Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१० भदौ २०८३, बुधबार)

  • Ajnabee Khadka
  • August 26, 2026
  • 71

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१० भदौ २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (10 Bhadra 2083, Wednesday)

१. राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको कार्यान्वयन र अनुगमनलाई प्रभावकारी बनाउन मन्त्रालयले कुन एकाइ स्थापना गर्ने भएको छ ?

➤ सेतु एकाइ (सिँचाइ कार्यान्वयन तथा अनुगमन एकाइ)

  • आयोजनास्थल र मन्त्रालयबिच समन्वय गर्न सेतु एकाइ स्थापना गरिने साथै प्रमुख निर्माण स्थलमा सिसिटिभी जडान गरेर एकीकृत ड्यासबोर्डमार्फत मन्त्रालयबाटै प्रत्यक्ष निगरानी गरिने जनाइएको ।
  • सरकारले समयसीमा पुनरवलोकन गर्दै राष्ट्रिय गौरवका अधिकांश सिँचाइ आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य अघि सारेको ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भेरीबबई बहुउद्देश्यीय, बबई र सिक्टा सिँचाइ आयोजनालाई आगामी तीन सुक्खा मौसमभित्र सम्पन्न गर्ने गरी काम अघि बढाउन निर्देशन दिएका ।

  • सिक्टा सिँचाइ आयोजनामा ‘डिस्पर्सिभ स्वाइल’ (घुलनशील माटो) को प्राविधिक समस्या र महाकाली सिँचाइ आयोजनामा जग्गा प्राप्ति तथा भारतबाट प्राप्त हुने पानीको अनिश्चित प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

 

२. हेमबहादुर मल्ल सम्मान २०८२ बाट सम्मानित हुने व्यक्तित्व को हुनुहुन्छ ? 

➤ रामेश्वरप्रसाद खनाल (पूर्वसचिव तथा पूर्वअर्थमन्त्री)

  • वि.सं. २०८१ को हेमबहादुर मल्ल सम्मान डा. रामकण्ठ माकाजू श्रेष्ठलाई प्रदान गरिएको । 
  • नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा सार्वजनिक प्रशासन, व्यवस्थापन र स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने दुई व्यक्तित्वलाई सो सम्मान प्रदान गर्ने निर्णय गरिएको ।
  • धुलिखेल अस्पतालको स्थापना तथा स्वास्थ्य क्षेत्रमा दिएको योगदानस्वरूप डा. रामकण्ठ माकाजूलाई र सार्वजनिक प्रशासन तथा सेवाको अभिवृद्धिमा पु¥याएको योगदानस्वरूप पूर्वसचिव रामेश्वरप्रसाद खनाललाई यो सम्मान दिइएको। 
  • पुरस्कार राशि : जनही दुई लाख रुपियाँ ।
  • साल्ट ट्रेडिङ कर्पोरेसनका तत्कालीन व्यवस्थापक हेमबहादुर मल्लको स्मृतिमा वि.सं. २०६० सालदेखि यो सम्मान प्रदान गर्न थालिएको । 

३. हालसालै सफल परीक्षण उडान गरेको ब्याट्रीबाट सञ्चालित विश्वकै सबैभन्दा ठुलो विद्युतीय विमान कुन हो ? 

➤ ‘एक्सवान’ 

  • स्विडेनी मूलको अमेरिकी कम्पनी ‘हार्ट एरोस्पेस’ ले निर्माण गरेको विश्वकै ठुलो विद्युतीय विमान ‘एक्सवान’ ले न्युयोर्कको आकाशमा २७ मिनेट लामो सफल परीक्षण उडान गरेको ।
  • उडानका क्रममा विमानले एक मेगावाटभन्दा बढी विद्युतीय ऊर्जा खपत गरेको थियो, उडानको लागत जम्मा पाँच अमेरिकी डलर मात्र परेको कम्पनीले जनाएको ।
  • ३० सिट क्षमताको व्यावसायिक विमानको आकारमा निर्माण गरिएको यसको तौल करिब ११ हजार ३४० किलो, पखेटाको लम्बाइ १०६ फिट र कुल लम्बाइ ७६ फिट रहेको छ । परीक्षणका क्रममा यसले एक हजार एक सय फिटको उचाइ तय गरेको थियो ।
  • व्यावसायिक लक्ष्य:  यो विमान सिधै व्यावसायिक सेवामा जाने छैन । कम्पनीले सन् २०३१ सम्ममा बजारमा ल्याउने तयारी गरेको । 
  • परम्परागत विमानको तुलनामा यो हाइब्रिड विमान सञ्चालन गर्न ४० प्रतिशत सस्तो पर्ने जनाइएको । 
  • उडान दुरी (रेन्ज) : यो विमान ब्याट्रीको ऊर्जाबाट मात्र करिब १२५ माइलसम्म उड्न सक्ने छ भने हाइब्रिड इन्जिन (रेन्ज एक्सटेन्डर) को सहयोगमा यसको क्षमता पाँच सय माइलसम्म पुग्ने छ ।

