Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राणाकालीन अड्डा र तिनका कामहरू

  • Ajnabee Khadka
  • December 19, 2025
  • 2433

राणाकालीन अड्डा र तिनका कामहरू

Rana-era addas and their functions
अड्डा काम
खड्ग निशाना अड्डा

राणाकालीन प्रशासनमा सबैभन्दा शक्तिशाली र सर्वोच्च निकाय (Prime Minister's Office),

विन्तीपत्र निक्सारी अड्डा

राणाकालीन प्रशासनको सर्वोच्च न्यायिक निकाय,

मुलुकी अड्डा सामान्य प्रशासन र गृह
कौशल ऐन बनाउने, संशोधन गर्ने व्यवस्थापिका
ऐन खाना ऐन कानून तर्जुमा गर्ने
धर्म कचहरी भ्रष्टाचार गर्ने, कानून उल्लंघन गर्नेको विरुद्ध कारबाही गर्ने
इलाइची कोठी भारतको पटनामा नेपालको वाणिज्य दूतावासको काम गर्ने
चपरासी अड्डा सडक निर्माणमा कैदीहरूलाई लगाउने
जंगी अड्डा सेनासम्बन्धी प्रशासन
मुलुकी खाना राज्यको ढुकुटी
कौशी तोषाखाना सरकारी कामको लागि रकम जम्मा गर्ने अड्डा
भण्डार खाल ढुकुटी संकटकालका लागि रकम जम्मा हुने ढुकुटी
कुमारी चोक लेखा राखी परीक्षण गर्ने
मुन्सी खाना परराष्ट्रसम्बन्धी कार्य गर्ने
किताब खाना प्रधानमन्त्रीलगायत निजामती, जंगी कर्मचारीको रेकर्ड राख्ने
शहर सफाई स्वास्थ्यसम्बन्धी काम गर्ने
सराफखाना रुपैयाँ साट्ने व्यवस्था गर्ने
तेजारथ अड्डा कर्मचारीलाई ऋण दिने
राजबन्धकी सरकारी ऋण दिने
मोठ तहबिल विर्तावालसँग मालपोत असुल्ने
पास जाँच अड्डा नयाँ सेना भर्ना गर्ने
तोपखाना हातहतियार राख्ने
तबेला दलान भ्रष्टाचार निवारण गर्ने
हुलाक हुलाकसम्बन्धी काम गर्ने
हाजिरी गोश्वारा कर्मचारीहरूको हाजिरी लिने र तिनीहरूको कार्य क्षमतावारे प्रतिवेदन दिने
गुठी कचहरी गुठी जग्गाको व्यवस्था गर्ने
जफतीक अड्डा सरकारद्वारा हरण गरिएको सम्पत्तिको व्यवस्था गर्ने
टक्सार टक्सारको व्यवस्था गर्ने
थाना कचहरी प्रहरीको व्यवस्था गर्ने
मुलुक बन्दोबस्त काजी हाकिम रहने अड्डा
कमाण्डरी किताबखाना हालको निजामती किताबखानाको काम
हुलाक गोश्वारा हुलाकको काम
पानी गोश्वारा काठमाडौंमा पानी आपूर्ति गर्ने काम
बिजुली गोश्वारा बिजुली काम गर्ने
गोठ गोश्वारा राजा, प्रधानमन्त्रीलाई दूध, घिउ आपूर्ति गर्ने
सेन्सस गोश्वारा मान्छे, पशुको रेकर्ड राख्ने
पीपा गोश्वारा कुलीहरूको कार्यालय
दफतरखाना तलबको सट्टा कर्मचारीलाई दिएको जग्गाको लागत राख्ने
फरास खाना शिकार तथा राजपरिवार र राणाको विवाहमा सामानको व्यवस्था गर्ने
वनस्पति गोश्वारा जडीबुटीको विकास गर्न पद्म शमशेरले वि.सं. २००२ मा स्थापना गरेको अड्डा
स्कूल गोश्वारा डाइरेक्टर जनरल मातहत, स्कूलको प्रबन्ध गर्ने
रजिष्ट्रेशन एण्ड पोत अड्डा हालको मालपोतको काम गर्ने
सिंहदरवार फर्मायसी अड्डा अतिथि सत्कार विभागको काम
सिंहदरवार जिन्सी अड्डा सिंहदरवार र प्रधानमन्त्रीलाई चाहिने सामान झिकाउने
निजामती बाँकी तलब अड्डा निजामतीलाई तलब बाँड्ने अड्डा
जंगी बाँकी तलब अड्डा जंगीलाई तलब बाँड्ने अड्डा
अस्त्र खाना हातहतियार भण्डार व्यवस्था
गोश्वारा तहबिल केन्द्रीय तथ्यांक कार्यालय
समरजङ्ग कम्पनी जुद्ध शमशेरको पालामा केन्द्रीय सडक निर्माण विभागको काम गर्ने अड्डा
नेपाल हात्तीसार गोश्वारा सवारीमा हात्तीको व्यवस्था गर्ने
टिकट अड्डा टिकट दर्ता, फारम छाप्ने
तिर्जा अड्डा तिर्जा दिने
टक्सार अड्डा टकमो काम गर्ने
घरेलु अड्डा घरेलु उद्योगको विकास गर्ने
लगत अड्डा कुमारी चोक मातहतको सामानको सूची, मूल्य राख्ने
नगदी अड्डा प्रधानमन्त्रीको आम्दानी जम्मा गर्ने
कडेल चोक राणाकालमा सरकारी गरगहना (श्रीपेच) आदि बनाउने
छे भण्डेल नयाँ भवन, मन्दिर बनाउने र पुरानो भवन मन्दिरको मर्मत गर्ने
दर्शनभेट तहसिल सरकारी कर्मचारीहरूको तलबबाट केही प्रतिशत कट्टी गरी राजाको खर्चको लागि आवश्यक रकम व्यवस्था गर्ने

 

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 26
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 38
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 92
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 112
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 60
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA