Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सगरमाथा सम्बन्धी महत्त्वपूर्ण वस्तुगत जानकारी

  • Ajnabee Khadka
  • May 12, 2026
  • 331

सगरमाथा सम्बन्धी महत्त्वपूर्ण वस्तुगत जानकारी

Important factual information about Mount Everest
विवरण जानकारी
अवस्थिति
  • सन् १९६१ (वि.सं. २०१८) को नेपाल-चीन सीमा सन्धि अनुसार सगरमाथाको चुचुरो (Summit) को रेखाले दुई देशको सिमाना छुट्याउँछ, जसले गर्दा सगरमाथाको दक्षिणी भाग नेपाल र उत्तरी भाग चीनमा पर्दछ,
  • नेपालतर्फको सगरमाथाको अवस्थिति: नेपालतर्फ सगरमाथाको दक्षिणी मोहडा (Southern Face) पर्दछ; कोशी प्रदेश, सोलुखुम्बु जिल्ला, खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ४ मा अवस्थित
  • चीनतर्फको सगरमाथाको अवस्थिति: सागरमाथाको उत्तरी मोहडा (Northern Face) चीनतर्फ पर्दछ; चीनतर्फ यो हिमाल तिब्बत स्वायत्त क्षेत्रको सिगात्से (Xigazê) प्रान्त अन्तर्गत पर्ने तिङ्ग्री काउन्टी (Tingri County) मा अवस्थित
हिमालको श्रेणी

महालङ्गुर हिमशृङ्खला

  • विश्वकै सबैभन्दा उच्च र महत्वपूर्ण हिमशृङ्खला,
  • यो हिमशृङ्खला पूर्वी नेपालको सोलुखुम्बु र संखुवासभा जिल्ला देखि चीनको तिब्बत स्वायत्त क्षेत्रसम्म फैलिएको,
  • विश्वका १४ वटा ८,००० मिटरभन्दा अग्ला हिमालमध्ये ४ वटा मुख्य हिमालहरू यसै शृङ्खलामा पर्दछन्: सगरमाथा (८,८४८.८६ मि.), ल्होत्से (८,५१६ मि.), मकालु (८,४६३ मि.) र चो ओयु (८,२०१ मि.)
सगरमाथाको आधिकारिक उचाई

८८४८.८६ मि. (२९०३२ फिट)

  • वि.सं. २०७७ मंसिर २३ (८ डिसेम्बर २०२०) मा नेपाल र चीनले संयुक्त रूपमा यो नयाँ उचाइ ८,८४८.८६ मिटर भएको घोषणा गरेका,
  • यसअघि सन् १९५४ मा "Survey of India"'ले नापेको ८,८४८ मिटरलाई आधिकारिक मानिन्थ्यो,
सगरमाथाको उचाइ विश्वकै सर्वोच्च शिखर हो भन्ने तथ्य पत्ता लागेको

सन् १८५२

  • भारतको सर्वे विभाग (Survey of India) का कर्मचारीहरूले गणितीय गणनाका आधारमा यो पत्ता लगाएका,
  • बङ्गाली गणितज्ञ राधानाथ सिख्दरले पहिलो पटक यो विश्वको सबैभन्दा अग्लो हिमाल हो भनी गणना गरेर पुष्टि गरेका,
  • अधिकारिक नामकरण भन्दा अघि यसलाई 'Peak XV' (पन्ध्रौँ चुली) नाम दिइएको,
अधिकारिक नामकरण भन्दा अघिको नाम

"Peak XV' (पन्ध्रौँ चुली)"

  • सन् १८४७ मा सुरु भएको 'Great Trigonometrical Survey'का क्रममा यस हिमालको उचाइ मापन गर्दा यसलाई संकेतका रूपमा 'Peak XV' नाम दिइएको,
  • सन् १८५६ मा यसको उचाइ आधिकारिक रूपमा सार्वजनिक नगरुन्जेल यही नाम प्रयोगमा रहेको,
  • आधिकारिक (अन्तर्राष्ट्रिय र राष्ट्रिय) नामकरण हुनुभन्दा धेरै अघिदेखि नै स्थानीयस्तरमा यसका आफ्नै नामहरू थिए: चोमोलोङ्मा र झोमोलोङ्मा,
सगरमाथालाई "Third Pole" अर्थात् "तेस्रो ध्रुव" भनी नामकरण गर्ने व्यक्ति

माइकल स्पेन्डर (Michael Spender)

  • उनले सन् १९३५ को एभरेष्ट टोही अभियान (Everest Reconnaissance Expedition) का क्रममा सगरमाथाको उचाइ र यसको विशिष्ट भौगोलिक महत्त्वलाई ध्यानमा राख्दै यो नाम दिएका,
सगरमाथालाई "माउन्ट एभरेष्ट (Mt. Everest)" नामकरण गर्ने व्यक्ति

मेजर जनरल सर एन्ड्रयू स्कट वाघ (Major General Sir Andrew Scott Waugh)

  • सन् १८६५ मा भारतका तत्कालीन सर्वेयर जनरल एण्ड्रयु वाघले आफ्ना पूर्ववर्ती गुरु सर जर्ज एभरेष्टको सम्मानमा यो नाम प्रस्ताव गरेका,
  • लण्डनस्थित Royal Geographical Societyले सन् १८६५ मा यसलाई आधिकारिक रूपमा स्वीकार गरेको,
"सगरमाथा" भनेर नामकरण गर्ने व्यक्ति

इतिहास शिरोमणि बाबुराम आचार्य

  • उनले वि.सं. २०१३ (सन् १९५६) मा यस हिमालको नेपाली नाम 'सगरमाथा' राखेका,
  • यस नामको अर्थ: सगर - आकाश र माथा - शिर/टाउको अर्थात्, "आकाशको शिर"
तिब्बती भाषामा सगरमाथालाई के भनिन्छ?

चोमोलोङ्मा' (Chomolungma)

  • यसको अर्थ "संसारकी देवी माता" (Mother Goddess of the World) भन्ने हुन्छ, 
  • चीनमा पनि यसै नामको आधारमा 'झुमुलाङ्मा' (Qomolangma) भन्ने गरिन्छ,
सगरमाथाको "Death Zone" को अवस्थिति ८,००० मिटर (२६,२४७ फिट) माथि
सगरमाथाको आधार शिविर (Base Camp) को उचाई नेपाल तर्फ (दक्षिण आधार शिविर): ५,३६४ मिटर (१७,५९८ फिट) र चीन/तिब्बत तर्फ (उत्तर आधार शिविर): ५,१५० मिटर (१६,९०० फिट)
आरोहणको लागि प्रथम अभियान सुरु

सन् १९२१ मा

  • टोलीको नाम: ब्रिटिस माउन्ट एभरेष्ट टोही अभियान (British Mount Everest Reconnaissance Expedition)
  • नेतृत्व: चार्ल्स हवार्ड-बरी (Charles Howard-Bury)
  • उद्देश्य: यस अभियानको मुख्य उद्देश्य शिखर चढ्नु भन्दा पनि सगरमाथाको शिखरसम्म पुग्ने बाटो (Route) पत्ता लगाउनु र नक्साङ्कन गर्नु, 
  • मार्ग: त्यसबेला नेपाल विदेशीहरूका लागि बन्द रहेकाले यो टोली तिब्बत (उत्तरी मोहडा) तर्फबाट सगरमाथा पुगेको,
सगरमाथाको प्रथम सफल आरोहण गर्ने टोली

'ब्रिटिस माउन्ट एभरेष्ट अभियान १९५३' (British Mount Everest Expedition 1953)

  • नेतृत्व: यस दलको नेतृत्व बेलायती सैन्य अधिकारी कर्णेल जोन हन्ट (Colonel John Hunt) ले गरेका, 
  • शिखरमा पुग्ने पहिलो आरोहीहरु: यसै टोलीका सदस्य तेन्जिङ नोर्गे शेर्पा (नेपाल/भारत) र एडमण्ड हिलारी (न्युजिल्याण्ड) ले सन् १९५३ मे २९ का दिन बिहान ११:३० बजे सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला राखेका, 
  • टोलीको संरचना: यस टोलीमा १३ जना आरोहीहरू, एक जना चिकित्सक र ठूलो संख्यामा शेर्पा सहयोगीहरू रहेका,
सबै सदस्यहरू नेपाली मात्र भएको पहिलो सफल अभियान

सन् १९९० (वि.सं. २०४७) मा

  • दल: शाही नेपाली सेनाको आरोहण दल (Royal Nepalese Army Expedition)
  • नेतृत्व: लेफ्टिनेन्ट कर्णेल क्षेत्रबहादुर गुरुङ
  • विशेषता: यो सगरमाथाको १००औँ सफल आरोहण रहेको र यसै टोलीबाट आङरिता शेर्पाले आफ्नो छैटौँ पटकको सफल आरोहण गरेका,
सगरमाथाको इतिहासमा "प्रथम सर्वसाधारण मात्र रहेको दल" वा "प्रथम सर्वसाधारणको दल"

शेर्पा यूथ एक्स्पिडिसन टिम (Sherpa Youth Expedition Team)

  • यो कुनै सरकारी निकाय (सेना वा निजामती) को प्रतिनिधित्व नगरी पूर्ण रूपमा सर्वसाधारण व्यक्तिहरू र विशेषगरी शेर्पा युवाहरूको सक्रियतामा संगठित पहिलो निजी स्तरको अभियान,
  •  सुरुवाती दशकहरूमा सगरमाथा आरोहण प्रायः ठूला राष्ट्रिय टोलीहरू (जस्तै: बेलायती, स्विस, वा सरकारी सेनाका टोलीहरू) मार्फत मात्र हुने गर्थ्यो; यो टोलीले सर्वसाधारण र निजी अभियानका लागि बाटो खोलेको मानिन्छ,
प्रथम नेपाली महिला आरोहण दल

पासाङ ल्हामु सगरमाथा आरोहण दल (Pasang Lhamu Everest Expedition)

  • आरोहण भएको मिति: वि.सं. २०५० वैशाख १० गते (सन् १९९३ अप्रिल २२)
  • नेतृत्व: पासाङ ल्हामु शेर्पा
  • ऐतिहासिक उपलब्धि: यसै अभियानमार्फत पासाङ ल्हामु शेर्पा सगरमाथाको शिखरमा पाइला टेक्ने पहिलो नेपाली महिला बन्न सफल भइन्,
  • टोलीका अन्य सदस्य: यस टोलीमा पासाङ ल्हामुका साथै सोनाम छिरिङ शेर्पा, ल्हाक्पा फुटी शेर्पा, पेम्बा दोर्जी शेर्पा र आङ छिरिङ शेर्पा जस्ता आरोहीहरू सहभागी,
  • शिखरबाट ओर्लिने क्रममा दक्षिण शिखर (South Summit) नजिकै पासाङ ल्हामु शेर्पा र सोनाम छिरिङ शेर्पाको मृत्यु भएको,
नेपाल सरकारका कर्मचारीहरू (निजामती कर्मचारी) सम्मिलित पहिलो सफल अभियान

वि.सं. २०६८ जेठ ४ गते

  • नेतृत्व: नेपाल सरकारका तत्कालीन सचिव सन्तबहादुर पुन
  • तत्कालीन मुख्य सचिव लीलामणि पौड्याल र सचिव दुर्गाप्रसाद भट्टराईको व्यवस्थापनमा १५ सदस्यीय टोली सगरमाथा गएको थियो, जसमध्ये ९ जना सफल भएका,
  • उद्देश्य: "सुशासन र पर्यटनका लागि निजामती कर्मचारीको सगरमाथा आरोहण" भन्ने मूल नाराका साथ निजामती सेवाको छवि सुधार्न र राष्ट्रिय गौरव बढाउन यो अभियान संचालन गरिएको,
सगरमाथा पर्वतारोहणका लागि आधिकारिक रूपमा खुल्ला

सन् १९४९ (वि.सं. २००६) मा

सगरमाथाको शिखरमा पाइला टेक्ने प्रथम आरोहीहरू

तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारी

  • आरोहण मिति: सन् १९५३ मे २९ (वि.सं. २०१० जेठ १६ गते)
  • समय: बिहानको ११:३० बजे
  • आरोहीहरूको परिचय:
    • तेन्जिङ नोर्गे शेर्पा: नेपाल (नेपाली/भारतीय मूलका शेर्पा आरोही)
    • एडमण्ड हिलारी: न्युजिल्याण्ड
  • आरोहण दल: यो "ब्रिटिस माउन्ट एभरेष्ट अभियान १९५३" को हिस्सा थियो, जसको नेतृत्व कर्णेल जोन हन्टले गरेका,
  • आरोहण मार्ग: उनीहरूले सगरमाथाको दक्षिण मोहडा (नेपाल तर्फको बाटो) प्रयोग गरेका,
सगरमाथाको शिखरमा पाइला टेक्ने प्रथम महिला आरोही

जुन्को ताबेई (Junko Tabei)

  • देश: जापान
  • आरोहण मिति: सन् १९७५ मे १६
  • उमेर: ३५ वर्षको उमेरमा उनले यो सफलता प्राप्त गरेकी,
  • विशेषता: उनी विश्वका सातै महादेशका सर्वोच्च शिखरहरू (Seven Summits) आरोहण गर्ने पहिलो महिला पनि,
बिना अक्सिजन (पूरक अक्सिजन बिना) सगरमाथाको सफल आरोहण गर्ने विश्वकै प्रथम महिला

लिडिया ब्र्याडी (Lydia Bradey)

  • देश: न्युजिल्याण्ड
  • मिति: सन् १९८८ अक्टोबर १४
बिना अक्सिजन सगरमाथाको सफल आरोहण गर्ने पहिलो आरोहीहरू

राइनहोल्ड मेस्नर (Reinhold Messner) र पिटर हाब्लर (Peter Habeler)

  • मिति: सन् १९७८ मे ८
  • आरोहीहरू: राइनहोल्ड मेस्नर (इटाली) र पिटर हाब्लर (अस्ट्रिया)
बिना अक्सिजन सफल आरोहण गर्ने पहिलो नेपाली

आङरिता शेर्पा

  • "हिमचितुवा (Snow Leopard)" को उपनामले चिनिने,
  • उनले सन् १९८३ मा पहिलो पटक अक्सिजन बिना सगरमाथा चढेका,
  • उनले १० पटकसम्म बिना अक्सिजन सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरेका,
सगरमाथाको सफल आरोहण गर्ने पत्रकार
  • प्रथम विदेशी पत्रकार: स्टाइन एसिम (Stein Aasheim)
  • प्रथम नेपाली पत्रकार: आङ छिरिङ शेर्पा
सगरमाथाको शिखरलाई एकातर्फबाट चढेर अर्कोतर्फबाट ओर्लिने (Traverse) कार्य गर्ने पहिलो व्यक्ति

आङफुर्वा शेर्पा

  • मिति: सन् १९८८ मे ५
  • आरोहण दल: यो "नेपाल-चीन-जापान' संयुक्त अभियान (Asian Friendship Expedition)" को हिस्सा
  • आङफुर्वा शेर्पाले उत्तर मोहडा (चीन) बाट आरोहण सुरु गरी शिखर पुगेर दक्षिण मोहडा (नेपाल) तर्फबाट ओर्लिएर सगरमाथा वारपार गर्ने पहिलो व्यक्तिको कीर्तिमान बनाएका,
सगरमाथा आरोहणका क्रममा ज्यान गुमाउने पहिलो नेपाली

समशेर पुन

  • मिति: १७ मे १९२४
  • उनी ब्रिटिस गोर्खा सैनिक (Lance-Naik) थिए र १९२४ को ब्रिटिस सगरमाथा अभियानमा सहभागी रहेका,
  • कारण: उनलाई मस्तिष्क रक्तश्राव (Brain Hemorrhage) भएको र रोङ्बुक बेस क्याम्पमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै उनको निधन भएको,
सगरमाथाको सफल आरोहण गर्ने प्रथम दृष्टिबिहिन व्यक्ति

एरिक वाइनमेयर (Erik Weihenmayer)

  • देश: संयुक्त राज्य अमेरिका
  • मिति: सन् २००१ मे २५
  • उमेर: ३३ वर्षको उमेरमा उनले यो सफलता प्राप्त गरेका,
सगरमाथा आरोहण गर्ने प्रथम नेपाली दृष्टिबिहिन व्यक्ति

अमित केसी 

सगरमाथाको शिखरमा सबैभन्दा धेरै समय बिताउने विश्व कीर्तिमान

बाबु छिरी शेर्पा

  • उनले सगरमाथाको शिखरमा २१ घण्टा बिताएका,
सगरमाथाको इतिहासमा सबैभन्दा बढी उमेर (पाको उमेर) मा आरोहण गर्ने विश्व र नेपाली आरोहीहरू
  • विश्व कीर्तिमान (World Record): जापानको ८० वर्षीय युचिरो मिउरा (Yuichiro Miura)
  • नेपाली कीर्तिमान: ७६ वर्ष ३४० दिनका मिनबहादुर शेरचन (उनले ७६ वर्षको उमेरमा आरोहण गर्दा गिनिज वर्ल्ड रेकर्ड कायम गरेका थिए, जुन पछि जापानी आरोही मिउराले तोडेका,)
सगरमाथा आरोहण गर्ने सबैभन्दा कम उमेरका आरोहीहरू
  • विश्व कीर्तिमान (World Record): अमेरिका १३ वर्ष १० महिना १० दिनको उमेरमा जोर्डन रोमेरो (Jordan Romero) 
  • नेपाली कीर्तिमान: तेम्बा छिरी शेर्पा (१६ वर्ष १४ दिन)
सगरमाथामा धेरै पटक आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने आरोहीहरू
  • पुरुषतर्फ (विश्व कीर्तिमान): कामिरिता शेर्पा (उनले वि.सं. २०८२ जेठ १३ मा ३१औँ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरी आफ्नै पुरानो रेकर्ड तोडेका,)
  • महिलातर्फ (विश्व कीर्तिमान): लाक्पा शेर्पा (१० पटक)
सगरमाथाको चुचुरोमा विवाह गर्ने पहिलो जोडी

पेमा दोर्जी शेर्पा र मोनी मुलेपति

  • विवाह भएको मिति: सन् २००५ मे ३० (वि.सं. २०६२ जेठ १७ गते)
  • यसपछि सन् २०१७ मा पनि एक जोडी (जेम्स सिजन र एशले स्मिडर) ले सगरमाथाको आधार शिविर (Base Camp) मा विवाह गरेका,
गुरुङ समुदायबाट सर्वप्रथम सगरमाथा आरोहण गर्ने व्यक्ति

माया गुरुङ

  • आरोहण मिति: सन् २००८ मे २२
  • समावेशी महिला टोली: उनी सन् २००८ को 'प्रथम समावेशी महिला सगरमाथा आरोहण अभियान' (First Inclusive Women's Sagarmatha Expedition) की सदस्य,
  • थप उपलब्धि: माया गुरुङले विश्वका सातै महादेशका सर्वोच्च शिखरहरू (Seven Summits) समेत सफलतापूर्वक आरोहण गरिसकेकी,
सुदूर पश्चिमबाट सर्वप्रथम सगरमाथा आरोहण गर्ने व्यक्ति

उषा बिष्ट

  • उनले सन् २०१३ मे २४ (बि.सं. २०७० जेठ १०) मा सगरमाथाको सफल आरोहण गरेकी,
दलित समुदायबाट सर्वप्रथम सगरमाथा आरोहण गर्ने व्यक्ति विजय घिमिरे विश्वकर्मा
सर्वप्रथम सगरमाथा आरोहण गर्ने नेपाली बाबुछोरी आरोही

देन्डि शेर्पा र छेन्जि शेर्पा

  • उनीहरूले सन् २००७ मे १९ (वि.सं. २०६४ जेठ ५) मा सँगै सगरमाथाको सफल आरोहण गरेका,
  • यो सगरमाथाको इतिहासमा बाबु र छोरीले एकैसाथ शिखर चुमेको विश्वकै पहिलो घटना,
  • बाबु र छोरा आरोही: पेम्बा दोर्जी शेर्पा र उनका बुबा सोनाम छिरिङ शेर्पा
  • धेरै दाजुभाइ: एकै परिवारका सात दाजुभाइ (निमा गोम्बु शेर्पा र उनका दाजुभाइहरू) ले सगरमाथा चढेर गिनिज बुकमा नाम लेखाएका,
सगरमाथा आरोहण गर्ने प्रथम नेपाली नायिका

निशा अधिकारी

  • आरोहण मिति: सन् २०१३ मे २० (वि.सं. २०७० जेठ ६) 
  • उनीसँगै सोही दिन अभिनेता अर्जुन कार्कीले पनि सफल आरोहण गरेका,
सगरमाथा आरोहण गर्ने प्रथम नेपाली चिकित्सक

डा. निमा नाम्गेल शेर्पा

  • आरोहण मिति: सन् २०११ मे १९ (वि.सं. २०६८ जेठ ५)

 

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1079
  • Vacancy 1
  • Past Questions 94
  • Nepal Police 7

Latest Blogs

Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 113
52nd G7 Summit
Current Affairs

५२ औं G-7 शिखर सम्मेलन

  • Jun 27, 2026
  • 60
5 Nations That Reached the Moon and Their Historic Missions
Others

चन्द्रमामा पुग्ने ५ राष्ट्रहरू र तिनका ऐतिहासिक मिसनहरू

  • Jun 27, 2026
  • 72
United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 146
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 244
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA