देशान्तर
- परिभाषा: प्रधानमध्यान्ह रेखा (Prime Meridian) लाई आधार मानी पृथ्वीको केन्द्रबाट पूर्व वा पश्चिमकातर्फ रहेको कुनै पनि स्थानको कोणात्मक दूरी (Angular Distance)
- देशान्तर रेखा (Lines of Longitude): उत्तरी ध्रुव र दक्षिणी ध्रुवलाई जोड्ने गरी उत्तर-दक्षिण खिचिएका काल्पनिक अर्ध-वृत्ताकार (Semi-circular) रेखाहरूलाई देशान्तर रेखा भनिन्छ,
- दिशा र स्वरूप: यी रेखाहरू नक्सामा उत्तरदेखि दक्षिण दिशामा अर्ध-वृत्ताकार रूपमा खिचिएका,
- ध्रुवमा मिलन: अक्षांश रेखाहरू जस्तो यी समानान्तर हुँदैनन्; सबै देशान्तर रेखाहरू उत्तरी र दक्षिणी ध्रुवमा पुगेर एकै ठाउँमा जोडिन्छन् वा केन्द्रित (Converge) हुन्छन्,
- दुई रेखा बीचको दूरी:
- भूमध्य रेखामा (०° अक्षांश) दुई देशान्तर रेखा बीचको दूरी सबैभन्दा बढी अर्थात् १११.३२ किलोमिटर हुन्छ,
- ध्रुवहरूमा (९०° अक्षांश) पुगेपछि देशान्तर रेखाहरू बीचको दूरी घटेर शून्य (0) किलोमिटर हुन्छ,
- कुल संख्या: देशान्तर रेखाहरू जम्मा ३६० वटा हुन्छन् (१८०° पूर्व + १८०° पश्चिम)
- पूर्वी गोलार्द्धमा: १८० वटा रेखाहरू
- पश्चिमी गोलार्द्धमा: १८० वटा रेखाहरू
नोट: ०° को प्रधानमध्यान्ह रेखा र १८०° को अन्तर्राष्ट्रिय तिथि रेखा एउटै चक्रका विपरित रेखाहरू
- प्रधानमध्यान्ह रेखा (०°) ले पृथ्वीलाई ठीक दुई बराबर गोलार्द्धमा विभाजन गर्छ:
- पूर्वी गोलार्द्ध (Eastern Hemisphere): ०° देखि १८०° पूर्वतर्फको भाग
- पश्चिमी गोलार्द्ध (Western Hemisphere): ०° देखि १८०° पश्चिमतर्फको भाग
- प्रमुख देशान्तर रेखाहरू: प्रधान मध्याह्न रेखा (Prime Meridian) र अन्तर्राष्ट्रिय तिथि रेखा (International Date Line);
| रेखाको प्रकार | विवरण |
|
प्रधान मध्याह्न रेखा (Prime Meridian) |
|
| अन्तर्राष्ट्रिय तिथि रेखा (International Date Line) |
|
- देशान्तरका प्रमुख विशेषताहरू:
- अर्ध-वृत्ताकार: अक्षांश रेखाहरू पूर्ण वृत्त भए तापनि देशान्तर रेखाहरू ध्रुवदेखि ध्रुवसम्म जोडिने अर्ध-वृत्त (Semi Circle) हुन्,
- समानान्तर नहुने: सबै देशान्तर रेखाहरू उत्तरी र दक्षिणी ध्रुवमा गएर केन्द्रित (Converge) हुन्छन्, त्यसैले यिनीहरू अक्षांश जस्तो समानान्तर हुँदैनन्,
- दूरीमा भिन्नता: दुई देशान्तर बीचको दूरी भूमध्यरेखामा सबैभन्दा बढी (करिब १११.३२ कि.मी.) हुन्छ र ध्रुवतर्फ जाँदा यो दूरी घट्दै गएर ध्रुवमा शून्य हुन्छ,
- लम्बाइ: सबै देशान्तर रेखाहरूको लम्बाइ बराबर हुन्छ (भूमध्यरेखाको आधा)
- काटिने कोण: देशान्तर रेखाहरूले अक्षांश रेखाहरूलाई जहिले पनि ९० डिग्री (समकोण) मा काट्दछन्,
- देशान्तर र समयको सम्बन्ध (Longitude and Time)
- पृथ्वीले आफ्नो अक्षमा ३६० डिग्री घुम्न (एक भ्रमण पूरा गर्न) करिब २४ घण्टा लगाउँछ,
- १५ डिग्री = १ घण्टा: पृथ्वी १ घण्टामा १५ डिग्री देशान्तर घुम्दछ,
- १ डिग्री = ४ मिनेट: १ डिग्री देशान्तरको फरकमा समयको अन्तर ४ मिनेट हुन्छ,
- समयको दिशा: प्रधान मध्याह्न रेखाबाट पूर्वतर्फ जाँदा समय छिटो (Ahead) हुन्छ भने पश्चिमतर्फ जाँदा समय ढिलो (Behind) हुन्छ,
- नेपालको देशान्तरीय अवस्थिति (Longitudinal location of Nepal):
- नेपालको अवस्थिति: नेपाल ८०°४' पूर्वी देशान्तरदेखि ८८°१२' पूर्वी देशान्तरसम्म फैलिएको,
- नेपालको गोलार्द्ध: देशान्तरका आधारमा नेपाल पूर्ण रूपमा पूर्वी गोलार्द्ध (Eastern Hemisphere) मा पर्दछ,
- नेपालको सबैभन्दा पश्चिमी विन्दु: कञ्चनपुरको दोधारा (८०° ४' पूर्वी देशान्तर)
- नेपालको सबैभन्दा पूर्वी विन्दु: ताप्लेजुङको लेलेप (८८° १२' पूर्वी देशान्तरमा)
- नेपालको प्रमाणिक समय (Standard Time):
- औपचारिक नाम: नेपालको प्रमाणिक समय (Nepal Standard Time - NST)
- आधार देशान्तर: नेपालको प्रामाणिक समय ८६°१५' पूर्वी देशान्तरलाई आधार मानी निर्धारण गरिएको,
- आधार पर्वत: यो समय दोलखा जिल्लाको रोल्वालिङ हिमशृङ्खलामा पर्ने गौरीशंकर हिमाल (७,१३४ मिटर) लाई काटेर गएको देशान्तर रेखाका आधारमा निर्धारण गरिएको,
- समय अन्तर: नेपालको समय ग्रीनविच मानक समय (GMT) भन्दा ५ घण्टा ४५ मिनेट छिटो (यसलाई प्राविधिक रूपमा GMT + ५:४५ भनिन्छ,)
- नेपालको प्रामाणिक समय आधिकारिक घोषणा र लागू: वि.सं. २०४२ साल वैशाख १ गते (नेपालले आफ्नो आधिकारिक प्रमाणिक समय (Nepal Standard Time - NST) लागू गर्नुभन्दा अघि भारतको समय मापन (Indian Standard Time - IST) अनुसार घडी मिलाउने गर्दथ्यो,)
- नेपालको समय भारतको प्रमाणिक समय (IST) भन्दा १५ मिनेट अगाडि र चीनको प्रमाणिक समय (CST) भन्दा २ घण्टा १५ मिनेट पछाडि रहेको,
