लुम्बिनी प्रदेश, शिक्षा अधिकृत, सातौँ तह, २०८३/०६/०६
1. अवशिष्ट अधिकार भन्नाले देहायकामध्ये कुन अधिकारलाई जनाउँछ?
A) संघीय सरकारले प्रयोग गर्ने गरी तोकिएको अधिकार
B) प्रदेश सरकारले प्रयोग गर्ने गरी तोकिएको अधिकार
C) स्थानीय तहले प्रयोग गर्ने गरी तोकिएको अधिकार
D) कसले प्रयोग गर्ने भनी नतोकिएको अधिकार ✓
2. सरकारी सेवाको गठनसम्बन्धी व्यवस्था नेपालको संविधानको कति धारामा रहेको छ?
A) धारा ५८
B) धारा २३२
C) धारा २३४
D) धारा २८५ ✓
3. लुम्बिनी प्रदेशको प्रदेश निजामती सेवा ऐन, २०८० कुन मितिदेखि लागू भएको हो?
A) २०८० चैत्र २०
B) २०८० चैत्र १० ✓
C) २०८० फागुन २०
D) २०८० मंसिर २१
4. सार्वजनिक खरीद ऐन, २०६३ र यसको नियमावली (संशोधन सहित) बमोजिम सार्वजनिक निकायले तोकिएको सीमाभन्दा बढीको मालसामान, निर्माण कार्य वा सेवा खरीद गर्दा अधिकतम पारदर्शी र प्रतिस्पर्धी सुनिश्चित गर्न कुन विधिलाई मुख्य र मानक (Standard) विधिको रुपमा प्रयोग गर्नुपर्ने कानूनी व्यवस्था छ?
A) सोझै खरीद
B) सिलबन्दी दरभाउपत्र
C) खुला प्रतिस्पर्धात्मक बोलपत्र ✓
D) सीमित बोलपत्र
5. लुम्बिनी प्रदेशको ११ औं तहको पदमा बढुवा सिफारिस गर्ने समितिको अध्यक्ष को रहने व्यवस्था रहेको छ?
A) प्रदेश लोक सेवा आयोगको अध्यक्ष
B) लोक सेवा आयोगको सदस्य ✓
C) प्रमुख सचिव
D) प्रदेश लोक सेवा आयोगले तोकेको व्यक्ति
6. अर्थ मन्त्रीले प्रत्येक वर्षको जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा राजस्व र व्ययको अनुमान पेश गर्ने व्यवस्था कुन कानुनबाट निर्देशित भएको छ?
A) नेपालको संविधान ✓
B) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६
C) अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
D) राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
7. सुशासन शब्द पहिलोपटक तलकामध्ये कुन संस्थाबाट प्रचलनमा ल्याइएको हो?
A) संयुक्त राष्ट्र संघ ✓
B) युरोपियन युनियन
C) संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम
D) विश्व बैंक
8. लुम्बिनी प्रदेश निजामती सेवा ऐन, २०८० बमोजिम प्रदेश निजामती सेवा अन्तर्गत देहायकामध्ये कुन सेवालाई समावेश गरिएको छैन?
A) कृषि सेवा
B) प्रशासन सेवा
C) शिक्षा सेवा
D) विविध सेवा ✓
9. जिल्ला शिक्षा समितिको अध्यक्षका रुपमा को रहने व्यवस्था छ?
A) जिल्ला समन्वय समितिको प्रमुख ✓
B) प्रमुख जिल्ला अधिकारी
C) जिल्ला शिक्षा कार्यालयको प्रमुख
D) स्थानीय तहको प्रमुख
10. शिक्षा ऐन, २०२८ (संशोधन सहित) को कानूनी व्यवस्था बमोजिम नेपालको सामुदायिक विद्यालयमा गठन गरिने विद्यालय व्यवस्थापन समिति (SMC) को अध्यक्ष र सदस्यको पदावधि कति वर्षको हुने व्यवस्था छ?
A) २ वर्ष
B) ३ वर्ष ✓
C) ४ वर्ष
D) ५ वर्ष
11. विश्वविद्यालय ऐन, २०७८ (लुम्बिनी प्रदेश) ले तोकेबमोजिम विश्वविद्यालय स्थापना गर्न पहाडी र हिमाली जिल्लामा कति जग्गा आवश्यक पर्दछ?
A) कम्तीमा १२२० रोपनी
B) कम्तीमा १००० रोपनी
C) कम्तीमा ५०० रोपनी ✓
D) कम्तीमा ३०० रोपनी
12. आ.व. २०८३/०८४ को बजेट वक्तव्यमा कुल बजेटको कति प्रतिशत "वित्तीय व्यवस्था" तर्फ विनियोजन भएको छ?
A) १९.९%
B) २१%
C) १८%
D) १७.८% ✓
13. सार्वजनिक सेवाको गुणस्तर सुधार गर्न सन् १९९१ बाट शुरू भएको कुन अन्तर्राष्ट्रिय पहल वा अवधारणालाई आधार मानी नेपालले आफ्नो सार्वजनिक प्रशासनमा नागरिक बडापत्र लागू गरेको हो?
A) बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको 'नयाँ सार्वजनिक व्यवस्थापन' (NPM) ✓
B) बेलायती प्रधानमन्त्री जोन मेजरको 'सिटीजिन्स चार्टर इनिसियटिभ'
C) अमेरिकी राष्ट्रपति बाराक ओबामाको 'खुला सरकार साझेदारी'
D) संयुक्त राष्ट्रसंघको 'निजामती सेवा सुधार घोषणापत्र'
14. सार्वजनिक सेवा घोषणापत्र कार्यान्वयनका लागि देहायकामध्ये कुन विषय बढी महत्वपूर्ण मानिन्छ?
A) कार्यक्रम छनौट ✓
B) नियमित अनुगमन/मूल्याङ्कन
C) नागरिक सचेतना
D) अन्तरद्वन्द्व व्यवस्थापन
15. आधारभूत स्वास्थ्य तथा सरसफाई सम्बन्धी सार्वजनिक सेवा प्रवाह कुन सरकारको अधिकार सूचीमा राखिएको छ?
A) संघ र प्रदेशको साझा अधिकार सूचीमा
B) प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीमा
C) प्रदेशको एकल अधिकार सूचीमा
D) स्थानीय तहको एकल अधिकार सूचीमा ✓
16. Evidence Based Policy Making को मुख्य अवधारणा देहायकामध्ये कुन विषयसँग सम्बन्धित छ?
A) राजनीतिक घोषणा अनुसारको नीति निर्माण
B) तथ्य र अनुसन्धानमा आधारित नीति निर्माण ✓
C) अन्तर्राष्ट्रिय प्रभावमा नीति निर्माण
D) नीति निर्माणमा स्वार्थ समूहको प्रभाव
17. व्यवस्थापनका सिद्धान्तकार हेनरी फेयोलका अनुसार व्यवस्थापनका कुन आधारभूत कार्य अन्तर्गत संगठनको भावी लक्ष्य निर्धारण गर्ने र सो लक्ष्य हासिल गर्नका लागि आवश्यक रणनीति वा कार्ययोजना तयार पार्ने कार्य पर्दछ?
A) संगठन गर्ने (Organizing)
B) नियन्त्रण गर्ने (Controlling)
C) योजना तर्जुमा गर्ने (Planning) ✓
D) निर्देशन दिने (Directing)
18. संघीय सञ्चित कोषमा नपर्ने रकम कुन हो?
A) सरकारलाई प्राप्त हुने राजस्व
B) गुठी रकम ✓
C) राजस्वको धितोमा लिइएका सबै कर्जा
D) ऋण असुलीबाट प्राप्त रकम
19. मौद्रिक नीति कार्यान्वयन गर्ने गराउने अधिकार कुन निकायलाई छ?
A) नेपाल राष्ट्र बैंक
B) अर्थ मन्त्रालय
C) अर्थ मन्त्रालय र राष्ट्र बैंक ✓
D) अर्थ मन्त्रालय र कानुन मन्त्रालय
20. “अक्षराङ्क शिक्षा” नामक पुस्तक लेखी वितरण गर्ने व्यक्तित्व को हुन्?
A) हेमराज पाण्डे
B) पदमशमशेर
C) गुणराज उपाध्याय
D) जय पृथ्वीबहादुर सिंह ✓
21. राणा शासन विरुद्ध जनमतमार्फत् वितृष्णा जगाउने मूल उद्देश्यले गरिएको आन्दोलन कुन थियो?
A) लाइब्रेरी पर्व
B) बसन्त गोर्खा पर्व
C) मकै पर्व
D) जयन्तु संस्कृत ✓
22. नेपालमा सर्वप्रथम कहिलेबाट प्राथमिक शिक्षा निःशुल्क गर्ने घोषणा भएको थियो?
A) वि.सं. २०३०
B) वि.सं. २०३१ ✓
C) वि.सं. २०३२
D) वि.सं. २०३५
23. राष्ट्रिय शिक्षा योजना आयोग-२०११ को सिफारिस अनुसार प्राथमिक शिक्षाको अवधि कति वर्षको हुने प्रस्ताव गरिएको थियो?
A) ३ वर्ष
B) ४ वर्ष
C) ५ वर्ष ✓
D) ६ वर्ष
24. राष्ट्रिय शिक्षा पद्धति २०२८-३२ सम्मको योजना अनुसार राष्ट्रिय विकास सेवाका सदस्यलाई कति दलमा विभाजन गरेको थियो?
A) शिक्षा सेवा दल र स्वास्थ्य सेवा दल गरी २ वटा
B) कृषि सेवा दल, निर्माण दल र शिक्षा सेवा दल गरी ३ वटा
C) शिक्षा सेवा दल, स्वास्थ्य सेवा दल, कृषि सेवा दल र पर्यटन सेवा दल गरी ४ वटा
D) शिक्षा सेवा दल, स्वास्थ्य सेवा दल, कृषि सेवा दल र निर्माण दल गरी ४ वटा ✓
25. राष्ट्रिय शिक्षा पद्धति योजना २०२८ ले नेपालको शिक्षालाई बढी व्यवहारिक र सान्दर्भिक बनाउने उद्देश्यले माध्यमिक शिक्षामा कुन विषयलाई अनिवार्य गर्ने व्यवस्था गरेको थियो?
A) व्यवसायिक विषय ✓
B) भाषा र साहित्य
C) अन्तर्राष्ट्रिय सम्बन्ध
D) दर्शनशास्त्र
26. राष्ट्रिय शिक्षा आयोग-२०४९ ले उच्च माध्यमिक शिक्षा अध्ययनको अवधि साधारणतया कति वर्ष अवधिको हुने प्रस्ताव गरेको थियो?
A) २ वर्षे ✓
B) ३ वर्षे
C) १ वर्षे
D) सिफारिस नै गरेको थिएन
27. राष्ट्रिय शिक्षा नीति, २०७६ ले कतिवटा रणनीति तय गरेको थियो?
A) ३० वटा
B) ३२ वटा
C) ३३ वटा ✓
D) ३४ वटा
28. नेपालमा विद्यालय शिक्षालाई आधारभूत (कक्षा १-८) र माध्यमिक (कक्षा ९-१२) गरी दुई तहमा विभाजन कहिले गरियो?
A) वि.सं. २०७३ मा शिक्षा ऐनको आठौं संशोधनद्वारा ✓
B) विद्यालय क्षेत्र सुधार कार्यक्रम लागू भए पश्चात्
C) विद्यालय शिक्षा क्षेत्र योजना लागू भए पश्चात्
D) शिक्षा ऐनको नवौं संशोधनद्वारा
29. वर्तमानमा शिक्षा सेवा-प्रवाहको कार्यसम्पादन परीक्षण कुन निकाय मातहत भइरहेको छ?
A) शिक्षा तथा मानवस्रोत विकास केन्द्र
B) प्रदेश शिक्षा विकास निर्देशनालय
C) शैक्षिक गुणस्तर परीक्षण केन्द्र ✓
D) राष्ट्रिय परीक्षा बोर्ड
30. राष्ट्रिय किताबखाना (शिक्षक) को कार्यक्षेत्रमा तलको कुन पर्दैन?
A) शिक्षकको नोकरी अभिलेख अद्यावधिक राख्ने
B) शिक्षकलाई विशेष जिम्मेवारी दिने बारे राय दिने ✓
C) शिक्षकको वार्षिक तलबी विवरण पारित गर्ने
D) शिक्षकको सेवा अवधि गणना सम्बन्धी काम गर्ने
31. शैक्षिक गुणस्तर परीक्षण केन्द्रको स्थापना पश्चात् १५ वर्षको अवधिमा कक्षा १० को कति पटक कुन कुन विषयमा विद्यार्थी उपलब्धि परीक्षण गरिएको छ?
A) २ पटक, नेपाली, अंग्रेजी र विज्ञान
B) २ पटक, नेपाली, अंग्रेजी, गणित र विज्ञान ✓
C) ३ पटक, अंग्रेजी, गणित र विज्ञान
D) २ पटक, गणित, विज्ञान र अंग्रेजी
32. विदेशी विश्वविद्यालय/कलेज वा बोर्डसँग आवद्ध भई नेपालका शिक्षण संस्थाले सञ्चालन गरेको A-Level पुरा गरेका विद्यार्थीहरूलाई समकक्षता प्रदान गर्ने जिम्मेवारी कुन निकायमा रहेको छ?
A) शैक्षिक गुणस्तर परीक्षण केन्द्र
B) राष्ट्रिय परीक्षा बोर्ड
C) पाठ्यक्रम विकास केन्द्र ✓
D) त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र
33. नेपालको संघीय संरचनामा शिक्षाको 'आर्थिक कार्य' अन्तर्गत कुन कुरालाई प्राथमिकता दिनु उपयुक्त हुन्छ?
A) परम्परागत खेती प्रणालीको ज्ञान दिने
B) विदेशी भाषाको मात्र ज्ञान प्रवर्द्धन गर्ने
C) स्थानीय स्रोत र प्रविधिको प्रयोग गरी स्वरोजगार जनशक्ति तयार गर्ने ✓
D) सार्वजनिक खर्च कटौती गरी विद्यालय संख्या घटाउने
34. व्यक्तिमा अन्तरनिहित क्षमताको प्रस्फुटन गरी सीप र सिर्जनशीलताको विकास गर्ने वा गराउने कार्यलाई कस्तो कार्य मानिन्छ?
A) शिक्षाका आर्थिक कार्यहरू
B) शिक्षाका परम्परागत कार्यहरू
C) शिक्षाका सामाजिक कार्यहरू
D) शिक्षाका व्यक्तिगत कार्यहरू ✓
35. शिक्षामा सामाजिक न्याय सुनिश्चित गर्नका लागि आधारभूत विद्यालयले अपनाउनुपर्ने सबैभन्दा महत्वपूर्ण रणनीति कुन हो?
A) धनी विद्यार्थीका लागि अतिरिक्त कक्षाको व्यवस्था गर्ने र शुल्क लिने
B) सीमान्तकृत र अपाङ्गता भएका बालबालिकालाई विशेष सहयोग र पहुँच दिने ✓
C) सबै विद्यार्थीलाई एउटै भाषामा मात्र बोल्न अनिवार्य गर्ने
D) उत्कृष्ट विद्यार्थीको फोटो विद्यालयको भित्तामा टाँस्ने
36. तलकामध्ये कुन अवधारणाले समतामूलक पहुँच र सामाजिक न्यायमा विशेष जोड दिन्छ?
A) अधिकारमा आधारित शिक्षाको अवधारणा ✓
B) आर्थिक लगानीमा आधारित शिक्षाको अवधारणा
C) सामाजिक कल्याणमा आधारित शिक्षाको अवधारणा
D) मागमा आधारित शिक्षाको अवधारणा
37. सामाजिक न्यायको प्रमुख पक्षमा तलकामध्ये कुन पर्दछ?
A) समानता र समता (Equality and Equity)
B) समावेशीकरण र सशक्तीकरण
C) स्वतन्त्रता र सामाजिक सांस्कृतिक अधिकारको संरक्षण
D) माथिका सबै ✓
38. पूर्वीय दर्शन अन्तर्गत 'उपनिषद्' का अनुसार शिक्षाको अन्तिम लक्ष्य के हुनुपर्दछ?
A) धेरै धन आर्जन गर्नु
B) शारीरिक शक्ति बढाउनु
C) आत्मज्ञान र मोक्ष प्राप्ति गर्नु ✓
D) राजनीतिक पद प्राप्त गर्नु
39. 'प्रयोजनवादी' दृष्टिबाट हेर्दा कुन प्रकारका विषयले विशेष प्राथमिकता पाउने देखिन्छ?
A) अपरिवर्तनीय ज्ञान, स्थायी ज्ञानसँग सम्बन्धित विषय
B) मानवीय चेतना विकासमा सहयोगी साहित्य, दर्शन जस्ता विषय
C) अन्तर-विषायगत वा अन्तरविषयक ज्ञानको संयोजन र प्रयोगका विषय ✓
D) गहिरो मानसिक चिन्तनसँग सम्बन्धित विषय
40. विद्यालयको 'सुप्त पाठ्यक्रम' (Hidden Curriculum) ले कुन कुरालाई बुझाउँछ, जुन औपचारिक पाठ्यक्रममा लेखिएको हुँदैन?
A) पाठ्यक्रममा आधारित भई कक्षामा पढाइने पाठ्यपुस्तकको विषय
B) विद्यार्थीले अप्रत्यक्ष रुपमा सिक्ने मूल्य, मान्यता र व्यवहार ✓
C) परीक्षाको अन्तिम नतिजा र मार्कसिट
D) विद्यालयको वार्षिक बजेट र खर्च
41. बौद्ध दर्शनअनुसार शिक्षाको उद्देश्य के हो?
A) जीवनोपयोगी सीपहरू हासिल गर्ने
B) ज्ञान र सत्यको प्राप्ति गर्ने ✓
C) परम्पराको रक्षा गर्ने
D) आर्थिक रुपमा स्वावलम्बन बन्ने
42. पाठ्यक्रम विकासमा प्रभाव पार्ने तत्त्वहरूमध्ये तलको कुन पर्दैन?
A) विद्यार्थी
B) विद्यालय ✓
C) सिकाइ प्रक्रिया
D) मूल्याङ्कन
43. विद्यालय तहको पाठ्यक्रम तर्जुमाका लागि सबैभन्दा उच्च तहको निकाय कुन हो?
A) राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद् ✓
B) शैक्षिक जनशक्ति विकास परिषद्
C) पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास समिति
D) विशेष शिक्षा परिषद्
44. अक्षराङ्कन पद्धति (Letter Grading System) मा ३.६ देखि ४.० सम्मको GPA प्राप्त गर्ने विद्यार्थीको ग्रेड कुन हुन्छ?
A) A
B) B
C) B+
D) A+ ✓
45. स्थानीय पाठ्यक्रममा कुन कुन आधारभूत पक्ष समेटिएको हुनुपर्दछ?
A) स्थानीय आवश्यकता, स्थानीय विषयवस्तु र विशेषज्ञसँग भएको ज्ञानको प्रयोग
B) स्थानीय आवश्यकता, स्थानीय विषयवस्तु, स्थानीय सहभागिता र विज्ञता ✓
C) स्थानीय विषयवस्तु, स्थानीय सहभागिता र विज्ञता
D) स्थानीय सहभागिता, विज्ञता र स्थानीय आवश्यकता, स्थानीय भूगोल र खनिज
46. दिगो विकासको चौथो लक्ष्य (SDG4) सम्बन्धी युनेस्कोले सार्वजनिक गरेको सन् २०२६ को विश्वव्यापी प्रतिवेदन (Global Education Monitoring Report-GEMR, 2026) मा उल्लेख भए अनुसार सबैका लागि शिक्षाको विश्वव्यापी अभियानमा संलग्न भएयता नेपालले विद्यालय शिक्षामा के कुरामा उल्लेखनीय सफलता हासिल गरेको छ?
A) पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधार
B) शिक्षक छनौट प्रणाली र तालिमको व्यवस्थापन
C) छात्रा सहभागिता र लैङ्गिक समानता ✓
D) विद्यालय व्यवस्थापनमा स्थानीय तहको सहभागिता
47. पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यक्रमलाई देशभर लागू गर्नु अघि निश्चित विद्यालयहरुमा गरिने नमुना जाँचलाई के भनिन्छ?
A) पाठ्यक्रम परीक्षण ✓
B) पाठ्यक्रम मूल्याङ्कन
C) पाठ्यक्रम विकास
D) पाठ्यक्रम परिमार्जन
48. सबैका लागि शिक्षा (Education for All) को सन् २००४-२००९ को कार्यक्रमले नेपालमा मुख्यतया कुन पक्षमा सुधार ल्याउन खोजेको थियो?
A) उच्च शिक्षाको निजीकरण
B) प्राथमिक शिक्षामा पहुँच र सिकाइ उपलब्धि ✓
C) वैदेशिक रोजगारीको संख्या वृद्धि गर्ने
D) प्राविधिक शिक्षाको गाउँगाउँमा विस्तार गरी दक्ष जनशक्ति मात्र विदेश पठाउने
49. डकार कार्य ढाँचा (Dakar Framework for Action) ले सन् २०१५ सम्ममा सबैका लागि शिक्षाका कतिवटा लक्ष्यहरू तयार गरेको थियो?
A) ४ वटा
B) ७ वटा
C) ५ वटा
D) ६ वटा ✓
50. In a row of 25 persons, Ravi is 10th from the left and Mohan is 8th from the right. How many persons are sitting between Ravi and Mohan?
A) 5
B) 6
C) 7 ✓
D) 8
51. What will be the suitable option in the place of '?' Bird : Fly : : Snake : ?
A) Clatter
B) Stroll
C) Hole
D) Crawl ✓
52. Find the odd one out:
A) Newspaper
B) Magazine
C) Radio ✓
D) Journal
53. For the Assertion (A) and Reason (R) below, Choose the correct alternative:
Assertion (A): We feel comfortable in hot and humid climate.
Reason (R): Sweat evaporates faster in humid climate.
A) Both A and R are true and R is the correct explanation of A
B) Both A and R are true but R is not the correct explanation of A
C) A is true, but R is false
D) Both A and R are false ✓
54. Sony is standing at north of Jasbir who is at the west of Akash. If Jasbir is at South-West of Shuva, in which direction is Shuva from Sony?
A) East ✓
B) North-West
C) South-East
D) West
55. Two statements are followed by two conclusions. Assuming the statements to be true, decide which conclusion(s) logically follow:
Statements: I. All hard working students pass the exam. II. Meena passed the exam
Conclusions: I. Meena is a hard working student
II. Some students who pass the exam are hardworking
A) Only conclusion I follows
B) Only conclusion II follows ✓
C) Both conclusion I and II follow
D) Neither conclusion I nor II follows
56. A, B and C are intelligent; A, D and E are laborious; and D, C and E are honest and A, B and E are ambitious. Which of the following are not honest?
A) A and B ✓
B) A and C
C) A and E
D) A, B and C
57. Harish walks 20 meter south from his house turns right and walks 10 meter and turns North and walks 20 meter after turning right and walking 20 meters. How far and to what direction is Harish from his house?
A) 50 m east
B) 10 m west
C) 10 m east ✓
D) 30 m west
58. A farmer had 17 sheep. All but 9 ran away. How many sheep does the farmer have left?
A) 8 ✓
B) 9
C) 17
D) 0
59. Which word does not belong with the others?
A) Cord
B) Twine
C) Tape
D) Yarn ✓
60. In a certain code, each letter is shifted 2 positions forward in the alphabet. If MAKE is coded as OCMG, how is LAKE coded?
A) NCMG ✓
B) NOME
C) NCME
D) NAKE
61. Rearrange the letters of the jumbled word below to find a meaningful English word. Select the correct answer from the options: Jumbled word- SMOREK
A) BROKER
B) SPOKEN
C) SMOKER ✓
D) COKERS
62. Select the word that best completes the analogy: Table : Furniture : : Mango : ?
A) Yellow
B) Sweet
C) Fruit ✓
D) Tree
63. Find the next term in the letter series: ACE, FHJ, KMO, ?
A) PRT ✓
B) PRU
C) QRT
D) PST
64. Find the odd one out:
A) B) C) ✓D)
65. Complete the given figure matrix:
A) B) C) D) ✓
66. Find the number of triangles in the given figure:
A) 1 B) 2 C) 3 D) 4 ✓
67. Select a suitable figure from the answer figures that would replace the question mark (?):
A) B) C) D) ✓
68. Choose the option figure which contains elements that can be used to form the given figure?
A) ✓ B) C) D)
69. Select a figure from the answer figures which will continue the series as established by the five problem figures?

A) B) C) D)✓
70. From the given options, select a figure in which the question figure (x) is hidden/embedded:
A) B)✓ C) D)
71. The shape below is to be cut and folded along the dotted lines to form a cubic dice. Dots are to be added to faces A, B and C so that the numbers of dots on opposite faces add up to 7. How many dots should appear on each of the faces A, B and C?
A) A=2, B=6, C=3
B) A=6, B=3, C=2
C) A=2, B=3, C=6
D) A=6, B=2, C=3
72. In the question below, choose the group of figures that follows the given rule:
A) (i) B) (ii) C) (iii) ✓ D) (iv)
73. Identify the figure given in the options A, B, C, and D that completes the pattern in figure (X)?
A) B) C) ✓ D)
74. In the following question (X), choose the correct mirror image from the alternatives A, B, C and D, when mirror is placed on the line AB:
A)✓ B) C) D)
75. Select the figure from answer choices that best completes the sequence, maintaining the pattern established in the Question figures.

A)✓ B) C) D)
76. If 7 & 2 = 45 and 5 & 3 = 16, then 9 & 4 = ?
A) 45
B) 60
C) 65
D) 81
77. Which among the given options is different from the other one?
A) 31 ✓
B) 32
C) 33
D) 34
78. The pie chart below shows how a family spends its monthly income of Rs. 3,60,000. The family decides to cut transport spending by 1/3 and add that amount to savings. What will be the new saving amount per month?
A) Rs. 18,000
B) Rs. 36,000
C) Rs. 54,000
D) Rs. 72,000
79. What will be the number when product of all the numbers in the keypad of a mobile phone is divided by 12?
A) 7.35
B) 4.62
C) 5.43
D) 0
80. What decimal of half an hour is a second?
A) .00027 ✓
B) .00037
C) .00055
D) .00058
81. A man buys 1 unit of shares of a company for Rs. 25,000 and sells it at a loss of 8%, what is the selling price of the shares?
A) Rs. 19,500
B) Rs. 23,000
C) Rs. 23,240
D) Rs. 20,000
82. If the average of four consecutive even numbers is 27. Find the largest of these numbers:
A) 34
B) 30
C) 28
D) 32
83. Twelve (12) is coded as 3, 24 is coded as 6, 35 is coded as 8, 46 is coded as 10. Using the same rule, what is the code for 57?
A) 10
B) 11
C) 12
D) 13
84. In an election, the winner received 55% of the total votes cast. The loser received 3,600 votes. How many votes did the winner receive?
A) 3,960
B) 4,200
C) 4,400
D) 4,800
85. Find the odd one out:
A) 5$7
B) 9@7
C) 3*5
D) 2#4
86. Find the average of all numbers between 1 and 28, which are divisible by 3?
A) 13.5
B) 12.75
C) 10.21
D) 11.25
87. A cycle was sold for Rs. 4,140 with a profit of 15%. At what price could it have been sold to earn a profit of 25%?
A) Rs. 4,800
B) Rs. 4,500
C) Rs. 4,350
D) Rs. 4,200
88. Twelve (12) men complete a piece of work in 9 days. After working for 6 days, 6 additional men are deployed in the work. Find time taken to complete the remaining work:
A) 2 days
B) 3 days
C) 4 days
D) 5 days
89. A sum of Rs. 1,260 is divided among A, B, and C in the ratio 2:3:4, Find C's share?
A) Rs. 280
B) Rs. 420 ✓
C) Rs. 500
D) Rs. 560
90. नेपालको चालु सोह्रौँ योजनाले संरचनात्मक रूपान्तरणका प्रमुख क्षेत्रहरूका रूपमा कतिवटा क्षेत्रहरू तय गरेको छ?
A) १३
B) १४
C) १५
D) १६ ✓
91. ओजोन तह संरक्षणका लागि अन्तर्राष्ट्रिय दिवस कुन दिन मनाउने गरिन्छ?
A) २१ मार्च ✓
B) १६ सेप्टेम्बर
C) १२ नोभेम्बर
D) १५ डिसेम्बर
92. धौवादी फलामखानी नेपालको कुन प्रदेशमा पर्दछ?
A) कोशी प्रदेश
B) बागमती प्रदेश
C) लुम्बिनी प्रदेश
D) गण्डकी प्रदेश ✓
93. वि.सं. १९९४ मा स्थापना भएको नेपाल बैंक लिमिटेड कुन प्रधानमन्त्रीको कार्यकालमा स्थापना भएको थियो?
A) चन्द्रशमशेर
B) भिमशमशेर
C) जुद्धशमशेर ✓
D) पद्मशमशेर
94. सोह्रौँ योजनाले व्यक्तिगत तहमा हुने स्वास्थ्य खर्चलाई कति प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ?
A) ५४.२%
B) ४८.५% ✓
C) ४५%
D) ३८%
95. कृष्णसारको लागि प्रख्यात राष्ट्रिय निकुञ्ज कुन हो?
A) चितवन
B) कञ्चनपुर
C) बाँके
D) बर्दिया ✓
96. दिगो विकास लक्ष्यलाई कुन आवधिक योजनादेखि आन्तरिकीकरण गर्न शुरू गरिएको हो?
A) तेह्रौँ
B) चौधौँ
C) पन्ध्रौँ ✓
D) सोह्रौँ
97. हालसम्म SAARC का कतिवटा शिखर सम्मेलनहरू सम्पन्न भएका छन्?
A) १६ वटा
B) १७ वटा
C) १८ वटा
D) १९ वटा ✓
98. लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना (२०८१/०८२-२०८५/०८६) को मुख्य नारा के हो?
A) समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश
B) समृद्ध लुम्बिनी, खुसी प्रदेशवासी ✓
C) आत्मनिर्भर लुम्बिनी, समृद्ध प्रदेश
D) सुशासन, न्याय र समृद्ध लुम्बिनी
99. हालसम्म सार्क सम्मेलन नभएको सार्क राष्ट्र कुन हो?
A) माल्दिभ्स ✓
B) नेपाल
C) अफगानिस्तान
D) पाकिस्तान
100. नेपालको संविधानमा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनको प्रगति प्रतिवेदन को समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ?
A) संघीय संसद
B) राष्ट्रपति ✓
C) प्रधानमन्त्री
D) त्यस्तो व्यवस्था छैन