ४ गते
- कुल सदस्य सङ्ख्या: ६०१
- प्रत्यक्ष तर्फ (First-past-the-post (FPTP)): २४० सदस्य
- समानुपातिक तर्फ (Proportional Representation (PR): ३३५ सदस्य
- मन्त्रिपरिषद्बाट मनोनीत: २६ सदस्य
- निर्वाचन प्रणाली: मिश्रित निर्वाचन प्रणाली (प्रत्यक्ष र समानुपातिक)
मतदाता र सहभागिता तथ्याङ्क
- कुल मतदाता सङ्ख्या: १,२१,४७,८६५
- मतदान प्रतिशत: प्रत्यक्षतर्फ ७८.३४% र समानुपातिकतर्फ ७९.८२% मतदान भएको,
- लैङ्गिक विवरण: कुल मतदातामा महिलाको सङ्ख्या करिब ५९ लाख ८१ हजार र पुरुषको सङ्ख्या ६१ लाख ६६ हजार रहेको,
निर्वाचन व्यवस्थापन र नेतृत्व:
- निर्वाचन आयोगको नेतृत्व: नीलकण्ठ उप्रेती (प्रमुख निर्वाचन आयुक्त)
- अन्य आयुक्तहरू: दोलख बहादुर गुरुङ, डा. अयोधीप्रसाद यादव, डा. रामभक्त पी.बी. ठाकुर र इला शर्मा
- कर्मचारी परिचालन: मतदान कार्यका लागि २ लाख १७ हजार ४५६ कर्मचारी र स्वयंसेवकहरू परिचालन गरिएको,
राजनीतिक दल र उम्मेदवारहरू:
- सहभागी दल: निर्वाचनमा कुल १२२ वटा राजनीतिक दल सहभागी भएका,
- समानुपातिक उम्मेदवार: समानुपातिकतर्फ १०,७०९ जना उम्मेदवारहरूको अन्तिम बन्दसूची कायम गरिएको,
निर्वाचन परिणाम: राजनीतिक दलहरूको विस्तृत तालिका:
- यस निर्वाचनमा प्रत्यक्ष (FPTP) तर्फ १० वटा दल र २ स्वतन्त्र उम्मेदवार विजयी भएका थिए भने समानुपातिक (PR) तर्फ ३० वटा दलले सिट प्राप्त गरेका,
|
क्र.सं.
|
राजनीतिक दलको नाम
|
प्रत्यक्ष (FPTP) सिट
|
समानुपातिक (PR) सिट
|
जम्मा निर्वाचित सिट
|
|---|---|---|---|---|
|
१
|
नेपाली कांग्रेस
|
१०५
|
९१
|
१९६
|
|
२
|
नेपाल कम्युनिस्ट पार्टी (एमाले)
|
९१
|
८४
|
१७५
|
|
३
|
एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)
|
२६
|
५४
|
८०
|
|
४
|
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
|
०
|
२४
|
२४
|
|
५
|
मधेसी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)
|
४
|
१०
|
१४
|
|
६
|
राष्ट्रिय प्रजातन्त्र पार्टी
|
३
|
१०
|
१३
|
|
७
|
तराई-मधेस लोकतान्त्रिक पार्टी
|
४
|
७
|
११
|
|
८
|
मधेसी जनअधिकार फोरम, नेपाल
|
२
|
८
|
१०
|
|
९
|
सद्भावना पार्टी
|
१
|
६
|
७
|
|
१०
|
नेपाल कम्युनिस्ट पार्टी (माले)
|
०
|
५
|
५
|
|
११
|
संघीय समाजवादी पार्टी, नेपाल
|
०
|
५
|
५
|
|
१२
|
नेपाल मजदुर किसान पार्टी
|
१
|
३
|
४
|
|
१३
|
राष्ट्रिय जनमोर्चा
|
०
|
३
|
३
|
|
१४
|
नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)
|
०
|
३
|
३
|
|
१५
|
तराई मधेस सद्भावना पार्टी नेपाल
|
१
|
२
|
३
|
|
१६
|
राष्ट्रिय जनमुक्ति पार्टी
|
०
|
२
|
२
|
|
१७
|
नेपाल परिवार दल
|
०
|
२
|
२
|
|
१८
|
थरुहट तराई पार्टी नेपाल
|
०
|
२
|
२
|
|
१९
|
अन्य साना दलहरू (१२ वटा दल - १/१ सिट)
|
०
|
१२
|
१२
|
|
२०
|
स्वतन्त्र
|
२
|
-
|
२
|
|
जम्मा निर्वाचित सिट
|
२४०
|
३३५
|
५७५
|
द्रष्टव्य: बाँकी २६ सदस्यहरू राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत हुने व्यवस्था,
- नेपाली कांग्रेस प्रत्यक्षतर्फ १०५ र समानुपातिकतर्फ ९१ गरी कुल १९६ निर्वाचित सिटसहित सबैभन्दा ठुलो दल बनेको,
- मतदाता तथ्याङ्क: कुल मतदाता सङ्ख्या १,२१,४७,८६५ रहेको (मतदानमा प्रत्यक्षतर्फ ७८.३४% र समानुपातिकतर्फ ७९.८२% सहभागिता रहेको,)
समावेशिता र महिला प्रतिनिधित्व:
- महिला प्रतिनिधित्व: समानुपातिक सूचीमा ५०% महिला उम्मेदवार हुनुपर्ने अनिवार्य व्यवस्था,
- समानुपातिक कोटा: समानुपातिक प्रणालीमा मधेसी (३१.२%), दलित (१३%), जनजाति (३७.८%), पिछडिएको क्षेत्र (४%) र अन्य (३०.२%) को प्रतिनिधित्व सुनिश्चित गरिएको,
- प्रत्यक्षतर्फ महिला: प्रत्यक्ष निर्वाचन प्रणालीबाट १० जना महिला निर्वाचित भएका,
विशेष विशेषताहरू:
- यस निर्वाचनमा पहिलो पटक फोटोसहितको मतदाता परिचयपत्र अनिवार्य गरिएको,
- यस निर्वाचनका क्रममा भएका उपनिर्वाचनहरूमा काठमाडौँ-२, चितवन-४, बर्दिया-१ र कैलाली-६ मा विद्युतीय मतदान उपकरण प्रयोग गरिएको,
- अन्तर्राष्ट्रिय पर्यवेक्षण: कार्टर सेन्टर, युरोपियन युनियन, एशियन नेटवर्क फर फ्री इलेक्सन (ANFREL) लगायतका संस्थाले निर्वाचनको पर्यवेक्षण गरेका,
निर्वाचन खर्च
- निर्वाचनका लागि NCAE र ONCAE दुईवटा आयोजनामार्फत बजेट व्यवस्थापन गरिएको,
- निर्वाचन आयोग र मातहतका कार्यालयहरूबाट भएको कुल खर्च करिब ३ अर्ब ६ करोड ८३ लाख रुपैयाँ रहेको,
- यस निर्वाचनमा भारत सरकारले ८८ वटा सवारी साधन र चीन सरकारले विभिन्न १६ प्रकारका चुनावी सामग्री सहयोग गरेका,