World's Largest Electrical Plane Flies on Battery Power for 27 Minutes |  Extremetech

४. प्रोफेसनल मिक्स मार्सल आर्ट्स (एमएमए) मा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी को हुन् ? 

➤  सुस्मिता थापामगर

  • उनले भारतको बैङ्लुरुमा आयोजित ‘रोनिन एफसी ३’ प्रतियोगितामा आफ्नो डेब्यु खेल खेल्दै भारतकी सालु शर्मालाई पराजित गरेकी ।
  • गण्डकी प्रदेशकी फाइटर सुस्मिताले यसअघि तेक्वान्दो, किकबक्सिङ र मुवाथाई जस्ता खेलमा आफ्नो क्षमता प्रदर्शन गरिसकेकी ।

सुस्मिता बनिन् प्रोफेसनल एमएमएमा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी –  Online Khabar

५. ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा पुरस्कार’ बाट कसलाई पुरस्कृत गरियो ? 

➤ लघुकथाकार अल्पविराम पोखरेली (विष्णुकुमार श्रेष्ठ)

 

६. काठमाडौँ उपत्यकाका सबै स्थानीय तहमा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कहिलेदेखि लागु हुने व्यवस्था गरिएको छ ? 

➤ वि.सं. २०८३ मङ्सिर १ देखि (राजपत्रमा सूचना प्रकाशित गरी)

  • दुई दशकअघि बनेको ‘पशुवधशाला र मासु जाँच ऐन, २०५५’ लाई नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी देशभर चरणबद्ध रूपमा लागु गर्ने घोषणा गरेको ।
  • यो ऐन काठमाडौँ उपत्यकामा २०८३ मङ्सिर १ देखि देशका सबै महानगर, उपमहानगर र नगरपालिकामा माघ १ देखि र गाउँपालिकामा २०८४ साउन १ देखि लागु हुने छ ।
  • ऐनले पशुवध गर्नुअघि र पछि अनिवार्य प्राविधिक स्वास्थ्य परीक्षण गर्नुपर्ने, तोकिएको व्यवस्थित वधशालामा मात्र पशुवध गर्नुपर्ने र मासु निरीक्षकले स्वीकृत गरेपछि मात्र बिव्रmीवितरण गर्न पाइने व्यवस्था गरेको छ ।
  • खुला स्थानमा गरिने परम्परागत पशुवधलाई निरुत्साहित गर्दै रोगी, सङ्क्रमित वा कालगतिले मरेका पशुको मासु बिव्रmीमा कडा रोक लगाइएको छ । यसले मानिसमा सर्ने गम्भीर जीवाणुजन्य तथा भाइरसजन्य रोगको जोखिमलाई न्यूनीकरण गर्ने विश्वास गरिएको ।

 

७. कालीकोट जिल्लामा निर्माण हुन लागेको तिला-२ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ? 

➤ ४२० मेगावाट

  • कुल ७० अर्ब सात करोड रुपियाँ लागत अनुमान गरिएको यस आयोजनामा ७५ प्रतिशत (५२ अर्ब ५५ करोड) बैङ्कहरूको ऋण र २५ प्रतिशत (१७ अर्ब ५२ करोड) प्रवर्धक (ऊर्जा तिला पावर कम्पनी प्रालि) को स्वपुँजी रहने छ । यसमध्ये २० प्रतिशत सेयर स्थानीय र सर्वसाधारणलाई छुट्याइने छ।
  • दैनिक ६ घण्टासम्म पूर्ण क्षमतामा चलाउन सकिने (पिकिङ) यस आयोजनाको बाँध तिलागुफा नगरपालिकामा र विद्युत्गृह खाँडाचव्रm नगरपालिकामा निर्माण गरिने । निर्माण सुरु भएको चार वर्षभित्र विद्युत् उत्पादन थाल्ने लक्ष्य राखिएको ।
  • यस आयोजनाले २०७५ सालमै उत्पादन अनुमतिपत्र र २०८१ कात्तिक ७ मा विद्युत् प्राधिकरणसँग खरिदबिक्री सम्झौता (पिपिए) गरिसकेको । 

८.  राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ? 

➤ भदौ ३ गते

  • सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा भदौ ३ गतेका दिन यो दिवस मनाउने गरिएको । 
  • वि.सं. २०६४ साउन ५ गते संसद्बाट पारित भएको यो कानुन ३० दिनपछि अर्थात् २०६४ भदौ ३ गतेदेखि लागु भएको ।
  • नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने अधिकारलाई मौलिक हकका रूपमा व्यवस्थित गरेको ।

National Information Day

९. “हामीले जीवनबाट सिक्न सक्ने महìवपूर्ण पाठ भनेको संसारमा दुःख छ भनेर बुझ्नु होइन बरु हरेक दुःखलाई सुखमा बदल्न सकिन्छ भन्ने बुझ्नु हो ।” यस भनाइका विचारक को हुन् ?  

➤ रवीन्द्रनाथ टैगोर 

 

१०. ‘मिस एन्ड मिसेस ब्युटिफुल नेपाल’ प्रतियोगितामा ‘मिसेस नेपाल’ को मुख्य उपाधि कसले जितिन् ? 

➤ रिता तामाङ

  • पेसाले ब्युटिसियन रहेकी तामाङले मुख्य उपाधिसँगै ‘मिसेस फोटोजेनिक’, ‘मिसेस ट्यालेन्ट’ र ‘मिसेस बेस्ट वाक’ गरी थप तीन वटा विधामा समेत उपाधि हात पारेकी ।

 

११. गुल्मीको धुर्कोट गाउँपालिकामा ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी निर्माण गरिएको पर्यटकीय पदमार्गलाई के नाम दिइएको छ ? 

➤ धुर्कोट ग्रेटवाल

  • गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी करिब एक किलोमिटर लामो ‘धुर्कोट ग्रेटवाल’ निर्माण गरेको ।
  • यस संरचनाबाट माछापुच्छ्रे, अन्नपूर्ण र धवलागिरिलगायतका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने । 
  • ग्रेटवाल क्षेत्रलाई आकर्षक र हराभरा बनाउन विभिन्न प्रजातिका दुई हजारभन्दा बढी बिरुवा रोपिएको छ र यसको संरक्षणका लागि हेरालुको व्यवस्थासमेत गरिएको ।

धुर्कोट ग्रेटवाल' : पर्यटकीय आकर्षण बढाउँदै एक किलोमिटर लामो पदमार्ग –  सेतोप्रेस – डिजिटल अनलाइन समाचार पत्र –

१२. नेपाल भलिबल लिग (एनभिएल) को पहिलो संस्करणका लागि तय गरिएको मिति कुन हो ? 

➤ वि.सं. २०८३ भदौ १९-२७ गते (सन् २०२६ सेप्टेम्बर ४-१२) 

नेपाल भलिबल लिगको ट्रफी सार्वजनिक « Khabarhub

१३. नेपाल सरकारले हालै नेपाल राष्ट्र बैङ्कको रिक्त डेपुटी गभर्नर पदमा कसलाई नियुक्त गरेको छ ? 

➤ दीर्घ रावल (वि.सं. २०८३ भदौ ३)

  • मन्त्रीपरिषद् बैठकले नेपाल राष्ट्र बैङ्कको बैङ्क सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घ रावललाई आगामी ५ वर्षका लागि डेपुटी गभर्नर पदमा नियुक्त गरेको ।
  • यसअघि वि.सं. २०८२ चैत २४ मा किरण पण्डितलाई पाँचबर्से कार्यकालका लागि अर्को डेपुटी गभर्नर पदमा नियुक्त गरिएको थियो । 
  • नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ अनुसार केन्द्रीय बैङ्कमा दुई जना डेपुटी गभर्नर रहने व्यवस्था छ । यसअघिका डेपुटी गभर्नरहरू बमबहादुर मिश्र र नीलम ढुङ्गानाको पदावधि सकिएपछि रिक्त भएका दुवै पद अब 
  • पूर्ण भएका छन् ।
  • नेपाल राष्ट्र बैङ्कको नियमानुसार गभर्नरको अनुपस्थितिमा वरिष्ठ डेपुटी गभर्नरले गभर्नरको कामकाज समाल्ने व्यवस्था छ ।

Dirgha Rawal appointed as second deputy governor of Nepal Rastra Bank

१४. विश्व फोटोग्राफी दिवस कहिले मनाइन्छ ? 

➤ अगस्त १९ 

  • फोटोग्राफीमा रुचि राख्नेलाई प्रोत्साहन गर्न र व्यावसायिक रूपमा यस क्षेत्रमा आबद्ध व्यक्तिको सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने । विश्वभर १८५ औँ फोटोग्राफी दिवस मनाइरहँदा, नेपालमा भने सन् २०१० देखि मात्रै औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको ।

World Photography Day, 2026

१५. ‘गुरही’ पर्व कुन समुदायमा प्रचलित पर्व हो ? 

➤ थारू 

  • आदिवासी थारू समुदाय (विशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) ले नागपञ्चमीको साँझ सामूहिक रूपमा ‘गुरही’ पर्व मनाउँछन् । यस पर्वलाई खेतीपाती, प्रकृति र सामुदायिक एकताको पर्वका रूपमा लिइन्छ ।
  • रङ्गीचङ्गी कपडाबाट किराको प्रतीकका रूपमा ‘गुरही’ बनाइन्छ र गाउँको दक्षिणतिरको सार्वजनिक चौबाटोमा साँझपख यसलाई सामूहिक रूपमा अस्राउने (बिसर्जन गर्ने) गरिन्छ । यस कार्यमा अविवाहित बालबालिकाको मुख्य भूमिका रहन्छ । बालिकाले बिसर्जन गर्ने र बालकले सोंटाले हानेर धपाउने  चलन छ ।
  • ‘गुरही’लाई भगाएपछि भदौमा हराभरा हुने, धानबालीमा लाग्ने किराफट्याङ्ग्रा र रोगव्याधि नष्ट हुने जनविश्वास रहेको छ । धानबालीका लागि आवश्यक पानी नपरेमा इन्द्र भगवान्सँग पर्याप्त वर्षाका लागि बिन्ती गर्ने आस्था पनि यसै पर्वसँग जोडिएको छ । पर्वमा चना वा मकैबाट बनाइने ‘भुङ्ग्री’ नामक मौलिक प्रसाद ग्रहण गरिन्छ । गुरुवाले चोखो जल र मदले छाँकीबुँदी दिएर पूजा सम्पन्न गर्ने चलन छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 759
  • Gorkhapatra 337
  • Others 1153
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Hem Bahadur Malla Award, 2081 and 2082
Current Affairs

हेमबहादुर मल्ल सम्मान, २०८१ र २०८२

  • Aug 26, 2026
  • 39
Delegation of Rule-Making Authority: Thematic Q&A (Wednesday, 10 Bhadra 2083)
Gorkhapatra

नियम बनाउने अधिकार प्रत्यायोजन: विषयगत प्रश्नोत्तर (१० भदौ २०८३, बुधबार)

  • Aug 26, 2026
  • 9
Public Service Preparation Special: Objective Questions and Answers (10 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१० भदौ २०८३, बुधबार)

  • Aug 26, 2026
  • 70
Questions Asked by the Public Service Commission on the Universe
Past Questions

वि.सं. २०८३ भदौसम्म लोकसेवाले सोधका ब्रह्माण्ड सम्बन्धी प्रश्नहरू

  • Aug 25, 2026
  • 34
Karnali Province, Health Assistant, Fifth Level, Internal, 2083/05/06
Past Questions

कर्णाली प्रदेश, हेल्थ असिस्टेन्ट, पाँचौं तह, आन्तरिक, २०८३/०५/०६

  • Aug 24, 2026
  • 81
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA