Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

भूपरिवेष्ठित राष्ट्रहरू

  • Ajnabee Khadka
  • December 27, 2025
  • 1195

भूपरिवेष्ठित राष्ट्रहरू

Landlocked countries
  • भूपरिवेष्ठित राष्ट्र (Landlocked Country) भनेको के हो? चारैतिरबाट जमिन वा अन्य देशहरूले घेरिएका र समुद्रसम्म सीधा पहुँच नभएका राष्ट्र
  • विश्वमा भूपरिवेष्ठित राष्ट्रहरुको कुल संख्या: ४४ वटा 
  • महादेशका आधारमा भूपरिवेष्ठित राष्ट्रहरुको संख्या:
    • अफ्रिका: १६ वटा
    • युरोप: १४ वटा
    • एसिया: १२ वटा
    • दक्षिण अमेरिका: २ वटा 
    • उत्तर अमेरिका, अस्ट्रेलिया र अन्टार्कटिका: शून्य (कुनै पनि भूपरिवेष्ठित देश नभएका,)
  • विश्वमा भूपरिवेष्ठित विकासोन्मुख मुलुकहरूको संख्या (LLDCs): ३२ वटा (संयुक्त राष्ट्र संघको Landlocked Developing Countries (LLDC) सूची अनुसार
  • विश्वमा विकसित भूपरिवेष्ठित मुलुकहरूको संख्या: १२ वटा (४४ जम्मा - ३२ विकासोन्मुख = १२ विकसित)
  • विश्वको कुल क्षेत्रफलमा भूपरिवेष्ठित राष्ट्रहरुले ओगटेको क्षेत्रफल: करिब ११.४ प्रतिशत
  • विश्वको कुल जनसंख्यामा भूपरिवेष्ठित राष्ट्रहरुले ओगटेको जनसंख्या: करिब ७ प्रतिशत (६.७% देखि ७%)

भूपरिवेष्ठित राष्ट्रहरूको वर्गीकरण:

वर्गीकरण विशेषता
१.) सामान्य भूपरिवेष्ठित राष्ट्रहरू (General Landlocked Countries)
  •  यस्ता राष्ट्रहरू जो दुईभन्दा बढी देशहरूद्वारा घेरिएका हुन्छन् र समुद्रसम्म पुग्न कम्तिमा एउटा छिमेकी राष्ट्रको पारवहन मार्ग प्रयोग गर्नुपर्ने हुन्छ,
२.) दोहोरो भूपरिवेष्ठित राष्ट्र (Doubly Landlocked)
  • चारैतिरबाट भूपरिवेष्ठित राष्ट्रहरूले मात्र घेरिएका देशहरू, जहाँबाट समुद्र पुग्न कम्तीमा दुई वटा देश पार गर्नुपर्छ,
  • विश्वमा यस्ता प्रकारको भूपरिवेष्ठित राष्ट्रहरु २ वटा मात्र छन्:
    • एसिया महादेशको उज्वेकिस्तान — यसलाई पाँचवटा भूपरिवेष्ठित देशहरू (अफगानिस्तान, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तान) ले घेरेका,
    • युरोप महादेशको लिश्टेनस्टाइन — अस्ट्रिया र स्विट्जरल्यान्डको बीचमा अवस्थित
३.) एउटै देशबाट घेरिएका भूपरिवेष्ठित राष्ट्र (Enclaved Landlocked)
  • चारैतिरबाट केवल एउटा मात्र देशको सिमानाले घेरिएका राष्ट्रहरू
  • विश्वमा यस्ता प्रकारको भूपरिवेष्ठित राष्ट्रहरु ३ वटा मात्र छन्:
    • भ्याटिकन सिटी र सान मारिनो (दुवैलाई इटालीद्वारा घेरिएको,)
    • लेसोथो (दक्षिण अफ्रिकाद्वारा घेरिएको,)

भूपरिवेष्ठित राष्ट्रहरूको महादेशगत वितरण:

महादेश
प्रमुख भूपरिवेष्ठित राष्ट्रहरू
अफ्रिका
इथियोपिया, स्वाजिल्यान्ड (इस्वाटिनी), बुर्किना फासो, माली, जाम्बिया, चाड, मध्य अफ्रिकी गणतन्त्र (CAR), रुवान्डा, बुरुन्डी, दक्षिण सुडान, लेसोथो, बोत्सवाना, जिम्बावे, मलावी, नाइजर
एसिया
नेपाल, भुटान, अफगानिस्तान, मङ्गोलिया, काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तान, लाओस, आर्मेनिया, अजरबैजान
युरोप
अस्ट्रिया, स्विट्जरल्यान्ड, हङ्गेरी, चेक गणतन्त्र, बेलारुस, मोल्डोभा, सर्भिया, स्लोभाकिया, म्यासेडोनिया, अन्डोरा, सान मारिनो, भ्याटिकन सिटी, लक्जेम्बर्ग, लिचटेन्स्टाइन
दक्षिण अमेरिका
बोलिभिया र पाराग्वे (यस महादेशमा २ वटा मात्र भूपरिवेष्ठित देश रहेको,)

लोकसेवा उपयोगी 'Fast-Facts':

  • क्षेत्रफलको आधारमा सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र: काजकिस्तान (Kazakhstan) 
  • क्षेत्रफलको आधारमा सबैभन्दा सानो भूपरिवेष्ठित राष्ट्र: भ्याटिकन सिटी (Vatican City)
  • क्षेत्रफलको आधारमा १० ठूला भूपरिवेष्ठित देशहरू क्रमशः काजकिस्तान, मङ्गोलिया, चाड, नाइजर, माली, इथियोपिया, बोलिभिया, जाम्बिया, अफगानिस्तान, र मध्य अफ्रिकी गणतन्त्र
  • विश्वमा सबैभन्दा धेरै भूपरिवेष्ठित देशहरू भएको महादेश: अफ्रिका (१६ वटा)
  • विश्वमा सबैभन्दा कम भूपरिवेष्ठित देशहरू भएको महादेश: दक्षिण अमेरिका (२ वटा)
  • कुनै पनि भूपरिवेष्ठित देश नभएका महादेशहरु: उत्तर अमेरिका र अस्ट्रेलिया

Categories

  • Current Affairs 740
  • Gorkhapatra 331
  • Others 1136
  • Vacancy 1
  • Past Questions 121
  • Nepal Police 8

Latest Blogs

N.P.S. (Veterinary/Poultry) - 2083/04/24
Current Affairs

ना.प्रा.स. (भेटेरिनरी/पोल्ट्री) - २०८३/०४/२४

  • Aug 09, 2026
  • 27
National Soil Conservation Day, 2083
Current Affairs

राष्ट्रिय भू-संरक्षण दिवस, २०८३

  • Aug 09, 2026
  • 42
International Day of the World's Indigenous Peoples, 2026
Current Affairs

अन्तर्राष्ट्रिय आदिवासी दिवस, २०२६

  • Aug 09, 2026
  • 101
Nepal Netra Jyoti Sangh receives WHO Public Health Champions Award 2026
Current Affairs

नेपाल नेत्र ज्योति सङ्घलाई WHO Public Health Champions Award 2026

  • Aug 09, 2026
  • 123
All International Days and their slogans in 2026 (BS 2083) so far
Current Affairs

सन् २०२६ (वि.सं. २०८३) मा हालसम्म भएका सबै अन्तर्राष्ट्रिय दिवसहरू (International Days) र तिनका नाराहरू

  • Aug 08, 2026
  • 62
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA