Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

धिमाल आदिवासी जनजाति समुदाय

  • Bikash Shrestha
  • November 11, 2025
  • 787

धिमाल आदिवासी जनजाति समुदाय

Dhimal tribal community

धिमाल समुदाय नेपालको आदिवासी जनजातिहरू मध्ये एक हो, जसको प्रमुख बसोबास झापा, मोरङ र सुनसरी जिल्लामा रहेको छ। यिनीहरू भोटबर्मेली भाषापरिवारको धिमाल भाषा बोल्ने गर्छन् । धिमालहरूलाई कतिपय ठाउँमा “तराईका किराँती” पनि भनिन्छ । धिमाल समुदायका मानिसहरू मुख्य रूपमा कृषि, व्यापार, मजदुरी तथा वैदेशिक रोजगारी जस्ता पेशामा संलग्न छन् । यिनीहरू प्रकृतिपूजक हुन् र चार शक्तिको पूजा गर्छन्—

  1. प्रकृतिशक्ति: सिमे भूमे, वनजंगल, खोलानाला, सिमसार, सिकार, धरतीमाता आदि

  2. पितृशक्ति: मृत्यु भइसकेका तीन पुस्ताका पितृहरू

  3. धामीशक्ति: धामीले ग्रामथानमा पूजा गर्ने तीन पुस्ताका धामी पितृहरू

  4. राजाशक्ति: आदिकालमा गाउँको नेतृत्व गर्ने माझीवाराङ राजा

प्रत्येक वर्ष वैशाख २ गते लेटाङ–राजारानी धिमाल डाँडामा जात्री मेला लाग्छ। त्यसपछि हरेक गाउँटोलमा माझीवाराङको नेतृत्वमा सिर जात र जात्री मेलाको आयोजना गरिन्छ । असार २ गते मोरङको मंगलबारेमा सिर जात तथा मेलाको समापन गरिन्छ धिमालहरूको प्रमुख चाडपर्वहरूमा तिहार, सिर जात, जात्री, फागु, माघे सङ्क्रान्ति र सिरुवा पर्छन्। महिलाहरू तान बुन्ने, घरेलु कपडा उत्पादन गर्ने, साथै ढोल, उर्नी, सेरेञ्जा, माछा मार्ने जाल, धानको बिउ राख्ने फुरा आदि बनाउने सीपमा निपुण हुन्छन् । धिमाल गाउँटोलहरूमा माझीवाराङ नामक परम्परागत संस्था रहन्छ, जसले स्थानीय कानुन र प्रथाहरूको पालन सुनिश्चित गर्छ । धामीहरूले ग्रामथानमा पूजा गरेर गाउँको रक्षा गर्छन्, र ओझाहरूले रोग–व्याधी निवारणका लागि जोखाना र उपचार गर्छन् । धिमाल समुदाय आफ्नै भाषा, सीप, कला, प्रविधि, ओखती–उपचार र संस्कृतिका कारण अत्यन्त धनी र विशिष्ट समुदाय हो ।

Categories

  • Current Affairs 724
  • Gorkhapatra 327
  • Others 1122
  • Vacancy 1
  • Past Questions 108
  • Nepal Police 8

Latest Blogs

World Hepatitis Day, 2026
Current Affairs

विश्व हेपाटाइटिस दिवस, २०२६

  • Jul 28, 2026
  • 61
Major grasslands of the world and their locations
Others

विश्वका प्रमुख घाँसेमैदानहरू र अवस्थिति

  • Jul 27, 2026
  • 53
Gandaki Province, 5th Level Sub-Engineer (Civil/Sanitary/Irrigation) - 2083/03/29
Past Questions

गण्डकी प्रदेश, ५औँ तह सब-इन्जिनियर (सिभिल/स्यानिटरी/इरिगेशन) - २०८३/०३/२९

  • Jul 27, 2026
  • 105
Gandaki Province, Sub-Engineer (B.Arch) Examination - 2083/04/04
Past Questions

गण्डकी प्रदेश, सब-इन्जिनियर (B.Arch) परीक्षा - २०८३/०४/०४

  • Jul 27, 2026
  • 45
Gandaki Province, Technical Assistant (Education Administration, 5th) - 2083
Past Questions

गण्डकी प्रदेश, प्राविधिक सहायक (शिक्षा प्रशासन, ५ औँ) - २०८३

  • Jul 27, 2026
  • 72
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA